Comments Add Comment

पर्यटन समाचार

List Grid
बौद्धमार्गी देशमा उडान विस्तारको योजनामा वायुसेवा निगम

५ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमले बौद्धमार्गी मुलुकमा उडान विस्तारको योजना बनाएको छ । निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले नेपाल वायुसेवा निगमले बौद्धमार्गी बाहुल्य भएका देशमा उडान बिस्तारको योजना रहेको जानकारी गराएका छन् । बुधबार नेपाल एयरलाइन्स र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच नेपालको पर्यटन प्रवर्द्धन र बुद्धदर्शनको विस्तारमा पारस्परिक सहयोगको माध्यमले अगाडि बढ्ने सम्बन्धी समझदारी पत्रमा […]

मार्चबाट यती एयरलाइन्स पूर्ण क्षमतामा सञ्चालन हुने

२८ माघ, काठमाडौं । निजी क्षेत्रमा सञ्चालित वायुसेवा कम्पनी यती एयरलाइन्सले आगामी मार्चदेखि पूर्ण क्षमतामा विमान सञ्चालन गर्ने भएको छ । कोभिड-१९ को बन्दाबन्दीपछि आन्तरिक उडानमा यतीले ३ वटा ‘एटीआर-७२’ र दुईवटा जेट स्टि्रम विमानमार्फत उडान सञ्चालन गर्दै आएको छ । कम्पनीले आगामी मार्चदेखि पाँचैवटै एटिआर विमानलाई पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको जानकारी गराएको छ […]

पर्यटन सेवा सञ्चालकका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा तालिम शुरु 

  २० माघ, काठमाडौं । टुरिजम रिकोभरी टास्कफोर्स (टीआरटीएफ नेपाल)ले मंगलबारबाट पर्यटन सेवा सञ्चालकका लागि स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी पहिलो चरणको प्रशिक्षक प्रशिक्षण तालीम शुरु गरेको छ । लुम्बिनी प्रदेशको बुटवलमा पहिलो चरणको तालिम शुरु भएको छ । जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेशनको सहकार्यमा देशैभर यस्तो तालीम संचालन गरिने भएको छ छ । सुदूरपश्चिम, […]

तुम्लिङटार विमानस्थलको धावनमार्ग मर्मत शुरु, साना जहाज मात्र उड्ने

१८ माघ, काठमाडौं । संखुवासभाको तुम्लिङटार विमानस्थलको धावनमार्गको मर्मत सम्भार शुरु भएको छ । यससँगै यो विमानस्थलमा काठमाडौंबाट ठूला जहाजबाट भइरहेको उडान बन्द भएको छ । तुम्लिङटारमा काठमाडौंबाट बुद्ध एयरले नियमित उडान गरिरहेको थियो । अब विमानस्थलमा समिट एयरले ट्वीनअटर जहाजबाट सोमबारदेखि नियमित उडान थाल्नेछ । धावनमार्गको मर्मतका लागि शनिबारबाट ठूला जहाजको उडान भने बन्द […]

नेवानिका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सरल कर्जा पाउने

१५ माघ, काठमाडौं । नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैँक बीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । निर्धारित सेवा अवधि पुरा गरेका निगमका कर्मचारीले सरल कर्जा प्राप्त गर्नसक्ने गरी उक्त सम्झौता भएको निगमले जनाएको छ । सम्झौतामा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र बैँकका प्रमुख कार्यकारी अधिकृत  किरण […]

 फागुनदेखि काठमाडौंबाट भेडेटार र इलाममा पर्यटक बस चल्ने

१२ माघ, काठमाडौं । अब काठमाडौंबाट पूर्वी नेपालका दुई गन्तब्य भेडेटार र इलाममा पर्यटक बस चल्ने भएका छन् । आन्तरिक पर्यटनमा पूर्वलाई काठमाडौंसँग जोड्न बस संचालनको तयारी गरिएको हो । नेपाल पर्यटन बोर्डका अनुसार फागुन पहिलो सातादेखि काठमाडौं-भेडेटार र काठमाडौं-इलाम पर्यटक बससेवा सञ्चालन हुने भएको हो । नेपाल पर्यटक यातायात व्यवसायी संघको सक्रियता र नेपाल […]

लुक्ला जान अब पीसीआर रिपोर्ट नचाहिने

११ माघ, काठमाडौं । नेपालको मूख्य पर्यटकीय गन्तब्य सगरमाथाको आधार शिविरतर्फ जाँदा अब कोरोना भाइरसको परीक्षण गरेको रिर्पोट नचाहिने भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिका भित्र प्रवेशका लागि पिसिआर नेगेटिभ रिर्पोट अनिवार्य चाहिने नियम बनाएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईका अनुसार १० माघबाट लागू हुने गरी यो प्रावधान हटाउने निर्णय […]

बेलायतबाट स्वदेश फर्किन नेपालीलाई शर्तसहित अनुमति

७ माघ, काठमाडौं । नयाँ प्रकृतिको कोरोना भाइरसको उद्गमस्थल बेलायतबाट नेपालमा यात्रु ल्याउन एयरलाइन्सहरुलाई रोक लगाइएको छ । यसबाट नेपाल आउनै पर्ने नेपाली नागरिक र गैरआवासीय नेपालीसमेत समस्यामा परेका छन् । यस अवस्थामा सरकारले नेपाल आउनै पर्ने नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकका लागि सहजीकरण गरेको छ । अध्यागमन विभागले ५ माघमा अध्यागमन नीतिबारे सूचना […]

५ दिनमा ३ सय पर्यटक खप्तड पुर्‍याउने योजना

५ माघ, कैलाली । छिनमै बर्सात, छिनमै हिउँ, केही बेरमै हावाहुरी र केहिबेरमै प्रचण्ड गर्मी । यो विशेषता खप्तडको हो । यस्तो बेला स्वर्गको टुक्रा जस्तै देखिन्छ खप्तड । तर, त्यहाँसम्म पैदल वा सडक मार्ग हुँदै पुग्न अहिले सम्भव छैन । यो सुन्दर र मनमोहक दृश्यको अवलोकन गर्न खप्तड हेली टुर प्याकेज ल्याइएको छ । […]

बढ्न थाल्यो आरोहण अनुमति, ९ ग्रुपका ४३ जनाले पाए परमिट

२८ पुस, काठमाडौं । लामो समयदेखि ठप्प रहेको पर्यटन गतिविधि क्रमशः चलायमान हुने अवस्था छ । यसै क्रममा पर्वतारोहणमा समेत आरोहण अनुमति बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार आइतबारसम्म हिउँदे याममा हिमाल चढ्न कुल ९ टोलीले आरोहण अनुमति लिएका छन् । ९ टोलीका ४३ जना आरोहीले यस सिजनका लागि […]

टिकटकमा गन्तब्य प्रचार गरेवापत नगद पुरस्कार पाइने

२१ पुस, काठमाडौं । तपाईले टिकटकमा भिडियो बनाएवापत आम्दानी गर्न कि त ठूलै सेलिब्रेटी हुनुपर्छ, की बजारले पत्याएको भाइरल टिकटकर । तर, अब आम टिकटक यूजर्सले पनि टिकटक बनाएवापत पुरस्कृत हुन सक्ने छन् । तर, निश्चित शर्त पुरा गरी टिकटक भिडियो बनाउनु पर्छ । त्यसरी बनाएका भिडियोलाई तपाईले विधि पुर्‍याएर अपलोड गर्नासाथ स्वतः प्रतिस्पर्धामा जानेछ […]

पोखरामा नयाँ एड्भेन्चर ‘टावर क्लाइम्बिङ’ सुरु

१५ पुस, काठमाडौं । पर्यटकिय शहर पोखरामा अर्को नयाँ एड्भेन्चर गतिविधि थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा १७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा) बन्जीका लागि बनाएको टावरमा नेपालमै पहिलोपटक टावर क्लाइम्बिङ सुरु गरेको हो । ३५ मिटर अग्लो क्यान्टिलिभर टावरमा चड्दा थकाइ लागे बिचमा रोकिएर आराम गर्दै समेत जान सकिने गरी डिजाइन गरिएको छ […]

दुर्गममा सेवा दिन बुद्धले नयाँ कम्पनी ‘यशोधरा एयर’ खोल्ने

१४ पुस, काठमाडौं । बुद्ध एयरले दुर्गम भेगमा हवाई सेवा विस्तार गर्ने भएको छ । यसका लागि बुद्ध एयरको शतप्रतिशत लगानी रहने गरी भगिनी कम्पनी खोल्ने तयारी गरिएको हो । नयाँ कम्पनीको नाम ‘यशोधरा एयर’ राखिने निर्णय भएको कम्पनीका प्रवन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार कम्पनीले आगामी एक वर्षभित्र नयाँ कम्पनीका […]

भक्तपुरका पुराना होटेल व्यवसायी प्रजापति रहेनन्

८ पुस, काठमाडौं । भक्तपुरका पुराना होटेल व्यवसायी रामप्रसाद प्रजापतिको निधन भएको छ । २०३४ सालमा भक्तपुर गेष्ट हाउस स्थापना गरेका उनी भक्तपुरकै सबैभन्दा पुराना होटेल व्यवसायी मानिन्छन् । प्रजापतिका पुत्र सुमनका अनुसार यो होटेल भक्तपुरकै पहिलो होटेल हो । भक्तपुर नगरपालिकाबाट शुरु गरेको उनको होटेल अहिले भने चुनदेवीमा सारिएको छ । ८३ वर्षीय उनी […]

हङकङ जाने विदेशी यात्रुको क्वारिन्टिन तोकिएका होटेलमा मात्र

६ पुस, काठमाडौं । अब हङकङ पुग्ने सबै यात्रुले त्यहाको सरकारले तोकेको होटेलमा मात्र क्वारिन्टिनमा बस्नुपर्ने भएको छ । नेपाल वायुसेवा निगमका अनुसार कोभिड १९ को संक्रमणको जोखिम र यसको रोकथामका लागि हङकङ सरकारले यस्तो नियम ल्याएको हो । यसअघि यात्रुले आफ्नो इच्छाअनुसार होटेल बुक गर्न सक्ने प्रावधान रहेको थियो । स्वास्थ्य प्रोटोकलमा परिवर्तन गरी […]

नेपाल एयरलाइन्सको हङकङ उडानमा यात्रुमाथि कडाइ

२९ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सले हङकङ उडानमा कडाइ गर्ने भएको छ । नेपालबाट गएका यात्रुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि चौथो प्रतिबन्ध भोगेको एयरलाइन्सले हङकङ यात्राका लागि अधिकतम ४८ घण्टाभित्र पीसीआर रिर्पोट नेगेटिभ चाहिने बताएको छ । यसअघि ७२ घण्टाभित्र पीसीआर रिर्पोट नेगेटिभ आएकाहरुलाई यात्रा अनुमति दिइएको थियो । तर त्यसरी हङकङ […]

भूमेचुली डाँडाको भ्‍यूटावरले जीवनस्तर उकासिने अपेक्षा

२६ मङ्सिर, बनेपा । अग्लो ठाउँ, स्वच्छ हावापानी र मनोरम दृश्य नियाल्दै मौसमअनुसारको खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका यहाँका बासिन्दामा अब अर्को नयाँ आशा पलाएको छ । दृश्यावलोकनस्तम्भ (भ्यूटावर) बन्ने भएपछि अन्य व्यवसायबाट पनि जीवनस्तर उकास्न सजिलो हुने स्थानीयवासीको अपेक्षा छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ रजवासमाथि भूमेचुली डाँडामा दृश्यावलोकनस्तम्भ वन्ने भएपछि यहाँका बासिन्दामा उत्साह थपिएको […]

‘जाऔँ है पोखरा अभियान’ सुरु

२४ मङ्सिर,पोखरा । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ सुरु गरेको छ । कोभिड-१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनलाई समेटिएको अभियानमा अन्तर्गत […]

पर्यटकको आकर्षण बन्दैछ इलामको पानीटार

२३ मङ्सिर, इलाम । तीन वर्षअघि इलामस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए । चियाबारी भन्ने बित्तिकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने गरे पनि पानीटारको नाम कहिल्यै आउँदैनथ्यो । स्थानीय तह र सम्बन्धित निकाय (पर्यटनसम्बद्ध) ले चासो नदिएकै कारण पानीटार ओझेलमा […]

आठ महिनापछि खुल्यो टीकापुर पार्क

२० मंसिर, कैलाली । कोरोना भाइरसको सङ्क्रमणका कारण आठ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेको टीकापुर पार्क खुल्ला गरिएको छ । आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने टीकापुर पार्कमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकले पार्कको अवलोकन गर्दै आएको तथ्याङ्क नगरपालिकासँग छ । लामो समयदेखि टीकापुर पार्क खुल्ला गर्नुपर्ने आवाज उठ्दै आए पनि नगरपालिकाले स्वास्थ्य […]

दोलखाका धार्मिक गन्तब्य खुला, कालिन्चोक र भिमेश्वर दर्शन गर्न सकिने

१८ मंसिर, काठमाडौं । दोलखा जिल्ला भित्रका धार्मिक गन्तब्य सर्वसाधारणको दर्शनका लागि खुला भएका छन् । जिल्ला प्रशासन कार्यालय दोलखाले ३० असोजमा एक आदेश जारी गरी जिल्ला भित्रका मठमन्दिरमा नित्य पूजाबाहेकका गतिविधि गर्न रोक लगाएको थियो । बिहीबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले यसअघिको आदेश हटाउने निर्णय गरेको हो । यससँगै दोलखाका चर्चित […]