Comments Add Comment

पर्यटन प्रमुख

List Grid
हिउँदे सिजनमा हिमाल आरोहण गर्न ६ टोलीले लिए अनुमति

२३ पुस, काठमाडौं । हिउँदे सिजनमा हिमाल आरोहण गर्न ६ टोलीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका सोमबारसम्म कुल ६ वटा हिमाल चढ्न १६ जनाले आरोहण अनुमति लिएका हुन् । सामान्यतया हिउँदे सिजनमा हिमाल आरोहणमा कम मात्र आरोही जान्छन् । त्यसमा पनि यो सिजन आगामी बसन्त ऋतुमा सगरमाथा चढ्नेले साना हिमाल आरोहण गरी अभ्यास […]

नेपाल एयरलाइन्सले फिर्ता बोलायो मलेसिया स्टेसनका तीन कर्मचारी

२१ पुस, काठमाडौं । नेपाल वायुसेवा निगमले मलेसया स्टेसनमा खटिएका तीन उच्च तहका कर्मचारीलाई कारवाही गरेको छ । नेपाल एयरलाइन्स स्रोतका अनुसार दुई वर्षका लागि खटिएका उनीहरुलाई तत्काल स्वदेश फिर्ता बोलाउने निर्णय निगमको पोष्टिङ कमिटीले गरेको हो । गत ३० डिसेम्बर २०२० का दिन मलेसियाको क्वालालाम्पुरबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजमा एक यात्रुको पीसीआर रिर्पोट […]

मौसम बिग्रिएपछि तराईका तीन विमानस्थलमा उडान हुन सकेन

२१ पुस, काठमाडौं । बाक्लो हुस्सु र तुवाँलोको असर हवाई उडानमा समेत परेको छ । सोमबार विहान पनि सबैजसो विमानस्थलमा उडान प्रभावित भएको थियो । मंगलबार विहान साढे १० बजेसम्म तराईका तीन वटा विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् । त्रिभुवन विमानस्थल कार्यालयका कार्यबाहक महाप्रवन्धक देवचन्द्रलाल कर्णका अनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटीका […]

हवाई उद्योगमा कोरोना प्रभाव : साढे १७ अर्बको आम्दानी गुम्यो

१६ पुस, काठमाडौं । नेपालको हवाई उद्योगले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न परिस्थितिका कारण साढे १७ अर्ब भन्दा माथिको आम्दानी गुमाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको तथयांक अनुसार कोभिड १९ को प्रभावका कारण सबैभन्दा ठूलो असर राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई परेको छ । यो कम्पनीले आफूसँग भएका जहाजको उपयोग गर्न नपाएपछि करिब […]

गौतमबुद्ध विमानस्थलमा एडीबीले दियो थप पौने १८ अर्ब ऋण

८ पुस, काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको संरचना निर्माण गर्न एसियाली विकास बैंकले १५ करोड अमेरिकी डलर (पौने १७.८८ अर्ब रुपैयाँ) ऋण लगानी गर्ने भएको छ । अर्थ मन्त्रालय र एसियाली विकास बैंकबीच उक्त वित्तीय लगानी सम्बन्धमा हस्ताक्षर भएको छ । दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग(सासेक) अन्तर्गत विमानस्थल क्षमता अभिवृद्धि परियोजनामा यो […]

नेपालका वायसेवा कम्पनीहरु ईयूको कालोसूचीमा कायमै, हटेन प्रतिवन्ध

७ पुस, काठमाडौं । नेपाली हवाई उद्योग यसपटक पनि यूरोपेली यूनियन (ईयू)को कालोसूचीबाट हट्न पुनः असफल भएको छ । इयूले हरेक ६/६ महिनामा प्रतिवन्धको विवरण अद्यावधिक गर्छ । पछिल्लो समय ईयूले २ डिसेम्बर २०२० मा यस सम्बन्धी निर्णय लिएको थियो । ८ डिसेम्बरमा ईयूले विश्वभरका वायुसेवाको प्रतिवन्धित सूची सार्वजनिक गरेको छ । जसअनुसार इयूले सार्वजनिक […]

पाँच महिनामा भित्रिए ६ हजार पर्यटक

७ पुस, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिना -साउन-मंसिर) सम्म ६ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले दिएको जानकारी अनुसार मंसिर महिनासम्म उक्त संख्यामा पर्यटक आएका हुन् । यस अवधिमा अमेरिकाबाट सर्वाधिक संख्यामा पर्यटक आएका छन् । ५ महिनामा अमेरिकाबाट १३१७ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् […]

साउदीले रोक्यो हवाई उडान, नेपालबाट निर्धारित उडान रद्द

६ पुस, काठमाडौं । साउदी अरेबियाले दमाममा सबै अन्तर्राष्ट्रिय हवाई उडानमाथि अस्थायी रोक लगाएको छ । यसले नेपालबाट हुने हवाई उडान समेत रद्द हुने भएका छन् । हिमालय एयरलाइन्सका अनुसार साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको छ । सोहीकारण काठमाडौंबाट दमामका लागि निर्धारित उडान रद्द भएका छन् । साउदी अरेबियाले […]

हप्तामा दुई दिनको बिदाले अर्को वर्ष पर्यटनको बाँध फुट्न सक्छ : पर्यटनमन्त्री   

३ पुस, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा जोड दिने बताएका छन् । सोहीकारण दुई दिन सार्वजनिक बिदाको अवधारणा ल्याइएको उनले उल्लेख गरेका छन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले शुक्रबार आयोजना गरेको ‘पर्यटनमा कोभिड-१९ को प्रभाव र भावी कार्यदिशा’ विषयक गोष्ठीलाई […]

हप्तामा दुई दिन बिदा : न खर्च घट्छ न पर्यटक बढ्छन्

२८ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एक अध्ययन समितिले सरकारी कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिनुपर्ने सिफारिस गरेको छ । प्रतिवेदनको निष्कर्ष छ– हप्तामा दुई दिन बिदा कायम गर्दा कर्मचारी, कार्यालय र संस्थाहरूको उत्पादकत्व बढ्छ । त्यस्तै, सरकारी खर्च घट्नुको साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुने, लैंगिक समानता, काम र व्यक्तिगत […]

फूल टिपेर प्यासेन्जरलाई दिन खोज्दा प्याराग्लाइडिङ दुर्घटना

२७ मंसिर, पोखरा । फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा प्याराग्लाइडिङ दुर्घटना भएको पाइएको छ । नेपाल हवाई खेलकूद संस्था (एनएए)ले गरेको अध्ययनले दुर्घटनामा प्यारा पाइलट नै दोषी भएको निष्कर्ष निकालेको छ । मंसिर ८ गते पोखरामा फिष्टेल नेपालको प्याराग्लाइडिङ दुर्घटना हुँदा अनुभवी प्यारा पाइलट राजु गैरे (नेपाल) को निधन भएको थियो भने यात्रु घाइते भएका […]

मुवा झरना पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै 

२६ मंसिर, पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ र ६ को सीमामा अवस्थित मुवा झरना पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनेको छ । यसअघि गुमनाम रहेको यो झरनालाई स्थानीय दीपज्योति युवा क्लबले प्रचारमा ल्याएपछि पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको भीड लाग्न थालेको हो । निकै दुर्गम स्थानमा रहेको यो झरनामाथि निर्माण गरिएको झोलुङ्गे पुलबाट झरनाको दृश्यावलोकन गर्न […]

हप्तामा दुई दिन सार्वजनिक बिदा दिन अध्ययन समितिको सिफारिस

२५ मंसिर, काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ । हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो । उक्त समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस […]

काठमाडौं-दिल्ली उडान खुल्यो, दुई देशका सरकारी एयरलाइन्समात्र उड्ने

२५ मंसिर, काठमाडौं । नेपाल र भारतबीच ९ महिनापछि नियमित हवाई उडानको बाटो खुलेको छ । भारतले प्रस्ताव गरेको एयर ट्रान्सपोर्ट बबल स्किममा नेपाल र भारतका सरकारी एयरलाइन्स सहभागी भई उडान सञ्चालन गर्नेछन् । एयर बबल स्किममा नेपालले आफ्नो एक र भारतको एक वायुसेवा कम्पनीलाई उडान अनुमति दिने निर्णय गरी सहमतिका लागि भारतसमक्ष प्रस्ताव गरेको […]

दिल्ली उडानका लागि भारतको अनुमति कुर्दै नेपाल एयरलाइन्स

२३ मंसिर, काठमाडौं । भारतले प्रस्ताव गरेको एयर बबल अवधारणा अनुरुप सरकारले भारत-नेपाल दुबैतर्फबाट दैनिक एक-एक उडान गर्ने निर्णय गरिसकेको छ ।  १० मंसिरमा नै नेपाल सरकारले यो निर्णय गरेपनि अझै उडान भने सुरु हुन सकेको छैन । भारत उडान गर्न नेपालबाट नेपाल एयरलाइन्सलाई तोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसहितका निकायले आवश्यक प्रक्रिया पुरा […]

नेपालकै कारण लम्बियो हवाई क्षेत्रमाथि ईयूको प्रतिबन्ध !

२३ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर यूरोपेली यूनियन (ईयू)को नेपालस्थित मिसनले सोमबार विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा नेपालले हवाई सुरक्षाका क्षेत्रमा उल्लेख्य सुधार गरेको बतायो । वक्तव्यले नेपालको हवाई उड्डयन ईयूको कालोसूचीबाट हट्ने संकेत गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खुसी प्रकट गरे । तर न ईयूले हवाई […]

भिजिट भिसामा विदेश जान बिमा अनिवार्य गर्ने तयारी

२३ मंसिर, काठमाडौं । सरकारले प्रमुख श्रम गन्तब्य मुलुकमा भिजिट भिसामा जान कडाइ गर्न थालेको छ । अघिल्लो हप्ताबाट विमानस्थलमा भिजिट भिसामा वैदेशिक रोजगरीका लागि हिँडेका शंकास्पद श्रमिकमाथि कडा चेकजाँच सुरु गरिएको अध्यागमन विभागले बताएको छ । भिजिट भिसा लिएर श्रमिकहरु असुरक्षित रुपमा विदेशिन थालेको गुनासो बढेपछि गृह मन्त्रालय र अध्यागमन विभागले भिजिट भिसामा थप […]

कोरोना कहर : दुई दर्जन हेलिकोप्टर ९ महिनादेखि विमानस्थलमै थन्किए

२० मंसिर, काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये नागरिक उड्डयन लकडाउन खुकुलो भएसँगै क्रमशः चलायमान हुने अवस्थामा छ । तर, यस भित्रको पनि हेलिकोप्टर व्यवसाय भने चरम संकटमा छ । नेपालमा हेलिकोप्टरका मुख्य यात्रु विदेशी पर्यटक हुन् । यसमा पनि पर्वतारोहण र पदयात्रा निस्केका यात्रुले हेलिकोप्टर बढी प्रयोग गर्छन् । तर, कोरोना […]

ऊ… ऊ… सगरमाथा !

२० मंसिर, काठमाडौं । शनिबार बिहान ७ बजे त्रिभुवन विमानस्थलबाट सगरमाथालाई गन्तब्य बनाएर उडेको बुद्ध एयरको एटीआर जहाजलाई पच्छ्यायो यती एयरको एटीआरले । काठमाडौं शहरलाई एक फन्कोमै पार गरेको जहाज धादिङको आकास नपुग्दै झुल्के घामका कारण टलक्कै टल्किएका हिमालको अगाडि पुग्यो । बोर्डिङ पाससँगै टिकट काउन्टरमा दिएको नक्सा पल्टाउँदै एयरहोस्टेसले उदघोष गरिन्, ‘यात्रु महानुभावहरु अहिले […]

विन्टर सिजनका लागि दुई समूहलाई हिमाल आरोहण अनुमति

१८ मंसिर, काठमाडौं । विन्टर सिजनका लागि हिमाल चढ्न दुई समूहले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबारसम्म विन्टर सिजनका लागि लुजा पिक (५७२६ मिटर) र काङगेरी-२ (६५०६ मिटर) चढ्न आरोहण अनुमति जारी भएको छ । हिमालमध्ये लुजा पिक चढ्न तीन जनाले आरोहण अनुमति लिएका छन् । उनीहरु नेपाली हुन् । यता, काङगेरी-२ […]

वन पर्यटनको राष्ट्रिय अर्थतन्त्रमा योगदानबारे अध्ययन गरिने

१६ मंसिर, काठमाडौं । वनमा आधारित पर्यटकीय गतिविधिले राष्ट्रिय अर्थतन्त्रमा गरेको योगदानबारे अध्ययन हुने भएको छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले चालु आर्थिक वर्ष २०७७/७८ को वाषिर्क कार्यक्रमअन्तर्गत यस्तो अध्ययन गर्न लागेको हो । नेपालका चितवन, बर्दियाजस्ता चर्चित गन्तब्य जन-जंगलमा आधारित पर्यटकीय उत्पादनबाट विश्वप्रसिद्ध बनेका गन्तब्य हुन्। पछिल्लो समय कोशीटप्पु, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा समेत […]