Comments Add Comment

पर्यटन समाचार

List Grid
निषेधाज्ञाका कारण नेपालमा रोकिएका विदेशीलाई भिसामा सहजीकरण

२४ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण नेपालमा रोकिएका विदेशी नागरिकलाई सरकारले भिसामा सहजीकरण गर्ने भएको छ । अध्यागमन विभागका अनुसार १५ वैशाखसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय उडान स्थगत रहेको अवधिभित्र वा अन्तर्राष्ट्रिय हवाई उडान सूचारु भएको मितिले सात दिनभित्र नेपालबाट प्रस्थान गर्ने विदेशीको हकमा भिसा […]

कामीरिता शेर्पा २५ औं पटक सगरमाथा चुचुरोमा

२४ वैशाख, काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोलीले चुचुरो चुमेको छ । यो टोलीको नेतृत्व शेर्पाले गरेका थिए । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिका अनुसार कुल १२ जना आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको हो । १३ मे १९९४ मा […]

सगरमाथा आरोहणको बाटो खुल्यो, आइसफल डाक्टरको टोली चुचुरोमा

२४ वैशाख, काठमाडौं । वसन्त ऋतुका लागि सगरमाथा आरोहणको बाटो खुलेको छ । सगरमाथा आरोहणमा बाटो बनाउन हिँडेको आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको छ । सेभेन समिट ट्रेक कम्पनीका अनुसार शुक्रबार साँझ ६ बजे १० जना आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ । The first team of climbers reached the summit of Sagarmatha […]

उपत्यकाबाहिर रहेका विदेशी पर्यटकलाई निर्वाध काठमाडौं आउन दिइने

२२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाभन्दा बाहिर रहेका विदेशी पर्यटक निर्वाध काठमाडौं आउन सक्ने भएका छन् । गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै पर्यटकलाई काठमाडौं आउन सहजीकरण गर्न निर्देशन दिएको छ । कोरोना महामारी नियन्त्रण गर्न कतिपय जिल्लामा निषेधाज्ञा जारी गर्दा आवागमन प्रभावित भएका छन् । यसबाट नेपालको भ्रमणमा रहेका पर्यटक समेत […]

पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण

१९ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र धर्मपत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालको सचिवालयका अनुसार उनीहरुको आइतबार गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । दुबै जना अहिले निवासमा आइसोलेसनमा रहेको सचिवालयको भनाइ छ । पर्यटनमन्त्री रामनवमीका दिन माडीमा हजारौं मानिसको सहभागितामा आयोजित राम, सीता, […]

आगामी साताबाट सगरमाथा आरोहण शुरु हुँदै

१७ वैशाख, काठमाडौं । वसन्त ऋतुमा सगरमाथा आरोहणमा पुगेका आरोहीहरु एक साता भित्रै चुचुरोतर्फ जान शुरु गर्ने भएका छन् । पछिल्लो मौसम अपडेट अनुसार पहिलो चरणमा शुक्रबारदेखि मे ९ सम्म सगरमाथामा मौसम अनुकुल हुने पूर्वानुमान रहेको छ । यही समयमा सम्भव भएसम्म आरोहणको केही टोली चुचुरोतर्फ लाग्ने पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् । […]

नेपालबाट ट्रान्जिट उडानमा रोक लागेपछि भारतले जारी गर्‍यो ट्राभल एडभाइजरी 

१४ वैशाख, काठमाडौं । नेपालमा ट्रान्जिट भई तेस्रो मुलुकमा उड्न रोक लागेसँगै भारतले आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गर्दै सचेत गराएको छ । अध्यागमन विभागले १५ वैशाखबाट लागु हुने नेपालमा ट्रान्जिट भई तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाउने निर्णय गरेको छ । अहिले भारतबाट उडानमा प्रतिबन्ध लागेका मुलुकमा नेपाल ट्रान्जिट भई भारतीय नागरिक विदेश […]

बजेट : कर्मचारीलाई बिदा पर्यटनमा पठाउने प्रस्ताव

१४ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन व्यवसायको पुनरुत्थानका लागि कर्मचारीलाई पुनः बिदा पर्यटनमा पठाउने प्रस्ताव गरेको छ । मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि यस्तो प्रस्ताव गरेको हो । यसअघि आव २०७०/७१ मा सरकारले बिदा पर्यटन कार्यान्वयनमा ल्याएको थियो । त्यसबेला प्रति कर्मचारीलाई १५ हजार ८ सय रुपैयाँ […]

नेपाल एयरलाइन्सको टिकटको भुक्तानी क्यूआर कोडबाट गर्न सकिने

१३ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमको टिकट खरिद गरेको रकम भुक्तानी नेपाल बैंकको क्यूआर स्क्यानबाट गर्न सकिने भएको छ । निगम र नेपाल बैंकले संयुक्त रुपमा यो प्रणालीको शुभारम्भ गरेका छन् । निगमका महाप्रवन्धक डिम प्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा यो कार्यको सुरुवात गरे । बदलिँदो परिवेशमा डिजिटल […]

सगरमाथा आरोहण मार्गमा भीड कम गर्न कोटा तोकियो

८ वैशाख, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणको मौसम जारी रहँदा सरकारले आरोहणमार्गमा हुने भीडभाड कम गर्न कोटा तोकेको छ । पर्यटन विभागले सन् २०२१ को वसन्त ऋतुको आरोहण व्यवस्थित गर्न र आरोहण मार्गमा हुने जोखिम कम गर्न यस्तो व्यवस्था गरेको जानकारी दिएको छ । विभागका अनुसार सगरमाथा आरोहण अनुमति लिएका व्यक्तिले सगरमाथा चुचुरोमा आइसफल […]

आन्तरिक उडानमा यात्रुले भर्नुपर्ने स्वःघोषणा फारम पुनः अनिवार्य 

५ वैशाख, काठमाडौं । आन्तरिक उडानमा यात्रा गर्ने यात्रुले बोर्डिङ पास लिने क्रममा भर्नुपर्ने स्वःघोषणा फारम अनिवार्य भर्नुपर्ने भएको छ । महामारी कम हुँदै गएपछि एयरलाइन्सले फारम नभरी बोर्डिङ पास दिइरहेका थिए । तर, कोरोना महामारी पुनः बढ्न थालेपछि यो फारम अनिवार्य भर्नुपर्ने नियम कडाइका साथ कार्यान्वयनमा आएको यती एयरलाइन्सले जानकारी गराएको छ । एयरलाइन्सका […]

बन्दीपुरको ‘मिनी ग्रेटवाल’मा आन्तरिक पर्यटकको आकर्षण

२९ चैत, तनहुँ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरेर चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवाल पर्यटकको आर्कषण बन्दै गएको हो । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी […]

बिस्का जात्राका फोटो अनलाइन प्रदर्शनी हुने

२७ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गरिरहेको ‘ह्यास फोटो नेपाल’ प्रदर्शनी अन्तर्गत भक्तपुर जिल्लामा मनाइँदै आएको बिस्का जात्राको आकर्षण समावेश गरिएका फोटो प्रदर्शनीमा राखिने भएको छ । प्रदर्शनी जात्रा मनाइने मिति मिल्ने गरी भोलि (शनिबार) देखि २०७८ वैशाख ५ सम्म प्रदर्शनी हुने बोर्डले जनाएको छ । यसपालिको प्रदर्शनी बोर्डको फोटो अभियानको […]

पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिमा बोर्डले सहयोग गर्ने

२३ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्डले देशभरका होटल व्यवसायीको क्षमता अभिवृद्धिमा सहयोग गर्ने भएको छ । पर्यटन बोर्ड र होटल व्यवसायी महासंघको आयोजनामा काठमाडौमा आयोजित दुई दिने हस्पिटालिटी म्याजनेजमेन्ट सम्बन्धी तालीम समापनका अवसरमा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले यस्तो जानकारी गराएका हुन् । उनले पर्यटन विकासका लागि व्यवसायीको क्षमता अभिवृद्धिका लागि बोर्डले सहयोग […]

पर्वतारोहण सिजनले बढायो पर्यटक आगमन, लकडाउनपछि मार्चमा सर्वाधिक विदेशी भित्रिए

१९ चैत, काठमाडौं । वसन्त ऋतुको पर्वतारोहण सिजन जारी छ । यस प्रयोजनका लागि नेपाल आउने पर्यटकको संख्या बढ्दा यसको सकारात्मक प्रभाव समग्र पर्यटक आगमनमा देखिएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार मार्च २०२१ मा १४ हजार ९ सय ७७ जना पर्यटक नेपाल आए । यो संख्या गत एक वर्ष यताकै सबैभन्दा धेरै हो । […]

वसन्त ऋतुमा हिमाल चढ्न ५ समूहका ४५ जनाले लिए अनुमति

११ चैत, काठमाडौं । हिमाल आरोहणको सिजन नजिकिँदै गर्दा अनुमति लिने समूहको संख्या समेत बढेको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म कुल ५ टोलीका ४५ जनाले यो सिजनमा हिमाल चढ्न अनुमति लिइसकेका छन् । यो पाँच टीम सगरमाथा भन्दा अन्य हिमाल चढ्ने योजनामा रहेको विभागले जनाएको छ । ९ मार्चमा पहिलो अनुमति जारी भएको थियो […]

पर्यटकका लागि हटेन क्वारेन्टिन, भिसा प्रक्रिया पनि यथावत

१० चैत, काठमाडौं । गत शुक्रबार एमाले निकट पर्यटन व्यवसायी र कार्यकर्ताले एक खबर सामाजिक सञ्जालमा भाइरल गराए । जसमा भनिएको थियो, ‘सरकारले नेपाल आउने विदेशी पर्यटकका लागि क्वारेन्टिन हटायो, अनअराभइल भिसा पनि पाइने, अब पर्यटक आगमन सहज हुन्छ ।’ यसको नेतृत्व गरेका थिए नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले । उनले भनेका थिए, ‘मन्त्रिपरिषद्को […]

थाइ एयरवेज नउड्दा चिठ्ठीपत्र र पार्सल ओसारपसार गर्न असहज 

१ चैत, काठमाडौं । कोरोना महामारीका कारण लामो समय विमानस्थलमा थन्किएका जहाज उड्न नसकेपछि थाइल्याण्डको सरकारी वायुसेवा कम्पनी थाइ एयरवेजले साविकका कतिपय गन्तव्यमा उडान सुरु गर्न सकेको छैन । यसको प्रभाव नेपालमा हुलाक सेवा विभागको नियमित सेवामा समेत परेको छ । चिठ्ठीपत्र र पार्सल ओसार-पसार गर्न विभागले सम्झौता गरेको कम्पनीले कोरोना महामारी सुरु भएयता सेवा […]

पर्यटक सवारी चालकलाई दिइयो सुरक्षा प्रशिक्षण

२३ फागुन, काठमाडौं । पर्यटक प्रहरी इकाई र नेपाल पर्यटन बोर्डले पर्यटक सवारीचालक, ट्याक्सीचालक तथा रिक्सा चालकलाई सुरक्षा सम्बन्धी प्रशिक्षण दिएका छन् । पर्यटक नेपाल आइसकेपछि पहिलो सम्पर्कमा सवारी चालक हुने भएकोले सवारी चालकले गर्ने व्यवहारबाटै उनीहरुको नेपालप्रतिको दृष्टिकोण बन्ने भएकोले पर्यटकको आतिथ्यतामा नेपालीपन देखाउन सरोकारवालाले जोड दिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी […]

महामारीबीच होटेल सेवा सञ्चालनबारे प्रशिक्षण

१२ फागुन, काठमाडौं । कोरोना महामारीका बीच सुरक्षित रुपमा होटेल सेवा संचालन गर्ने सम्बन्धका केन्द्र स्तरमै प्रशिक्षण शुरु भएको छ । औद्योगिक सम्बन्ध मजबुत र सुमधुर बनाउने उद्देश्यले केन्द्रीय स्तरमा सामूहिक तथा सेवा शुल्क सम्बन्धी सम्झौता २०७५ ले अख्तियारी गरेको अधिकार सम्पन्न संयुक्त कार्यदलले ‘व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तथा कोभिड-१९ ले पर्यटन क्षेत्रमा पारेको असर […]

बौद्धमार्गी देशमा उडान विस्तारको योजनामा वायुसेवा निगम

५ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमले बौद्धमार्गी मुलुकमा उडान विस्तारको योजना बनाएको छ । निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले नेपाल वायुसेवा निगमले बौद्धमार्गी बाहुल्य भएका देशमा उडान बिस्तारको योजना रहेको जानकारी गराएका छन् । बुधबार नेपाल एयरलाइन्स र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच नेपालको पर्यटन प्रवर्द्धन र बुद्धदर्शनको विस्तारमा पारस्परिक सहयोगको माध्यमले अगाडि बढ्ने सम्बन्धी समझदारी पत्रमा […]