Comments Add Comment

मनोरञ्जन एप

List Grid
‘रमाइलो जोक्स प्रतियोगीता’को निर्णायकमा वुद्दि तामाङ, विजेताले ३ हजार डलर पाउने

  ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’को आयोजना सुरु गरिएको छ । रिदम स्क्रिनको प्रस्तुतिमा भैरहेको यो कार्यक्रमको आयोजना अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा क्रियाशिल संगीतकर्मीहरुले गरेका हुन् । यो कार्यक्रममा सहभागी हुनका लागि कुनै पनि व्यक्तिले रमाइलो जोक्स कम्पिटिशन नामक वेवसाइटमा गएर निशुल्क फाराम भर्न सक्नेृछन् वा रिदम स्क्रिनको आधिकारिक फेसबुक वा […]

‘पारस’ छाडेका माधव वाग्ले ‘हिमानी’ निर्देशन गर्दै

चलचित्र ‘लुट’ निर्माण गरेर निर्माताको रुपमा सफलता हात पारेका माधव वाग्ले चलचित्र ‘पारस’ निर्देशन गर्न कस्सिए । तर, अब यो चलचित्रबाट उनी टाढा भैसकेका छन् । चलचित्रको सम्पूर्ण अधिकार नायक भूवन केसीलाई सुम्पदै माधवले यो चलचित्र छाडे । चलचित्र ‘पारस’ छाडेका माधव अब नयाँ चलचित्र निर्देशनको तयारीमा छन् । उनले, निर्देशन गर्न लागेको नयाँ चलचित्रको […]

फिल्मको छायांकनमा फर्किनु अघि उपासनाले काटिन् केक

नायिका उपासना सिंह ठकुरी आफ्नो तेश्रो प्रोजेक्ट ‘डिसेम्बर फल्स’को छायांकनका लागि पोखरा पुगेकी छिन् । पोखरा पुगेर चलचित्रको छायांकन सुरु गरेकी उपासनाले भनिन्–‘करिब डेढ बर्षपछि काममा फर्किन पाउँदा खुशी लागेको छ । मनमा उत्साह पनि छ ।’ उपासनाले चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा गतबर्ष काम गरेकी थिइन् । यो चलचित्र गतबर्षको असोजमा रिलिज भएको थियो । […]

‘माकुरी’को अडियो कमजोर, भिडियो बलियो

विधान कार्कीको निर्देशनमा तयार भएको ‘माकुरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा माधव शर्मा एसोसियट डिरेक्टरको रुपमा छन् भने सुरेन्द्र बसेलले भिडियोको कोरियोग्राफी गरेका हुन् । भिडियोमा विकास धमलाको सम्पादन, हरि हुमागाँइको छायांकन छ । यो गीतमा समिर आचार्य र रोशनी थापाको स्वर छ । गीतमा मिस्टर आरजेको र्याप सुन्न सकिन्छ […]

सफलता नचुमेसम्म बिहे गर्दिनँः भूमिका गिरी

भूमिका गिरी एक दशकदेखि गायनमा सक्रिय छिन् । ‘तिउन मिठो बनायो चुकैले’, ‘गोरखपुरको सलाई’, ‘सरर आउ माया’, ‘तारासँगै जून’ लगायतका दर्जनौ गीत गाएकी भूमिका स्टेज तताउन माहिर मानिन्छिन् । केही दिनअघि मात्रै ‘चोली मैलो भो’बोलको गीत ल्याएकी भूमिकासँग अनलाइनखबरले गरेको रमाइलो कुराकानी यहाँ प्रस्तुत गरिएको छः बिहान कति बजे उठ्नुहुन्छ ? साँझ कति बजे सुतिन्छ, […]

एलिजाको सुन्दरता

पहिलो चलचित्र ‘अनुराग’मा काम गरेपनि मोडल तथा नायिका एलिजा गौतमको चर्चा भएको थिएन । उनी, दर्शकको नजरमा पनि परेकी थिइनन् । संचारकर्मी ऋषि धमलाकी धर्मपत्नीको रुपमा नै उनलाई धेरै दर्शकले चिन्थे । तर, लकडाउपछि म्यूजिक भिडियोमा सफलता हात पार्दै गएपछि एलिजाको चर्चा हुन थालेको छ । उनी, चाडै नै निर्देशक दीपक श्रेष्ठको नयाँ चलचित्रमा काम […]

विजय र अनन्याको नयाँ फिल्म ‘लिगर’

चलचित्र ‘डियर कमरेड’ले भारतमा मात्र नभई विश्व बजारमा नै नायक विजय देवरकोन्डाको चर्चित बनाएको छ । यसपछि, उनको माग बलिउडमा पनि निकै छ । उनले, बलिउडमा पनि डेब्यूको तयारी गरिसकेका छन् । उनै, विजय र बलिउड नायिका अनन्या पाण्डेले अभिनय गरेको एक्सन चलचित्रको नाम र फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्रको नाम ‘लिगर’ राखिएको […]

‘ताण्डव’ विवादपछि सैफ र करिनाको घर अगाडि प्रहरीको सुरक्षा

वेव सिरिज ‘ताण्डव’ विवादमा परेको छ । यो सिरिज विवादमा परेसँगै यसमा अभिनय गर्ने कलाकारहरुको निजी जीवनमा पनि यसको असर पर्ने संकेत देखिएको छ । बलिउड नायक सैफअली खान र नायिका करिना कपुरको घर अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । यो सिरिजमा नायक खानले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यसैले, पनि यो […]

के यो बर्ष ३ वटा मात्र नयाँ फिल्म रिलिज होलान् ?

पौष २६ गतेबाट देशभरका हल ५० प्रतिशत अकुपेन्सीमा सुचारु गर्न दिने निर्णय मन्त्रीपरिषद्को बैठकले गर्यो । यसपछि, देशभरका हल संचालनमा त आएका छन् तर दर्शक हलसम्म पुगेका छैनन् । एकातिर, ५० प्रतिशत अकुपेन्सी कहिलेबाट हट्छ थाहा छैन । अर्कोतिर, कोभिडको जोखिम कायमै रहेकाले हलसम्म जान दर्शकले चासो दिएका छैनन् । यसैले पनि सुचारु भएका हलमा […]

एकपछि अर्को फिल्मको सुटिङमा व्यस्त पुष्प

नायक पुष्प खड्कालाई केही बर्ष अगाडिसम्म चलचित्र क्षेत्रमा कसरी अगाडि बढ्ने होला भन्ने चिन्ता थियो । चलचित्रमा काम गरेपनि उनी नोटिस हुन सकेका थिएनन् । म्यूजिक भिडियोबाट उदाएका पुष्पले ‘अझै पनि’मा नायकको रुपमा काम गरेपनि उनको चर्चा भएन । यसपछि उनले चलचित्र ‘दर्पण छाया २’मा मुख्य नायकको रुपमा काम गरे । चलचित्र पूर्ण रुपमा असफल […]

रचना र प्रविनको ‘तिमी कस्की छोरी’

गायिका रचना रिमाल र गायक प्रविन वेडवालको स्वरमा समावेश ‘तिमी कस्की छोरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त र शम्भु घिमिरेलाई देख्न सकिनछ । बन्दीपुरको रामकोटगाउँमा छायांकन गरिएको भिडियोलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । भिडियोमा अशोक कुमारको छायांकन […]

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’को शुभसाइत

चलचित्र ‘डिसेम्बर फल्स’को शुभसाइत गरिएको छ । आज पोखराको बिन्दवासिनी मन्दिरमा चलचित्रको शुभसाइन समारोह आयोजना गरिएको हो । मन्दिरमा पुजा गर्दै शुभसाइत गरिएको चलचित्रको छायांकन सोमबारदेखि सुरु हुँदैछ । चलचित्रको अष्ट्रेलियाको प्रदर्शन अधिकार पनि विक्री गरिएको छ । एजुकेसन एन्ड माइग्रेसन कर्नरले यो चलचित्रको अष्ट्रेलिया प्रदर्शनको अधिकार किनेको हो । यस्तै, चलचित्रको युटुब राइट्स पनि […]

छोटो फिल्म ‘एक लभर’ रिलिज

छोटो चलचित्र ‘एक लभर’ सार्वजनिक गरिएको छ । नेपालका युवायुवतीहरुको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको विषयलाई उठान गरेको चलचित्रलाई सञ्चारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखन रहेको चलचित्रमा दुर्गाप्रसाद ज्ञवालीको लगानी छ । ३० मिनेटको चलचित्रमा शाहिल खान, अनुपमा भण्डारीले शीर्ष भूमिका निर्वाह गरेका छन् । त्यस्तै […]

निश्चलको जन्मदिनमा ‘जिन्दाबाद’को घोषणा

निर्देशक निश्चल बस्नेत आज आफ्नो जन्मदिन मनाउँदैछन् । ४० बर्षमा प्रवेश गरेका निश्चल जन्मदिन मनाउन पालुङ्ग पुगेका छन् । उनी, नायिका स्वस्तिमा खड्कासँग जन्मदिन सेलिव्रेशन गर्न पालुङ्ग पुगेका हुन् । उनलै, निश्चलले सामाजिक संजालबाट आफैलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै नयाँ चलचित्रको पनि घोषणा गरेका छन् । निश्चल लेख्छन्–‘जन्मदिनको शुभकामना निश्चल । राम्रो मान्छे बन्न सकुँ, […]

साहिदको ‘जर्सी’ तिहारमा रिलिज हुने

भारतमा हल खुलेसँगै चलचित्रको निर्माणमा मात्र वृद्धी भएको छैन, निर्माताले प्रदर्शन मिति पनि धमाधम तोक्न थालेका छन् । नायक साहिद कपुर अभिनित चलचित्र ‘जर्सी’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र नोभेम्बर ५ तारिखबाट रिलिज हुने पक्का भएको छ । नायक साहिद कपुरले सामाजिक संजालबाट चलचित्र तिहारमा रिलिज हुन लागेको बताएका छन् । भारतमा […]

यी स्टार किड्स, जसलाई लाग्यो पहिलो गाँसमै ढुंगा

बिहिबारबाट चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भयो । यो चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा २ स्टार कलाकारका सन्तानले डेब्यू गरेका छन् । नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले यही चलचित्रबाट चलचित्र क्षेत्रमा डेब्यू गरे । स्टार किड्सका सन्तान भएकाले पनि दर्शकको चासो अझ बढी हुने अपेक्षा धेरैको थियो […]

अहिले करिअरमा नै फोकस छुः अस्मिता अधिकारी

‘नेपाल आइडल’बाट चर्चामा आएकी गायिका अस्मिता अधिकारीका पछिल्लो समय सुपरहिट गीत दर्जन बढी छन् । ‘तिम्रो मायाले बाँधेर राख’, ‘साली मनपर्यो’, ‘आँखामा बसाउँ मलाई’, ‘लज्जावती झार’, ‘माया गरौंला’ जस्ता हिट गीतकी गायिका अस्मितासँग अनलाइनखबरले गरेको रमाइलो कुराकानी यहाँ प्रस्तुत गरिएको छः बिहान कति बजे उठ्नुहुन्छ ? ढिलो उठेँ भने ६ बजे, नत्र ५ बजे निन्द्रा […]

यो बर्ष रिलिज हुँदैछन् अक्षयदेखि तापसीका यी फिल्म

कोरोना महामारीका कारण बलिउडले गतबर्ष निकै नै ठूलो क्षती भोग्यो । गतबर्ष रिलिजका लागि तयार भएका केही चलचित्र रिलिज हुन पाएनन् भने नयाँ चलचित्र पनि बन्न सकेनन् । तर, अब यो बर्ष बलिउडमा चलचित्रको चाप बढ्ने निश्चित छ । केही कलाकारका आधा दर्जनसम्म चलचित्र यो बर्ष रिलिज हुनेछन् । यो बर्ष बलिउडका चर्चित नायकहरु साहरुख […]

नाजिर र रेश्माको ‘माया किन मोडियो’

निर्देशक सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको ‘माया किन मोडियो’ बोलको गीतको भिडियो सार्वजनिक भएका छ । यो गीतमा सुदन गैरेको स्वर तथा संगीत छ भने किरण घिमिरेको शब्द छ । सार्वजनिक गरिएको भिडियोमा नायक नाजिर हुसेन र मोडल रेश्मा घिमिरेले अभिनय गरेका छन् । प्रतिमा शर्माले निर्माण गरेको यो भिडियोमा जया शर्मा क्रियटिभ निर्देशकको रुपमा […]

नयाँ फिल्ममा पनि आएनन् दर्शक

बिहिबार परेको सार्वजनिक बिदाको दिनदेखि रिलिज भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ले दर्शकलाई हलसम्म तान्न सकेन । नायक शिव श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्र हेर्न औषत दर्शक हलसम्म आउने अपेक्षा गरिएको थियो । तर, कोरोना भाइरसका कारण १० महिना बन्द भएका हलहरु खुलेपछि रिलिज भएको नयाँ नेपाली चलचित्रले दर्शकको साथ पाएन । बिहिबार मल्टिप्लेक्स हलले […]

गीतकार डीआरको नयाँ गीत सार्वजनिक

त्यसो त गीतकार डा. डीआर उपाध्याय आफैमा किर्तिमानी गीतकार हुन् । फरक शैलीका गीतमार्फत उनले अनेक किर्तिमान बनाएका छन् । डा. उपाध्यायका गीत सबै बर्ग, पेशा र समुदायमा आधारित छन् । करिब दुई दर्जन त उनले गीति एल्बम नै सार्वजनिक गरिसकेका छन् । त्यसमा चाडपर्वदेखि मायाप्रेमसम्म, योग स्वास्थ्यदेखि भूगोलसम्म समेटिएका छन् । सैयौं गीतका यी […]