Comments Add Comment

उर्जा

List Grid
मध्य मर्स्याङ्दी-दमौली-मर्स्याङ्दी प्रसारणलाइन सञ्चालनमा आयो

१४ फागुन, काठमाडौं । मध्य मस्र्याङदी -दमौली- मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले २२ किलोमिटर प्रसारणलाइनको निर्माण सम्पन्न गरी सोमबारबाट सञ्चालन (चार्ज) मा ल्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रसारणलाइन सञ्चालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताए । ‘मध्यमस्र्याङदी-मस्र्याङदी प्रसारणलाइन […]

सडक नखनी तार अन्डरग्राउन्ड गर्दै प्राधिकरण, छानियो ठेकेदार कम्पनी

१२ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा विद्युत वितरण प्रणालीलाई अण्डरग्राउन्ड गर्ने कामका लागि कम्पनी छानेको छ । पहिलो चरणमा काठमाडौंको उत्तरी क्षेत्र महाराजगञ्ज र मध्यक्षेत्र रत्नपार्क वितरण केन्द्र अन्तरगत वितरण काम गरिनेछ । अण्डरग्राउण्ड लाइनबाट विद्युत वितरण गर्ने कामको पूर्वाधार तयार गर्ने कम्पनी छनोट गर्न विद्युत प्राधिकरणले गत कात्तिकमा टेन्डर आहृवान गरेको थियो […]

ऊर्जामन्त्रीले भने- ठेकेदारले शासन चलाएका छन्

८ फागुन, कैलाली । कैलालीको विद्युत आपूर्तिलाई गुणस्तरीय बनाउन निर्माण गरिएका दुईवटा सबस्टेसन संचालनमा आएका छन् । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले बुधबार हसुलिया ३३/११ केभी र पहलमानपुर १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरेका छन् । नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैकको सुहलियतपूर्ण ऋणमा निर्माण भएका सबस्टेसनको काम निर्धारित […]

तनहुँ हाइड्रोपावरले पनि तोड्यो सीएमसीसँगको ठेक्का

७ फागुन, काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले पनि इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । मेलम्चीबाट काम छाडेर भागको सीएमसीलाई तनहुँ हाइड्रोपावर लिमिटेडले मंगलबार टर्मिनेसन लेटर दिएको हो । यसअघि सीएमसीलाई कम्पनीले साइटमा काम थाल्न २८ दिनको समय दिएको थियो । तर, शुक्रबारसम्मको समयसीमामा सीएमसी काममा नफिर्कएपछि ठेक्का रद्द गरिएको तनहुँ हाइड्रो […]

कुलेखानी–३ को निर्माण अझै सुस्त

६ फागुन, काठमाडौं । पटक–पटक भाका सारिएको मकवानपुरमा निर्माणाधीन १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अझै अनिश्चित छ । पुसमा परीक्षण उत्पादन गर्ने भनिएको आयोजनाको काम अझै सकिएको छैन । अन्तिम चरणमा पुग्दा पनि कामको गति सुस्त भएपछि आयोजनाले परीक्षण उत्पादनको नयाँ मिति तय गर्नसमेत सकेको छैन । नेपाल विद्युत प्राधिकरणले […]

तनहुँ हाइड्रोपावरले पनि सीएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने

५ फागुन, काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले पनि इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने भएको छ । मेलम्चीबाट काम छाडेर भागको सीएमसीलाई तनहुँ हाइड्रोपावर लिमिटेड साइटमा काम थाल्न २८ दिनको समय दिएको थियो । तर, शुक्रबारसम्मको समयसीमामा सीएमसी काममा नफिर्कएपछि ठेक्का रद्द गर्ने प्रक्रिया सुरु गरिएको तनहुँ हाइड्रो पावर लिमिटेडका प्रवन्ध सञ्चालक प्रदिपकुमार […]

सौर्य ऊर्जामा ५७ आयोजनाले लिए सर्वेक्षणको अनुमति

४ फागुन, काठमाडौं । पछिल्लो दिनमा सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म विभिन्न ५७ वटा आयोजनाका लागि सर्वेक्षणको अनुमति जारी गरेको छ । ती आयोजनाको क्षमता ४६८ मेगावाट रहेको छ । सरकारले ऊर्जा मिश्रणको अवधारणा अगाडि सारेपछि सौर्य ऊर्जामा लगानी गर्न […]

जलविद्युतमा लगानी गर्न सरकारले विपन्न वर्गलाई ऋण दिने

२ फागुन, काठमाडौं । सरकारले जलविद्युत क्षेत्रमा शेयर लगानी गर्न बिपन्न वर्गलाई ऋण प्रदान गर्ने भएको छ । बिहीबार घोषणा हुन लागेको ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ मा बिपन्न बर्गलाई शेयर लगानी गर्नका लागि सरकारले ऋण दिने भनिएको छ । स्थानीय तहबाट विपन्न वर्ग भनेर सिफारिस भएर आएकालाई सहुलियत ब्याजमा ऋण दिने व्यवस्था उक्त कार्यक्रमको ७१ […]

विद्युतमा जनताको लगानी र नाफा निश्चित : ऊर्जामन्त्री पुन

२ फागुन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले जलविद्युतमा नेपालीको लगानी र मुनाफा सुनिश्चित भएको बताएका छन् । बिहीबार ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको शुभारम्भ कार्यक्रममा उनले विभिन्न १९ वटा आयोजना सरकार र जनताको संयुक्त लगानीमा निर्माण हुने बताए । ती आयोजनामा सरकार र सरकारी लगानी रहेको संस्थाका तर्फबाट ५१ प्रतिशत र जनताको तर्फबाट […]

जलविद्युतमा जनताको लगानी खोज्दै सरकार

२ फागुन, काठमाडौं । सरकारले बिहीबार ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गर्दैछ ।  राष्ट्रिय सभागृहमा एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम घोषणा गर्नेछन् । मुलुकका साना-ठूला जलविद्युत आयोजनामा सर्वसाधारणलाई पनि लगानीको अवसर दिन यो कार्यक्रम अघि बढाइएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । अपर अरुण (७२५ मेगावाट), किमाथांका अरुण (५०० मेगावाट), फुकोट […]

तल्लो अरुण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव

२९ माघ, नयाँदिल्ली । भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँदिल्लीमा भएको भेटमा भारतीय विद्युत् राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव गरेका हुन् । ‘तल्लो अरुण भारतीय कम्पनीले अहिले निर्माण […]

उर्जा परिसंघ र गाउँपालिका महासंघबीच सम्झौता

२८ माघ, काठमाडौं । नेपाल नविकरणीय उर्जा परिसंघ र गाउँपालिका राष्ट्रिय महासंघबीच सहयोग र सहकार्यका लागि सोमबार समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतामा परिसंघका तर्फबाट अध्यक्ष गुणराज ढकाल र गाउँपालिका राष्ट्रिय महासंघका तर्फबाट अध्यक्ष होमनारायण श्रेष्ठले हस्ताक्षर गरे । समझदारी पत्रमा नेपालका ग्रामीण क्षेत्रमा बस्ने अधिकांश नेपालीहरु स्वच्छ उर्जाको पहुँचबाट टाढा रहेको सबै […]

युनिभर्सल पावरको आईपीओमा ४० करोडको आवेदन

२८ माघ, काठमाडौं । युनिभर्सल पावर कम्पनीको साधारण सेयर (आइपीओ)मा करिब ४० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । सोमबार बिहान १० बजेसम्म करिब ४० लाख कित्ता अर्थात् ४० करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले जानकारी दिए । कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि ८६ लाख ७४ हजार […]

माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको निर्माण थालियो

२७ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको शिलान्यास भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आइतबार आयोजनाको शिलान्यास गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएता पनि […]

नलगाड जलविद्युत् आयोजनाको काम शुरु

२६ माघ, जाजरकोट । नलगाड जलविद्युत् आयोजनाको काम शुरु भएको छ । विस्फोटक पदार्थ प्रयोग सम्बन्धमा सेना र नलगाड जलविद्युत् आयोजनाका बीचमा सहमति (एमओयु) भएपछि तीन महीनादेखि रोकिएको काम शुरु भएको हो । सहमति भएसँगै आयोजनाको बाधस्थलसम्म जाने सडक निर्माणका लागि विस्फोटनका काम शुरु भएको छ । सेनाले सहमति बिना काम नगर्ने भन्दै विस्फोट पदार्थ प्रयोग गरेको […]

तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माण प्रक्रिया शुरु

 २६ माघ, दमौली ।  एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माण प्रक्रिया शुरु भएको छ । आयोजनाको दोस्रो प्याकेजअन्तर्गत सम्झौता भएबमोजिम चिनियाँ कम्पनी सिनोहाइड्रो कर्पोरेशन लिमिटेडले विद्युत् गृह निर्माणको प्रक्रिया शुरु गरेको हो । उक्त कम्पनीले हाल कार्यालय स्थापनालगायतको काम गरिरहेको आयोजनाका साइट इञ्चार्ज विदुर अधिकारीले जानकारी दिए । उनले भने, “ठेक्का […]

माथिल्लो भोटेकोशीको ४० प्रतिशत काम सम्पन्न

२५ माघ, चौतारा । प्राकृतिक प्रकोपको मारमा परेर करीब पाँच वर्षदेखि बन्द रहेको ४५ मेगावाट क्षमताको माथिल्लो भोेटेकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म ४० प्रतिशत काम भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा निजी क्षेत्रबाट निर्माण भएको सो आयोजनाबाट झण्डै पाँच वर्षदेखि उत्पादन बन्द भएपछि कम्पनीका साथै राष्ट्रलेसमेत घाटा व्यहोर्दै आएको छ । विसं २०७१ साउन १७ […]

कुलमानले प्राधिकरण सम्हालेयता विद्युत् चुहावट १० प्रतिशत घट्यो

२३ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०७५/७६को पहिलो पाँच महिनामा १० प्रतिशत विद्युत चुहावट घटाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । २५.७८ प्रतिशतबाट १५.४५ प्रतिशतमा चुहावट झार्न सफल भएको प्राधिकरणको दावी छ । कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा उल्लेख्य कमी आएको […]

पश्चिम सेती बनाउन कतारी कम्पनीको चासो

२३ माघ, काठमाडौं । लामो समयदेखि चर्चामा मात्रै सीमित पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न कतार सरकारको एक कम्पनीले इच्छा व्यक्त गरेको छ । कतारका लगानीकर्ताले सो आयोजनामा चासो देखाएपछि लगानी बोर्डका अधिकारी र सो कम्पनीका अधिकारीबीच द्विपक्षीय छलफल भएको हो । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेसहितको टोलीले कतारको नेब्रास पावर कम्पनीका अधिकारीसँग विभिन्न आयोजनाका बारेमा […]

मेयर र वडाध्यक्षले नै चोरे विजुली, कुलमानले भने-दुर्भाग्यपूर्ण

२१ माघ, काठमाडौं । रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत चोरीमा संलग्न रहेको भेटिएका छन् । नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले मेयर श्यामप्रसाद यादव (ग्राहक नं ००८.१३.०१) र वडा नम्बर ६का वडाध्यक्ष रामसिंघासन यादव (ग्राहक नं ०७.२०.०३ ए) र गरुडा नगरपालिका-१का वडाध्यक्ष सरोज राय यादव -ग्राहक नं १८.०८.१९)ले आफ्नो […]

पञ्चेश्वरको विज्ञ समिति बैठक फागुनको दोस्रो सातामा गर्न प्रस्ताव

२० माघ, काठमाडौं । नेपालले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन विज्ञ समूहको बैठक फेब्रुअरी महिनाको अन्तिम साता अर्थात् फागुनको दोस्रो सातामा राख्न प्रस्ताव गरेको छ । भारतको बेवास्ताका कारण विगत १६ महिनादेखि पञ्चेश्वर उद्देश्यीय आयोजनाको विवाद समाधान गर्न बनाइएको विज्ञ समूहको बैठक बस्न सकेको छैन । विज्ञ समूहको बैठक बसाउन नेपालले पटक-पटक आग्रह गर्दा पनि […]