Comments Add Comment

कभर स्टोरी

List Grid
लकडाउनमा विद्यार्थी : केही त गरौं

लकडाउनका कारण देशभरीका सम्पूर्ण विद्यालय तथा कलेजका विद्यार्थीहरु यतिबेला घर–घरमै छन् । पछिल्लो आठ दिनदेखि घरभित्र रहनु पर्दा अधिकांश विद्यार्थीहरु दिक्क मान्न थालेका छन् । यो बेला उनीहरुका सामु समय बिताउने माध्यम भनेकै टेलिभिजन अथवा मोबाइल बन्न थालेका छन् । यद्यपि, लकडाउनको निराशाजनक क्षणलाई रमाइलो बनाउनका लागि टेलिभिजन र मोबाइलबाहेक अन्य धेरै सामग्रीहरु पनि छन्, […]

कागको पछाडि दौडिनुभन्दा

एक पुरुष घरको छतमा घाम तापेर बसिरहेका थिए । छतमा अर्को व्यक्ति दौडदै आइपुगे र उनले अत्तालिदै सुनाए, ‘ए मनबहादुर, छोरालाई गाडीले किचेर मारिदियो ।’ ति पुरुषले केही सोच्नै सकेनन् । आवेशमा त्यही छतबाट हामफाले । तेस्रो तलाबाट हुत्तिदै गर्दा पो उनले सोंचे, ‘अरे मेरो त कुनै छोरो नै छैन । मेरो छोरो भए पो […]

जीवनोपयोगी प्रेरक भनाईहरु

आफ्नो अद्भूत कर्म, विराट सोंच चिन्तनले बेलाबखत महापुरुषहरुको जन्म हुनेगर्छ । उनीहरुको खोज, अध्ययन, प्रयोग आफ्ना निम्ति मात्र होइन, विश्वकै मानव जाति र चराचर जगतका लागि उपयोगी हुँदै आएका छन् । उनै व्यक्तिहरुले कतिपय सन्दर्भमा आफ्ना जीवन–भोगाईको सार बताउने गर्छन्, जो हाम्रो निम्ति अमूल्य पाठ र प्रेरणको स्रोत बन्न सक्छ । श्रेष्ठ हुनु कुनै कार्य […]

विश्वलाई अत्याएका १० भाइरस

संसारमा करिब तीन लाख २० हजार प्रकारका भाइरस छन्, जसले स्तनधारी प्राणीलाई संक्रमण गर्न सक्छन् । स्तरधारी अर्थात् जसले अण्डा नपारी बच्चा जन्माउँछन् । त्यस्ता केही भाइरसहरु जसले संसारभरीमा करिब डेढ करोड मानिसको ज्यान लिने गर्छन् । ती खतरनाक भाइरसहरु के–के हुन् भन्ने बारेमा केही जानकारीहरु प्रस्तुत गर्दैछौं । भाइरसहरुको गणना पृथ्वीमा सबैभन्दा पुरानो जीवहरुको […]

हाम्रा पितापूर्खा : अन्धविश्वासी कि वैज्ञानिक थिए ?

गाउँघरतिर अझैपनि केही यस्ता चलन बाँकी छन्, जो हाम्रा पूर्खाहरुले गर्दै आए । जस्तो कोही बनजंगल वा बाहिरबाट आएपछि चुल्होको आगो छोएर मात्र अरुसँग हेलमेल हुन पाउने । पलेंटी कसेर खाना खाने । आफ्नो भागको एक गाँस खाना छाड्ने । दुधजन्य परिकार र माछामासु एकसाथ खान नहुने । घरमा शुभ–अशुभ आदि कार्य गर्नुअघि सबैतिर गोमुत्र […]

कोरोनाको सकारात्मक पाटो : चुरोटदेखि जंकफूडसम्म कटौती

यो शीर्षक देखेपछि तपाईंको पारो तातिन सक्छ । तर, हरेक कुराको दुई पाटो हुन्छ भनिन्छ । कोरोनाले विश्वलाई पिरोलेको छ, यो सत्य हो । साथसाथै के पनि सत्य हो भने, यसले कतिपय खर्चमा कटौती  गरिदिएको छ । केही सकारात्मक सुधार पनि ल्याएको छ । जस्तो यतिबेला धेरैले चुरोट, मदिरा सेवन गर्न पाएका छैनन् । बालबच्चाले […]

स्टिभ जब्सको तीन प्रेरणादायी कथा

‘महान काम गर्ने एक मात्र तरिका यो हो कि तपाईंले आफ्नो कामलाई प्रेम गर्नुपर्छ ।’ स्टिभ जब्स यसै भन्छन् । उनी अमेरिकी कम्पनी एप्पलका संस्थापक । एप्पल कम्पनीमा उनले मूख्य कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । उनको जीवन निकै संघर्षपूर्ण रह्यो । अनेक उतार–चढावकाबीच उनले आफ्नो सन्तुलन गुमाएनन् । त्यही कारण उनी संघर्ष र […]

बदलिएको दिनचर्या : ‘वर्क फ्रम होम’

‘वर्क फ्रम होम’ अर्थात् घरबाट नै काम भन्ने कुरा सुन्दा राम्रो लाग्नसक्छ । तर, घरबाट काम गर्नु भन्ने कुरा सोचे जस्तो सजिलो भने छैन, विशेष गरेर अहिलेको जस्तो अवस्थामा । २१ औं शताब्दीमा जन्मिएका तथा हुर्किएका वर्तमान पुस्ताले यस्तो कुराको शायदै कल्पनासम्म गरेका थिए । कोरोना भाइरसबाट बच्नका लागि कर्मचारीहरु घरबाट नै काम गरिरहेका छन् […]

अविवाहितलाई लकडाउनका फाइदा

लकडाउन । त्यसमाथि अविवाहित अनि एक्लो बसाई । कसरी समय कटाउने ? यदि तपाईं पनि यही कुरा सोचेर चिन्तित भैरहनु भएको छ भने त्यसो नगर्नुहोस् । किनभने तपाईं यो स्थितिमा अन्य धेरै त्यस्ता मानिसहरुभन्दा खुशी हुनुहुन्छ, जो सम्बन्धमा छन् अथवा विवाहित छन् । लकडाउनको अवस्थामा विवाहित जोडीको तुलनामा अविवाहित व्यक्तिहरु नै बढी खुशी हुने पाइएको […]

‘मौकामा हिरा फोर्ने’ कुबेरहरु कहाँ होलान् ?

काठमाडौंबाट मालबहाक कन्टेनरभित्र कोचिएर ५२ जना सर्वसाधारण वीरगञ्ज पुगे । वर्तमान संवेदनशील परिस्थितिको अवज्ञा गरेको निहुँमा उनीहरुलाई प्रहरीले पक्राउ गर्‍याे। अहिलेको अवस्थामा त्यसरी यात्रा गर्नु एक गल्ती थियो । तर, यो गल्ती उनीहरुले नजानेर वा जानीबुझी गरेका थिए होलान् ? सम्भवतः उनीहरुले शहर यसकारण छाडेका थिए कि, गाउँमा पुगेपछि ऐंचोपैंचो गरेर भएपनि प्राण धान्न सकिनेछ […]

कोरोनासँग जलवायु परिवर्तनको सम्बन्ध, कसले निम्त्यायो यो संकट ?

जलवायु परिवर्तनको कारणले हिमनदीहरु पग्लिँदैछन् । तर, हामीले कहिलै सोच्दैनौं कि यो बरफ भित्र कस्तो भाइरसका जीवाणुहरु लुकेका हुन्छन् ? एक अनुमान छ कि सदियौंदेखि जमेको यस बरफ भित्र कैयौं किसिमको हानिकारक भाइरसहरु हुनसक्छन् । अहिले देखिएको कोरोना लगायतको भाइरसहरु समेत यस्तै किसिमका पुराना भाइरसहरु हुनसक्ने समेत एक अन्तराष्ट्रिय अध्ययाले देखाएको छ । हिमनदीमा कस्तो […]

लकडाउनलाई अवसरको रुपमा लिऔं, फुर्सदको समयमा सिर्जनशील बनौं

नेपालमा अहिले ७ दिनको लागि आह्वान गरिएको लकडाउनको बिहीबार तेस्रो दिन । यो लकडाउनको समय थप हुनसक्ने सरकारी अधिकारीहरु बताउँछन् । भारतमा अहिले २१ दिनसम्म लकडाउन गरिएको विषयलाई लिएर धेरै लकडाउन कत्तिको उचित ? भन्ने बहस समेत सुरु भएको छ । लकडाउनमा अत्यावश्यक सेवा बाहेक सबैलाई बन्द गरिएको छ । सबै कार्यालयहरु बन्द छन् । […]

टिप्पणी : कोरोनाको भरपर्दो ओखती आत्म–अनुशासन

‘कोभिड –१९ बुलेट ट्रेन भन्दा तिब्र गतिमा फैलिरहेको छ’ भन्दै अमेरिकास्थित न्युर्योक राज्यका गर्भनरले आवश्यक सर्तकता र तयारीका लागि आह्वान गरेका रहेछन् । कोरोना भाइरसको तिब्र फैलावटलाई ‘बुलेट ट्रेन’सँग त्यसै तुलना गरिएको होइन । यसलाई कतिपयले ‘तुफान’को संज्ञा पनि दिएका छन् । यसको अर्थ के भने कोरोना भाइरसले यति तिब्रताको साथ विध्वंस मच्याउँछ कि, मानौं […]

बसिबियालो : तपाईं कस्तो मान्छे ?

कुनैपनि मान्छेको पहिचान कसरी हुन्छ ? हाम्रो तौर–तरिका यस्तो छ । अक्सर कुनैपनि मान्छेलाई पहिचान गर्नका लागि हामी सोध्छौं, कुन जातको ? कुन खानदानको ? कुन ठाउँको ? त्यो भन्दा पनि आवरण हेरेर हामी मान्छेको मूल्यांकन गर्छौं । मूल्यांकन मात्र गर्दैनौं, सोही अनुरुपको व्यवहार पनि गर्छौं । जस्तो कुनै मान्छे चिल्लो–चाप्लो, मोटोघाटो, सुकिलो–मुकिलो छ भने […]

देश पुरै लकडाउनमा छ, वायु प्रदूषण चाहिँ किन घटेन ?

१२ चैत, काठमाडौं ।  सरकारले कोरोना भाइरसका कारण मुलुकलाई एक साताको लागि लक डाउन गरेको छ । काठमाडौंमा अत्यावश्यक बाहेक उद्योग कलकारखाना र सवारी साधनहरु बन्द छन् । तर, काठमाडौं उपत्यकाको वायु प्रदूषण भने अझै खतराको सूचीभन्दा माथि छ । वातावरण विभाग अन्तर्गत्को वायु गुणस्तर निगरानी केन्द्रको तथ्यांक अनुसार ललितपुरको पुल्चोक केन्द्र सहित झुम्का केन्द्र […]

लकडाउनभरी घरभित्रै बस्दा कसरी गर्ने ‘मुड फ्रेस’

आजसम्म विश्वभरी ३९२,००० भन्दा बढी मानिसहरू कोरोना भाइरसबाट प्रभावित भइसकेका छन् । नेपालमा पनि कतारबाट आएकी एक महिलामा यसको संक्रमण भएको देखिएपछि नेपालमा पनि यसको लागि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । यही घातक भाइरसको डरले स्कूल, कलेज र कार्यालयहरू सबै बन्द गरिएका छन्। सरकारले मानिसहरूलाई घरभित्र नै लकडाउन गर्ने बताउँदै आएको छ । घरभित्र […]

कोरोनाको महामारी : गाउँघरका आमाबुबालाई सन्तान भेट्ने मेलो !

तनहुँका सुदेश श्रेष्ठ घर नजिकै भएपनि गाउँ नगएको दुई वर्ष भएको थियो । घरमा आमा र बुबासँग कुराकानी त हुन्थ्यो । २५ वर्षीय उनी लोकसेवा आयोगको तयारीको लागि भन्दै घर नगएको धेरै भएको थियो । तर, उनलाई लोकसेवामा नाम निकालेपछि मात्रै घर जाने योजना कोरोना भाइरसले तुहाइदियो । गत आइतबार उनी दुई वर्षपछि घर पुगे […]

बसिबियालो : केही मीठा बात गरौं

‘तुफनले विध्वांश मात्र मच्याउँदैन, भएका फोहोर पनि बढारेर लान्छ ।’ यतिबेला कोरोना भाइरसले उत्पात मच्याइरहेको छ, सारा विश्वमा । मृत्यु, रोग, भय, चिन्ता, उदासी, असहजता र आतंक बोकेर विश्व फन्को लगाइरहेको कोरोना भाइरसले केही सकारत्मक पाटो देखाइदिएको छ । खासगरी मानविय समाज, स्वास्थ्य संवेदनशिलतामा । पृथ्वीमा बसोबास गर्ने सात अर्ब बासिन्दा नै यतिबेला विशेष स्वास्थ्य–सर्तकता […]

बसिबियालो : तपाईंको दैनिकी पट्यारलाग्दो कि रचनात्मक ?

अचानक हाम्रो दिनचर्या बद्लिएको छ । हिजो धपेडी थियो, आज फुर्सद । कामधन्दा गरिहेका कतिपयलाई लाग्न सक्छ, दिनभर के गर्दै बस्ने हो ? कतिदिन बस्ने हो ? कसरी समय कटाउने हो ? भनिन्छ नि, खाली दिमाग सैतानको घर । तपाईंको हकमा यस्तो नहोस् । उद्यम–व्यवसाय गरिरहने व्यक्तिहरुमा एक किसिमको कामको लय पनि हुन्छ । यसरी […]

बसिबियालो : पाहुना ? निसंकोच ‘हुन्न’ भनौं

आफ्नो पेशा, व्यवसाय, उद्यम, कामधन्दाबाट सबैले विश्रम पाएका छन्, कम्तीमा एक साताका लागि । हिँडडुल गर्न, घुमफिर गर्न, आउजाउ गर्न, जमघट गर्न अनुपयुक्त समय हो यो । त्यसैले साताभर घरमित्रै बस्नुपर्नेछ । मान्नुहोस्, यो एक व्यवसायिक विश्राम हो । तर, यसलाई हाँइसञ्चो नठानौं । दशैं–तिहार जस्ता उत्सव पनि नसोचौं । ‘अब फुर्सद भयो रमाइलो गर्नुप¥यो’ […]

सामाजिक दुरी कसरी कायम राख्ने, किन छ महत्व ?

सरकारले कोरोना भाइरसको फैलावट रोक्न सामाजिक दुरी कायम राख्न सल्लाह दिँदै आएको छ । यसबारेमा विश्व स्वास्थ्य संगठनले समेत बारम्बार यस बारेमा आग्रह गर्दै आएको छ । जानेर वा नजानेरै पनि धेरैले सामाजिक दुरी तर्फ ध्यान दिने गरेका छन् । यही नै कोरोना भाइरसबाट बच्ने सबैभन्दा सजिलो तरिका हो । सामाजिक दुरी किन महत्वपूर्ण ? […]