Comments Add Comment

अर्थ-वार्ता

List Grid
‘महासंघलाई ढकाल र प्रधान दुवैजना चाहिन्छ’

५ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेसन यही मंसिर ११ देखि १३ गते सम्म काठमाडौंमा हुँदैछ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष भएको व्यक्ति स्वतः अध्यक्ष बन्ने व्यवस्था भए अनुरुप हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छन् । त्यस्तै आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन हुनेछ । जसमा हालका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल […]

हिउँदेबालीलाई मल अभाव हुँदैन : कृषिमन्त्री भुसाल

२७ कात्तिक, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले हिउँदे बाली गहुँ, तोरी र तरकारीका लागि मलको अभाव नहुने बताएका छन् । ठेकदारले मल ल्याउन नसके पनि अब सरकारले किनेर ल्याउने उनले बताए । हिउँदे सिजनका लागि ९० हजार मेट्रिकटन युरिया मल जोहो हुने मन्त्री भुसालको दाबी छ । छिट्टै नै ४५ हजार मेट्रिकटन […]

‘बैंकिङ क्षेत्रमा कोरोनाले पारेको असर छोपेर छोपिँदैन’

२१ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण देशव्यापी लकडाउन गरेपछिका दिनमा आर्थिक गतिविधिहरु सुस्ताए । लकडाउन खुलेपछि पनि आर्थिक गतिविधि पुरानै अवस्थामा फर्किन सकेको छैन । व्यापार–व्यवसाय रोकिँदाको प्रत्यक्ष असर बैंकहरुमा पर्ने नै भयो । अघिल्लो वर्षसम्म लगानी योग्य रकम (तरलता) अभावको सामना गरेका बैंकहरुमा कोभिड पछि २ खर्बभन्दा धेरै रकम थुप्रियो । […]

‘स्थानीय सरकारहरुले भनुन्, हामी युवालाई ऋण दिन्छौं’

१८ असोज, काठमाडौं । माइक्रोफाइनान्स बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले माइक्रोफानान्समा पनि अब ‘बिग मर्जर’ हुने बताएका छन् । नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण मर्जरमा जान दबाब परिरहेको बताउँदै उनले सय हाराहारी पुगेको माइक्रोफाइनान्सको संख्या घटाएर यसवर्ष नै ५०–५५ मा झार्ने बताए । लम्सालले लघुवित्त संस्थाहरु गाभिएर संख्या घट्नु राम्रो भन्दै नेपालमा राष्ट्रिय स्तरका […]

‘कोभिड अन्त्य भएपछि अर्थतन्त्र पहिलेभन्दा चलायमान हुन्छ’

१० भदौ, काठमाडौं । मुलुकको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क एक समय धराशायी अवस्थामा थियो । खारेजीको विन्दुमा पुगेको बैङ्क अन्ततः विदेशी व्यवस्थापनलाई जिम्मा लगाइयो र ५ वर्षपछि उकासियो । त्यसबेला बैङ्कले प्रवाह गरेको कुल कर्जामध्ये ६१ प्रतिशत खराब कर्जा थियो । बैङ्क ५ अर्ब नोक्सानीमा थियो । त्यही बैङ्क मुनाफाका हिसाबले […]

‘पाँचथरीका बैंक चाहिन्छ कि चाहिँदैन भन्ने बहस हुनुपर्‍यो’

५ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एउटा पुरानो रोग छ, सञ्चालक र व्यवस्थापकबीचको अन्तरद्वन्द्व । एकाध बैंकलाई होइन कि यो रोगले समग्र बैंकिङ क्षेत्रलाई नै सताएको छ । बैंकिङ क्षेत्रका जानकारहरु प्रायः सञ्चालकले अनावश्यक ‘टार्गेट’ दिँदा सीईओ दवावमा पर्ने र समस्या पैदा हुने बताउँछन् । कतिपय अवस्थामा भने सीईओको मनपरीका कारण पनि सञ्चालक […]

भदौ १ देखि एयरलाइन्स खोल्ने त भनियो, खै स्पष्टता ?

१९ साउन, काठमाडौं । आगामी भदौ १ देखि हवाई उडान सुचारु गर्ने निर्णय गरेको सरकारले साउन १५ बाटै पर्यटन क्षेत्र खुला भएको घोषणा गरेको छ । धेरैको आशाको छ, भदौ १ देखि विदेशी पर्यटक नेपाल घुम्न आउनेछन् र होटलमा बास बस्न थाल्नेछन् । साउन १५ यता कतिपय तारे होटेलहरु खुलेका छन् भने केही खुल्ने तर्खरमा […]

‘फोन किन्दा सेक्युरिटी, इनोभेसन र ब्रान्ड हेर्नैपर्छ’

१८ साउन, काठमाडौं । लकडाउनपछि नेपालमा मोबाइल बजारमा उत्साह थपिएको  छ । ग्राहकहरु नयाँ फोन खोज्दै पसलमा पुग्ने क्रम बाक्लिएको छ । यसले गर्दा कतिपय कम्पनीहरुलाई माग धान्न मुस्किल छ । त्यसमध्ये एक हो, सामसुङ । नेपालमा धेरै बिक्रीवितरण हुने फोन ब्रान्डमा पर्छ सामसुङ । लकडाउन खुलेपछि कम्पनीले बजारमा माग अनुसार आपूर्ति पुर्‍याउन सकिरहेको छैन […]

‘सरकारले ऋण काढेर भए पनि पूर्वाधारमा लगानी गर्नुपर्छ’

१५ साउन, काठमाडौं । नेपाली उद्योग क्षेत्रको एउटा स्थापित व्यापारिक घराना हो, सारडा समूह । यस समूह अन्तर्गतका उद्योगहरुले विद्युतीय केवल, चाउचाउ, बिस्कुट, सावुनदेखि अक्सिजन ग्यास, सिमेन्ट तथा स्टिल लगायत धेरै सामग्रीको उत्पादन र बिक्री गरिरहेका छन् । पुख्र्यौली उद्योग-व्यवसायमा रमाइरहेको यस समूहको नेतृत्व शिवरतन सारडाले गरिरहेका छन्, जो उमेरले ७० वर्षका भए । वृद्धावस्थाका […]

‘राष्ट्र बैंकको मौद्रिक नीति योभन्दा लचिलाे बन्न सक्थ्यो’

२०४४ सालमा अधिकृतस्तरबाट सेवा सुरु गरेका त्रिलोचन पंगेनीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष बिताए । यो अवधिमा उनले पोखरा क्षेत्रीय कार्यालय, तालिम केन्द्र, विदेशी विनिमय विभाग, आन्तरिक लेखा परीक्षण विभाग, नियमन विभाग, राष्ट्र ऋण विभाग र जनशक्ति विभागको काम गरे । यीमध्ये पनि मौद्रिक नीति तर्जुमा विभागमा बढी काम गरेर राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट […]

‘मौद्रिक नीति राम्रो आयो, प्रभावकारी कार्यान्वयन जरुरी छ’

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक  नीति विगतका वर्षहरूको भन्दा कम आलोचित छ । कोभिड-१९ ले औद्योगिक तथा व्यावसायिक क्षेत्र संकटमा परेका बेला आएको मौद्रिक नीतिलाई निजी क्षेत्रले खुलेर स्वागत गरेको छ । सधैं सरकारसँग असन्तुष्ट रहने निजी क्षेत्रले समेत यसपटक फरकखालको प्रतिक्रिया दिएको  छ । गत जेठ […]

‘एनआरएन कम्पनीको आईपीओमा प्रतिफल सुनिश्चित छ’

५ असार, काठमाडौं । गैरआवासीय नेपालीहरुको अभियानमार्फत ‘एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड कम्पनी’ दर्ता गरियो । यस कम्पनीको उद्देश्य थियो, नेपालको विकासमा एनआरएनको योगदान देखाउने । कम्पनीमा करिब ८ सय व्यक्तिले एक लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म रकम जम्मा गरे । ८० करोड हाराहारीमा पैसा जम्मा भएपछि कम्पनीले नेपालमा लगानी शुरु गर्‍यो । लमजुङको दोर्दी […]

निजी क्षेत्र ज्वाइँ हो, सरकारले पोस्नुपर्छ

२ साउन, काठमाडौं । वर्तमान सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका मोतीलाल दुगड आफैं उद्योगी व्यवसायी हुन् । उद्योगी आफैं मन्त्री बनेको स्थितिमा यतिखेर कोभिड- १९ का कारण समग्र अर्थतन्त्र संकटमा परेको अवस्था छ । सरकारले तीन महिनापछि लकडाउनलाई केही खुकुलो बनाए पनि उद्योग-व्यवसाय पूर्ण क्षमतामा चल्न सकेका छैनन् । सरकारी उद्योगहरू त बन्द […]

‘सरकारले गाडी चलाउनैपर्छ भनेको होइन, इच्छा भए चलाउनुस्’

३० असार, काठमाडौं । सरकारले असार २६ गतेदेखि काठमाडौं उपत्यका र अन्य बाहिरी जिल्लाहरुमा आन्तरिकरुपमा सार्वजनिक सवारी चलाउने निर्णय सुनायो । तर, यातायात व्यवसायीले विभिन्न माग राख्दै सार्वजनिक सवारी चलाउन इन्कार गरे । सरकारले सार्वजनिक सवारीमा आधा सिटमा मात्रै यात्रु बोक्न पाउने नियम बनाएको छ । साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिन सक्ने पनि भनेको […]

‘नेपाली तरकारी कुहिने, भारतको तरकारी किन्नुपर्ने अवस्था सुधारौँ’

२५ असार, काठमाडौं । कोरोना भाइरस विश्वका शक्तिशाली मुलुकहरू हुँदै नेपालमा प्रवेश गर्‍यो । कोरोना संक्रमणलाई रोक्न लागि सरकारले करिब तीन महिना पूर्ण लकडाउन गर्‍यो । यसको असर मुलुकको अर्थतन्त्रमा स्पष्ट देखिएको छ । अर्थतन्त्रमा राम्रै भरथेग गरिरहेको रेमिट्यान्समा लकडाउनपछि ठूलो गिरावट आयो । अनि सुरु भयो, कृषिको बहस । नेपाललाई कृषिप्रधान मुलुक भनिन्छ । तर […]

‘पहिलेको अनुमान मिलेन, अब भारतबाट सलहको ठूलो झुण्ड आउनसक्छ’

१८ असार, काठमाडौं । नेपालमा सलह प्रवेश गरेसँगै दुईवटा विषय चर्चामा रहे । पहिलो- सरकारले नेपालमा सलह आउँदैन भनेर गरेको पूर्वानुमान नै फेल खायो । दोस्रो- आफूलाई सलह विज्ञ भन्ने कतिपय मानिसले ‘नेपालमा आएको सलह पाकिस्तान जान चाहन्छ’ भनेर सलहको मनकै कुरो थाहा पाएजसरी व्याख्या गरेपछि समाजिक सञ्जालमा ‘ट्रोल’हरु बने । अर्को उदेक के देखिएको […]

व्यापारमा दम छैन, अब कृषिमा होमिने हो : दीपक मल्होत्रा

११ असार, काठमाडौं । फागुन अन्तिम साताको कुरा हो । कोरोना भाइरस (कोभिड–१९) को विश्वभर फैलिँदै गरेको महामारीसँगै नेपालमा पनि यसको त्रास बढिरहेको थियो । यद्यपि, त्यसबेला नेपालमा भेटिएका एक जना संक्रमित निको भइसकेका थिए भने थप संक्रमितहरू देखिएका थिएनन् । नेपाल ग्रिन जोनमै भए पनि जनमानसमा डर बढ्दै गयो । कोरोनाविरुद्धको सतर्कताका सामग्रीहरूको खोजी […]

‘अप्ठ्यारोमा परेकालाई मौद्रिक नीतिमार्फत मलमपट्टी लगाउँछौं’

१० असार, काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको गृहकार्य गरिरहेको छ । कोरोना महामारीका कारण थिलथिलो बनेको अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले के-कस्तो व्यवस्था गर्ला भन्ने यतिबेला आम चासोको विषय बनेको छ । अर्कोतर्फ बजेटले समेट्न नसकेका विषयहरु पनि मौद्रिक नीतिले समेट्ला भन्ने निजी क्षेत्रको अपैषा छ । खासगरी सरकारले […]

इन्भेस्टमेन्ट बैङ्कले इटालीमा जित्यो २.१ अर्बको मुद्दा

२७ जेठ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैङ्कले इटालीको अदालतमा करिब दुई अर्ब १० करोड रुपैयाँ बराबरको भुक्तानीसम्बन्धी मुद्दा जितेेको छ । तनहुँ जलविद्युत आयोजनाका लागि राखिएको कार्यसम्पादन जमानत जफत भएपछि इटालियन बैङ्कले नेपाल इन्भेस्टमेन्ट बैङ्कलाई काउन्टर ग्यारेन्टीबापतको भुक्तानी गर्नुपर्ने अदालतले फैसला गरेको हो । यसअघि अदालतको एकल इजलासबाट भएको फैसला उल्ट्याएर तीन जनाको संयुक्त इजलासले […]

बीमा समितिका अध्यक्ष भन्छन्– कोरोना संक्रमित देखेर भागेका होइनौं

२४ जेठ, काठमाडौं । हतारमा निर्णय गर्ने र फुर्सदमा पछि हट्ने सरकारी रोग बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा पनि सरेको छ । वैशाख ७ मा कोरोना बीमा भनेर ल्याएको नयाँ कार्यक्रम बिहीबार एकाएक बन्द भयो । शुक्रबार फेरि वीमा कार्यक्रम खुल्ला गरियो । वीमा गर्नेहरुको तीव्र आकर्षण हुँदाहुँदै बीमा कम्पनीहरुले कोरोना बीमा पोलिसी नै […]

बजेटको प्राथमिकता कृषि हुनुपर्छ : मन्त्री घनश्याम भुसाल

१२ जेठ, काठमाडौं । मार्क्सवाद एवं समाजवादी अर्थशास्त्र राम्रोसित बुझेका अध्ययनशील नेता घनश्याम भुसालले अहिले कृषि मन्त्रालय सम्हालिराखेका छन्। कोरोनाको महामारी र लकडाउनसँगै विदेशबाट नेपालीहरू फर्कने र उनीहरूलाई देशमै रोजगारी सिर्जना गर्नुपर्ने भार सरकारमाथि बढेको छ । रोजगारी सिर्जना गर्ने अर्थतन्त्रको मेरुदण्ड कृषि नै हो । तर, सरकारले अहिलेसम्म कृषिमा कुल बजेटको तीन प्रतिशतभन्दा माथि […]