Comments Add Comment

अर्थनीति

List Grid
आगामी बजेटमा निजी क्षेत्रको मागै माग

१५ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि सुझाव संकलनको काम पूरा भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उनको टीम अब बजेट लेखनको तयारीमा जुटेको छ । मन्त्रालयका अधिकारीका अनुसार बजेट सम्बन्धी अबको छलफल सरकारी संयन्त्र र सरोकारवाला बीच मात्र हुनेछ । करिब एक महीनाको अवधि अर्थमन्त्री र उनको टीम बजेट […]

सुनको भाउ तोलामा सात सयले घट्यो

१५ वैशाख, काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ९० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ […]

ढुवानी र आपूर्तिमा सहजीकरण गर्न उद्योग मन्त्रालयले तोक्यो सम्पर्क व्यक्ति

१५ वैशाख, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम बनाएको छ । मन्त्रालयका अधिकारीहरु सम्मिलित टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल हल गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा. नारायण प्रसाद रेग्मीले बताए । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ […]

निजी क्षेत्रबाट खोप ल्याउने बाटो खोल्न परिसंघको माग

१३ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघले कोरोना संक्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा खोप खरिदलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको छ । कोरोनाको चेन ब्रेक गर्न तत्काल खोप लगाउनु पर्ने भन्दै परिसंघको सोमबार बसेको आकस्मिक बैठकले यस अभियानमा निजी क्षेत्रलाई समेत सहभागी गराउन माग गरेको छ । खोप आयात कार्यमा निजी क्षेत्रलाई समेत […]

सार्वजनिक सवारीको भाडा बढाउन अध्ययन सुरु

९ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा बढाउन अध्ययन थालेको छ । यातायात व्यवस्था विभागका प्राविधिक उपसचिवको संयोजकत्वमा समिति बनाएर समायोजनको लागि छलफल थालेको हो । यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थ र सवारीजन्य पार्टपुर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर भाडा बढाउन सरकारलाई वैशाख १५ गतेसम्मको अल्टिमेटम दिएका थिए । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार […]

निर्माण व्यवसायीको ४१ बुँदे घोषणापत्र, माग पुरा नभए आन्दोलनको चेतावनी

८ वैशाख, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले ४१ बुँदे घोषणापत्र जारी गरेको छ । गत २०७७ चैत्र २९ र ३० गते राजधानीमा सम्पन्न महासंघको २२ औं साधारण सभाबाट पारित घोषणापत्र सार्वजनिक भएको हो । सार्वजनिक घोषणापत्रमा लागत अनुमानको १५ प्रतिशतभन्दा बढी लागत घटाउने बोलपत्रदाताले थप कार्य सम्पादन जमानत दाखिला गरी खरिद सम्झौता गर्नुपर्ने व्यवस्था […]

आठ दिनमा एक अर्ब २६ करोड रुपैयाँको सुन खरिद बिक्री

८ वैशाख, काठमाडौं । सुनको कारोबार कोरोना काल अघिकै अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् । बिहेको मुख्य सिजन चलिरहेका बेला सुनको माग पनि बढेको र दैनिक १५ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको सुन कारोबार हुन थालेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । वैशाख पहिलो आठ दिनको औषत कारोबार हेर्दा सुनको कारोबार पहिलो […]

आगामी आवमा प्रदेश र स्थानीय सरकारलाई १ खर्ब ५२ अर्ब वित्तीय समानीकरण अनुदान

८ वैशाख, काठमाडौं । केन्द्र सरकारबाट आगामी आर्थिक वर्ष २०७८/७९ मा प्रदेश र स्थानीय सरकारलाई कुल १ खर्ब ५२ अर्ब ५१ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान जाने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यसरी पाउने रकमको सिफारिस गरेको हो । सिफारिस भएको रकम चालु आर्थिक वर्षका लागि भने सिफारिसको तुलनामा केही बढी […]

चोभारको सुख्खा बन्दरगाह निर्धारित समयमै नबन्ने

७ वैशाख, काठमाडौं । काठमाडौंको चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह निर्धारित समयमा नबन्ने भएको छ । परियोजना निर्माण सम्पन्न हुने म्याद गुज्रिन एक साताअघि ठेकेदार कम्पनी सान्सी-आशिष जेभी र लुम्बिनी-कोसी एन्ड न्यौपाने जेभीले निर्माण सम्पन्न गर्न थप दुई महिनाको समय माग गरेको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । कोरोनाका कारण दोस्रोपटक थप गरिएको म्याद वैशाख […]

साढे ११ वर्षपछि निकाल्यो खानेपानी संस्थानले पदपूर्तिको नतिजा

५ वैशाख, काठमाडौं । २०६६ सालमा सरस्वती श्रेष्ठले खानेपानी संस्थानमा जागिरका लागि दरखास्त हालिन् । संस्थानले निकालेको पदपूर्तिको विज्ञापनअनुसार परीक्षा दिएकी श्रेष्ठको आइतबार योग्य उम्मेदवारका रुपमा को करिब साढे ११ वर्षपछि आइतबार संस्थानमा नाम निस्किएको छ । खानेपानी संस्थानले ५६ वटा पदमा निकालेको विज्ञापनको नतिजा साढे ११ वर्षपछि निकालेको हो । आन्तरिक प्रतिस्पर्धी भएकाले २६ […]

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

४ वैशाख, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो । अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल/मटितेलको १०४ रुपैयाँ […]

करदातालाई जागरुक बनाउन सडक नाटक

३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन शुक्रबारबाट ‘सडक नाटक’ सुरु गरेको छ । काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीका अनुसार पहिलो चरणमा काठमाडौं क्षेत्र भित्रका १० स्थानमा सडक नाटक देखाइने छ । ‘करदातालाई दबाब दिएर होइन कर तिर्नु नागरिक दायित्व हो र करमा आनासुकीको पनि महत्व हुन्छ भन्ने […]

सुनको भाउ तोलामा ९० हजारभन्दा माथि

३ वैशाख, काठमाडौं । बिहेवारीको मौसम सुरुभएसँगै सुनको बजार भाउमा पुनः वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि पुगेको छ । शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा तोलामा सात […]

नेपाल ट्रष्टले खाली गरायो काठमाडौं प्लाजा, दुई पसलमा सिल

२ वैशाख,काठमाडौं । नेपाल ट्रष्टले कमलादीस्थित काठमाडौं प्लाजा खाली गराएको छ । ट्रष्टले चैत ३१ गतेसम्म भवन खाली गराउन प्लाजामा रहेको व्यवसायीलाई निर्देशन दिएको थियो । त्यसअनुसार बिहीबार भवन खाली गराइएको ट्रष्टका सहसचिव भीष्मकुमार भुसालले जानकारी दिए । ‘केही व्यवसायीले सामान सार्दैछन्, उनीहरुलाई शनिबारसम्म समय दिएका छौं,’ उनले भने,’सामान सार्न अटेरी गरेका २ वटा पसलमा […]

पुनर्निर्माण प्राधिकरणले ‘विपद् जोखिममुक्त नेपाल’ महाअभियान थाल्ने

१ वैशाख, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विपद् जोखिममुक्त नेपाल निर्माण सम्बन्धी दशवर्षे महाअभियान सञ्चालन गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री एवम् प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको १८ औं बैठकले यस सम्बन्धी कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षदेखि महाअभियान सुरु गर्ने निर्णय गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका […]

‘कार्यान्वयन योग्य कार्यक्रममात्र बजेटमा पर्छन्, रोजगारी सिर्जना प्राथमिकतामा’

३१ चैत, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा कार्यान्वयन हुन नसक्ने कार्यक्रमलाई सरकारले स्थान नदिने बताएका छन् । प्रतिनिधिसभा, अर्थसमितिको मंगलबार बसेको प्रि-बजेट छलफलमा भाग लिँदै अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षा र रोजगारी सिर्जनाका कार्यक्रमलाई भने प्राथमिकतामा राख्ने जानकारी गराए । विगतमा बजेटमा कार्यक्रम राख्ने तर कार्यान्वयन नहुने परिपाटीले स्रोतको उचित […]

रेमिट्यान्स ८.६ प्रतिशतले बढ्यो, ८ महिनामा भित्रियो ६ खर्ब ४२ अर्ब

३० चैत, काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने निरन्तर बढिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आठ महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७५ प्रतिशत भन्दा धेरैले घटेको छ । उता रेमिट्यान्स आप्रवाह भने सोही अवधिमा ८.६ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको […]

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

३० चैत, काठमाडौँ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरका रुपमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गतेदेखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन […]

धरहराको उद्घाटन वैशाख ११ मा गर्ने तयारी  

२९ चैत, काठमाडौं । पुनर्निर्माण गरिएको धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो । नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको छ । अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ । गजुर पनि […]

काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च

२९ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ तोकिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए । संघले बिहीबार तयारी ब्रोइलर […]

चक्रपथ बाहिरका सडक निर्माण अघि बढ्यो

२९ चैत, काठमाडौं । गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जनाएको छ । काठमाडौँ जिल्लाबाट अरु जिल्लासम्म जोडिने स्थानमा पनि निर्माणको काम भइरहेको छ । तीमध्ये कतिपय नयाँ निर्माण र कतिपय […]