Comments Add Comment

विचित्र संसार

List Grid
२४ घण्टे ड्युटी, बिहे गर्न केटी नपाएपछि सिपाहीले दिए राजीनामा

तल्लो तहका पुलिस कर्मचारीहरूले हाम्रो देशमा पनि राजीनामा दिने क्रम उच्च छ । उता भारतमा पनि एउटा यस्तै राजीनामासम्बन्धी घटना भएको छ । भारतजत्रो सवा अर्ब बढी जनसंख्या भएको देशमा एकजना पुलिस जवानले राजीनामा दिनु कुनै नौलो कुरा होइन । तर उनले राजीनामाले जताततै चर्चा बटुलेको छ । हैदरावादको एक पुलिस चौकीमा कार्यरत २९ वर्षीय […]

शक्तिशाली हाँसो, हड्डी खुस्किएर मुख आँको आँ

हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भनिन्छ । तर हाँस्दाखेरि आँ… गरेको मुख सधै आँ… नै भैरह्यो भने के गर्ने ? हालै एउटा यस्तै घटना भएको छ । चीनमा भएको उक्त घटना अनुसार एकजना महिला हाँस्दा हाँस्दै यस्तो अवस्थामा पुगिन् कि उनको मुख नै आँ… भैरह्यो र बन्द गर्न सकिनन् । रेलको यात्राका क्रममा ती महिला […]

७७ वर्षको उमेरमा डुंगाबाट संसार घुमेर विश्व रेकर्ड

यात्रा गर्न जो कोहीलाई मन पर्दछ । तर कतिपय भने यात्राका यतिधेरै सौखिन हुन्छन् कि जे सुकै गर्न पछि पर्दैनन् । बेलायतकी ७७ वर्षीया एक महिला समुद्रको बाटोबाट संसार घुम्ने सबैभन्दा बढी उमेरकी महिला बनेकी छन् । उनी आफ्नो यात्रामा एक्ली थिइन् । ३ सय २० दिनमा उनले आफ्नो यात्रा पूरा गरेकी थिइन्, जुन एक […]

अनौठो कबड्डी प्रतियोगिता, पुरस्कारमा पाइन्छ बाख्रा, कुखुरा र अण्डा

प्रतियोगिता चाहे जुनसुकै किन नहोस्, पुरस्कारका रूपमा कप, मेडल वा नगद दिइन्छ । तर भारतको छत्तीसगढ राज्यको गरियाबन्द जिल्लामा हुने कबड्डी प्रतियोगितामा पुरस्कारको रूपमा कप, मेडल वा नगदको साटो अरू नै चिज दिइन्छ । अनौठो पुरस्कारकै कारण उक्त कबड्डी प्रतियोगिता भारतभर चर्चामा रहेको छ । दादर गाउँमा हुने उक्त कबड्डी प्रतियोगितामा विजेतालाई बाख्रा, कुखुरा, माछा […]

२१ सय वर्ष पूरानो कंकालसँग ‘मोबाइल फोन’ भेटियो

अहिलेको समयमा सबैजसो मान्छेसाग मोबाइल हुन्छ । अहिलेको युगलाई मोबाइल फोनकेा युग भन्दापनि फरक पर्दैन । तर आजभन्दा २१ सय वर्ष अगाडिको अवस्था के थियो होला ? के त्यो समयमा पनि मोबाइल फोन थियो त ? यस्तो प्रश्न नै बकबास लाग्दछ । किनकी मोबाइल फोन आविष्कार भएकै धेरै भएको छैन । तर हालै पुरातत्वविदहरुले यस्तो […]

२० औँ पटक आमा बन्दैछिन् ३८ वर्षीया महिला, डाक्टरसमेत हैरान

काठमाडौं । एकजना महिला जीवनमा कतिपटक आमा बन्न सक्लिन् ? तर, भारतमा एकजना महिलाले २० औँ बच्चा जन्माउँदै छिन् । महाराष्ट्रको बिड जिल्लास्थित केसापुर गाउँमा बस्ने लंकाबाई नामकी ती महिला २० औँ पटक आमा बन्न लागेकी हुन् । अहिले ती महिलाको पेटमा ७ महिनाको गर्भ रहेको छ । उनले यसअघि १९ पटक बच्चा जन्माइसकेकी भएपनि […]

यो गाउँमा बस्छन् केबल एकजना मान्छे, तर छैनन् एक्लै

काठमाडौं । रुसको सीमावर्ती गाउँ डोबरुसामा ३० वर्ष पहिलेसम्म झण्डै २ सय मानिस बस्दथे । तर अहिले उक्त गाउँमा जम्मा एकजना मानिस बस्दछन् । सोभियत संघको विघटनसँगै उक्त गाउँका मानिसहरु आसपासका सहरतर्फ बसाइँ सर्न थाले । कतिपय मानिसको मृत्यु भयो । अन्तिममा गाउँमा बस्ने केवल एकजना मात्र मान्छे बँचेका छन् । गाउँका ती एक्ला बासिन्दाको […]

१३ अंकसँग किन डराउँछन् मान्छेहरु ?

काठमाडौं । मानिसहरु १३ अंकलाई अशुभ मान्छन् । तर यसको पछाडिको कारण सायद धेरैलाई थाहा छैन होला । तपाईंलाई यसको कारण थाहा छ ? खासगरी पश्चिमा देशहरुमा १३ अंकप्रतिको विकर्षण अचम्मकै छ । धेरै मानिसहरु १३ अंकसँग डराउँछन्, यसको प्रयोगबाट बच्दछन् । पश्चिमा सभ्यतामा १३ अंकलाई अशुभ मान्नुको विशेष कारण छ । उनीहरु महिनाको १३ […]

पत्रकारलाई तिराइयो एक बोतल बियरको ८० लाख रुपैयाँ

सायद यो दुनियाँकै सबैभन्दा महँगो बियर बन्यो होला । नबनोस् पनि किन एक बोतलकै ५५ हजार पाउण्ड अर्थात् ८० लाख रुपैयाँभन्दा बढी मूल्य जो परेको छ । हो, बेलायतको म्यानचेस्टरमा हालै एउटा अनौठो घटना भएको छ । त्यहाँको एउटा होटलले एकजना खेल पत्रकारलाई एक बोतल बियर पिएबापत झण्डै ८० लाख रुपैयाँ बराबरको बिल थमाएको छ […]

चिट चोराइ रोक्न शिक्षकको यस्तो काइदा

हामीकहाँ स्कुल तथा कलेजका परीक्षामा चिट चोर्ने चोराउनेहरूको घुइँचो नै लाग्ने गरेको हामीले देखेकै छौं । विद्यार्थीलाई चिट चोर्नबाट रोक्नका लागि शिक्षकहरूले अनेक खालका उपाय तथा सावधानी अपनाएका हुन्छन् । उता मेक्सिकोका एकजना शिक्षकले चाहिँ विद्यार्थीलाई चिट चोर्न नदिनका लागि सायद दुनियाँमा कसैले नगरेको उपाय लगाएका छन् । उनको चिट चोराइ रोक्ने त्यो काइदा सोसल […]

शिक्षकको सान ! पेन्सन पकाएर घर फर्किँदा हेलिकप्टर बुकिङ

दुनियाँमा अनेकथरी मान्छेहरू छन् जो अनौठा काम गरेर चर्चामा आउँछन् । भारतको राजस्थानका एकजना व्यक्तिले यस्तै फरक काम गरेर चर्चा कमाएका छन् । अवकासको अन्तिम दिन हेलिकप्टर चढेर घर फर्किने उनको निर्णयले उनलाई चर्चित बनाएको हो । अलवर जिल्लाको लक्ष्मणगढस्थित मलावली गाउँका रमेश चन्द्र मिणा शनिबार ३१ अगष्टमा शिक्षक पेशाबाट अवकास पाए । शिक्षकको जागिरबाट […]

धेरै भिडियो गेम खेल्दा बुढी औँला यसरी भयो लामो

२० वर्षका ज्याकब पिना नामका युवकको एउटा हातको बुढी औंला असामान्य रुपमा लामो छ । अचम्म त के भने उनको बुढी औँला बच्चै देखि त्यस्तो लामो भने होइन । डेली मेल पत्रिकालाई दिएको अन्तरवार्तामा ज्याकबले बताए अनुसार एक्स बक्समा भिडियो गेम खेल्दा खेल्दा उनको बुढी औँला त्यस्तो लामो भएको हो । अमेरिकाको म्यासाच्यूसेट्स बस्ने ज्याकबलाई […]

ब्वायफ्रेण्डसँग भेट्न शहरभरी सूचना

काठमाडौं । मान्छे प्रेममा पागल हुन्छ भनिन्छ । यसको उदाहरण अष्ट्रेलियाकी एक युवतीले पेश गरेकी छिन् । ती महिलाले आफ्नो पूर्वप्रेमीसँग भेट गर्नका लागि अनौठो उपाय अपनाएकी छिन् । उनको त्यो कार्यबाट शहरका धेरै मानिस दिक्क भएका छन् । ती महिलाले आफ्नो पूर्वप्रेमीसँग भेट्न शहरका भित्ता-भित्तामा सन्देश लेखिरहेकी छिन् र पूर्वप्रेमीलाई आफूसँग भेट्न अपिल गरिरहेकी […]

भियग्रा सेवनबाट भएका ४ दर्दनाक घटना

भियग्रा अर्थात् यौनबर्द्धक औषधि । यसको सेवन दुनियाँमा धेरै मानिसहरूलाई लाभदायक पनि भएको छ होला । तर कतिपयका लागि चाहिँ यो जिन्दगीभर नबिर्सनै पीडा बन्यो । भियग्रा सेवनका कारण भएका ४ चर्चित दुर्घटना यस्ता छन्ः · सन् २०१५ डेनियल मेडफोर्थ नामका एक पुरुषले रक्सीको नसामा ३५ वटा भियग्राका गोली खाए । बेहोसीमा ३५ चक्की भियग्रा […]

जन्मियो विश्वकै सानो बच्चा

बेलायतमा विश्वकै सानो बच्चा जन्मिएको छ । २३ हप्ताको गर्भबाट जन्मिएकी ती बच्चीको शरीर यति सानो छ कि मान्छेको हत्केलामै अटाउँछ । ती शिशुको नाम डेजी शेरवुड हो । उनकी आमाको नाम कारा ओनकेन र बुवाको नाम साइमन शेरवुड हो । १८ जुलाईका दिन जन्मिएकी ती शिुशुको जन्मिँदाको वजन झण्डै ६ सय २५ ग्राम रहेको […]

२ सय रुपैयाँको चिठ्ठाले करोडपति, हरेक महिना साढे १४ लाख पाउने

भाग्य भएपछि मान्छेको तालुमा आलु फल्छ भनिन्छ । बेलायतको एक महिलाको जीवनमा यसैगरी भाग्य चम्किएको छ । ४२ वर्षकी ती महिलाले झण्डै २ सय रुपैयाँ बराबरको रकममा किनेको एउटा लट्रीले उनलाई करोडपति बनाएको छ । उनले झण्डै ५० करोड रुपैयाँ बराबरको पुरस्कार जितेकी छिन् । अब उनले जितेको उक्त रकम महिनावारी रुपमा प्राप्त गर्नेछिन् । […]

मान्छेको मलद्वारमा माहुरीको गोलो

मौरीले विभिन्न ठाउँमा घार बनाएको त देख्नुभएकै होला । तर, के मौरीले मान्छेको मलद्वारमा गुँड लगाएको देख्नुभएको छ ? अहिले सोसल मिडियामा एउटा तस्वीर तथा भिडियो भाइरल छ, जसमा एकजना मानिसको नितम्बमा माहुरीको गोलो देखिन्छ । पाइन्ट लगाएको उक्त मान्छेको मलद्वार क्षेत्रमा बाहुरी झुम्मिएका छन्, भुन्भुनाइरहेका छन् । दृश्य देख्दा जो कोहीलाई हाँसो थाम्न गाह्रो […]

लोग्नेले बढी माया गरेको भन्दै पत्नीले मागिन् डिभोर्स

पति पत्नीबीच झैझगडा हुँदा, मन नमिल्दा तथा पतिले राम्रोसँग पालन पोषण नगर्दा पति पत्नीबीच डिभोर्स हुने गरेको त थाहा भएकै कुरा हो । तर यो दुनियामा केही महिला यस्ता पनि हुँदा रहेछन् जसले लोग्नेले बढि माया गर्दा पनि डिभोर्स माग्दा रहेछन् । पत्यारै नलाग्ने यो घटना युएइको हो । ती महिलाले आफ्नो लोग्नेसँग डिभोर्स माग्दा […]

सबैभन्दा लामो अंग्रेजी शब्द, जसलाई पढ्न साढे ३ घण्टा लाग्छ

आम रुपमा मानिसहरुलाई युरोपको कुनैबेलाको मुलुक (हाल टुक्रिसकेको) चेकोस्लोभाकिया (Czechoslovakia) जस्ता अंग्रेजी शव्द उच्चारणसमेत गाह्रो हुन्छ । तर जब कुनै एउटा अंग्रेजी शव्द उच्चारण गर्नका लागि साढे ३ घण्टा लाग्यो भने के होला ? हो, यो दुनियाँमा एउटा यस्तो अंग्रेजी शब्द छ जसलाई पढेर सिध्याउन साढे ३ घण्टा लागछ। एउटा मात्र शब्द पढ्नका लागि साढे […]

एकैचोटि गर्भवती भएका नौ नर्सले जन्माए बच्चा

केही महिनाअघि अमेरिकाको पोर्टल्याण्डमा एउटा निकै रोचक घटना सार्वजनिक भयो । त्यहाँ एउटा अस्पतालमा कार्यरत नौ जना नर्सहरु एकसाथ गर्भवती भएका थिए । एकसाथ गर्भवती भएका ती सबै नर्सले अन्ततः सबैजनाले बच्चा जन्माएका छन् । उनीहरुको तस्वीर सोसल मिडियामा फेरि भाइरल बनिरहेको छ । पोर्टल्याण्डस्थित मेन मेडिकल अस्पतालको प्रसूति विभागमा काम गर्ने ती नर्सहरु एकैचोटि […]

छिमेकी चिढाउन घरको भित्तामा यस्तो इमोजी !

छिमेकीसँगको रिस फेर्नका लागि मान्छेले कहिलेकाहीँ निकै अनौठो कार्य गर्दोरहेछ । अमेरिकाको क्यालिफोर्नियामा एकजना मानिसले छिमेकीलाई चिढाउने गरी आफ्नो घरको भित्तामा इमोजी बनाएको घटना अहिले चर्चामा छ । घरको भित्तामा ठूलो आकारको स्माइली इमोजी बनाएपछि छिमेकीसँग उनको विवाद भएको छ । तनावको माहोलमा पनि छिमेकीहरु खुसी रहन सकून् भनेर आफुले घरको भित्तामा रङ्गी विरङ्गी बनाएको […]