Comments Add Comment

अटो

List Grid
साझाको विद्युतीय बस योजना साढे तीन महिनादेखि ‘यथास्थितिमा’

१७ पुस, काठमाडौं । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद प्रक्रिया रोकेर ‘यथास्थिति’मा राख्न निर्देशन दिएको साढे ३ महिना बित्यो । पूर्व योजनाअनुसार साझालाई नै बस खरिद प्रक्रिया अघि बढाउन दिने कि निकासा गरिएको रकम फिर्ता लिएर नयाँ प्रक्रिया थाल्ने भन्नेबारे सरकार अझै अनिर्णित छ । सरकारले गत असोज १ गते साझा यातायातलाई पत्र लेखेर […]

नयाँ वर्षमा टाटा मोटर्सको नयाँ कार योजना

१६ पुस, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ । योजनामा सहभागी हुन ग्राहक महानुभावहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा […]

नाडा प्रतिनिधि मण्डल र राष्ट्र बैंकका गभर्नरबीच छलफल

१६ पुस, काठमाडौं । नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालसँग भेटेको छ । नेपाल राष्ट्र बैंकले मिति २०७६ साल पुस ८ गते ल्याएको क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०७६,ले नेपालको समग्र अटोमोवाइल व्यवसायमा […]

सांसदको गुनासो : काठमाडौंमा ट्याक्सीबाट ठगिएँ

१६ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य नन्दा चपाईंले आफू काठमाडौंमा ट्याक्सीबाट ठगिएको बताएकी छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले आफू पुस ७ गते अन्तर्राष्ट्रिय विमानस्थलबाट पेप्सीकोला जाँदा आफू ठगिएको बताएकी हुन् । त्यतिबेला ४ वटा ट्याक्सीसँग कुरा गर्दा मिटरमा नजाने र मिटरमा जाँदा डेढ सय रुपैयाँ थपेर दिनुपर्ने बताएका र आफू बाध्यतावश जानुपरेको बताएकी हुन् […]

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ कार्य समिति

१५ पुस, काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ कार्य समिति चयन भएको छ । कृष्णप्रसाद दुलाल अध्यक्ष रहेको समितिको उपाध्यक्षमा आकाश गोल्छा र करण चौधरी चयन भएका छन् । महासचिवमा सुनिल रिजाल, सचिवमा अनुप बराल, कोषाध्यक्षमा सुरेन्द्रकुमार उप्रेति र सहकोषाध्यक्षमा विक्रम सिंहानिया चयन भएका छन् । केन्द्रीय कार्य समिति सदस्यमा राजनबाबु श्रेष्ठ, अभिक […]

करण चौधरी नाडा कार्यसमितिको हालसम्मकै कान्छा उपाध्यक्ष

१५ पुस, काठमाडौं । सीजी मोटोकर्प तथा सीजी होल्डिंग्स्का कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसनको उपाध्यक्षमा चुनिएका छन् । उनी नाडाको सवारी कमिटिका सभापतिमा समेत मनोनित भए । नाडामा कार्यभार सम्हाल्नेमा उनी हालसम्मकै कान्छा उपाध्यक्ष हुन् । भर्खरै नाडाको अध्यक्षमा निर्वाचित कुष्णप्रसाद दुलालको कार्यसमितिमा मुलुकको आर्थिक वृद्धिमा अटोमोबाइल व्यवसायलाई साझेदारका रुपमा स्थापित गर्न […]

म्याक लुब्रिकेन्टसको टु-व्हीलर्स डिलर मिट

१४ पुस, काठमाडौं । धुम्बाराहीमा अवस्थित आकामा होटलमा म्याक लुब्रिकेन्टसको बाषिर्क टु-व्हीलर्स डिलर मिट सम्पन्न भएको छ । उक्त कार्यक्रममा सिक्क्ा मोबाईल एप लन्च गरिएको छ र यसमा सेल्स् रिपोर्ट, स्किम डिटेल्स्, स्टक रिर्पोट, रिटेलर ट्रयाकिङ् र थुप्रै स्किमको बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथमा म्याक फोटी स्टारको पनि लन्च भएको […]

हुन्डाईले भेन्यु डिजिटल अभियानका विजेताको घोषणा

१४ पुस, काठमाडौं । नेपालका लागि हुन्डाई अटोमोवाइलको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरेको हुन्डाई भेन्यु डिजिटिल अभियानको भाग्यशाली विजेताहरुको नाम घोषणा गरेको छ । हुन्डाई भेन्युको प्रवर्द्धनको लागि आयोजना गरिएको अभियानमा ‘स्पट दि भेन्यु’ र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ दुई प्रतियोगिताहरु मध्ये ‘स्पट दि भेन्यु’ मा १०६ प्रतियोगीहरु र ‘टेष्ट ड्राइभ […]

महिन्द्राका ‘एक्सयूभी-३००’ अब बुटवलमा पनि

१२ पुस, काठमाडौं । महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी-३००’ काठमाडौं र गण्डकी प्रदेश पश्चात बुटवलमा पनि बिक्रिवितरण शुरु भएको छ । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल गाडीलाई बुटवलमा पुर्‍याएको हो । ‘एक्सयूभी-३००’ गाडीलाई नेपालका लागि […]

किया मोटर्सको सेल्टोस बुटवलमा लन्च

११ पुस, बुटवल । किया मोटर्सको सेल्टोस बुटवलमा भित्रिएको छ । सेल्स स्पेयर र सर्भिस थि्रएससहित बुटवलको कालिकानगरमा आज एक समारोहका बीचमा शोरुम बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल र कन्टिनेन्टल ट्रेडिङका प्रमुख सुह्द घिमिरेले रिवन काटेर शुभारम्भ गरे । भारतीय बजारमा सर्बाधिक बिक्री हुने मिड-एसयुभी बन्न सफल कियाको सेल्टोस अटोले बुटवलमा शुभारभ्भ गरेको […]

शनिवार सुजुकी कारको ‘सुपर स्याटरडे’

नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदो पुस १२ गते शनिवार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । शनिवार सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउनेछन् । ‘सुपर स्याटरडे’मा ग्राहकले नियमित सोरुम छुटभन्दा बढी नगद छुट पाउनेछन् । ग्राहकले सो दिन अधिकतम १ लाख रुपैयाँसम्म एक्सचेन्ज […]

टाटा मोटर्सको सोरुममा क्रिसमस इभ

८ पुस, काठमाडौं । टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्गले क्रिसमसको अवसरमा क्रिसमस इभ कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित अत्याधुनिक सोरुममा पौष ८ गते मंगलवार साँझ ५ बजे देखि आयोजना गर्न लागेको हो । उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, […]

एक्साइडको नयाँ ब्याट्री बजारमा

८ पुस, काठमाडौं । नेपालस्थित एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले यूपीएस ट्युब्लर ब्याट्री बजारमा भित्र्याएको छ। मंगलबार आयोजित एक कार्यक्रममा, सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र एक्साइड इन्डस्ट्रियल इन्डियाका जनरल म्यानेजर अमिताभ बाक्क्षीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। उक्त कार्यक्रममा बोल्दै राजनबाबु श्रेष्ठले भने, ‘आगामी दिनमा यस ब्याट्रीले नयाँ उचाइ […]

महिन्द्राका ‘एक्सयूभी-३००’ अब गण्डकी प्रदेश पनि

५ पुस, काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेडले स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी-३००’ काठमाडौं पश्चात गण्डकी प्रदेशमा पनि बिक्रि वितरण शुरु गरेको छ । ‘एक्सयूभी-३००’ गाडीलाई प्रदेश ४ का उद्योग, पर्यटन र पर्यावरण मन्त्री विकास लम्साल ज्यू र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक […]

कियाको मिड-एसयुभी सेल्टोस भित्रियो नेपाल

४ पुस, काठमाडौं । भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड-एसयुभी बन्न सफल कियाको सेल्टोस नेपाल भित्रेको छ । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सेल्टोस नेपाल ल्याएको हो । कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्रेको हो । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा […]

नेपालमै विद्युतीय बाइकको उत्पादन, यात्रीको ‘प्रोजेक्ट-जेरो’ सार्वजनिक

३ पुस, काठमाडौं । नेपाली विद्युतीय बाइक निर्माता कम्पनी ‘यात्री मोटरसाइकल्स’ले आफ्नो पहिलो बाइक ‘प्रोजेक्ट-जेरो’ (पी-०) सार्वजनिक गरेको छ । अशिम पाण्डेसहितको टोलीले तयार परेको यो मोटरसाइकल नेपालमै बनेको पहिलो विद्युतीय मोटरसाइकल हो । नेदरल्यान्ड्सबाट पढेर फर्किएका असिमसहितको युवाहरु टिमले २ वर्ष बढी समय लगाएर यो परियोजना सफल बनाएका हुन् । कम्पनीले  फरक डिजाइनसहितका विद्युतीय […]

कैलालीमा खुल्यो बजाजको नयाँ शोरुम

१ पुस, काठमाडौं ।  नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अत्तरिया, कैलालीमा अझै आधुनिक एवं सुविधा सम्पन्न नयाँ शोरुम ‘रुद्र अटोमोटिभस्’ को शुभारम्भ गरेको छ । अत्तरिया, कैलालीमा बजाजको नयाँ शोरुमले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउँदै सधै अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यलाई सार्थक बनाउन […]

टुटल र पठाओ रोक्ने अर्को प्रयास विफल

३० मंसिर, काठमाडौं । कानूनी अश्त्र प्रयोग गरेर टुटल र पठाओ रोक्ने ट्याक्सी व्यवसायीको प्रयास विफल भएको छ । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजसहित अधिवक्ताहरुले टुटल र पठाओ सेवा अवैधानिक भएको र यसलाई रोक्नुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेको थिए । रिटको सोमबार भएको सुनुवाई पछि अदालतले रिट निवेदशकको माग […]

‘यामाहा एफ जेड प्रस्तुत हिमालय रोडिज सिजन ३’ सुरु

३० मंसिर, काठमाडौं । हिमालय रोडिज सिजन ३- ब्लड, स्वुएट एण्ड टियर्सको पुनः फिर्तीको सम्पूर्ण तयारी पूरा भएको छ । मंसिर ३० गते देखि हरेक सोमबार राति ८ बजे हिमालय टिभी एचडीमा प्रसारण हुँदैछ । भारतीय फ्रेन्चाइज शो एमटिभि रोडिजको नेपाली संस्करण हिमालय रोडिज नेपाली युवाहरुमाझ अत्यन्त लोकपि्रय रहेको र उनीहरुले प्रतिक्षा गरेको टिभि शो […]

दुलाल नाडाको अध्यक्ष बन्ने पक्का, कार्यसमितिका सबै निर्विरोध

२९ मंसिर, काठमाडौं । अटो व्यवसायीहरुको संस्था नाडा अटोमोवाइल एशोसिएसनको नयाँ कार्यसमिति सर्वसम्मत हुने भएको छ । नयाँ नेतृत्वका लागि निर्वाचित हुने एक पदका लागि धेरै जनाको उम्मेद्वारी नपरेका कारण सर्वसम्मत नयाँ नेतृत्व चयन हुने पक्का भएको हो । नयाँ नेतृत्वका लागि आइतबारसम्म मनोनयन गर्ने समय राखिएकोमा अध्यक्षका लागि  कृष्णप्रसाद दुलालको मात्रै उम्मेद्वारी परेको नाडा […]

डुअल एबीएससहित रोयल इनफिल्ड क्लासिक-३५० सीसी नेपालमा

२९ मंसिर, काठमाडौं । ‘रोयल इनफिल्ड’को नेपालका लागि आधिकारिक बिक्रेता एभभी दुगड ग्रुपको विवेक अटोमोबाइल्सले रोयल इनफिल्डको अत्याधिक लोकपि्रय मोडल क्लासीक ३५० सी.सी. डुअल एबीएससहितको बीएस आईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । रोयल इनफिल्ड ३५० सीसी क्लासिक नेपाली युवामाझ लोकपि्रय छ । यसले युवा, व्यवसायिक तथा सौखिन समूहको मन जितिरहेको छ । विवेक अटोमोबाइल्सले […]