Comments Add Comment

उर्जा

List Grid
माथिल्लो त्रिशूली थ्री ‘बी’को सेयर खुल्यो, १० रुपैयाँमै आवेदन !

७ चैत, काठमाडौं । माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ) आज बिहीबारदेखि खुला भएको छ । सरकारले ल्याएको ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रमअन्तर्गत यस आयोजनाको सेयर बिहीबारदेखि खुल्ला भएको हो । सरकारको यो कार्यक्रमअन्तर्गत सेयरका लागि आवेदन प्रति कित्ता १० रुपैयाँका दरले नै दिन सकिनेछ । प्रतिकित्ता १ सय […]

होलेरी र महाराजञ्ज सबस्टेसन सञ्चालनमा

६ फागुन, काठमाडौं । रोल्पा र कपिलवस्तुको विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको होलेरी र महाराजगंज सबस्टेसन सञ्चालनमा आएका छन् । सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा रोल्पाको रुन्टीगढी गाउँपालिकामा निर्माण भएको ३३/११ केभी होलेरी सबस्टेसन मंगलबारबाट संचालनमा (चार्ज) आएको हो । सबस्टेसनमा रहेका तीन वटा फिडरमध्ये दुईवटाबाट त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिएको […]

जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

६ चैत, काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ) खुला हुने भएको छ । त्रिशुली जलविद्युत् कम्पनी लिमिटेड अन्तर्गतको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाको पहिलो आईपीओ किन्न प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार आवेदन दिँदैछन् । आयोजनाको आईपीओ […]

दूधकोशीको रभुँवाघाटबाट ६३५ मेगावाटको विद्युत् उत्पादन गरिने

६ चैत, खोटाङ ।ओखलढुङ्गा र सोलुखुम्बूको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । खोटाङको रावाबेँसी गाउँपालिका र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकाको बीचमा पर्ने रभुँवाघाटमा पानी जम्मा गरेर सुरुङमार्फत ६०० मेगावाट र थप प्रविधि प्रयोग गरेर रभुँवाघाटमै ३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । नेपाल सरकारको राष्ट्रिय गौरवको […]

डेढ वर्षभित्र नेपालको बिजुली उत्पादन दोब्बर !

४ चैत, काठमाडौं । आगामी साढे ३ वर्षमा नेपालले करिब २४ सय मेगावाट थप बिजुली उत्पादन गर्ने भएको छ । हाल नेपालसँग १ हजार मेगावाटको हारारहाीमा मात्रै छ । ऊर्जा मन्त्रालयका अनुसार निर्माण सुरु भएका आयोजना समयमै सकिए आगामी डेढ वर्षभित्रै नेपालको विजुली उत्पादन क्षमता दोब्बर हुनेछ । चालु आर्थिक वर्ष २०७५/७६भित्रै २ सय ८७ […]

कहाँ-कहाँ बन्दैछन् नयाँ जलविद्युत आयोजना ?

४ चैत, काठमाडौं ।  सरकारले विभिन्न ठूला तथा साना जलविद्युत आयोजनाहरुको सम्भाब्यता, इन्जिनियरिङ, वातावरणीय र विस्तृत अध्ध्यन गर्ने काम तीव्र पारेको छ । यसै आर्थिक वर्ष २०७५/७६भित्रै १३ सय मेगावाटभन्दा बढी क्षमताको आयोजनाको अध्ययन सकाउने लक्ष्य लिएको छ । यसै आर्थिक वर्षमा विद्युत विकास विभागमार्फत ३४० मेगावाटको जलविद्युत आयोजनाको अध्ययन सक्ने लक्ष्य छ । अध्ययनको […]

माथिल्लो तामाकोशीको भौतिक प्रगति झण्डै ९८ प्रतिशत

३ चैत, काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट आगामी आर्थिक वर्षभित्र उत्पादन थालिने भएको छ । ४५६ मेगावाटको यो आयोजनाको हालसम्म ९७ दशमलव ९ प्रतिशत भौतिक प्रगति भएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । आयोजनाको ‘भर्टिकल पेनस्टोक शाफ्ट’मा स्टील लाइनिङ गर्ने काममा ढिलाइ हुँदा यसै वर्ष उत्पादन शुरु गर्ने लक्ष्य पूरा […]

चैत ७ गते प्रधानमन्त्री ओलीले किन्दैछन् जलविद्युतको सेयर

१ चैत, काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ यही चैत ७ गतेदेखि त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर बिक्री हुने भएको छ । सरकारले नेपाली नागरिकको लगानीमा नै तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम लागू गरेको हो । सोही कार्यक्रमको पहिलो आयोजनाको […]

निजी क्षेत्रलाई ऊर्जामन्त्रीले भने-उत्पादन गर्नुस्, जतिपनि बिजुली किन्छौं

२९ फागुन, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले जलविद्युत आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत सरकारले खरिद गर्ने प्रतिबद्धता जनाएका छन् । निजी क्षेत्रले उत्पादन गर्ने बिजुली नेपाल विद्युत प्राधिकरणले खपत नगरे पनि भुक्तानी गर्ने (टेक अर पे)को पीपीएको सीमा सकिएको सार्वजनिक भइरहेको बेला ऊर्जा मन्त्री पुनले विद्युत बिक्रीको बजार सरकारले खोज्ने भएकाले ढुक्क भएर […]

६० मेगावाटको त्रिशूली थ्री ‘ए’ अन्तिम चरणमा, चैतबाट परीक्षण

२९ फागुन, बेत्रावती । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आगामी असारभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको समग्र काम हाल ९० प्रतिशत पूरा भएको आयोजना प्रमुख फणिन्ऽराज जोशीले जानकारी दिए । उनका अनुसार आयोजनाको सिभिलतर्फ ९८ […]

‘डेडिकेटेड’ लाइनको महशुलबारे उद्योगी  र प्राधिकरणबीच विवाद

२८ फागुन, काठमाडौं । उद्योगी व्यवसायीले निरन्तर विजुली उपयोग गर्न लिएको ट्रंक (डेडिकेटेड) लाइनको शुल्क तिर्न नसकिने बताएका छन् । तर, प्राधिकरणले भने यस्तो शुल्क तिर्नैपर्ने बताएको छ । उद्योगीहरुले यस्तो लाइनबाट २० घन्टाभन्दा बढी विद्युत नपाएको बताउँदै ट्रंक लाइनको शुल्क तिर्न नसक्ने बताएका हुन् । अहिले विभिन्न स्टिल, सिमेन्ट तथा चुरोट कारखानालाई प्राधिरकणले डेडिकेटेड […]

६० मेगावाटको त्रिशुली-थ्रि ‘ए’ले वैशाखबाट उत्पादन थाल्ने

२६ फागुन, काठमाडौं । चैतबाट ६० मेगावाटको माथिल्लो त्रिशूली-थ्रि ‘ए’ जलविद्युत आयोजनाको परीक्षण सुरु हुने भएको छ । यो आयोजना नेपाल विद्युत प्राधिकरणले बनाइरहेको छ । यो आयोजना निर्माणको काम लगभग सकिएको प्राधिकरणले जनाएको छ । चैतको सुरुआतबाट आयोजनाको भौतिक संरचनाको परीक्षणको काम थाल्न लागिएको हो । यो आयोजना रसुवा र नुवाकोटको सीमा क्षेत्रमा बन्दैछ […]

 ऊर्जा क्षेत्रमा एक वर्षमा के भयो ? 

२५ फागुन, काठमाडौं । सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्र प्राथमकितामा राखेकामा पछिल्लो एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखापरेका छन् । समस्यामा रहेका आयोजनामा आवश्यक समन्वय गरिएको, नीतिगत रुपमा स्पष्ट व्यवस्था गरिएको र निजी क्षेत्रलाई समेत साथमा लिएर अगाडि जाने सोच राखेका कारण समृद्धिको आधार तयार भएको छ । सरकारले लगानी गरेका आयोजनाको […]

विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्दै सरकार

२४ फागुन, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ सम्म विद्युतीय सवारीसाधनको संवर्द्धनलाई अभियानात्मक रूपमा अगाडि बढाउने लक्ष्यका साथ जलविद्युत् क्षेत्रको नीति तय गरेको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको आर्थिक वर्ष २०७६/७७ देखि आव २०८०/८१ सम्म विद्युतबाट सञ्चालित सवारीसाधनको प्रवर्द्धन गर्ने र आवश्यक महसुलसमेत तय गरी शहरी क्षेत्रमा विद्युतीय सवारीसाधन सञ्चालन गरिने उल्लेख छ […]

तनहुँ जलविद्युतबाट सीएमसीलाई हटाइयो, चैतभित्रै नयाँ टेन्डर

२३ फागुन, काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे नदी फर्काउने र बाँध निर्माण लगायतका पहिलो प्याकेजका संरचना (हेड र्वक्स)निर्माणका लागि इटालियन कम्पनी कोअपरेटिभा मोरातोरिइ सेमिन्टिस्टा (सीएमसी)सँगको ठेक्का सम्झौता रद्द गरेको छ । यसअघि तनहुँ हाइड्रोपावर लिमिटेडले ४ माघ २०७५ (१८ जनवरी २०१९)मा ठेक्का कार्यान्वयनमा गएको सूचना सीएमसीलाई दिएको थियो । […]

चैत ३ देखि बाग्मतीबाट २२ मेगावाट विजुली

२२ फागुन, काठमाडौं । मकवानपुरमा नेपाली व्यवसायी र चिनियाँ कम्पनीको ४ अर्ब रुपैयाँको लागतमा बनेको हाइड्रोपावरले चैत ३ गतेबाट परीक्षण उत्पादन थाल्ने भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका-८ मा निर्माण भइरहेको बाग्मतीखोला साना जलविद्युत आयोजनाले हाल ‘ड्राइ टेस्ट’ गरिरहेको छ । काठमाडौंबाट बगेर गएको पानीलाई सदुपयोग गर्दै आयोजनाले २२ मेगावाट विद्युत् उत्पादन हुन लागेको हो […]

बुढीगण्डकी डुवान क्षेत्रका घरगोठको लगत संकलन केही दिनमै

२२ फागुन, गोरखा । बुढिगण्डकी आयोजनाको डुवान क्षेत्रका व्यक्तिगत जग्गामा रहेका घर, गोठ, फलफूल तथा वोटबिरुवा मूल्याङ्कनको प्रक्रिया अघि बढेको छ । मूल्याङ्कनका लागि केही दिनमा डुवान क्षेत्रमा जान लागेका गोरखातर्फका प्राविधिकलाई बुधबार मोवाइल एप्लिकेसन चलाउने तालिम दिइएको छ । बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइले मोवाइल एपमार्फत घर, गोठ बोटविरुवाको […]

लक्ष्यभन्दा ७ वर्ष ढिला तयार भयो कुलेखानी-३, लागत दोब्बर

२१ फागुन, काठमाडौं । मकवानपुरमा १४ मेगावाटको कुलेखानी तेस्रोको निर्माण सकिएको छ । तर, आयोजनाले अझै परीक्षण उत्पादन सुरु गरेको छैन । आयोजनाका प्रमुख सुवासकुमार मिश्रका अनुसार निर्माणको काम सकिएर अब पूर्वाधारहरुको परीक्षण भइरहेको छ । हाल निर्माण भएका संरचनाको अवस्थाबारे चेकजाँच भइरहेको छ । यसपछि बिजुलीको परीक्षण उत्पादन थालिनेछ । अन्तिम चरणमा पुग्दा पनि […]

घैलाडुब्बा सबस्टेसन सञ्चालनमा

१८ फागुन, काठमाडौं । झापाको सुरुङ्गा, घैलाडुब्बा, कुमारथोक,राजगढ लगायतका स्थानमा विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको घैलाडुब्बा सबस्टेसन संचालनमा आएको छ । सरकार, नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको ३३/११ केभी घैलाडुब्बा सबस्टेसन शनिबारबाट संचालन(चार्ज)मा आएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन संचालनमा आएपछि लामो […]

टुंगिएन पञ्चेश्वरको विवाद, नेपाल र भारतको आफ्नै अडानमा

१६ फागुन, काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा नेपाल र भारतबीच रहेका मुख्य विवादबारे छलफल  बसेको विज्ञ समूहको बैठक विना निश्कर्ष टुंगिएको छ । भारतको बेवास्ताका कारण विगत १७ महिनापछि बसको बैठकमा पनि आयोजनाको क्षमता, पानीको बाँडफाट, मुनाफा वितरण लगायतका सहमति हुन बाँकी विषय टुंगिएनन् । ऊर्जा मन्त्रालयका प्रवक्ता प्रविनराज अर्यालका अनुसार पानीको बाँडफाँट, उपयोग र […]

मध्य मर्स्याङ्दी-दमौली-मर्स्याङ्दी प्रसारणलाइन सञ्चालनमा आयो

१४ फागुन, काठमाडौं । मध्य मस्र्याङदी -दमौली- मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले २२ किलोमिटर प्रसारणलाइनको निर्माण सम्पन्न गरी सोमबारबाट सञ्चालन (चार्ज) मा ल्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रसारणलाइन सञ्चालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताए । ‘मध्यमस्र्याङदी-मस्र्याङदी प्रसारणलाइन […]