Comments Add Comment

मनोरन्जन समाचार होम

List Grid
२ सय करोड क्लबमा ‘तान्हाजी’, बरुणको ‘स्ट्रिट डान्सर’लाई अप्ठ्यारो

चलचित्र ‘तान्हाजी’ले बक्स अफिसमा आफ्नो आक्रामक रफ्तारलाई कायमै राखेको छ । रिलिज भएको दोश्रो सातामा आइपुग्दा चलचित्रले २ सय करोड बढी कमाई गरिसकेको छ । नायक अजय देवगणको करिअरमा २ सय करोड बढी कमाउने यो दोश्रो चलचित्र हो । दुई सातामै १९७ करोडको कमाई गरेको यो चलचित्रले तेश्रो सातामा आइपुग्दा २ सय करोडको आँकडा छोएको […]

किन भयो रणवीरको ड्रेसको ट्रोल ?

बलिउड नायक रणवीर सिंह आफ्नो अभिनयका कारण जती चर्चामा रहन्छन्, त्यती नै चर्चा उनको पहिरनका कारणले पनि हुन्छ । रणवीरले लगाउने पहिरन धेरैका लागि अचम्मलाग्दो पनि हुन्छ । किनकी, उनी अन्य बलिउड नायकले लगाउने भन्दा निकै नै भिन्न पहिरन लगाउन रुचाउँछन् । रणवीरले सामाजिक संजालमा कालो सर्ट, मल्टिकलर ट्राउजर्स र चश्मा लगाएको एउटा तस्वीर पोष्ट […]

हरिवंश र टिकाको ‘माकुरीको जालमा परेर’ सार्वजनिक

कलाकार तथा गायक हरिवंश आचार्य र गायिका टिका प्रसाँइको स्वरमा ‘म त फसेँ माकुरीको जालमा परेर’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ । हरिशरण सायमीको संगीत रहेको गीतमा हिरण्य भोजपुरेको शब्द छ । यो गीतको भिडियोमा हरिवंश आचार्य, आरध्या लक्ष्मी खड्गी र टिका प्रसाँइलाई नै फिचरिङ गरिएको छ । ‘बुढो हुन मन छैन’ बोलको […]

‘अर्जुन रेड्डी’को नेपाली भर्सनलाई विशालले निर्देशन गर्ने

चलचित्र ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटाले एक तेलुगु चलचित्रको रिमेकको निर्देशन गर्ने भएका छन् । उनले, चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेकको निर्देशन गर्न लागेका हुन् । यूवा फिल्मस्ले यो चलचित्रको नेपाली रिमेक निर्माण गर्ने अधिकार लिइसकेको छ । चलचित्रमा नायक आर्यन सिग्देलको मुख्य भूमिका रहने चर्चा चलेपनि आर्यन आफैले यसको खण्डन गरिसकेका छन् । निर्माणटिमले […]

मदन र सरानाको ‘पानी छायाँ’

हाँस्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र उनकी छोरी सराना श्रेष्ठले पहिलो पटक एउटा गीतमा आवाज भरेका छन् । मदनकृष्ण र सरानाको आवाजमा समावेश ‘पानी छायाँ’ बोलको गीतको भिडियो काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । यो गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको संगीत छ । मदन र सरानासँगै कलाकार हरिवंश आचार्य, केदार […]

हेटौडामा ‘कोपिला’को च्यारेटी शो

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षिया बालिका निर्मला पन्तको घटनालाई पर्दामा उतारिएको चलचित्र ‘कोपिला’को च्यारेटी शो हेटौडामा सम्पन्न भएको छ । शुक्रबार आयोजित च्यारेटी शोमा निर्मलाकी आमा दुर्गादेवी पन्तको साथमा चलचित्रका कलाकारको उपस्थिती थियो । चलचित्रका मुख्य कलाकार गणेश गिरी, सरिता गिरी, संजिवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्य लगायतका कलाकार च्यारेटी शोमा उपस्थित […]

‘डीयर कमरेड’बाट रश्मिकाको लोभलाग्दो चर्चा

यतिबेला नेपाल युटुबको नम्बर १ ट्रेन्डिङमा ‘डीयर कमरेड’ नामक चलचित्र छ । तेलुग, मलायालम र कन्नडा भाषामा बनेको यो चलचित्रलाई हिन्दी भाषामा डब गरेर युटुब रिलिज गरिएको हो । सार्वजनिक भएको केही दिनमै यो चलचित्रले युटुबमा ३ करोड भन्दा बढी भ्यूज पाएको छ । चलचित्र ‘अर्जुन रेड्डी’बाट विश्व बजारमै चर्चामा आएका नायक विजय देवेराकोन्डा अभिनित […]

श्रृंखलालाई भुतुक्कै पार्ने ‘दले दाइ’

सामाजिक सञ्जालको जमाना छ । यदि तपाईंसँग कुनै विशिष्ट प्रतिभा छ भने केही घन्टामै चर्चित बन्न सक्नुहुन्छ । नत्र सुमन कोइरालालाई हेर्नुस । करिब ९ मिनेटको एउटा प्रस्तुतिले उनलाई रातारात ‘फेमस’ बनाइदियो । अहिले निकै लोकप्रियता कमाइरहेको टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का सहभागी हुन् सुमन । नेपालमा पहिलोपटक ‘स्ट्यान्ड अप कमेडी’मा आधारित रियालिटी शो आयोजना […]

साहरुखलाई फ्यानले सोधे–‘फिल्म फ्लप भैरहँदा कस्तो लाग्दैछ ?’

नायक साहरुख खान ठूलो पर्दाबाट टाढा रहेको १ बर्ष बढी भैसक्यो । सन् २०१९ मा उनका कुनै पनि चलचित्र रिलिज भएनन् । साहरुखले सन् २०२० लागिसक्दा पनि कुनै चलचित्रको घोषणा गरेका छैनन् । उनै, साहरुखले निर्देशक राजकुमार हिरानीको चलचित्रमा काम गर्न लागेको खबर भारतीय मिडियामा फैलिएको लामै समय भैसकेको छ । तर, साहरुखले यस बिषयमा […]

‘दि कर्मा’को ‘साना साना सपना’ सार्वजनिक

चलचित्र ‘दि कर्मा’मा समावेश ‘साना साना सपना’ बोलको गीत रिलिज गरिएको छ । माघको १७ गतेबाट रिलिज हुने यो चलचित्रको यो गीतमा केतन क्षेत्रीको स्वर, मानस विक्रम थापा र अंकितबाबु अधिकारीको संगीत, मानसकै शब्द छ । यो गीतको भिडियोमा चलचित्रका कलाकार जय राज राय र संगीता नापितलाई फिचरिङ गरिएको छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको […]

‘के घर के डेरा’मा दयाहाङ, विपिन र रविन्द्र

चलचित्र ‘के घर के डेरा’ बन्ने भएको छ । यो नाममा करिब ३५ बर्ष अगाडि चलचित्र बनेको थियो । अब, सोही नामलाई सापटी लिदै निर्देशक सुव्रतराज आचार्यले चलचित्र निर्देशन गर्न लागेका हुन् । सामाजिक बिषयमा बन्न लागेको यो चलचित्रमा सिंगे लामाको प्रस्तुति छ । उनले यसअघि चलचित्र ‘जात्रा, हरि र जात्रै जात्रा’ निर्माण गरेका थिए […]

एयरफोर्स पायलट बन्दै कंगना

बलिउड नायिका कंगना रनावत अभिनित चलचित्र ‘पंगा’ आजबाट बक्स अफिसमा रिलिज भएको छ । यो चलचित्रलाई बलिउड समिक्षकले राम्रो प्रतिक्रिया समेत दिएका छन् । उनै, कंगना अब एक चलचित्रमा एयरफोर्स पायलट बन्ने तयारीमा छिन् । कंगनाले अभिनय गर्न लागेको चलचित्रको नाम ‘तेजस’ हो । कंगनाले चलचित्रको बिषयमा बलिउड मिडियासँग भनेकी छिन्–‘म यो भूमिका निर्वाहा गर्न […]

आकाशको स्पष्टिकरण–‘बोर्ड अध्यक्ष बन्ने चाहना छैन’

चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त भएपछि यतिबेला विभिन्न चलचित्रकर्मी लबिङमा छन् । नायक भूवन केसीदेखि निर्देशक दयाराम दाहालसम्म अहिले अध्यक्ष बन्न लबिङ गरिरहेका छन् । केही दिनदेखि नेपाली मिडियामा नायक राजेश हमालदेखि चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको नाम पनि अगाडि आइरहेको छ । यसैविच, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले आफूलाई अहिले नै […]

आर्यन भन्छन्–‘अर्जुन रेड्डी’ रिमेकमा म छैन’

तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने कुरा त पक्का भैसकेको छ । चलचित्र वितरण तथा निर्माण कम्पनी ‘युवा फिल्मस्’ले यसको अधिकार किनिसकेको छ । ‘युवा फिल्मस्’ले चलचित्रको निर्माणको घोषणा गरेसँगै चलचित्रको विषयमा विभिन्न समाचारहरु आइरहेका छन् । चलचित्रका कलाकारदेखि निर्देशकको नाम पनि सार्वजनिक भैरहेको छ । चलचित्रमा नायक आर्यन सिग्देलले मुख्य भूमिकामा काम गर्ने […]

‘स्टार’ नायकसँग जसिताको यात्रा

चलचित्र क्षेत्रमा चलेका र दर्शकले रुचाएका नायक हुन् या नायिका, उनीहरुसँग पर्दा शेयर गर्ने रुची हरेक कलाकारमा हुन्छ । अझ, चलचित्र क्षेत्रमा करिअर बनाउँदै गरेका कलाकारलाई स्टारसँगको टाइअप सुखद हुन्छ । जसिता गुरुङ, थोरै मात्र भाग्यमानी नायिकाको सूचीमा पर्छिन्, जसले छोटो समयमा नै स्टार नायकसँग टाइअप गर्ने अवसर पाएकी छिन् । चलचित्र क्षेत्रमा स्टार नायकको […]

आयुष्मान भन्छन्–‘केटासँग चुम्बन गर्दा परिवारमा हाँसो छुट्यो’

बलिउड नायक आयुष्मान खुराना अभिनित चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’को ट्रेलर सार्वजनिक भइसकेको छ । चलचित्रको ट्रेलरले अहिले युट्युबमा प्रशंसा पाइरहेको छ । ट्रेलरमा समलिंगी पुरुषको प्रेमलाई देखाइएको छ । दुई पुरुषको प्रेमलाई परिवारले कसरी लिन्छ, साथीहरुले त्यसलाई कुन रुपमा हेर्छन् भन्ने कुरालाई चलचित्रको विषयबस्तु बनाइएको छ । चलचित्रको ट्रेलरमा परिवारबाट स्विकार्य नभएको देखाइएको छ […]

अमृतासँग डिभोर्सबारे सैफ भन्छन्–‘दुनियाँकै खराब चीज’

नायक सैफअली खान चलचित्र ‘जवानी जानेमन’को प्रमोशनमा व्यस्त छन् । यो चलचित्र जनवरी ३१ तारिखबाट रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका क्रममा सैफले आफ्नी पूर्व पत्नी अमृता सिंहसँगको डिभोर्सको बिषयमा पनि बताएका छन् । उनले भने–‘यो दुनियाँको सबैभन्दा खराब चीज हो, जुन कुरा म आज पनि महशुश गर्छु । मलाई लाग्दैन कि, यो कुरालाई लिएर […]

बोर्ड अध्यक्षका लागि भूवन केसीले किन देखाए अग्रसरता ?

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आधा दर्जन चलचित्रकर्मी दौडमा लागेका छन् । बोर्ड अध्यक्षको पदका लागि यसपटक नेपाली चलचित्रका दुई नायक पनि दौडमा छन् । नायकद्धय राजेश हमाल र भूवन केसीले समेत विकास बोर्ड अध्यक्ष बन्नका लागि लबिङ सुरु गरेसँगै बोर्ड अध्यक्षको दौड रोचक हुने देखिएको छ । बोर्ड अध्यक्ष बन्नका लागि निर्माता संघका […]

अनुपमलाई नसिरुद्दिनले भने–‘जोकर’

बलिउडका दुई कलाकारविच लफडा सुरु भएको छ । भारतमा सीएए र एनआरसीको विरुद्धमा आन्दोलन चलिरहेको छ । कलाकार अनुपम खेरले भारतीय सरकारले ल्याएको यो विधेयकको खुलेरै प्रशंसा गरिरहेका छन् । तर, बलिउडका कैयौ कलाकारले मुख खोलिरहेका छन् । यो कानुनको विरोधमा कलाकार नसिरुद्दिन शाहले पनि खुलेरै विरोध गरिरहेका छन् । उनले भनिन्–‘यदि ७० बर्षदेखि कुनै […]

धिरजको प्रतिक्षा कहिलेसम्म ?

नायक धिरज मगरको डेब्यू चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रिलिज भएको पनि डेढ बर्ष हुन लाग्यो । तर, धिरज यसपछि पर्दामा आएका छैनन् । बरु, उनले अभिनय गर्ने भनिएको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन नै सुरु हुन सकेको छैन । यो चलचित्र धिरजको साथमा नायिका जसिता गुरुङ मुख्य भूमिकामा छिन् । रेनशा वान्तवा राइले यो […]

‘एन्टिहिरो’मा अनमोलसँग जसिताको जोडी, भुवन बन्नेछन् खलनायक

काठमाडौं । भुवन केसीको नयाँ चलचित्र ‘एन्टिहिरो’मा नायिका जसिता गुरुङले अभिनय गर्ने भएकी छिन् । बुधबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै जसिताले ‘एन्टिहिरो’मा नायिकाका रुपमा इन्ट्री मारेकी हुन् । होटल अन्नपूर्णमा निर्माण पक्ष र जसिताबीच समझौतामा हस्ताक्षर भएको हो । यो फिल्ममा नायकका रुपमा भुवनका सुपुत्र अनमोल केसी देखा पर्दैछन् । चलचित्रमा भुवन केसी खलपत्र (भिलेन)का रुपमा […]