Comments Add Comment

कभर स्टोरी

List Grid
विकराल बाल विवाहः भयानक जोखिम

एकपटक सोच्नुहोस् त, विवाहको अर्थ र आवश्यक्ता नबुझी तपाईंको जोडी बाँधिदिए के हुन्छ ? दाम्पत्य जीवनको महत्व नबुझ्दै विवाह गर्नुपरे के हुन्छ ? हामी यी कुरा सोच्न मात्र सक्छौं । हाम्रै मुलुकका कतिपय बालबालिका भने भोगिरहेका छन् । धेरै टाढा पुग्नुपर्दैन, दिपायलस्थित सिलगढीको समाजलाई नियाले पुग्छ । खासगरी मुक्त हलिया परिवारलाई । उक्त समुदायमा कलिलै […]

फिनल्यान्डमा बालबालिकालाई कसरी पढाइन्छ ?

तपाईं/हामी के सोच्छौ ? पाठ्यपुस्तकको कुरा आफ्ना बालबच्चाले खरर भन्न सकोस् । सोधेका प्रश्नको फटाफट जवाफ दिन सकोस् । हरेक प्रश्नहरु दुरुस्त हल गर्न सकोस् । अर्थात विद्यालयको पढाईमा अब्बल होस् । परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गरोस् । तब हामीलाई सन्तोष लाग्छ । हामी गर्वले छाती चौडा बनाउँछौ । र, सबैलाईको अगाडि निर्धक्क भन्न सक्छौ, […]

सीमाक्षेत्रको आतिथ्यः किन अडिदैनन् विदेशी पाहुना

लुम्बिनी एक त्यस्तो आस्थाको पुञ्ज हो, जसले विश्वभरका बुद्धिष्टलाई लोभ्याउँछ । तर, बुद्धिष्ट मात्र होइन, अन्य पाहुनालाई पनि लुम्बिनीको आकर्षणले तानेर नेपालसम्म ल्याइपुर्‍याउँछ । तथ्यांकले भन्छ, दिनमा औसत १० हजार आगन्तुक लुम्बिनी प्रवेश गर्छन् । यो मूख्य सिजनको कुरा हो । अन्य दिनमा पनि चहलपहल त्यती घट्दैन । तर दुःखका साथ भन्नुपर्छ, यसरी लुम्बिनीको आकर्षणले […]

आफ्नो काम आफै किन नगर्ने ?

तपाईं मस्त सोफामा बस्नुहुन्छ र आदेश दिनुहुन्छ, ‘एक कप चिया ल्याउ त ।’  कसैले तपाईंको हातमै चिया टक्र्याउँछन् । चियाको चुस्की लगाउँदै भन्नुहुन्छ, ‘भित्र टेबुलमा पत्रिका छ, खोजेर ल्याइदेउ त ।’ कसैले तपाईंको हातमै पत्र-पत्रिका थमाइदिन्छन् । तपाईं भन्नुहुन्छ, ‘अहो ! चस्मा भुलेछु, ओछ्यानको छेउमा होला, खोजेर ल्याइदेउ न ।’ कसैले तपाईंको चस्मा ल्याइदिन्छन् । […]

तपाईंको बच्चाको बालापन त खोसिदै छैन ?

अबको १०-१५ बर्षपछि कुनै किशोरलाई सोधौं, ‘तिम्रो बाल्यकाल कस्तो थियो ?’ संभवत जवाफ आउनेछैन । किन ? किनभने उनीहरुले आफ्नो बालापान देख्न, भोग्न र रम्न पाएनन् । उनीहरुको बाल्यकाल त विद्यालयले खोसिदियो । अभिभावकको लहड र विद्यालयको व्यवसायिक लाभको गुरुत्वबलले तानेर उनीहरुलाई त्यही थेचारिदियो, जहाँ उनीहरु आफ्नो वालापनमा रमाउन पाउँदैनथे । जन्मेर राम्ररी तंगि्रन नपाई […]

छोराछोरीलाई किन सरकारी विद्यालयमा नपढाउने ?

राज्यले यसपाली शिक्षामा एक खर्ब ३४ अर्ब पैसा खन्याएको छ । जबकी यतिबेला कति अभिभावकको खल्ती टकटकिएको छ, छोराछोरीलाई विद्यालय भर्ना गराउँदा । एकातिर राज्यले अर्बौं पैसा शिक्षामा लगाएको छ । अर्कोतिर छोराछोरीको पढाईले अभिभावकको ढाँड सेक्दैछ । किन यस्तो हुँदैछ ? शिक्षाको नाममा यत्तिका पैसा कहाँ बग्दैछ ? राज्यले सरकारी एवं सामुदायिक विद्यालयका लागि […]

कहाँ छ स्वर्ग ? कहाँ छ नर्क ?

मृत्युपछि मान्छे कहाँ पुग्छ ? हामीले सुन्दै र भन्दै आएका छौ, दुई फरक लोकमा । अर्थात स्वर्ग वा नर्क । सबै स्वर्ग पुग्दैनन् । सवै नर्क पुग्दैनन् । कसरी निक्र्यौल हुन्छ त स्वर्ग पुग्ने वा नर्क पुग्ने ? यसको निक्र्यौल चाहि उसले बाँचुञ्जेल जे-जति कर्म गर्छ त्यही अनुरुप हुन्छ । बाँचुञ्जेल धर्म गरेमा, न्याय गरेमा, […]

देह व्यापारः व्यवस्थित गर्ने कि बर्जित ?

‘काठमाडौंमा यौनकर्मी खोज्दै सादा पोशाकको प्रहरी ।’ फलानो ठाउँबाट देह व्यापारमा संलग्न यति जना पक्राउ ।’ ‘यौनकर्मी रंगेहात पक्राउ परे ।’ ‘फलानो ठाउँ यौन व्यवसायको अखडा बन्यो ।’ केही दिन यता प्रहरीले यौनकर्मीको खोजीमा अरु बढी सक्रियता देखाएको छ । सादा पोशाकमा खटिएका प्रहरीले धमाधम यौनकर्मी पक्राउ गरेको खबर पनि छाइरहेको छ । हुन त […]

विद्यालयले तपाईंको बच्चालाई मनरोगी त बनाउँदै छैन ?

विद्यालयको कुरा गर्दा तपाईंको बच्चा कति फुरुंग हुन्छ ? शिक्षक/शिक्षिकासँग कति झ्यामिन्छन् ? कक्षाकोठामा कति रमाउँछन् ? साथीसंगीसँग कति घुलमिल हुन्छन् ? यी प्रश्नहरुको उत्तर एक-एक केस्रा केलाएर हेर्नुहोस् । किनभने, तपाईंको बच्चामाथि विद्यालयमा अत्याचार पनि भइरहेको हुनसक्छ । विद्यालयको प्रसंग उठ्नसाथ बच्चाको अनुहार मलिन हुन्छ । शिक्षक/शिक्षिकाको नाम लिनसाथ बच्चा भयभित हुन्छन् । कक्षाकोठाको […]

नेपालका ५ सहासिक खेल

साहस र नेपाली एकअर्काको पर्यावाची जस्तै मानिन्छ । विश्वमा नेपालीलाई चिनाउने एउटा विशेषण हो, साहसी । अर्थात वीर । चाहे सर्वोच्व टाकुरा सगरमाथा उक्लने कुरामा होस् वा फोकल्यान्डको टापुमा युद्ध लड्ने, नेपालीले वीरताको गाथा रचेका छन् । हामी साहसी । यही कारणले पो हो कि, हामीकहाँ साहसिक खेल फस्टाउँदो छ । यसले साहसिक खेल पर्यटनको […]

तपाईं आफ्नो बच्चालाई परनिर्भर त बनाउँदै हुनुहुन्न ?

तपाईंको बच्चाले राम्ररी खान सक्दैन । खानेकुरा दियो भने यताउता छरिदिन्छ । थालमा भएकोमध्ये आधा पनि मुखमा पुर्‍याउँदैन । तपाईं के गर्नुहुन्छ ? आफै ख्वाउन थाल्नुहुन्छ । बच्चाले खानेकुरा छर्ने, पोखाउने भएकाले उनीहरुलाई आफै ख्वाइदिन उचित लाग्छ । त्यही कारण हरेक छाक तपाईंले नै ख्वाइदिनुहुन्छ । तर, कहिलेसम्म ख्वाउनुहुन्छ ? तपाईं सोच्नुहुन्छ, उमेर बढ्दै गएपछि […]

काफल पाक्यो, काफल पाक्यो

यतिबेला पहाडका जंगलहरुमा केही चराचुरुङ्गी कराएको आवाजले ‘काफल पाक्यो’ भनेजस्तै सुनिन्छ । काफल पाकेकै पनि हुन्छ । काफल पाकेपछि बनजंगल हराभरा हुन्छ । चराचुरुङ्गी रमाउँछन् । उनीहरुले चारोको लागि अन्यत्र जानुपर्दैन । यस्तै बुझाई छ । नेपाली समाजमा प्रचलित एउटा लोककथा छ, चारोको खोजीमा चाराले आफ्ना बच्चाहरु छाडेर अन्तै गएको । पछि जंगलमा काफल पाक्यो […]

किन मान्छेले अरुको नराम्रो मात्र देख्छ ?

‘अरुको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी पनि नदेख्ने ?’ नेपाली समाजमा प्रचलित भनाई हो यो । ख्याल गर्नुहोस् त, जब हामी एकअर्कासँग भेट्छौ । साथीभाई बस्छौ । तब तेस्रो पक्षको बारेमा टिप्पणी गर्न थाल्छौ । ‘फलानो यस्तो, फलानो उस्तो’ भन्दै । हामी उक्त व्यक्तिको नराम्रो कुरा मात्र खेलाइरहेका हुन्छौ, खोतलीरहेका हुन्छौ । अनावश्यक र […]

शिक्षक कसरी रोलमोडल बन्न सक्छ ?

एकपटक जंगलका जनवारबीच छलफल भएछ । उनीहरुको एजेन्डा रहेछ ‘किन मान्छे यति धेरै बाठो भएका ? किन सबै कुरा उनीहरु मात्र जान्ने भएका ?’ छलफलपछि निष्कर्ष निस्किएछ, ‘मान्छेहरुको आफ्नो पाठ्यक्रम छ । त्यसैबाट निर्देशित भएर उनीहरु चलाख भएका हुन्, बुद्धिजीवी भएका हुन् ।’ ‘त्यसो भए हामीले पनि त्यस्तै पाठ्यक्रम बनाउनुपर्छ’ सहभागीमध्ये कसैले सुझाएछन् । उनको […]

कुलमानको दैनिकी : खाने टुङ्गो छैन, घुम्ने फुर्सद छैन

काठमाडौं । कुलमान घिसिङले सारा मुलुक झलमल्ल बनाएका छन् । यसका लागि उनले घामको उज्यालो त्यागेका छन् । अर्थात उनको ज्यानमा घामको न्यानो पर्दैन । किनभने, दिनभर उनी कार्यलय/कार्यक्षेत्रमा खटिएका हुन्छन् । घाम ताप्ने फुर्सद हुँदैन । यही कारण उनको शरीरमा ‘भिटामिन डी’को कमी छ । अनलाइखबरको भेटमा कुलमानले सुनाएका थिए, ‘कहिलेकाहीँ चिकित्सकले भिटामिन डीको […]

जुठो र बासी खानेकुरा के गर्नुहुन्छ ?

तपाईंको भान्सामा जति खानेकुरा पाक्छ, ति सबै खानुहुन्छ ? अथवा तपाईंको थालमा जति खनेकुरा पस्किएका हुन्छन्, ति सबै खानुहुन्छ ?  पकाएर राखेका वा खान बाँकी रहेका खानेकुरा सबै उपभोग गर्नुहुन्छ ? संभव भएसम्म त हामी जति उपभोग गर्छौ, सोही अनुसार खानेकुरा तयार गर्नु उचित हो । यद्यपी हामीले कति उपभोग गर्छौ भनेर सही अनुमान गर्न […]

तपाईं पकेटमारको घेराबन्दीमा हुनुहुन्न ?

तपाईं सार्वजनिक यातायातमा यात्रा गर्दै हुनुहुन्छ, भिडभाडमा जाँदै हुनुहुन्छ भने सर्तक रहनुहोस् । तपाईंको धनमाल निमेषभरमा गायब हुनसक्छ । किनभने शहरमा रात-दिन चोर/पकेटमार सल्बलाइरहेका हुन्छन् । तपाईं उनीहरुको शिकार बन्न के बेर ? घटना केही समयअघिको हो । रत्नपार्कबाट भक्तपुर (राधेराधे) पुग्ने १० नम्बर रुटको माइक्रोबसमा कौशलटारबाट तीन युवाहरु चढे । उनीहरुसँगै एक मोटोघाटो ज्यानका […]

श्रम दुःख होइन, यस्तो छ यसको मूल्य र महिमा

श्रम के हो ? हामी भन्छौं, श्रम गर्नु भनेको काम गर्नु हो । काम गर्नुलाई हामी ‘दुःख गर्नु’ भन्छौं । के त्यसो भए श्रमको अर्थ दुःख हो ? श्रमको मर्म र महत्वलाई हामीले यसरी अपव्याख्या गर्नु ठिक होइन । सार्थक ढंगले गरिने कुनैपनि श्रमले मान्छेलाई सफलताको उचाईमा पुर्‍याउँछ । श्रमले बाँच्न सिकाउँछ । श्रमले जीवनको सार्थकता […]

विद्यालय भर्सेस प्रकृतिः बालबालिकाले कहाँ के सिक्छन् ?

हामी चाहन्छौं, मेरा बालबच्चा ज्ञानी हुनुपर्छ । बौद्धिक हुनुपर्छ । चतुर हुनुपर्छ । सिपालु हुनुपर्छ । इमान्दार हुनुपर्छ । अनुशासित हुनुपर्छ । यहि सदिक्षा राखेर हामी उनीहरुलाई विद्यालय भर्ना गरिदिन्छौं । दिन नबिराई विद्यालय पठाउँछौ । बालबालिकालाई ज्ञानी, बौद्धिक, सिपालु बनाउने खुराक पाठ्यपुस्तकमा लेखिएको हुन्छ । त्यही खुराक शिक्षक/शिक्षिकाले बालबालिकालाई दिन्छन् । पाठ पढाउँछन् । […]

एउटा साथीको साथले कति फरक पार्दछ जिन्दगीमा

प्रविण श्रेष्ठलाई चिनाउने एउटा विशेषण छ, चलचित्र ‘मोक्ष’का निर्देशक । उनको यो चलचित्र समीक्षात्मक दृष्टिले औधी रुचाइयो । चलचित्रमा उनको अनुभव र अनुभूतिको संगालो थियो । अर्थात एउटा गायक बन्ने सपनामा तैरिरहेका तन्नेरीको जीवनमा हठात् आइपर्ने व्यवधान । त्यसबेला प्रविण अल्लारे वैंशमा थिए । सांगीतिक व्यान्ड खोल्ने लहड थियो । उनी गीत-संगीतमै साधनारत थिए । […]

होमवर्क गर्नैपर्छ र ?

विद्यालयबाट फर्केका छोराछोरीलाई सबैभन्दा बढी चटारो हुन्छ, होमवर्कको । विद्यालयको ड्रेस बदल्न नपाउँदै उनीहरु कपी र पुस्तक फिजाउन थाल्छन् । अघिल्तिर पस्किएको नास्ता समेत भुलेर पाठ घोक्न र प्रश्न हल गर्न थाल्छन् । गृहकार्य, जसलाई अहिलेका बालबालिकालाई होमवर्क भन्न सजिलो मान्छन्, त्यो उनीहरुको दैनिकीको एक हिस्सा हो । अढाई बर्षको उमेर अर्थात नर्सरीमा भर्ना भएदेखि […]