Comments Add Comment

कोरोना फिचर

List Grid
होम आइसोलेसनको सकस : कोरोनाभन्दा समाजको डर

३० साउन, काठमाडौं । देशमा कोभिड १९ संक्रमितहरुको सङख्या बढ्दै गएपछि उनीहरुको व्यावस्थापन गर्न गाह्रो बन्दै गएको छ । अस्पतालमा बेडको अभाव हुँदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लक्षणविहीन संक्रमितलाई घरैमा, होम आइसोलेसनमा बस्न भनेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ललितपुरस्थित पाटन अस्पताल, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगायत कोरोना विशेष अस्पतालको […]

कोरोना संक्रमितको औषधिमा कालोबजारी !

२९ साउन, काठमाडौं । ‘हेलो सरकार ! कोरोना संक्रमितको उपचारमा सबैभन्दा प्रभावकारी औषाधि ‘रेमडिसिभिर’ को कालोबजारी मौलाइसक्यो । बिरामीको ज्यान बचाउन भारु. ५००० पर्ने औषधि तस्करहरूबाट रु.४० हजारदेखि ५० हजारसम्ममा किनेर गैरकानूनी काम गर्न चिकित्सकहरु बाध्य भइरहेका छन् ।’ कोरोना संक्रमितको उपचारमा खटिएका वीरगञ्जका डा. निरज सिंहले सामाजिक सञ्जालमै आक्रोश पोखेका छन्, ‘औषधि व्यवस्था विभागमा […]

टेकु अस्पतालमा कोरोना जँचाउने भीडमा उभिँदा…

२९ साउन, काठमाडौं । नेपालको एकमात्र सरुवा रोग अस्पताल हो- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु । अघिल्ला वर्षहरुमा अन्य भाइरल रोगका बिरामीको उपचार गर्ने टेकुमा यतिबेला कोरोना संक्रमण परीक्षण गर्नेहरुको लाइन छ । तपाईलाई लाग्न सक्छ, देशभरका कोरोना संक्रमितको रिपोर्ट सार्वजनिक गर्ने अस्पताल त निकै व्यवस्थित होला । यो पनि अपेक्षा होला कि […]

आठ दिनमा ३६ जनाको मृत्यु, उपत्यकाको अस्पतालमा १७ जना

२८ साउन, काठमाडौं । साउन २० गतेसम्म नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ थियो । २१ गते एकैदिन ६ जनाको मृत्यु भयो । त्यससता २४ गतेबाहेक हरेक दिन संक्रमितको मृत्यु भइरहेको छ । आज (बुधबार) एकैदिन ११ जनाले ज्यान गुमाएका छन् । यससँगै मृतकको सङख्या ९४ पुगेको छ । अर्थात ८ […]

वीरगञ्जको पीडामा काठमाडौंलाई किन दुख्दैन ?

२८ साउन, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को कहर कट्यो कि भन्ने आशमा बसेका वीरगञ्जबासीलाई ८ साउनको एउटा खबरले झस्कायो । खबरको शीर्षक थियो– कोरोना संक्रमणबाट वीरगञ्जमा एकजनाको मृत्यु । साउन पहिलो साताभर कहिले शूल्य त कहिले एकाध कोरोना भाइरसका संक्रमित भेटिएको पर्सामा त्यसपछि हरेक दिन संक्रमित मात्र थपिएनन्, मृत्यु पनि बढेको छ । त्यसपछि […]

कोरोना संक्रमितलाई अन्तिम सलाम ! (फोटोकथा)

२८ साउन, काठमाडौं । धादिङका ३२ वर्षका एक पुरुषको मंगलबार काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भयो । नीलकण्ठ नगरपालिका –१४ धुवाँकोटका उनको मृत्यु भएको भोलिपल्ट बुधबार मात्र कोरोना संक्रमण पुष्टि भयो । संक्रमितको बुधबार नै अन्त्येष्टि गर्ने खबर पाएपछि हामी पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा पुग्यौं । दिउँसो चार बजेसम्म शवदाह गृह क्षेत्र सुनसान थियो । […]

रुसको कोरोना भाइरसको खोपमा आशंका किन ?

२८ साउन, काठमाडौं । काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई मान्यता दिएको घोषणा गरे । ‘स्पुतनिक भी’ नाम दिइएको यो खोप आफ्नी छोरीलाई दिएको र उनको ज्वरो पहिलेभन्दा कम भएको दाबी गरेका छन् । विश्व कोरोनाले आक्रान्त बनेका बेला रुसले बनाएको भनिएको यो खोपले आशासँगै आशंका पनि जन्माएको छ […]

जब ‘फ्रन्ट लाइनर’ नर्समै कोरोना संक्रमण देखियो

२८ साउन, काठमाडौंं । सोमबार धौलागिरि अञ्चल अस्पताल बागलुङका दुई स्वास्थ्यकर्मीमा सोमबार कोरोना संक्रमणको पुष्टि भएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । दुईमध्ये एकजना आइसोलेसनका संक्रमित र क्वारेन्टिनमा ड्युटी गरिरहेकी बागलुङ नगरपालिका-४, कुँडुलेकी स्टाफ नर्स हुन् । सो अस्पतालमा १४ जना कोरोना संक्रमित उपचाररत थिए । कोरोना परीक्षणको रिपोर्ट आउँदा यी नर्स भने बिहानको ड्युटी […]

पीसीआर सकियो, अब भेन्टिलेटरका गीतहरु आउनेछन् !

२७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भारतसँगको सम्बन्ध देवीदेउवताकै पालादेखिको भएकाले त्यहाँ कोराना समाप्त नहुँदासम्म नेपालमा समाप्त हुन गाह्रै पर्ने बताएका छन् । कोरोनाको जोखिम बढेका बेला सभा-सम्मेलनहरु गर्न नपाइने सरकारी घोषणा विपरीत मंगलबार परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले ६१ औं वाषिर्कोत्सव कार्यक्रम आयोजना गरेको थियो । र, सो कार्यक्रममा आफैं […]

६० प्रतिशत संक्रमितको ‘ट्राभल हिस्ट्री’ बारा, पर्सा र भारत

२७ साउन, काठमाडौं । भारतको विहारबाट २९ वर्षीय एक युवक गत साता काठमाडौं आइपुगे । नागढुंगा नाकामा स्वाब दिएका उनको दुई दिनपछि पोजेटिभ रिपोर्ट आयो । उनले फारम भर्दा टिपाएको नम्बरमा डायल गर्दा फोन नलागेपछि उनी दुई दिनसम्म सम्पर्कविहीन भए । कवाडी सामानहरु संकलन गर्ने ती युवक दुई दिनपछि सार्वजानिक यातायात चढेर अस्पतालको सम्पर्कमा पुगे […]

कोटेश्वरको ‘कोरोना संक्रमित क्षेत्र’मा चिहाउँदा…

२६ साउन, काठमाडौं । सामान्यतः पैदल हिँड्न पनि दर्जनौं मानिससँग ठोक्किनुपर्ने कोटेश्वरको असर्फी टोल सोमबार दिउँसो सुनसानप्रायः थियो । चोकको उत्तरतर्फको एउटा बस्तीका सटरमा ताला लागेका थिए । अग्ला भवनका गेटहरु बन्द थिए । मानिसहरु मास्क लगाएर झ्यालबाट चिहाइरहेका थिए । बस्तीको गल्लीमा छिर्ने नाकामा ब्यानर टाँगिएको थियो- ‘कोरोना संक्रमित क्षेत्र । प्रवेश निषेध ।’ […]

क्वारेन्टिनमा आत्महत्या : विभेद र गरीबी मुख्य कारण

२६ साउन, काठमाडौं । युरोपेली मुलुक र चीनमा कोरोना संक्रमणले तान्डव मच्चाइरहेको लामो समयसम्म नेपाल विश्व स्वास्थ्य संगठनको रेड जोनभन्दा बाहिर थियो । तर, पछिल्लो दुई महिनामा नेपालमा कोरोना संक्रमणको संख्या यसरी बढ्यो कि मृत्यु हुनेको संख्या नै ७५ नाघिसकेको छ । धनुषाको हंसपुर नगरपालिका- ७ का १६ वर्षीय राजु सदाको उपचार अभावमा झाडा पखालाले […]

कोभिड–१९ आएपछि अरू संक्रामक रोग कहाँ हराए ?

हरेक वर्ष यतिबेला संक्रामक रोगका बिरामी देखिन्थे । नोवेल कोरोना भाइरस (कोभिड–१९) नआएको भए म पनि संक्रामक रोगकै बिरामी हेरिरहेको हुन्थेँ । तर, अहिलेसम्म त्यस्ता बिरामी शून्य अवस्थामा भए जस्तै देखिएको छ । त्यसो भए झाडापखाला, स्क्रबटाइफस आदिका बिरामी कता गए त ? पहिला कोभिड–१९ का ९९.७ प्रतिशत लक्षण नभएका संक्रमित थिए । अहिले लक्षण […]

ईडीसीडीको दृश्य, जसले कोरोना नियन्त्रणमा कसरी चुक्दैछौं भन्ने छर्लङ्ग पार्छ

२४ साउन, काठमाडौं । शुक्रबार बिहान स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) मा पुग्दा नियमित छलफल चलिरहेको थियो। इडीसीडीका निर्देशक डाक्टर वासुदेव पाण्डे कर्मचारीहरुबाट कामको विवरण सुनिरहेका थिए। कर्मचारीहरुले नियमित अपडेटका साथसाथै आफ्ना समस्याहरु सुनाइरहेका थिए। बैठकको मुख्य विषय थियो, ‘सम्पर्कविहीन भएका संक्रमितलाई कसरी खोज्ने ?’ बैठकमा उपस्थित कर्मचारीहरुले आ-आफ्नो सुझाव […]

भारतदेखि काठमाडौं आइपुग्छन् संक्रमित, अस्पतालमा बेड छैन

२३ साउन, काठमाडौं । बुधबार काठमाडौं जिल्लामा ७७ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । संक्रमितमध्ये २६ जना मात्र स्थानीय थिए, ४५ जना हालै विभिन्न जिल्लाबाट आएका र ६ जना भारतबाट आएकाहरु थिए । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंको तथ्यांकअनुसार ५ जना विहार र एक जना कोलकत्ताबाट आएका हुन् । पछिल्ला दिनमा उपत्यकामा भेटिएका […]

‘नाकामा कडाइ नगरे उपत्यका अर्को वीरगञ्ज बन्छ’

२२ साउन, काठमाडौं । शुक्रबार ललितपुरका पाँच जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले संक्रमितको विवरण पठाएपछि स्वास्थ्य कार्यालय, ललितपुरले उनीहरुको खोजी थाल्यो । संक्रमितमध्ये २२ वर्षका पुरुष त भारतको विहारबाट थानकोट नाका हुँदै ललितपुर आएका रहेछन् । ज्याला मजदुरी गर्न भारतबाट आएर उनले १४ गते थानकोट […]

लकडाउन गर्ने अवस्था छैन, सावधानी अपनाऔं : मुख्यमन्त्री गुरुङ

२१ साउन, पोखरा । गण्डकी प्रदेशमा लकडाउन खुलेपछि मात्रै करिब २ सय जना कोरोना संक्रमित थपिएका छन् । १३ दिनको अवधिमा थपिएको यो संख्या लकडाउनअघिको परिस्थितिमा भन्दा धेरै हो । गण्डकी प्रदेशमा अहिलेसम्म २५ हजार २ सय ९२ जनाको स्वाब परीक्षण भएको छ । जसमध्ये साउन सात गते लकडाउन खुल्नुभन्दा अघिसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या […]

अस्पतालको गोलचक्कर : यस्तो मृत्यु कसैको नहोस् !

१९ साउन, वीरगञ्ज । ‘रिपोर्ट नआएकाले बुबा आत्तिएर सिरियस हुनुहुन्छ । पिसाब पनि रोकिएको छ । के गर्ने होला म्या’म ?’ साउन १३ गते मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख एसपी गंगा पन्तलाई एक व्यक्तिले रुँदै फोन गरे । एसपी पन्तले नआत्तिकन कुरा राख्न आग्रह गरिन् । फोन गर्ने व्यक्ति पप्पुकुमार गुप्ता रहेछन् । […]

आईसीयूका कोरोना संक्रमितको औषधि : व्यक्तिले प्लेन चार्टर गरेर ल्याए, सरकारले ल्याएन

१९ साउन, काठमाडौं । विराट मेडिकल कलेज तथा नर्सिङ होमका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीलाई साउन ७ गते कोभिड–१९ संक्रमण पुष्टि भयो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या आएपछि ९ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरियो । त्यसबेला उनलाई ९० प्रतिशत अक्सिजन दिनुपरेको थियो । आईसीयूमा राखेर अक्सिजन दिँदा पनि स्वास्थ्यमा सुधार […]

संक्रमणको ग्राफले भन्छ : वीरगञ्जमा राँको दन्किसक्यो

१८ साउन, काठमाडौं । राजधानीदेखि १९२ किलोमिटर टाढाको पर्सा जिल्ला अहिले कोरोना महामारीको चपेटामा छ । ३१ असारमा नारायणी कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत १३ वर्षीय एक कोरोना संक्रमितको मृत्युले वीरगञ्जलाई खतराको संकेत दिएको थियो । यद्यपि उनी रौतहटका थिए । साउन ६ गते सोही अस्पतालमा ७० वर्षीय संक्रमितको मृत्युले वीरगञ्जलाई थप सम्वेदनशील बनायो । […]

विशेश्वरको आत्महत्या : कोरोनालाई जिते, गाउँ समाजसँग हारे !

१७ साउन, जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएर १४ दिन आइसोलेनसमा बसेकाहरुलाई विना परीक्षण घर पठाउँदा सरकारले केही करोड त जोगायो होला । तर कोरोनालाई जितेर घर फर्किएका धेरैले छिःछि दुरदुरको व्यवहार सहनु परेको छ । र, घरपरिवार, आफन्त र समाजको त्यही दुर्व्यवहार सहन नसकेर धनुषाको एक पुरुषले प्राण त्यागेका छन् । […]