Comments Add Comment

कोरोना फिचर

List Grid
‘प्रतिकार्यमा लाग्दालाग्दै परिवारै संक्रमित भयो’

८ मंसिर, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि लकडाउन घोषणा हुनुअगावै जनकराज दाहालले प्रमुख जिल्ला अधिकारीका रुपमा मुलुकको राजधानी काठमाडौंको कमाण्ड गरिरहेका थिए । सिंहदरबारसँग नजिक रहेर चैतबाटै महामारीविरुद्धको लडाइँमा खटिएका उनी स्वयम् १३ कात्तिकमा कोभिड–१९ (कोरोना) भाइरसबाट संक्रमित भए । सर्वसाधारणलाई महामारीविरुद्ध सचेतना फैलाउँद‌ै प्रतिकार्यमा समेत खटिइरहेका बेला उनी आफैं कसरी संक्रमित भए ? […]

६ वटा अस्पताल पुर्‍याउँदा पनि धनमायाले उपचार पाइनन्, ट्याक्सीमै गयो प्राण

५ मंसिर, पोखरा । स्याङ्जा पुतली बजारकी धनमाया गुरुङलाई सामान्य दम थियो, श्रीमानलाई नशासम्बन्धी समस्या । सरकारी सेवाबाट अवकाशप्राप्त गुरुङ दम्पत्ति स्वास्थ्य समस्या परिहाले सहजै अस्पताल पुग्न सकियोस् भनेर पोखरा महानगरपालिका–१०, वुद्धचोक नजिकै डेरा गरी बस्न थाले । ६२ वर्षीया धनमायालाई बिहीबार साँझ एक्कासी सास फेर्न गाह्रो महसुस भयो । छोरी घर गएकाले श्रीमानले जसोतसो […]

कोभिडका कारण नेपाली स्वास्थ्य क्षेत्रले गुमाएका दुई हस्ती

२ मंसिर, काठमाडौं । जनरल मेडिसिनबाट आएर मुटुरोग उपचारमा आधुनिक प्रविधि भित्राउनेमध्येका एक हुन्, प्रा. डा. सुनील झा । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाका अनुसार, प्रविधि नभएको समयदेखि अहिलेसम्म मुटुरोगीको उपचारमा सक्रिय थिए उनी । प्रा. डा. झाले ३० वर्ष शिक्षण अस्पतालमा काम गरे । पछिल्लो समय उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा […]

घरमै बसेका संक्रमितलाई ‘साइलेन्ट निमोनिया’ को खतरा

२४ कात्तिक, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अहिलेसम्म ६ सय ३० जना कोभिड–१९ संक्रमित भर्ना भए । उनीहरुमध्ये २ सय ४४ जनालाई आईसीयू र ६३ जना भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्‍यो । भेन्टिलेटरमा राखेर उपचार गरिएका सबैलाई निमोनिया भएको थियो । त्यसमा पनि निमोनिया भइसकेर अस्पताल पुग्ने १२ जनाको मृत्यु भयो । ‘संक्रमितहरु […]

अझ भयावह अवस्था धान्न तयार पार्ने भोगाइ

१७ कात्तिक, काठमाडौं । कोरोना महामारीमा खट्दाको सबभन्दा अप्ठ्यारो क्षण कुन हो ? ‘आफ्नै हजुरबालाई आफैंले आईसीयूमा राखेर उपचार गर्नु पर्दाको अवस्था ।’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. कृजन महर्जनले अन्य संक्रमितसँगै आफ्ना हजुरबालाई पनि आईसीयूमा उपचार गर्नुप¥यो । घरपरिवारमा संक्रमण नसरोस् भनेर होटल क्वारेन्टिनबाट अस्पताल धाइरहेका अन्य स्वास्थकर्मीहरुको भन्दा फरक रह्यो […]

युरोपमा कोरोनाको दोस्रो लहर : यसरी बढ्दैछ संक्रमण

१७ कात्तिक, काठमाडौं । बेलायतले आगामी बिहीबारदेखि लागू हुने गरी दोस्रोपटक राष्ट्रव्यापी लकडाउनको निर्णय गर्‍यो । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको यो लकडाउन डिसेम्बर २ बाट बिस्तारै खुल्दै जाने बताइएको छ । पछिल्लो समय बेलायतमा निरन्तर कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै बेलायतले पुनः लकडाउनको घोषणा गरेको हो । अष्ट्रिया र पोर्चुगलले कर्फ्युसहित सामाजिक गतिविधिमा […]

एउटा मान्छेको मेहनतले कति फरक पर्दोरहेछ महामारीमा

१६ कात्तिक, काठमाडौं । पैसा नभएर कसैको कोरोना परीक्षण हुन पाएन । कतै सिकिस्त संक्रमितले अस्पताल पाएनन् । कही सुत्केरी व्यथा लागेकी महिला अस्पतालले भर्ना नलिएर छटपटाइरहेकी छन् । कतै कोरोना संक्रमितको शव व्यवस्थापनमा समस्या परेको छ । यस्ता अप्ठ्यारा आइपरेका ठाउँमा भेटिन्छन्, नरेश श्रेष्ठ । जनस्वास्थ अधिकृत श्रेष्ठ कर्मचारी समायोजन हुँदा जिल्ला स्वास्थ्य कार्यालय […]

कोरोना संकटमा राष्ट्रिय आविष्कार केन्द्रको भरथेग

१५ कात्तिक, काठमाडौं । नेपालमा गत चैत १० गते दोस्रो व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै देशव्यापी बन्दाबन्दीको घोषणा भयो । तर, सरकारको पूर्वतयारी निकै कमजोर थियो । यो अवस्थाले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई चैनसँग बस्न दिएन । पुनको नेतृत्वमा रहेको केन्द्रले देशमा कोरोना संक्रमितहरुको उपचारमा अत्यावश्यक मेडिकल सामग्रीको अभाव सिर्जना हुने सम्भावना ठम्याएर […]

सत्तालाई निरन्तर खबरदारी गर्ने डाक्टर

१४ कात्तिक, काठमाडौं । जेठ तेस्रो साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायरा घटाउन ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ बनाउँदा संक्रामक रोग विशेषज्ञ अनुप सुवेदीले भनिदिए, ‘यो जनस्वास्थ्यमाथि गम्भीर खेलवाड हो ।’ त्यसको साता नबित्दै मन्त्रालयकै ‘इन्सिडेण्ड कमाण्ड सिस्टम’ले लक्षण नदेखिएका तर आइसोलेसनमा बसेका शंकास्पद संक्रमितलाई परीक्षण नगरी १० दिनमा घर पठाउने निर्णय गर्‍यो […]

संक्रमित हुने पालो कुर्दै अरुको स्वाब परीक्षण

१३ कात्तिक, काठमाडौं । नेपालमा कोभिड– १९ को संक्रमण फैलिरहँदा काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको माहोल कस्तो थियो ? ‘डर नै डर थियो । न सुरक्षा कवच, न भाइरसबारे पर्याप्त ज्ञान । यो भवनमा छिर्नै डरमर्दो थियो’, मेडिकल ल्याब टेक्नोलोजिस्ट लोकबन्धु चौधरी सम्झन्छन्, ‘हामीलाई चाहिने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) पनि अलिपछि मात्र आयो ।’ सुरुवाती […]

प्लाज्माथेरापीका नेपाली पायोनियर

१२ कात्तिक, काठमाडौं । नेपालको पहिलो ‘कन्भालेसेन्ट प्लाज्माथेरापी’ धेरैलाई ‘सरप्राइज’ भयो । बिना तयारी अपर्झटमा थियो कि पहिलो प्रयास असफल होला भन्ने डरले गुपचुप काम भइरहेको थियो ? ‘गुपचुप भन्न सकिन्छ, तर अपर्झट होइन’, यो विद्याका नेपाली पायोनियर डा. विपिन नेपाल भन्छन् । उनले अघि भने, ‘मैले त बैशाखमै प्लाज्माथेरापी सुरु गरौं भनेर नेपाल रेडक्रस […]

उनको प्रतीक्षा कहिले सकिएला ?

११ कात्तिक, काठमाडौं । यतिबेला कसैले जिन्दगी के हो ? भनेर सोध्यो भने उनको जवाफ हुन्छ–ड्युटी, ड्युटी र ड्युटी । पहिला त उनलाई पनि कोरोना भाइरससँग बहुतै डर लाग्थ्यो । डरसँगै भाइरसको सामना गरिन् । कोराना लागेर मरिन्छ कि क्या हो भनेर डराएकी उनी अहिले सुरक्षा सावधानी अपनाएर कोरोना संक्रमणबाट अरुलाई पनि बचाउन सकिन्छ निश्कर्षमा […]

कान्छो फ्रन्टलाइनर : फोहोरदेखि शवसम्म उठाउँछन्

१० कात्तिक, विराटनगर । जम्मा १८ वर्षका भए, विराटगर महानगरपालिका–२ का चन्दन पोद्दार । उनको दिन भने विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाइरस विरुद्धको युद्वमा बितिरहेको छ । यो वर्ष कक्षा १० मा पुगेका उनले काम गर्ने कोशी अस्ताल कोभिड–१९ उपचार केन्द्र र उनको परिवार बस्ने घर करिब चार किलोमिटर दुरीमा छ । बाबुआमासँग घरमा […]

सुदूरमा खटिएका डा. अशोक

९ कात्तिक, कैलाली । सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल बाहिर डा. अशोक चौधरी निराश मुद्रामा देखिए । कोरोना संक्रमितको उपचारमा रातदिन खटिएका मेडिकल अधिकृतको यो मुद्रामा पक्कै पनि सुखद सन्देश थिएन । ‘के भयो डाक्टर सा’ब ? उनले भने, ‘संक्रमित एक महिलाको अवस्था सुधार्न सकिएन । प्लाज्माथेरापी गर्नलाई प्लाज्मा दिने मान्छे कोही भेटिएन ।’ […]

कोरोना कहरमा चिनिएका डाक्टर

८ कात्तिक, वीरगञ्ज । फेमिली फिजिसियन तथा आकस्मिक रोग विशेषज्ञ उदयनारायण सिंह (३६) अहिले नारायणी अस्पतालमा इमर्जेन्सी विभाग प्रमुख छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका एमडी उनले त्यहाँँ उपप्राध्यापकको जागिर पनि पाएका थिए । तर, मन आफ्नै वीरगञ्जमा तानियो । अनि राजिनामा दिएर नारायणी अस्पतालमा अस्थायी मेडिकल अधिकृत बन्न आए । गृह नगरको […]

‘कोरोनाले मलाई जितिसकेको थियो…’

७ कात्तिक, काठमाडौं । होसमा आउँदा उनका वरिपरि डाक्टर र नर्सहरु थिए । उनले आफूलाई वीर अस्पतालकै बेडमा पाए । बेस्सरी टाउको दुखिरहेको थियो । के भइरहेको हो, खुट्याउन सकिरहेका थिएनन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का एशोसिएट प्रोफेसर एवं वीर अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा. ध्रुव गैरे कोरोना संक्रमित हुनु अगाडिको अवस्था हो । […]

बिरामीलाई हातले छोएर उपचार गर्न पाए हुन्थ्यो !

६ कात्तिक, काठमाडौं । साँझ ६ बजेको समय । ह्याम्स अस्पताल, कोठा नम्बर- १४ । डा. रक्षा पाण्डे हस्याङफस्याङ गर्दै आफ्नो कार्यकक्षमा आइपुगिन् । नाक-मुख ‘पी-१००’ मास्कले छोपेको छ । हामी सर्जिकल मास्कमा थियौं । उनले आफ्नो मास्क हटाएर नाकमा बसेको दाग देखाउँदै भनिन्, ‘कतिको त घाउ नै भएको छ, तर रातदिन मास्क नलगाई हुँदैन […]

एम्बुलेन्स चालक समसुल मियाँ, जसले सिंगो पर्सा थामेका छन्

५ कात्तिक, वीरगञ्ज । जगरनाथपुर गाउँपलिकाका समसुल होदा मियाँ (४७) ले एम्बुलेन्स चलाएर दुई श्रीमतीसहित १० जनाको परिवार पालेका थिए । भारतीय ज्वाइँको नाममा निकालेको एम्बुलेन्स उनका निम्ति जिउने सहारा बनेको थियो । मियाँले एम्बुलेन्समै शव पनि बोकिदिएर आपत परेकाहरुलाई सजिलो बनाइदिन्थे । तर, कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि १० चैतमा लकडाउन सुरु भएपछि […]

संक्रमितको साथी : भक्तपुरको ‘आरएनए- १६’

४ कात्तिक, काठमाडौं । भक्तपुर, सिद्धपोखरीका अरूण सैंजूका छिमेकीहरू अझै पनि उनको घर अगाडि सडकमा देखिँदैनन् । लकडाउन सकिए पनि सैंजूका घरअगाडिको सडक प्रायः सुनसान देखिन्छ । आक्कलझुक्कल भेटिने छिमेकीले अरुणलाई भन्थे, ‘हामी दिनभर घरमै बस्छौं, तपाईं दिनभरि अस्पताल डुलेर आउनुहुन्छ । कोरोनाबाट टोललाई बचाउन त तपाईंकै घर सार्नुपर्ने भयो ।’ कोरोना संक्रमितहरूलाई अस्पताल पुर्‍याउन […]

आपतकालका जब्बर डाक्टर अनुप

३ कात्तिक, काठमाडौं । लगातार आठ महिना कोरोना महामारीविरूद्ध ‘फ्रन्टलाइन’मा बसेर काम गर्दा तपाईंले सबैभन्दा बढी ‘मिस’ गरेको कुरा के हो ? प्रश्न पूरा हुन नपाउँदै उनले भने, ‘मेरो बच्चा…। ‘कोभिड- १९ सुरु हुँदा ऊ ६ महिनाको थियो, अहिले १५ महिनाको पुगिसक्यो । यो बीचको उसको विकासक्रम मैले देख्न, भोग्न र महसुस गर्न पाइनँ’ केही […]

वृद्धवृद्धालाई खोप दिनु किन सजिलो छैन ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्माणका लागि थुप्रै कम्पनीले काम गरिरहेका छन् । छिटोभन्दा छिटो खोप ल्याउने उनीहरुको प्रतिबद्धता छ । तर खोप निर्माण सफल भएपनि ठूलो जनसंख्यामा कसरी पुर्‍याउने भन्ने समस्या उत्पन्न हुन्छ । कोरोना संक्रमणको सबैभन्दा धेरै जोखिम डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुलाई हुन्छ, त्यसैले उनीहरुलाई सबैभन्दा पहिला सुरक्षा दिनुपर्ने हुन्छ । […]