Comments Add Comment

अर्थनीति

List Grid
धरहराको उद्घाटन वैशाख ११ मा गर्ने तयारी  

२९ चैत, काठमाडौं । पुनर्निर्माण गरिएको धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो । नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको छ । अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ । गजुर पनि […]

काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च

२९ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ तोकिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए । संघले बिहीबार तयारी ब्रोइलर […]

चक्रपथ बाहिरका सडक निर्माण अघि बढ्यो

२९ चैत, काठमाडौं । गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जनाएको छ । काठमाडौँ जिल्लाबाट अरु जिल्लासम्म जोडिने स्थानमा पनि निर्माणको काम भइरहेको छ । तीमध्ये कतिपय नयाँ निर्माण र कतिपय […]

कोभिड-१९सँग जुध्न साढे ६० अर्ब वैदेशिक सहायता

२६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को महामारीसँग जुध्न नेपालले ६० अर्ब ५३ करोड रुपैयाँ भन्दा बढी (५१ करोड ३० लाख अमेरिकी डलर) सहायता प्राप्त गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालले कुल २ अर्ब २८ लाख अमेरिकी डलर -२ खर्ब ३६ अर्ब २३ करोड रुपैयाँ) वैदेशिक सहायता प्राप्त गरेको छ । त्यसको २५.५ […]

राष्ट्रिय जनगणनामा पहिलोपटक वित्तीय पहुँच र ऋण खाताबारे विवरण सङ्कलन गरिंदै

२६ चैत, सुदूरपश्चिम । राष्ट्रिय जनगणना, २०७८ का क्रममा पहिलोपटक वित्तीय क्षेत्रको पहुँच, ऋण खाता सञ्चालन र सरकारी अनुदानमा बनेका घर संरचनाको तथ्याङ्क सङ्कलन गरिंदैछ । यस क्रममा अन्य उमेर समूहका साथै १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको अवस्था, देशमा अनुपस्थित नेपाली नागरिक, पुर्खाको भाषा र अपाङ्गतासम्बन्धी विस्तृत विवरणसमेत सङ्कलन गर्ने तयारी भइरहेको […]

महामारीका कारण पेट्रोलियम अन्वेषण गर्ने चिनियाँ टोली आएन

२५ चैत, काठमाडौं । दैलेखमा अन्तिम चरणमा पेट्रोलियम पदार्थ अन्वेषण काम गर्न चैत १९ (अप्रिल १)मा आउने भनिएको चिनियाँ विज्ञ टोली तोकिएको मितिमा आएन । कोरोनाको महामारीको कारण चिनियाँ टोली नआएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए । यो टोलीले आएर गर्ने अन्वेषणपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायिक उत्खनन् सम्भावनाको टुंगो लाग्ने […]

केराउ, मरिच र सुपारी भित्र्याउन परिमाणात्मक कोटाभन्दा बढी निवेदन

२४ चैत, काठमाडौं । एक वर्ष लामो पूर्ण बन्देज हटेसँगै केराउ, मरिच, छोकडा र सुपारी आयात गर्न व्यापारीहरुले वाणिज्य विभागमा निवेदन दिन थालेका छन् । आयात कोटा निर्धारण भएको दुई सातामै ती वस्तुहरुको आयात गर्न १९ गुणा परिमाण बराबरको निवेदन परेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले […]

पुनर्निर्माणमा बजेट : निर्माण प्राधिकरणबाट, कार्यान्वयन विभागीय मन्त्रालयबाट

२४ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को पुनर्निर्माणतर्फको बजेट निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाटै हुने भएको छ । तर, बजेट कार्यान्वयन भने विभागीय मन्त्रालय र मातहतका निकायबाट हुनेछ । अहिले आगामी आर्थिक वर्षको बजेट निर्माणको चरण चलिरहेको छ । यसका लागि पुनर्निर्माण प्राधिकरणसमेत छलफलमा जुटेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । […]

११ निर्माण कम्पनी कालो सूचीमा

२४ चैत, काठमाडौं । सरकारले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा(१) बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ । कार्यालयका अनुसार ११ वटै कम्पनीलाई कालो सूचीमा राख्न सडक विभाग, सडक डिभिजन कार्यालय हेटौंडाले लेखी पठाएको र […]

सबै निर्वाचन क्षेत्रमा बन्ने सडकको शनिबार प्रधानमन्त्रीले संयुक्त शुभारम्भ गर्ने

२० चैत, काठमाडौं । शनिबार एकैपटक १६५ वटा निर्वाचन क्षेत्रमा बन्ने निर्वाचन क्षेत्र स्तरीय सडक निर्माणको संयुक्त शुभारम्भ हुने भएको छ । बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणको सुरुआत गर्न लागेका हुन् । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार सडकहरुको निर्माण सुरु गर्न प्रधानमन्त्रीले संयुक्त रुपमा शुभारमभ गर्न लागेका हुन् । यो […]

कोभिड १९ खोप किन्न विश्व बैंकले दियो ८ अर्ब ७० करोड ऋण

२० चैत, काठमाडौं । कोभिड-१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७०  करोड रुपैयाँ (७५ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक […]

काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठाइँदै

२० चैत, काठमाडौं । एक हप्तादेखि फोहोर फाल्ने ठाउँको विवादले नउठाइएको काठमाडौंको फोहोर शुक्रबारदेखि उठाइने भएको छ । काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने क्षेत्रका आन्दोलनरत स्थानीय वासिन्दाको माग पूरा गर्ने र उनीहरुले फोहोर फाल्न दिने सहमति भएको महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए  । सिसडोलको फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय […]

राष्ट्रपतिले मेलम्चीको पानी वितरणको औपचारिक उदघाटन गर्दै

२० चैत, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उदघाटन शुक्रबार गरिँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट पानी वितरणको औपचारिक उदघाटन गर्न लागेकी हुन् । भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर मेलम्चीको पानी वितरणको उदघाटन गर्ने कार्यक्रम छ । मेलम्चीको पानी वितरण समारोह दिउँसो दुई बजे राखिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि […]

‘खर्च गर्न नसक्ने आयोजना बजेटमा नराख्नुहोस्’

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका सन्दर्भमा अर्थ मन्त्रालयले मन्त्रालयगत छलफल सुरु गरुेको छ । १५ चैतसम्म सिलिङ अनुसार बजेट प्रस्ताव माग गरेको अर्थले अब भने मन्त्रालयगत छलफल प्रारम्भ गरेको हो । सोही सिलसिलामा बिहीबार अर्थ मन्त्रालयले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको छ । उक्त अवसरमा अर्थमन्त्री […]

आयात कोटाले माग नधानेपछि गहनाको अग्रिम बुकिङ प्रभावित

१९ चैत, काठमाडौं । नेपाली बजारमा कच्चा सुनको चरम अभाव भएपछि गहनाको अग्रिम बुकिङ प्रभावित भएको छ । ग्राहकको माग अनुसारको सुन उपलब्ध नभएपछि वैशाखको लगनका लागि सुनको अग्रिम खरिद गर्न बजार पुगेका ग्राहकहरु फर्काउन थालिएको व्यवसायीहरुले बताएका छन् । वैशाखको १० गतेबाट सुरु हुने बिहेको लगनका लागि अग्रिम अर्डर लिन नसकिएको र आएका ग्राहकलाई […]

बुटवलदेखि अत्तरियासम्मका उद्योगमा जानकारी दिएर विद्युत् कटौती

१९ चैत, काठमाडौं । एक सातादेखि बुटवलदेखि अत्तरियासम्मको औद्योगिक करिडोरका उद्योगहरुमा बिजुली कटौती बढेको छ । भारतको टनकपुरबाट आयात हुने बिजुली प्रभावित भएपछि उद्योगहरुमा विद्युत् कटौती बढेको हो । विद्युत् प्राधिकरणका अनुसार टनकपुर क्षेत्रबाट भारतले १२० केभीए लाइनको नयाँ तार तान्ने काम गरिरहेकाले नेपालतर्फको आयात प्रभावित भएको हो । यही काममा सहजीकारण लागि गत चैत […]

सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढ्यो

१९ चैत, काठमाडौं । सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेको छ । बुधबार तोलामा चार सयले घटेर ८५ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ८६ हजार पाँच सय रुपैयाँ कायम भएको हो । आजका लागि तेजावी सुनको प्रति तोला मूल्य ८६ हजार ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्ययवसायी महासंघले जनाएको छ […]

सिसडोल क्षेत्रमा पूर्वाधार विकास गर्न ६ करोड दिने मेयर शाक्यको प्रस्ताव

१८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रको पूर्वाधार विकासका लागि ६ करोड दिने प्रस्ताव गरेको छ । मंगलबार सिसडोल ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिसँग राष्ट्रिय सभागृहमा भएको छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी नगरपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा तीन-तीन करोड व्यवस्था गर्ने प्रस्ताव गरेका […]

४३ अंकले बढ्यो नेप्से

१८ चैत, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव ३६ अंकले उकालो लागेको छ । योसँगै नेप्से परिसूचक पुनः २६ सय माथि पुगेको छ । फागुन महिनामा २६ सय माथि पुगेको नेप्से परिसूचक त्यसपछि भने ओरालो लाग्ने क्रम शुरु भएको थियो । बुधबार समग्रमा नेप्से परिसूचक ४३ अंकले बढे पनि व्यापार समूहका […]

मेलम्चीको पानी वितरण भृकुटीमण्डपमा राष्ट्रपतिबाट शुभारम्भ गरिँदै

१८ चैत, काठमाडौं । आगामी चैत २० गते अर्थात् शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गर्ने भएकी छिन् । काठमाडौंमा एक समारोह नै आयोजना गरेर पानी वितरणको औपचारिक सुरुआत गर्न लागिएको हो । खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता रमेश न्यौपानेकाअनुसार भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी ढुङ्गेधारा बनाएर मेलम्चीको खानेपानी […]

जनतालाई सेयर दिने योजनामा केयूकेएल

काठमाडौं । काठमाडौं उपत्यकाका केही ठाउँमा आइतबारदेखि मेलम्चीको पानी वितरण शुरु भयो । पानीवितरण शुरु भएकै दिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का सीईओ मिलन शाक्यले घोषणा गरे, ‘भविष्यमा जनताका लागि पनि केयूकेएलको सेयर जारी गर्छौं ।’ काठमाडौंमा पानी आएपछि केयूकेएलले साधारण सेयर (आईपीओ) जारी गर्नका लागि योजना अघि बढाउने भएको हो । गएका तीन आर्थिक […]