Comments Add Comment

बैंक-वित्त

List Grid
एनएमबि बैंकको कर्जा योजनाः १५ लाखसम्म बिना धितो

२ पुस, काठमाडौं । एनएमबि बैंकले विभिन्न ८ शिर्षकमा सहुलियत सहितको व्यवसायिक कर्जा दिने भएको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गरी आफ्नो कर्जा योजनाहरु सार्वजनिक गरेको हो । पछिल्लो समय सरकारले ल्याएका योजना कार्यान्वयनका सन्दर्भमा बैंकले विभिन्न कर्जा योजनाहरु सार्वजनिक गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएकालाई, शैक्षिक बेरोजगार, महिला उद्यमशिलता, कृषि तथा पशुपंक्षी […]

ग्लोबल आइएमई बैंकको नयाँ शाखा काभ्रेको बेथानचोकमा

१ पुष, काठमाडाैं ।  ग्लोबल आइएमई बैंकले काभ्रेको बेथानचोकमा  शाखा विस्तार गरेकाे छ । नयाँ शाखाकाे सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले उद्घाटन गरे । उद्घाटनपछि मन्त्री बाँस्कोटाले शाखा विस्तारसँगै त्यहाँका स्थानीयकाे दैनिकी सघाउ पुग्ने विश्वास जनाए । बैंकका १३३ शाखा, १४१ एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखा […]

सिटिजन्स बैंकका सीईओ भण्डारीको कार्यकाल सकिँदै को बन्ला नयाँ सीईओ ?

१ पुस, काठमाडौं । सिटिजन्स बैंक इनटरनेसनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बैंक छाड्ने भएका छन् । आगामी १६ गते कार्यकाल पुरा गरेर भण्डारी बैंकबाट बिदा हुने भएका हुन् । पुस १६ गतेबाट ४ वर्षे कार्यकाल सकिने भए पछि आजै (आइतबार) देखि नै भण्डारी बिदामा बसेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) […]

‘धनी बन्न विदेश जानै पर्दैन, घुस खानै पर्दैन’

२९ मङ्सिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले धनी बन्न विदेश जानु नपर्ने र घुस पनि खानु नपर्ने बताएका छन् । यहाँ आज आयोजित ‘असल अर्थशास्त्र’ पुस्तक विमोचन कार्यक्रममा उनले भने, “देशभित्रै व्यापार व्यवसायका लागि प्रशस्त सम्भावना रहेकाले धनी बन्नका लागि विदेश जानै पर्दैन, घुस खानै पर्दैन ।” गभर्नर डा. नेपालले जागिरमा मात्रै […]

ब्याजदर र पुँजी बजारबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन आज तयार हुने

२८ मंसिर, काठमाडौं । सरकारले पछिल्लो समय व्याजदर तथा पुँजी बजारमा देखिएका प्रवृत्तिको समग्र अध्ययन कार्य गर्न भन्दै गठन गरेको कार्यदलले आइतबार प्रतिवेदन बुझाउने भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले शुक्रबार नै प्रतिवेदनलाई अन्तिम रुप दिने र आइतबार अर्थमन्त्रालयलाई बुझाउने तयारी गरेको समितिका एक सदस्यले जानकारी दिए । […]

ग्लोबल आइएमई बैंकको नयाँ शाखा अत्तरियामा

२७ मंसिर, काठमाडाैं । ग्लोबल आइएमई बैंकले कैलालीको अत्तरियामा शाखा खोलेको छ । अत्तरिया र त्यस वरपरकाबासिन्दालाई सेवा पुर्याउने उद्धेश्यका साथ शाखा खोलिदिएको भन्दै बैंकले सरल तथा सुलभ बैंकिङ्ग सेवाप्रदान गर्ने जनाएको छ । अत्तरिया शाखासँगै शाखा कार्यालयको संख्या १३३ पुगेको बैंकले जनाएको छ । बैंकका १३३ वटा शाखा, १४१ वटा एटिएम, ६ वटा एक्सटेन्सन […]

पूर्व प्रहरी संगठन र माछापुच्छ्रे बैंकबीच सरल कर्जा उपलब्ध गराउने सम्झौता

२७ मंसिर, काठमाडौं । नेपाल पूर्व प्रहरी संगठनको साधारण सभाको अवसरमा नेपाल पूर्व प्रहरी संगठन र माछापुच्छे्र बैंक लिमिटेड बीच सरल कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल पूर्व प्रहरी संगठनको धापासी स्थित सभा हलमा भएको उक्त सम्झौतामा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष बसन्त राज कुँवर तथा माछापुच्छ्रे  बैंक लिमिटेडका नायब […]

सानिमा बैंकको १४अाैं साधारणसभा सम्पन्न

२७ मंसिर, काठमाडाैं । सानिमा बैंककाे बिहीबार १४ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । बैंकले साधारणसभाबाट यस अगाडि सञ्चालक समितिले घोषणा गरेको १४ प्रतिशत नगद लाभांश पारित गरेको छ । साधारणसभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट भरतकुमार पोखरेल र महेश घिमिरेलार्इ निर्विरोध सञ्चालक चयन गरेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ७० करोड रुपैयाँ नाफा […]

नेपालमा आईसी दुई सय रुपैयाँ नचल्ने

२७ मंसिर, काठमाडौं । सरकारले २ सय रुपैयाँ दरकाे भारतीय नोट (आईसी) नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा छैनन् । मन्त्रिपरिषद […]

रोकिए बैंकहरु, व्याजदर नबढाउने ‘भद्र सहमति’

२६ मंसिर, काठमाडौं । ब्याजदर बढाउने बैंकहरुको तयारी तत्कालका लागि रोकिने भएका छन् । वित्त बजारमा ‘आतंक’ फैलाउने गरी बैंकहरुले व्याज बढाउन थालेको भन्दै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले समेत असन्तुष्टि जनाएको थियो । ब्याजदरलाई लिएर वाणिज्य बैंकका सबै सीईओ र र केही बैंकका डेपुटी सीईओसमेत रहेको भाइबर ग्रुपमा चर्को बहस भएको स्रोतको दाबी […]

आईएमई लाईफ ईन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

२५ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आईएमईर् लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स […]

माछापुच्छ्रे बैंक र यूकेएड सक्षमबीच सम्झौता

२५ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र यूकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमबीच सम्झौता भएको छ । जसअन्तर्गत नेपालभरका १४ वटा जिल्लाका सेवाबाट बञ्चित समूहलाई सरलीकृत लघुवित्त सेवा प्रदान गरिनेछ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत समन शर्मा र सक्षमका टोली प्रमुख बलजित भोहराले हस्ताक्षर गरेका थिए । कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिको उपस्थिति […]

बैंकको व्याजदर आतंक पछि तर्सियो निजी क्षेत्र, गभर्नरको ध्यानाकर्षण

२५ मंसिर, काठमाडौं । बैंकको व्याजदर अस्वभाविक रूपमा बढेको भन्दै निजी क्षेत्रले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको निजी क्षेत्रको टोलिले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेटी ध्यानाकर्षण गराएको हो । ऋणको व्याजदर अचानक वृद्धि भएको र यसले उद्योगी एवं व्यवसायीलाई ठूलो असर […]

बन्धन फुकेसँगै बैंकहरु ब्याजदर बढाउन तल्लिन

२४ मंसिर, काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको मंगलबार बसेको बैठकले व्याजदर निर्धारणमा बैंकहरुलाई खुल्ला छोड्ने निर्णय लियो । यससँगै बैंकहरुमा व्याजदर बढाउने होड शुरु भएको छ । यसअघि व्याजदर निर्धारणमा सीमा तोकेर सिण्डिकेट लादेको भन्दै आलोचना भएको थियो । संघले बैंकहरुलाई प्रदान गरेको स्वतन्त्रताले ‘सिण्डिकेट’ त तोडियो, तर यससँगै व्याजदर आतंक […]

ग्लोबल आईएमईको डेढ अर्बको ऋणपत्र आउने

२४ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंकले ऋणपत्र जारी गर्ने भएको छ । १५ लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डसँग बैंकले सोमबार अनुमति माग गरेको हो । प्रति कित्ता एक हजार रुपैयाँका दरले हुन आउने एक अर्ब ५० करोड रुपैयाँको ऋणपत्रमा बैंकले १० दशमलव ५० प्रतिशत व्याजदर दिने बताएको छ । ग्लोबल आइएमई […]

एनआईसी एशिया बैंकको नयाँ शाखा झापा बजारमा

२३ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंकले झापा बजारमा आफ्ना नयाँ शाखा विस्तार गरेको छ । झापा गाउँपालिकाको वडा नम्बर २ स्थित झापा बजारस्थित झापा बजार शाखाको उक्त गाउँपालिकाका अध्यक्ष जय नारायण साहले उद्घाटन गरे । यससँगै एनआईसी एशिया बैंकको शाखा संख्या २७० पुगेको छ । एनआईसी एशिया मुलुकभर सबभन्दा धेरै शाखा सञ्जाल भएको बैंक […]

ग्लोबल आइएमई बैंकका थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

२३ मंसिर, काठमाडाैं । ग्लोबल आइएमई बैंकले गत साता थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका २ चमडामा र अजयमेरु गाँउपालिका ६ देवलमा, त्यसैगरी, बैतडी जिल्लाको दोगडाकेदार गाँउपालिका ४ बसालीमा र दोगडाकेदार गाँउपालिकाकै वडा नं. २ काफलकोट बडीयामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डोटी […]

आर्थिक पत्रकारलाई सहयोग गर्ने गभर्नरको प्रतिवद्धता

२३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले आर्थिक पत्रकारहरुलाई सँधै आफ्नो सहयोग रहने बताएका छन् ।  आइतबार राष्ट्र बैंक पुगेको नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिको टोलिलाई बधाई तथा शुभकामना दिँदै गभर्नर नेपालले यस्तो बताएका हुन् । उनले भने, ‘आर्थिक पत्रकारहरुप्रति म सधै सकरात्मक छु, आफ्नो पेशामा मर्यादित भएर समाचार […]

ओखलढुङ्गाको कुन्तादेवी पसल डाँँडामा एनआईसी एशियाकाे शाखारहित बैंकिङ्ग सेवा

२१ मंसिर, काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ कुन्तादेवी पसल डाँँडामा आफ्नो बिसौं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । शुक्रबारदेखि सञ्चालनमा आएको सो शाखारहित बैंकिङ्ग सेवाको सांसद यज्ञराज सुनुवारले उद्घाटन गरे । बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा संजय खत्रीलाई बैंकले नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट आफ्नो गाउँमै […]

माछापुच्छ्रे बैंकका ३ वटा नयाँ शाखाको उद्घाटन

२१ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालय औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । बैंकले मकवानपुरको हेटौंडा उप-महानगरपालिकास्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिका स्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिकास्थित कालिका शाखा कार्यालयको सञ्चालन शुरु गरेको हो । हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक जय मुकुन्द खनाल र हेटौंडा उप-महानगरपालिकाका मेयर […]

१० अर्ब रकम लिन राष्ट्र बैंकद्वारा आहृवान

२० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मंसिर ३० गतेसम्म ३६६ दिनमा त्रैमासिकरुपमा व्याज भुक्तान हुने गरी लगानी गर्न लागिएको हो । बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले […]