Comments Add Comment

कोरोना फिचर

List Grid
कोरोनाको खोपका लागि अझै कति समय पर्खनुपर्छ ?

सन् २०२० अगष्ट ११ मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन सम्बोधनका क्रममा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पहिलो खोप बनेको घोषणा गरे । रुसले निर्माण गरेको भनिएको खोपको नाम ‘स्पुतनिक भी’ दिइएको छ । रुसी भाषनमा स्पुतनिकको अर्थ स्याटेलाइट भन्ने हुन्छ । सोभियत संघले १९५७ मा विश्वको पहिलो स्याटेलाइट बनाएको थियो । उक्त स्याटेलाइटको नाम पनि […]

‘मेडिकल सिटी’मा बिजोग : अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु

१४ भदौ, चितवन । चितवनको भरतपुरले ‘मेडिकल सिटी’को उपनाम पाएको छ । तर त्यही भरतपुरमा अस्पतालको चक्कर काट्दाकाट्दै कावासोती-३ गुम्बाचोक, नवलपुरका ५४ बर्षीय होमबहादुर गुरूङले मृत्युवरण गर्नु परेको छ । ५ वर्षदेखि कलेजोसम्बन्धी रोगबाट पीडित उनलाई पछिल्लो समय जण्डिस पनि भएको थियो । पछिल्लो समय स्वास्थ्यमा समस्या आएपछि भाइ टेकप्रसाद र श्रीमती मायाले स्थानीय कालीगण्डकी […]

अस्पताल डुलाउँदा डुलाउँदै रात बित्यो, कोशीमा पुग्नासाथ प्राण गयो

१३ भदौ, विराटनगर । मोरङकी एक महिलाको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको पाइएको छ । पथरी शनिश्चरे नगरपालिका-२ की ६२ वर्षीया सानकुमारी राईको झापा र मोरङका अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको हो । यो घटना बुधबार रातिको भएपनि शनिबार मात्र सार्वजनिक भएको छ । सामान्य अवस्थाकी सानकुमारीको एक्कासी पिसाब बन्द भएपछि आफन्तले बुधबार राति ८ […]

मिर्गौला पीडितलाई कोरोना संक्रमण कति खतरनाक छ ?

कोरोना भाइरस (कोभिड–१९)को बिरामी देखिन थालेपछि नेपालमा मिर्गौला प्रत्यारोपणको काम ठप्प भएको छ । रिएजेन्टजस्ता परीक्षण र औषधिको अभाव, प्रत्यारोपणपछि कोरोना संक्रमण भएमा मानिसको मृत्यु हुने अत्यधिक सम्भावना भएकाले पनि मिर्गौला प्रत्यारोपण रोकिएको हो । तर डायलासिस सेवा भने नियमित चलिरहेको छ । यस अवधिमा डायलासिसका बिरामीको मृत्यु हुने क्रम पनि बढिरहेको छ । यद्यपि […]

पाकिस्तानको कोरोना ग्राफ किन यति फरक ?

११ भदौ, काठमाडौं । कमजोर स्वास्थ्य व्यवस्था, घना बस्ती र एकै ठाउँमा धेरै जना बस्न बाध्य गरीब परिवारजस्ता समस्या पाकिस्तानलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न चुनौतीको रुपमा थिए । जुन महिनासम्म पाकिस्तानमा अस्पतालमा बेडको कमी भएको, आईसीयू भरिएको, बेड खोज्दै बिरामीका परिवार भौंतारिइरहेकोलगायतका समाचार आउन थालेका थिए । अगष्ट महिनामा भने पाकिस्तानको कोरोना ग्राफमा सुधार […]

कोरोनालाई फर्जी चीज हो भन्थिन्, कोभिडकै कारण ज्यान गयो

११ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) झुटो भएको दाबी गर्ने अमेरिकाको फ्लोरिडाका एक ट्याक्सी ड्राइभरकी पत्नीको कोभिड-१९ कै संक्रमणबाट मृत्यु भएको छ । फ्लोरिडाका ट्याक्सी ब्रायन ली हिचेन्स र उनकी पत्नी एरिनले कोरोना भाइरसलाई झुट भएको बताउँदै आएका थिए । कोरोना भाइरसलाई झुट मान्नुको कारण उनीहरुले पाएको गलत जानकारी थियो । उनीहरुले कोरोनाको सम्बन्ध […]

अस्पतालमै भएर पनि अन्तिम पटक बुबालाई हेर्न पाइनँ

स्थान : कोभिड १९ युनिफाइड अस्पताल, बलम्बु समय : मध्यान्ह करिब १२ः३० कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएकाहरुलाई राखेको सी–१ ब्लकका एक पुरुष फटाफट सिँढी चढेर तीन तले बिल्डिङको छतमा पुगे । र, दक्षिणतर्फ रहेको आईसीयू कक्ष परिसरलाई नियाल्न थाले । सुरक्षाकर्मीको एउटा टोली आईसीयू कक्षमा मृत्यु भएका एक पुरुषको शव निकाल्ने तरखरमा थिए । […]

एकजना पनि कोरोना संक्रमित नभेटिएका १० मुलुक

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को असर अहिले विश्वका करिब सबै मुलुकमा फैलिसकेको छ । यद्यपि केही मुलुकमा भने अहिलेसम्म कुनै कोरोना संक्रमित फेला परेका छैनन् । यी मुलुकहरूमा वास्तवमा नै कोरोना संक्रमित छैनन् र अहिले यी मुलुक के गर्दैछन् त ? पलाउमा सन् १९८२ मा खुलेको ‘द पलाउ होटल’ त्यतिबेलाको एक महत्वपूर्ण उपलब्धि थियो […]

‘मैनबत्ती समाएर खाएको बाचा सम्झिएँ’

८ भदौ, काठमाडौं । ‘हामीलाई विचरा नलेखिदिनुस् । संक्रमितलाई विचराका रुपमा प्रचार नगरिदिनुहोला’, कुराकानीको अन्त्यमा स्टाफ नर्स रञ्जिताले भनेकी थिइन् । पक्कै पनि कोरोनाले दुनियाँलाई आक्रान्त बनाएका बेला ज्यानलाई धरापमा राखेर विरामीको उपचारमा खटिनेहरु विचरा होइनन् । रञ्जिताभित्र कायरताले बास गरेको हुँदो हो त आफ्नो परिवारले भने जसरी उनले खुरुक्क जागिरबाट हात धुन्थिन् । र, […]

कोरोना महामारीलाई गिज्याउने बल्खु बजारको दृश्य

७ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको भन्दै स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा बुधबारदेखि निषेधाज्ञा जारी गरेको छ । मानिसहरु आआफ्नो घर कोठामा बसेका छन्, सरकारले पनि अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भनेको छ । तर शुक्रबार बिहान फलफुल तथा तरकारी बजार, बल्खुमा देखिएको दृश्यले महामारीलाई नै गिज्याएको छ । बल्खुको सुरेन्द्र दास भेजिटेबल […]

होम आइसोलेसनमा थिए, एम्बुलेन्स बोलाउँदा बोलाउँदै बिते

५ भदौ, विराटनगर । मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको बुधबार पुष्टि भयो । एक त मधुमेहका रोगी, त्यसमाथि हालै मात्र ११ दिन आईसीयूमा बसेर फर्किएको एक महिना पनि भएको थिएन । त्यसैले परिवारका सदस्यहरुले उनलाई कोरोना अस्पतालमा लैजान चाहे । अस्पतालमा बेड नभएको जवाफ पाए । वडाध्यक्ष […]

सात महिने शिशु नै संक्रमित भएपछि…

प्रश्न– तपाईंको नाम ? प्रतिप्रश्न– नाम नै त किन भन्नुपर्‍यो र ? अनि, काम नि ? म स्वास्थ्य क्षेत्रमा छु । सरकारी सेवामा काम गर्छ भनिदिनु न । डिटेल भनेपछि फेरि गाह्रो पर्छ । भनेपछि, तपाईंको परिवारलाई समाजले खुब दुःख दिइरहेको कि क्या हो ? समाजमा बाँच्न धेरै गाह्रो छ । संक्रमितलाई समाजले निरुत्साहित गर्छ […]

वुहान : सुनसान सडकदेखि भिडभाडपूर्ण स्विमिङ पुलसम्म

काठमाडौं । वुहानको एक सांगीतिक मेलामा मानिसहरु काँधमा काँध जोडेर विना मास्क भेला भएका थिए । अत्याधिक भिडभाडयुक्त कार्यक्रममा मानिसहरु स्विमिङ पुलमा रबरको टायरहरुको सहयोगमा तैरिरहेका थिए र सांगीतिक मेलाको मजा लिइरहेका थिए । यस किसिमको कार्यक्रम सन् २०२० मा धेरै देख्न पाइएको छैन । तर विश्वका धेरै मुलुक कोरोनाबाट पार पाउन संघर्ष गरिरहेको बेला […]

साउनमा सरकारका २ गल्ती, जसले बढायो कोरोना संक्रमण

२ भदौ, काठमाडौं । असार महिनाको अन्तिम दिन ३१ गते नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या १७ हजार १ सय ७७ थियो । उनीहरुमध्ये ३९ जनाको मृत्यु भएको थियो भने ११ हजार २५ जना निको भइसकेका थिए । त्यो दिन थपिएका ११६ जनासहित सक्रिय संक्रमितको संख्या ६ हजार ११३ थियो । साउन लागेसँगै दैनिक […]

भारतमा कोरोनाबाट भएको मृत्युमा कति छुटेका छन् ?

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो । यससँगै भारत कोरोनाबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने चौथो ठूलो मुलुक हो । यद्यपि प्रति १० लाख मानिसमा कोरोनाबाट मृत्यु हुने दर भने युरोप र उत्तर अमेरिकाको तुलनामा कम छ । भारतमा प्रति १० लाख मानिसमा ३४ जनाको मृत्यु भएको […]

इटलीको गल्ती दोहोर्‍याउँछ नेपाल !

१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ साउनमा निजी तथा सामुदायिक सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड–१९ का बिरामीका लागि छुट्याउन निर्देशन दियो । र भन्यो, उपचाररत कुनै विरामीमा कोरोना संक्रमण देखिएमा मन्त्रालयको निर्देशन बेगर अन्यत्र रिफर नगर्नू । पछिल्लो समय नयाँ संक्रमितको संख्या बढ्दै गएको र कोभिड अस्पतालहरुमा बेड अभाव हुन थालेपछि […]

कोरोना संक्रमितको घरमा छिमेकीको ताला !

१ भदौ, भक्तपुर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेको भन्दै स्थानीय जनप्रतिनिधिले मध्यपुर थिमि नगरपालिका सिल गरेका छन् । सडकमा फाट्टफुट्ट निजी र सार्वजनिक गाडी गुडे पनि घरका ढोका र पसलका सटरहरू बन्द देखिन्छन् । नगरपालिकाले आइतबार बिहानबाट ग्यास, खाद्यान्न र औषधिका पसलहरू समेत बिहान ११ देखि १ बजेसम्म खोल्न भनेको छ । नगरको […]

उपत्यकामा कोरोना संक्रमितलाई अस्पताल पुर्‍याउनेहरु

१ भदौ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको सुरुवाती चरणमा नेपाल एम्बुलेन्स सेवा १०२ का हस्त कठायत रातोपुलस्थित घर जाँदा छिमेकीको भागभाग हुन्थ्यो । स्वास्थ्य प्राविधिक कठायतसहित एम्बुलेन्समा कार्यरत ५२ कर्मचारीलाई थाहा थियो, कोरोना प्रत्यक्ष सम्पर्कमा नगइ सर्दैन । तर छरछिमेकलाई यो रोग हावाबाट सर्दैन भनेर सम्झाउन सकेका थिएनन् । चार महिनापछि अवस्था केही फेरिएको […]

गोदाममै थन्कियो भेन्टिलेटर, घरमै मर्न थाले संक्रमित

३२ साउन, बिराटनगर । प्रदेश १ को राजधानी रहेको बिराटनगर महानगरपालिका-३ निवासी ८७ वर्षीया बृद्धाको शनिबार राति निधन भयो । उनका ५६ वर्षका छोरा कोरोना संक्रमण पुष्टि भएर माडवारी सेवा सदनको आइसोलेनमा छन् । बुहारी र नाति घरैमा छन् । सासूको मृत्यु भएपछि बुहारीले छिमेकी र आफन्तसँग हारगुहार गरिन् । तर, कोही आएनन् । त्यहीबेला […]

कोरोनाविरुद्ध खोप बनाउन अर्बौं डलरको दौड

काठमाडौं । इतिहास हेर्ने हो भने अहिलेसम्म सबैभन्दा छिटो बनेको खोप निर्माणका लागि चार वर्ष लागेको थियो । अन्य खोप निर्माण गर्न १० देखि १५ वर्ष लागेकाे थियो । तर अहिले वैज्ञानिकहरु एक वर्षभित्रै कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप तयार गर्ने दौडमा छन् । दर्जनौं शोधकर्ताको टोलीले कोरोना भाइरसविरुद्धको खोप बनाउन काम गरिरहेका छन्, जसमा […]

राजधानीमै यस्तो हाल ! संक्रमितलाई छैन अस्पताल

३० साउन, काठमाडौं । ३९ जनामा कोरोना संक्रमण देखिएपछि काठमाडौं महनगरपालिका वडा नं १४ ले बुधबारदेखि आफ्नो वडा सिल गरेको छ । सिल भएको वडाको भित्री कथाचाहिँ अलि फरक देखिएको छ । यस वडामा ७ हजार ८४६ घरपरिवारको बसोबास छ (भाडामा बस्नेबाहेक) । यही १४ नम्बर वडाभित्रै कालिमाटी तरकारी बजार, बल्खु तरकारी मण्डी, फलफूल मण्डीका […]