Comments Add Comment

उर्जा

List Grid
 उद्योगलाई पनि समयानुकूल विद्युत महसुल दर लागू गर्ने प्राधिकरणको तयारी

  २६ चैत, काठमाडाैं । औद्योगिक करिडोरमा समेत विद्युतभार कटौतीको अन्त्य भइसकेको अवस्थामा उद्योगलाई समेत समयानुकूल विद्युत् महसुल दर लागू गर्ने तयारी गरिएको छ । विगतमा विद्युतभार कटौती हुँदा उद्योगलाई पूर्ण क्षमतामा चलाउन बढी शुल्क तिरेर उद्योगले विद्युत् लिने गरेका थिए । घरायसी ग्राहकलाई अँध्यारोमा राखेर नेपाल विद्युत् प्राधिकरणले उद्योगलाई विद्युत् दिएको भन्दै चर्को आलोचनासमेत […]

कोसी करिडोर प्रसारणलाइनको अवरोध हट्यो

२४ चैत, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले कोसी करिडोर २२० केभी प्रसारणलाइन आयोजना निर्माणमा गर्दै आएको अवरोध हटेको छ । उपमहानगरपालिकाले गत मंसिरबाट गर्दै आएको अवरोध हटेपछि बिहीबारबाट विष्णुपादुका क्षेत्रमा प्रसारणलाइन निर्माणको काम सुचारु भएको छ । आयोजनाको प्रस्तावित रुटबाटै प्रसारणलाइन निर्माण गर्न उपमहानगरपालिका सहमत भएपछि काम सुरु गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए […]

चल्न थाल्यो मार्कीचोक सबस्टेसन, अब हुनेछैन गोरखामा भोल्टेज ड्रप-ट्रिपिङ

२२ चैत, काठमाडौं । तनहुँको मार्कीचोकमा निर्माण भएको १३२/३३ केभी सबस्टेसन संचालनमा आएको छ ।  नेपाल विद्युत प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न गरी बिहीबारबाट संचालन (चार्ज)मा ल्याएको हो । सबस्टेसन संचालनमा आएसँगै मध्यमस्र्याङदी-डुम्रे-दमौली-१३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण पनि सकिएको छ । मध्यमस्र्याङदी-दमौली-मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइन यस अघि नै संचालनमा आइसकेको छ । […]

भारतबाट आउने ७० मेगावाट बिजुली अवरुद्ध

१९ चैत, काठमाडौं । आइतबार राति बारा र पर्सामा आएको हावाहुरीका कारण भारतबाट आउने ७० मेगावाट बिजुली अवरुद्ध भएको छ । प्रसारणलाइनमा नै क्षति पुगेपछि ७० मेगावाट विजुलीको आयात रोकिएको हो । ३३ केभीका वीरगञ्ज-रक्सौल प्रसारण लाइन र १३२ केभी क्षमताको रक्सौल-पुरवानीपुर प्रसारणलाइनमा क्षति पुगेर ७० मेगावाट विजुली आयात अवरुद्ध भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए […]

उद्योगहरुले ‘डेडिकेटेड’ लाइनको महशुल नतिरेपछि प्राधिकरण सर्बोच्चमा

१९ चैत, काठमाडौं । विभिन्न उद्योगहरुले निरन्तर विजुली उपयोग गर्न लिएको ट्रंक (डेडिकेटेड) लाइनको शुल्क तिर्न नसकिने बताएपछि प्राधिकरणले सर्बोच्चमा मुद्दा दायर गरेको छ । विद्युत संकलन विनियमावलीमा भएका व्यवस्थाको  आफ्नो किसिमले ब्याख्या गर्दै उद्योगी व्यवसायीले विजुलीको महसुल तिर्न अटेरी गरेपछि प्राधिरकण सर्बोच्च गएको हो । उद्योगीहरुले यस्तो लाइनबाट २० घन्टाभन्दा बढी विद्युत नपाएको बताउँदै […]

बुढीगण्डकीमा बजार क्षेत्रको मुआब्जा तोक्न सीडीओको आलटाल

१८ चैत, काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनाको बजार क्षेत्रमा पर्ने जग्गाको मुआब्जा तोक्न गोरखा र धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारीले आलटाल गरेका छन् । आयोजनाको डुवान क्षेत्रमा पर्ने अन्य जग्गाको मुआब्जा २ वर्षअघि नै निर्धारण भई अधिकांश क्षेत्रका वासिन्दाले रकम बुझिसके पनि बजार क्षेत्रको भने मुआब्जा नै निर्धारण हुन सकेको छैन । बुढीगण्डकी डुवान क्षेत्रमा […]

हावाहुरीले विद्युतका दुई हजार पोल ढले

१८ चैत, काठमाडौं । बारा र पर्सामा आइतबार राति आएको हुरीबसातका कारण विद्युतीय पोल र प्रसारणलाइनमा क्षति पुग्दा झण्डै १५ करोडको नोक्सानी भएको छ । हावाहुरीका कारण ठाउँ ठाउँमा पोल ढलेको र प्रसारणलाइन समेत क्षतिग्रस्त भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार हावाहुरीले परवानीपुर–वीरगंज ६६ केभी डबल सर्किट लाइनमा क्षति पुग्दा विद्युत […]

दुई आयोजना डुबाएर विदेशी लगानीमा बन्ला तमोर जलाशययुक्त आयोजना ?

१७ चैत, काठमाडौं । लगानी सम्मेलनमा तमोर जलाशययुक्त आयोजनाका लागि लगानी प्रस्ताव आएको छ । यो आयोजनामा झण्डै १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी गर्ने प्रस्ताव गर्दै आवेदन परेको हो । विदेशी लगानीकर्ताले नै चासो देखाएपछि यो आयोजनाको निर्माण अघि बढ्ने अपेक्षा त पलाएको छ, तर आशंका पनि उत्तिकै छ । नेपाल विद्यत प्राधिकरणका […]

लगानीकर्तालाई सिंहदरवार बोलाएर उर्जामन्त्रीले भने : ढुक्क भएर लगानी गर्नुस्

१६ चैत, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षामान पुनले लगानी सम्मेलनमा आएका चीन, कोरिया, र अष्ट्रियाका लगानीकर्ताहरुसँग भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित उर्जा मन्त्रालयमा शनिबार भएको भेटवार्तामा नेपालको जलविद्युत क्षेत्रमा लगानीको सम्भावना र अवसरको वारेमा छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ । मन्त्री पुनले शनिबार उर्जा क्षेत्रमा लगानी गर्न ईच्छुक कम्पनीका उच्च […]

कालीगण्डकीमा बन्ने १६४ मेगावाटको आयोजनामा चिनियाँ लगानी

१६ चैत, काठमाडौं । कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा चिनियाँ लगानी आउने भएको छ । युनान सिन्ह्वा वाटर कम्पनीबीच लगानी सम्बन्धी समझदारी भएको छ । १६४ मेगावाटको परियोजनाका लागि भएको समझदारीमा चिनियाँ कम्पनीका प्रतिनिधि र हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधानबीच हस्ताक्षर भएको छ ।

९ सय मेगावाटको अरुण तेस्रोमा लगानी जुट्यो

१६ चैत, काठमाडौं । भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रोमा लगानी जुटेको छ । शनिबार सम्पन्न भएको लगानी सम्मेलनका क्रममा तीन बैंकले लगानी प्रतिवद्धता जनाएका हुन् ।  स्टेड बैंक अफ इण्डियाले ६ हजार ५६० करोड, एभरेष्ट बैंकले ८१२.६१ करोड र नविल बैंकले ४८७.५८ करोड ऋण दिने छन् । आयोजनाको कूल […]

माथिल्लो त्रिशुली-१मा हेजिङको सट्टा निःशुल्क ऊर्जा

१६ चैत, काठमाडौं । २१६ मेगावाटको माथिल्लो त्रिशुली-१सँग आयोजनामा हेजिङ फन्डको सट्टा निःशुल्क ऊर्जा लेनदेन हुने भएको छ । हेजिङ कोष खडा नै नगरी प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालीसँग निःशुल्क ऊर्जा प्राप्त गर्न सहमति जुटेको हो । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले माथिल्लो त्रिशुली-१मा लागू हुने निःशुल्क ऊर्जा लेनदेन मोडालिटीको व्यवस्था पास […]

लगानी सम्मेलनमा ऊर्जा बहसः नेपाल दक्षिण एशियाको ‘पावर हाउस’

१५ चैत, काठमाडौं । राजधानीमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनका सहभागीले नेपालको जलऊर्जा दक्षिण एशियाको समृद्धिका लागि महत्वपूर्ण आधार भन्दै लगानी गर्न जोड दिएका छन् । सम्मेलनमा सरकारका तर्फबाट आठ ठूला परियोजना र निजी क्षेत्रले १६ आयोजना ‘शो-केश’का रुपमा प्रस्तुत गरेको सन्दर्भमा लगानीकर्ता ऊर्जामा नै लगानीका लागि आकर्षित देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा […]

माथिल्लो तामाकोसी आयोजनामा पैसा अभाव

१२ चैत, काठमाडौं । स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई नगद प्रवाहको समस्या देखिएको छ । भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, निर्माण अवधि बढ्दा ठेक्का मूल्य समायोजन, विदशी विनिमय दरमा भएको नोक्सानी लगायतले आयोजनाको समग्र लागत बृद्धि हुँदा नगद प्रवाहमा समस्या […]

माथिल्लो तामाकोसीको निर्माण छिटो सकाउन महिनैपिच्छे कुलमान दोलखा जाने

१० चैत, गोंगर (दोलखा) । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम  नयाँ तालिकाअनुसार सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक बस्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता […]

आगामी मङ्सिरदेखि माथिल्लो तामाकोशी सञ्चालनमा आउने

९ चैत, दोलखा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । जतिसक्दो चाँडो आयोजना सम्पन्न गर्न सार्थक पहल गर्दै आएका मन्त्री पुन आयोजना निरीक्षणका लागि शुक्रबार दोलखा पुगेका थिए । मन्त्री पुनले दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन उक्त आयोजनाको बाँधस्थल, सुरुङ, माथिल्लो […]

‘तमोर–मेवा जलविद्युत् आयोजना निर्माण असफल बनाउने चलखेल’

९ चैत, ताप्लेजुङ । निर्माणको अन्तिम तयारीमा रहेको तमोर–मेवा जलविद्युत् आयोजनालाई असफल बनाउन विभिन्न चलखेल भएको स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले जनाएको छ । कम्पनीको नाममा कायम भएको सर्वेक्षण क्षेत्र काटेर सरकारले बेइमान गर्न खोजेको सो कम्पनीको आरोप छ । शक्ति र पैसाको भरमा विद्युत् नियमावलीविपरीत सर्वेक्षण भएको क्षेत्र काटेर युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालिलाई दिएको स्पार्क हाइड्रो […]

लोडसेडिङ हुँदा कुलमान जीलाई सम्झिएँः प्रधानमन्त्री, ऊर्जामन्त्रीले भने-लोडसेडिङ होइन

८ चैत, काठमाडौं । झ्याप्प विजुली काटियो र आयो भने धेरै सर्वसाधारणले भन्ने गरेका छन् ‘कुलमान गयो/आयो’ । दैनिक  १८ घण्टासम्मको कहालीलाग्दो लोडसेडिङ व्यहोरिहरेका नेपालीले एकाएक विजुलीको व्यवस्थापनमार्फत गरेको कामका कारण लाइन जानु/आउनुको बिम्ब ‘कुलमान’ बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत लाइन आउँदा जाँदा कुलमानको याद आउने गरेको बिहीबार थाहा भयो । ‘जनताको […]

माथिल्लो त्रिशुली थ्री ‘बी’ को आईपीओमा ५६ लाख कित्ताका लागि आवेदन

७ चैत, काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा खुल्ला भएको माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ) मा पहिलाे दिन नै ५६ लाख कित्ता बढीको आवेदन परेको छ । कार्यक्रम अन्तर्गत पहिलो पटक खुला भएको यस आयोजनाको पहिलो दिन ५६ लाख ६० हजार ९ सय ३० […]

३२ महिनाभित्र महाराजगञ्ज र रत्नपार्क क्षेत्रको तार ‘अन्डरग्राउन्ड’

७ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा विद्युत वितरण प्रणालीलाई भूमिगत (अन्डरग्राउन्ड) गर्ने कामका लागि भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको छ । अबको ३२ महिनाभित्र पहिलो चरणमा काठमाडौंको उत्तरी क्षेत्र महाराजगञ्ज र मध्यक्षेत्र रत्नपार्क वितरण केन्द्र अन्तरगत वितरण गर्ने गरी ठेक्का सम्झौता भएको हो । ठेक्काको समयसीमा ३० महिनाको राखिएको आयोजना […]

नेपालको पानी जनताको लगानी : प्रधानमन्त्री र ऊर्जामन्त्रीले किने सेयर

७ चैत, काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ) का लागि आवेदन दिएका छन् । बिहीबार बालुवाटारस्थित निवासबाट प्रधानमन्त्री ओलीले १० हजार कित्ताका लागि आवेदन दिएका हुन् । प्रधानमन्त्री ओलीसँगै ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले समेत […]