Comments Add Comment

कभर स्टोरी

List Grid
होमवर्क गर्नैपर्छ र ?

विद्यालयबाट फर्केका छोराछोरीलाई सबैभन्दा बढी चटारो हुन्छ, होमवर्कको । विद्यालयको ड्रेस बदल्न नपाउँदै उनीहरु कपी र पुस्तक फिजाउन थाल्छन् । अघिल्तिर पस्किएको नास्ता समेत भुलेर पाठ घोक्न र प्रश्न हल गर्न थाल्छन् । गृहकार्य, जसलाई अहिलेका बालबालिकालाई होमवर्क भन्न सजिलो मान्छन्, त्यो उनीहरुको दैनिकीको एक हिस्सा हो । अढाई बर्षको उमेर अर्थात नर्सरीमा भर्ना भएदेखि […]

आँचल शर्माको दैनिकीः पानीपुरी खाँदै, लुडो खेल्दै  

अभिनेत्री आँचल शर्मा चञ्चले छिन् । धीरतापूर्वक बस्नै नसक्ने । घरमा बस्दा उनी टेलिभिजन हेर्छिन्, पानीपुरी खान्छिन्, लुडो खेल्छिन् । आँचलको रिस पनि पानीको फोको जस्तै छ, क्षणमै उठ्ने, क्षणमै विलाउने । खुसी चाहि हरदम । उनी यतिकै मख्ख हुन्छिन् । खुसी हुन्छिन् । बेलाबखत बुवाले भन्छन् पनि, ‘यसलाई त गंभीर हुनै आउँदैन । अझै […]

सुस्ताउने ठाउँ छैन शहरमा

तपाईं हिँड्दा-हिँड्दै लखतरान हुनुभयो । गाडी पर्खदा-पर्खदै थाक्नुभयो । किनमेल गर्दा-गर्दै शिथिल हुनुभयो । कुनै काम गर्दा-गर्दै हैरान हुनुभयो । अब तपाईंलाई लाग्छ, कतै एकैछिन सुस्ताउनु पर्‍यो । आरमले बस्नुपर्‍यो । थकाई मेट्नुपर्‍यो । सीतल र सहज ठाउँमा विश्राम गर्नुपर्‍यो । तर, काठमाडौं महानगरमा त्यस्तो ठाउँ फेला पार्न मुश्किल मात्र होइन, असंभव जस्तै हुन्छ । […]

जेभियर इन्टरनेशनलमा विदेशी व्यवस्थापन : फरक शैक्षिक प्रणालीको रोल मोडल बनाउने लक्ष्य

१० वैशाख, काठमाडौं । ठूला विकास आयोजनामा विदेशी लगानी भित्र्याउने उद्देश्यले नेपाल सरकारले केही दिन अघिमात्र लगानी सम्मेलन आयोजना गर्‍यो । आयोजनाका उपलब्धीबारे विभिन्न क्षेत्रका आ–आफ्ना टीका–टिप्पणी सुनिए । यता निजी क्षेत्रका व्यवसायीले पनि आ–आफ्नो स्तरमा अन्तर्राष्ट्रिय लगानी जुटाउने पहल गरिरहेका छन् । यसै क्रममा निजी क्षेत्रका शैक्षिक संस्थाहरू पनि जुर्मुराएका छन् । हालै मात्र […]

हस्पिटालिटी सेवाः पाहुना छन्, सेवक छैनन्

सरकारको लक्ष्य छ, बर्षमा २० लाख पर्यटक भित्र्याउने । समस्या के छ भने, पर्यटकलाई एउटै क्याटगोरीमा राखेर हेर्न मिल्दैन । पर्यटक थरीथरीका हुन्छन् । कोही घुमफिरका लागि आउने, कोही अध्ययनका लागि आउने, कोही व्यवसायका लागि आउने । यसैगरी उनीहरुको गन्तव्य पनि एकनास हुँदैन । कोही हिमाल चढ्ने, कोही सौराह घुम्ने, कोही पोखराको फन्को लगाउने, कोही […]

बालबच्चालाई पहिलो पटक विद्यालय पठाउँदै हुनुहुन्छ ?

नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । कति अभिभावकले यही सत्रदेखि आफ्नो बालबच्चालाई पहिलो पटक विद्यालय पठाउँदै होलान् । बच्चालाई पहिलो पटक विद्यालय पुर्‍याउँदा आमाबुवा केही रोमाञ्चित हुन्छन् । एक किसिमको खुसी पनि जाग्छ । साथसाथै अज्ञात भय पनि । आफुले कहिल्यै अरुको साथमा नछाडेको वा आफ्नै काखमा लुटुपुटु बनाएर खेलाइरहेको बच्चालाई घर बाहिर र अरुको […]

ध्यान–साधनामा आदित्य ! डा. भोला रिजाल के भन्छन् ?

८ वैशाख, काठमाडौं । ‘गुगल व्वाई’ का रुपमा चर्चामा आएका ८ वर्षीय बालक आदित्य दाहालको ध्यान–साधनाको पाटो रोचक छ । आदित्यले ध्यान–साधनाको अभ्यास गर्न थालेको ३ वर्षभन्दा बढी भयो । अक्षरहरु लेख्न सक्ने क्षमता प्रकट भएपछि उनको ध्यान साधनामा मोह उत्पन्न भएको बताउँछिन् आदित्यकी आमा ईश्वरा दाहाल । ‘पाँच वर्षको बच्चाले ध्यानमा बस्छु भन्दा सुरुमा […]

होमस्टेका लागि रोज्जा चार गन्तव्य

तपाईं नेपालको कुनै गाउँमा पुग्नुहोस्, न्यानो आतिथ्य पाउनुहुनेछ । गाउँघरमा भेटिने हरेक व्यक्ति तपाईंसँग परिचित मुस्कान दिनेछन् । सोध्नेछन्, ‘हजुर कहाँसम्म ? के का लागि आउनुभो ?’ त्यतीमात्र होइन, तपाईंलाई आफ्नै घरमा निम्त्याउनेछन् । चिया-पानी टक्रयाउनेछन् । दही, मोही र रैथाने खानेकुराले स्वागत गर्नेछन् । बारीमा सुन्तला फलेको छ वा अम्बा । मकै पाकेको छ […]

जौंको सातुः गर्मीको सुपाच्य खानेकुरा

मध्य गर्मीको बेला हामीकहाँ सातु खाने परम्परा छ । खासगरी जौको सातु । यससँगै सख्खरको सर्वत पनि । अहिले हामी एक दिन जौको सातु र सख्खरको सर्वत खाएर कर्मकाण्ड पुरा गर्छौं । वैशाख शुक्ल तृतीयाका दिन जौको सातु खाने धार्मिक परम्परा छ । यद्यपी एक दिन जौको सातु र सख्खरको सर्वत सेवन गरेर हुँदैन । […]

आहा ऐंसेलु ! कति रसिलो

यतिबेला पहाडका डाँडा-खर्क पहेंलपुर छन्, ऐंसेलुले । मझौला काँडेदार बुट्यान (झाडी)मा फल्ने यो फल कस्तो हुन्छ ? धेरैले जवाफ दिन सक्छन् । किनभने यो सर्वपि्रय फल हो, सित्तैमा पाइने । हुन त अहिले ऐंसेलु अहिले बिक्री पनि गर्न थालिएको छ । साथै ऐंसेलुको जुसदेखि वाइनसम्म बनाउन थालिएको छ । खासगरी पहाडी भीर-पाखामा जताततै पाइन्छ, ऐंसेलु […]

यी चर्चित पुरुष, जो भान्साको काममा रमाउँछन्

हाम्रो समाजको अघोषित मान्यता हो, छोरी-चेलीलाई भान्साको जिम्मा दिने । यस्तो घर हुँदैन, जहाँ भात-भान्साका लागि पुरुषले पूर्ण जिम्मेवारी सम्हालेको होस् । भात पकाउने, भाँडावर्तन सफा गर्ने, सागसब्जी किनमेल तथा जोहो गर्ने, भात पस्कने काममा महिलालाई खटाइन्छ । मानौं यो काम उनीहरुको जन्मजात पेवा हो । छोरा मान्छे भएको घरमा एक जना बुढी आमा छिन् […]

आहा ! थकाली खाना

फापरको ढिंडो वा मसिनो चामलको भात, च्याङ्ग्राको सुकुटी, गुन्द्रुकको अचार, जिम्बुले झानेको कालो दाल, गोलभेडा र टिमुरको अचार, साग, मौसमी तरकारी, घिउ र मोही । त्यसमाथि चरेसको थाल र कचौरामा पस्किएको, तात्तातो । यति भन्नसाथ तपाईंको मुखमा पानी आउनसक्छ । दिनमा दुई छाक भात चाहिने हामीलाई भातकै यो विशिष्ठ थालीले कसो नलोभ्याउला ? यो हो, […]

कस्तो हुनुपर्छ शिक्षक, कस्तो हुनुपर्छ कक्षाकोठा ?

छोराछोरीलाई कस्तो विद्यालयमा भर्ना गर्दै हुनुहुन्छ ? कक्षाकोठा कस्ता छन् ? विद्यालयको वातावरण कस्तो छ ? शिक्षक/शिक्षिका कस्ता छन् ? विद्यालयमा छोराछोरीलाई भर्ना गरिदिएर मात्र अभिभावकको दायित्व पुरा हुँदैन । आफ्ना छोराछोरीले उक्त विद्यालयबाट कसरी सिक्छन् ? कस्तो वातावरणमा सिक्छन् ? के सिक्छन् ? भन्ने कुरा महत्वपूर्ण हो । त्यसैले बालबालिकालाई भर्ना गरिदिनुअघि नै विद्यालयको […]

यी सेलिब्रेटीः जोसँग छ आमा हुनुको खास अनुभव

पूर्व मिस नेपाल माल्भिका सुब्बाले एक छोरा हुर्काइरहेकी छिन्  । छोराको नाम हो, जाहिर रियो सुब्बा श्रेष्ठ । एकातिर उनी आमाको भूमिकामा छिन्, अर्कोतिर आफ्नो करियरलाई पनि अगाडि बढाइरहेकी छिन् । कतिपय महिला के सोच्छन् भने, ‘विवाह गरेपछि मेरो करियर सकिन्छ । मेरो इच्छा र आकंक्षालाई खुम्चाउनुपर्छ ।’ तर, विवाह गरेर आमा भइसकेपछि पनि आफ्नो […]

नयाँ बर्षको १२ संकल्प, जसले बदल्नेछ तपाईंको जीवन

भोलि उदाउने घामसँगै हामी अर्को बर्षमा प्रवेश गर्नेछौ । अर्थात २०७५ साललाई बिदाई गर्नेछौ र २०७६ लाई स्वागत गर्नेछौ । तपाईंको यो बर्ष कस्तो रह्यो ? कति उपलब्धी हासिल भए ? कति खुसीपूर्वक दिनहरु विते ? कति राम्रा योजनाहरु बने ? के कस्ता काम थाल्नुभयो ? पारिवारिक जीवन कस्तो रह्यो ? तपाईंको स्वास्थ्यमा के कस्ता […]

जेभियर इन्टरनेशनलका ऋतिक बने ए लेभलको ‘वर्ल्ड टपर’

काठमाडौं । जेभियर इन्टरनेशनल कलेज कालेपुलका विद्यार्थी ऋतिक यादव यस वर्षको ए लेभल परीक्षामा विश्व प्रथम भएका छन् । शुक्रबार ललितपुरमा ब्रिटिश काउन्सिलले आयोजना गरेको कार्यक्रममा विश्वभरीका विद्यार्थीमा जेभियर इन्टरनेशनलका यादवले ‘वर्ल्ड टप’ गरेको जानकारी दिइएको हो । उनले कम्प्युटर साइन्स र फिजिक्समा वर्ल्ड टप गर्दै केमेष्ट्रीमा विश्वको सातौं वरियता कायम गरेका छन् । कार्यक्रममा वर्ल्ड […]

नयाँ बर्ष, नयाँ संकल्पः तपाईंको लागि विशेष हुनेछ नयाँ बर्ष

भित्तामा झुन्डिएको नेपाली पात्रोको अन्तिम पातो पल्टदैछ । यससँगै भित्तामा पात्रो फेरिनेछ । अर्थात नयाँ बर्ष सुरु हुनेछ । नयाँ बर्ष तपाईंको लागि कति फलदायी होला ? अहिले नै यसको आंकलन गर्न सकिदैन । यद्यपी आगमी नयाँ बर्षलाई जीवनकै फलदायी बनाउनका लागि तपाईंसँग केही योजना हुनसक्छ । अतः वितेका बर्षहरुमा भएका गल्ती, कमजोरीको समीक्षा गरेर […]

के महँगो विद्यालय स्तरीय हुन्छ ?

कति अभिभावक यसको जवाफ दिन निकै आतुर हुन्छन् । छाती चौडा बनाउँदै उनीहरु भन्छन्, ‘फलानो विद्यालयमा ।’ खासगरी महंगो, स्तरिय र नाम चलेका विद्यालयमा छोराछोरी भर्ना गरिदिएपछि अभिभावक दंग पर्छन् । उनीहरु आफन्त, छिमेकलाई देखाउन चाहन्छन् कि, ‘मेरा छोराछोरी राम्रा विद्यालयमा पढ्छन् ।’ नेपालमा सरकारी विद्यालयको स्थिती नाजुक छ । सरकारी विद्यालयप्रतिको धारणा पनि राम्रो […]

ब्रिजकोर्स : लहड कि आवश्यकता ?

२७ चैत, काठमाडौं । एसईई अर्थात विद्यालय तहको परीक्षा सकिएलगत्तै देशभरका चारलाख ७५ हजारभन्दा बढी विद्यार्थी फुर्सदिला बनेका छन् । यो फुर्सदलाई केमा उपयोग गर्ने ? विकल्प अनेक छन् । मस्त घुमफिर गरेर, घतलाग्दा पुस्तकहरु पढेर, गतिला गतिला सिनेमा हेरेर वा घरपरिवारको काममा सघाएर समय कटाउन सकिन्छ । विकल्प यतिमै सकिँदैन । यतिबेला रुचीअनुसार कुनै […]

के हो आडम्बर ? को हुन् धर्मका ठेकेदार ?

मन्दिर धाउनु, पूजापाठ गर्नु, तप-जप गर्नु यी सबै कर्म धर्म होइन । यद्यपी शरीर र मनलाई शुद्धिकरण गर्ने बिधी हुन् । हाम्रो जीवन पद्धतीसँगै धार्मिक संस्कार पनि जोडिएर आएका छन् । हामीले धर्मका नामका गर्ने ति सबै कर्म वास्तवमा धार्मिक संस्कार हुन् । आफैमा धर्म होइन । धर्मबारे धेरै भ्रम र द्विविधा पालिरहनु आवश्यक छैन । […]

तपाईंको शरीर तपाईंसँग कुरा गरिरहेको हुन्छ, सुन्नुभयो ? 

तपाईं आफ्नो शरीरको भाषा बुझ्नुहुन्छ ? शरीरले के भन्दैछ ? शरीरले के संकेत गर्दैछ ? शरीरले के खोज्दैछ ? सुन्नुभएको छ ? वास्तवमा हाम्रो शरीर हामीसँग निरन्तर संवादमा हुन्छ । शरीरभित्र के भइरहेको छ, के हुनेवाला छ, के भयो ? त्यसबारे शरीरले हामीलाई जानकारी गराइरहेकै हुन्छ । तर, हामी वाहिरी कुरामा यति मग्न छौ कि […]