Comments Add Comment

अर्थनीति

List Grid
फास्ट ट्रयाकको दोस्रो चरणको ठेक्का प्रक्रियाबारे लेखा समितिले अध्ययन गर्ने

१ चैत, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत फेज टु अर्थात् दोस्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताको सम्बन्धमा अध्ययन गर्ने भएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले दोस्रो चरणको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै समितिमा उजुरी परेपछि समितिले त्यसतर्फ चासो देखाएको हो । दोश्रो चरणको […]

तोलामा चार सयले बढ्यो सुनको भाउ

१ चैत, काठमाडौं । आइतबार सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आइतबार भने ८६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ८५ हजार ७५० रुपैयाँ तोकिएको छ […]

दैलेखमा पेट्रोलियम अन्वेषणको काम सक्न चिनियाँ टोली आउँदै

१ चैत, काठमाडौं । दैलेखमा अन्तिम चरणमा पेट्रोलियम पदार्थ अन्वेषण काम गर्न चैत १९  (अप्रिल १)मा चिनियाँ विज्ञ टोली नेपाल आइपुग्ने भएको छ । यो टोलीले गर्ने अन्वेषणपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायिक उत्खनन् सम्भावनाको टुंगो लाग्नेछ । यो चरणमा हुने ड्रिलिङलगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्तो लाग्नेछ । अन्वेषणको […]

पैसा संख्या मात्रै हो, यसैलाई मूल गन्तव्य बनाउँदा प्रगति गर्न सकिन्न : विनोद चौधरी

२८ फागुन, नवलपुर । ‘राजनीतिज्ञहरू धनाढ्य हुन खोजिरहेका छन्, धनाढ्यहरू भने राजनीतिज्ञ बन्ने धूनमा छन् । यस्तो किन ?’ पत्रकार उमेश चौहानले उद्योगपति तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीलाई यो प्रश्न गर्दा ‘फाइनपि्रन्ट फिभर’का दर्शकहरूले ताली पिटे । प्रश्न सुनेर चौधरी पनि मुसुमुसु हाँसे । दशकौं लामो व्यावसायिक यात्रालाई समानान्तर रूपमा राजनीतितिर जोडेका चौधरीले हाँस्दै उत्तर […]

निजी क्षेत्र आर्थिक विकासको रियल एक्टर हो- वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र भनेको देशको आर्थिक विकासका लागि ‘रियल एक्टर’ भएको बताएका छन्। उनले भने- ‘मुलुकको विकास र आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका उल्लेखनीय छ ।’ उनले भने- “निजी क्षेत्रले रोजगारी सृजना गर्नुका साथै मुलुकलाई राजस्वमा योगदान पुराउने र पूर्वाधार निर्माण र यसको विकासमा पनि मुख्य भुमिका […]

कतारमा सुरक्षा गार्ड पठाउन सरकारीस्तरमा सम्झौता गर्ने तयारी

२८ फागुन, काठमाडौं । सरकारले  नेपालबाट २०२२ मा कतारमा हुन गइरहेको विश्वकप फुटबल प्रतियोगितामा आवश्यक पर्ने सुरक्षा गार्ड पठाउन कतार सरकारसँग सरकारीस्तरको (जीटुजी) सम्झौता गर्न लागिएको बताएको छ । तर, जीटुजीका लागि अहिलेसम्म प्रारम्भिक तवरको द्विपक्षीय छलफल सुरु भएको छैन । कोरिया, इजरायल र जापानसँग सरकारी स्तरबाट श्रमिक पठाउन जीटुजी गरेको सरकारले कतारसँग  सुरक्षा गार्डको […]

उच्च सेयर मूल्य भएका ५ कम्पनी : कति दिन्छन् लाभांश ?

२८ फागुन, काठमाडौं । नेपाली सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य कुन कम्पनीको होला ? अंकित मूल्य एक सय रुपैयाँ रहेको सेयर मूल्य कति प्रतिशतले बढेर कति पुग्यो होला ? २७ फागुनको तथ्यांक हेर्ने हो भने नेपाली सेयर बजारको सबैभन्दा धेरै मूल्य हुने कम्पनी युनिलिभर नेपाल लिमिटेड हो । यो कम्पनीको सेयर मूल्य १९ हजार […]

पश्चिम सेतीमा विदेशी लगानी भित्र्याउने तेस्रो प्रयास पनि असफल

२७ फागुन, काठमाडौं । जलाशययुक्त पश्चिम सेती परियोजनामा विदेशी लगानी भित्र्याउने तेस्रोपटकको प्रयास पनि असफल भएको छ । यसअघि अष्ट्रेलियन र चिनियाँ कम्पनीले जिम्मा लिएपनि यो आयोजना बनाउन सकेका थिएनन् । तेस्रोपटक यो परियोजनामा नयाँ लगानीकर्ता भित्र्याउन सरकारले फरक प्रयोग गरेपनि नतिजा भने हात लागेन । पश्चिम सेतीमा लगानी गर्न इच्छुक रहेका पाँच वटा कम्पनीलाई […]

अमेरिकी संसदबाट १९ खर्ब डलरको कोरोना राहत प्याकेज पारित

२७ फागुन, काठमाडौं । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले राष्ट्रपति जो बाइडनले अघि सारेको १९ खर्ब डलरको कोरोना भाइरस (कोभिड–१९) बाट परेको असर न्यूनीकरणका लागि ल्याएको राहत प्याकेजलाई अन्तिम अनुमति दिएको छ । यसअघि नै अमेरिकाको माथिल्लो संसद् सिनेटले यो प्याकेजलाई अनुमति दिएको थियो । बुधबार हाउस अफ रिप्रिजिन्टेटिभ्समा यो प्याकेज २२०–२११ मतले […]

‘ईपीसी’ मोडलमा बन्ने सिद्धबाबा सुरुङको ठेक्का गर्न अलमल

२७ फागुन, काठमाडौं । सिद्धार्थ राजमार्गको पाल्पा र रुपन्देहीको सीमामा रहेको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको लागि ठेक्का लगाउन ढिलाइ भएको छ । सरकारले गत वर्ष २०७६ को मंसिर पहिलो साता नै यो सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउन सडक विभागलाई स्वीकृति दिएको थियो । तर, सुरुङमार्गको बोलपत्रको कागजात (बिड डकुमेन्ट) बनाएर स्वीकृत गर्न नै सरकार […]

लामाबगरमा बन्ने सुरुङमार्गको लागि बजेट माग, अर्को वर्ष थप तीन वटाको ठेक्का गर्ने तयारी

२७ फागुन, काठमाडौं । सडक विभागले उत्तर-दक्षिण कोरिडर अन्तरगत दोलखाको लामाबगरमा बन्ने सुरुङमार्गको डिजाइन तयार गरेको छ । सो सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का गर्न अर्थमन्त्रालयसँग बजेटको सहमति पनि माग गरेको छ । विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीका अनुसार यो सुरुङमार्ग निर्माण भएमा दोलखा हुँदै चीनसँग जोडिएको नाकासम्म सडक पुग्नेछ । […]

सकियो महिला चेम्बरको ट्रेड फेयर

२६ फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वाषिर्कोत्सव तथा १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयर समापन भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरले आयोजना गरेको मेलाका उत्कृष्ट सहभागी एवं स्टलहरूलाई पुरस्कृत गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । सहभागीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र […]

सम्राट सिमेन्टलाई गुणस्तर विभागको कारबाही

२६ फागन, काठमाडौं । पाउँदै नपाएको गुणस्तर प्रमाण चिन्ह प्रयोग गरेको आरोपमा नाप तौल तथा गुणस्तर विभागले सम्राट सिमेन्ट उद्योगलाई कारबाही गरेको छ । उद्योगले उत्पादन गर्ने देव सम्राट पि्रमियम सिमेन्ट ओपीसी सिमेन्ट ५३ ग्रेडमा अनुमति नपाएको प्रमाण चिन्ह प्रयोग गरेर सिमेन्ट बिक्री गरेको आरोप उद्योगमाथि छ । विभागको अनुगमनका क्रममा उक्त उद्योगबाट उत्पादित ५३ […]

सुनको आपूर्ति बढाउन सरकार सकारात्मक छ : अर्थमन्त्री

२६ फागुन, काठमाडौं । सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधबार सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको बताएका हुन् । उनले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भइरहेको जनाउँदै केही दिनभित्रै यस बिषयमा निर्णय हुने जानकारी दिए । माग […]

तोलामा ६ सयले बढ्यो सुनको भाउ

२६, फागुन, काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । मंगलबार ६ सय रुपैयाँले नै घटेको सुनको भाउ बुधबार पुनः बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ८६ हजार २ सय रुपैयाँ तोकेको छ । तेजावी सुनको कारोबार मूल्य ८५ हजार ७५० रुपैयाँ […]

बसन्त ऋतुको पहिलो आरोहण अनुमति जारी

२६ फागुन, काठमाडौं । आगामी बसन्तु ऋतुमा हिमाल आरोहण गर्न परमिट जारी गर्ने काम शुरु भएको छ । पर्यटन विभागका अनुसार मंगलबार ७,८६४ मिटर अग्लो नुप्त्से हिमाल चढ्न एक दलका ४ जना आरोहीले अनुमति लिएका छन् । यो यस सिजनको पहिलो अनुमति हो । विभागका अनुसार यसपटक हिमाल आरोहणलाई व्यवस्थित बनाउन एजेन्सीहरुबाट अनलाइनबाट ब्रिफिङ भरिसकेपछि […]

चिनियाँ नाकाबाट दैनिक ७ कन्टेनर सामग्री भित्रिँदै

२६ फागुन, काठमाडौँ । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका सामग्रीदेखि तयारी पोशाक भित्रिने गरेका […]

रिभल फल्स पावरको ३४ लाख ३० हजार कित्ता आईपीओ आउने

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ३४ लाख ३० हजार कित्ता सेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मंगलबार सम्पन्न भयो । सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक […]

नेप्सेमा कारोबार रकम ४ अर्ब ७५ करोडमा खुम्चियो

२५ फागुन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से २३.२२ अंकले घटेर २४६१.८८ को बिन्दुमा झरेको छ । मंगलबार होटल तथा पर्यटन, जलविद्युत र म्युचल फण्डबाहेकका सबै उपसमूह राताम्मे रहँदा पनि झण्डै आधा दर्जन कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो । आइतबारको तुलनामा कुल कारोबार रकममा पनि संकुचन देखिएको छ । मंगलबार दोस्रो […]

नवलपुरको हर्कपुरमा ‘सीजी उन्नति कल्चरल भिलेज’ स्थापना

चौधरी फाउन्डेसनले नवलपुरको हर्कपुरमा ‘सिजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ। राष्ट्रको कला, संस्कृती, साहित्य, भेषभुषा, आर्टस्, क्राफ्ट, नाटक, संगितको प्रवर्धनका लागि सिजीले कल्चरल भिलेजको स्थापना गरेको हो। यो भिलेजमा थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठाहरू छन्। चित्रमा थारू जातिका विभिन्न मेलामहोत्सव र पर्वबारे जानकारी छन्। थारू जातिका दैनिकी झल्किने वस्तु छन्। यो कल्चरल […]

प्रतितोला ६ सयले घट्यो सुनको भाउ

२५ फागुन, काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक सय रुपैयाँले बढेर कारोबार भएको छापावाल सुनको भाउ मंगलबार आरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । तेजावी सुनको कारोबार मूल्य ८५ […]