Comments Add Comment

अटो

List Grid
बजाजको नयाँ शोरुम स्याङ्जामा, थ्री-एस सेवा उपलब्ध

२९ पुस, काठमाडौं ।  नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले स्याङ्जामा अझै आधुनिक एवं सुविधा सम्पन्न नयाँ शोरुम ‘अर्पण इन्टरप्राइजेज’को शुभराम्भ गरेको छ । स्याङ्जामा बजाजको नयाँ शोरुमले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउदै सधै अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्नेछ । […]

टाटा मोटर्सको कार मेला बिर्तामोडमा सुरु

२७ पुस, काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र आधिकारीक बिक्रेता अलस्का अटोमोबाईल्स्को सहकार्यमा सुन्दर नगरी बिर्तामोडमा यही पौष २७ बाट २८ गते सम्मको लागी कार मेला सुरु भएको छ । कार मेला बिर्तामोड स्थित अलस्का अटोमोबाईल्स, टाटा शोरुममा बिहान ११ बेज देखि साँझ ७बजेसम्म सञ्चालन हुने उक्त मेलामा ग्राहकहरुले […]

टाटा मोटर्सद्वारा जनवरी फेस्ट कार्यक्रमको आयोजना

२४ पुस, काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले जनवरी २०२० को अवसरमा जनवरी फेस्ट विशेष कार्यक्रमकोे आयोजना गर्न लागेको छ । उक्त कार्यक्रम यहि जनवरी १० देखी जनवरी १२सम्म थापाथलीस्थित टाटा मोटर्सका सोरुममा आयोजना गर्न लागेको हो । ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एचफाईभ, नेक्सन, टियागो, टिगोर […]

‘टाटा नेक्सन कर्पोरेट क्षेत्रको पहिलो रोजाई’

२३ पुस, काठमाडौं । टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा ल्याएको टाटा नेक्सन, कर्पोरेट क्षेत्रको पहिलो रोजाई बन्न पुगेको बताएको छ । टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथाभित्र राखिएको प्रविधिमा विशेष ध्यान […]

सुजुकीको तीन दिने ‘विन्टर फ्रि सर्भिस क्याम्प’

२२ पुस, काठमाडौं । नेपालको लागि सुजुकी फोर ह्विलरको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो बुधबारदेखि शुक्रबारसम्म ‘विन्टर फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ। सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउँनेछन्। सर्भिस क्याम्पमा ग्राहकले निःशूल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निशुल्क कार […]

टाटा मोटर्सले ल्यायो पोखरामा नाईट आउट योजना

२२ पुस, काठमाडौं । टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडीङ्गले नयाँ वर्ष २०२० को अवसरमा नाईट आउट योजना ल्याएको छ । उक्त कार्यक्रम जनवरी ७ देखी १० सम्म बिहान ६ बजे देखी ९ बजे सम्म पोखरा बुद्धचोक स्थित दिप मोटर्सको सोरुममा आयोजन हुनेछ । यस योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा […]

सिप्रदीयन सहायता संस्थाद्वारा चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण

२० पुस, काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिको सामाजिक उत्तरदायित्व विङ- सिप्रदीयन सहायता संस्थाले चेपाङ विद्यार्थीहरूलाई न्यानो कपडा तथा अन्य सामग्रीहरू वितरण गरेको छ । नारायणगढको रत्ननगर स्थित विन्ध्येश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीहरूलाई ज्याकेट, टोपी तथा जुत्ताहरू वितरण गरिएको थियो । सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरू श्री रजत श्रेष्ठ तथा विमल गौतम, विद्यालय व्यवस्थापन समितिका […]

महिन्द्राका ‘एक्सयूभी-३००’ अब चितवनमा पनि

१९ पुस, काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी-३००’ गण्डकी प्रदेश र बुटवल पश्चात अब चितवनमा पनि बिक्रिवितरण शुरु गरेको छ । ‘एक्सयूभी-३००’ गाडीलाई नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख […]

गाडीको एसेम्बल प्लान्ट खोल्न कोरियन कम्पनीसँग प्रारम्भिक सम्झौता

१८ पुस, काठमाडौं । कोरियन कम्पनी मोट्रेक्सले नेपालमा चार पांग्रे प्यासेन्जर गाडीको एसेम्बल प्लान्ट खोल्ने प्रक्रिया अघि बढेको छ । लगानी बोर्डले कम्पनीसँग ‘प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट’ (पीआईए) पनि गरेको छ । बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी आवश्यक कानूनी प्रक्रिया पूरा गरेर मोट्रेक्स पीआईए गरिएको बताए । यो प्रारम्भिकस्तरको स् नेपालमा एसेम्बल प्लान्ट खोल्न […]

सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने

१८ पुस, काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिले हालै चौथो ब्याच ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम कार्यक्रम सञ्चालन गर्न लागेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आहृवान गरेको छ । ६ महिने तालिम सिप्रदीको तालिम केन्द्र, चन्द्रा गिरी, काठमाडौँमा हुनेछ भने तालिम अवधिभर तालिम भत्ताका साथै उत्कृष्ट एवं सफल प्रशिक्षार्थीहरुलाई सिप्रदीले नेपालभरि फैलिएका विभिन्न […]

साझाको विद्युतीय बस योजना साढे तीन महिनादेखि ‘यथास्थितिमा’

१७ पुस, काठमाडौं । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद प्रक्रिया रोकेर ‘यथास्थिति’मा राख्न निर्देशन दिएको साढे ३ महिना बित्यो । पूर्व योजनाअनुसार साझालाई नै बस खरिद प्रक्रिया अघि बढाउन दिने कि निकासा गरिएको रकम फिर्ता लिएर नयाँ प्रक्रिया थाल्ने भन्नेबारे सरकार अझै अनिर्णित छ । सरकारले गत असोज १ गते साझा यातायातलाई पत्र लेखेर […]

नयाँ वर्षमा टाटा मोटर्सको नयाँ कार योजना

१६ पुस, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ । योजनामा सहभागी हुन ग्राहक महानुभावहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा […]

नाडा प्रतिनिधि मण्डल र राष्ट्र बैंकका गभर्नरबीच छलफल

१६ पुस, काठमाडौं । नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालसँग भेटेको छ । नेपाल राष्ट्र बैंकले मिति २०७६ साल पुस ८ गते ल्याएको क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०७६,ले नेपालको समग्र अटोमोवाइल व्यवसायमा […]

सांसदको गुनासो : काठमाडौंमा ट्याक्सीबाट ठगिएँ

१६ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य नन्दा चपाईंले आफू काठमाडौंमा ट्याक्सीबाट ठगिएको बताएकी छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले आफू पुस ७ गते अन्तर्राष्ट्रिय विमानस्थलबाट पेप्सीकोला जाँदा आफू ठगिएको बताएकी हुन् । त्यतिबेला ४ वटा ट्याक्सीसँग कुरा गर्दा मिटरमा नजाने र मिटरमा जाँदा डेढ सय रुपैयाँ थपेर दिनुपर्ने बताएका र आफू बाध्यतावश जानुपरेको बताएकी हुन् […]

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ कार्य समिति

१५ पुस, काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ कार्य समिति चयन भएको छ । कृष्णप्रसाद दुलाल अध्यक्ष रहेको समितिको उपाध्यक्षमा आकाश गोल्छा र करण चौधरी चयन भएका छन् । महासचिवमा सुनिल रिजाल, सचिवमा अनुप बराल, कोषाध्यक्षमा सुरेन्द्रकुमार उप्रेति र सहकोषाध्यक्षमा विक्रम सिंहानिया चयन भएका छन् । केन्द्रीय कार्य समिति सदस्यमा राजनबाबु श्रेष्ठ, अभिक […]

करण चौधरी नाडा कार्यसमितिको हालसम्मकै कान्छा उपाध्यक्ष

१५ पुस, काठमाडौं । सीजी मोटोकर्प तथा सीजी होल्डिंग्स्का कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसनको उपाध्यक्षमा चुनिएका छन् । उनी नाडाको सवारी कमिटिका सभापतिमा समेत मनोनित भए । नाडामा कार्यभार सम्हाल्नेमा उनी हालसम्मकै कान्छा उपाध्यक्ष हुन् । भर्खरै नाडाको अध्यक्षमा निर्वाचित कुष्णप्रसाद दुलालको कार्यसमितिमा मुलुकको आर्थिक वृद्धिमा अटोमोबाइल व्यवसायलाई साझेदारका रुपमा स्थापित गर्न […]

म्याक लुब्रिकेन्टसको टु-व्हीलर्स डिलर मिट

१४ पुस, काठमाडौं । धुम्बाराहीमा अवस्थित आकामा होटलमा म्याक लुब्रिकेन्टसको बाषिर्क टु-व्हीलर्स डिलर मिट सम्पन्न भएको छ । उक्त कार्यक्रममा सिक्क्ा मोबाईल एप लन्च गरिएको छ र यसमा सेल्स् रिपोर्ट, स्किम डिटेल्स्, स्टक रिर्पोट, रिटेलर ट्रयाकिङ् र थुप्रै स्किमको बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथमा म्याक फोटी स्टारको पनि लन्च भएको […]

हुन्डाईले भेन्यु डिजिटल अभियानका विजेताको घोषणा

१४ पुस, काठमाडौं । नेपालका लागि हुन्डाई अटोमोवाइलको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरेको हुन्डाई भेन्यु डिजिटिल अभियानको भाग्यशाली विजेताहरुको नाम घोषणा गरेको छ । हुन्डाई भेन्युको प्रवर्द्धनको लागि आयोजना गरिएको अभियानमा ‘स्पट दि भेन्यु’ र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ दुई प्रतियोगिताहरु मध्ये ‘स्पट दि भेन्यु’ मा १०६ प्रतियोगीहरु र ‘टेष्ट ड्राइभ […]

महिन्द्राका ‘एक्सयूभी-३००’ अब बुटवलमा पनि

१२ पुस, काठमाडौं । महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी-३००’ काठमाडौं र गण्डकी प्रदेश पश्चात बुटवलमा पनि बिक्रिवितरण शुरु भएको छ । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल गाडीलाई बुटवलमा पुर्‍याएको हो । ‘एक्सयूभी-३००’ गाडीलाई नेपालका लागि […]

किया मोटर्सको सेल्टोस बुटवलमा लन्च

११ पुस, बुटवल । किया मोटर्सको सेल्टोस बुटवलमा भित्रिएको छ । सेल्स स्पेयर र सर्भिस थि्रएससहित बुटवलको कालिकानगरमा आज एक समारोहका बीचमा शोरुम बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल र कन्टिनेन्टल ट्रेडिङका प्रमुख सुह्द घिमिरेले रिवन काटेर शुभारम्भ गरे । भारतीय बजारमा सर्बाधिक बिक्री हुने मिड-एसयुभी बन्न सफल कियाको सेल्टोस अटोले बुटवलमा शुभारभ्भ गरेको […]

शनिवार सुजुकी कारको ‘सुपर स्याटरडे’

नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदो पुस १२ गते शनिवार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । शनिवार सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउनेछन् । ‘सुपर स्याटरडे’मा ग्राहकले नियमित सोरुम छुटभन्दा बढी नगद छुट पाउनेछन् । ग्राहकले सो दिन अधिकतम १ लाख रुपैयाँसम्म एक्सचेन्ज […]