Comments Add Comment

मनोरन्जन समाचार होम

List Grid
प्रेममा परेर हातको नशा काटेको होइनः सुशिल

नायक सुशिल श्रेष्ठ र नव–नायिका रुविना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘लभ डायरिज’को ट्रेलर रिलिज भएको छ । कार्यक्रममा उपस्थित भएका नायक सुशिल श्रेष्ठलाई एक पत्रकारले प्रश्न सोधे, के चलचित्रको कथा तपाइको जीवनमा पनि मेल खान्छ ? यसमा सुशिलले भने–‘कथाका केही हिस्सा मेल खान्छ । तर, मेरो जीवनमा घटेका घटना भन्दा बढी अझै धेरै कथा […]

प्रियंकाको ‘ब्याचलर पार्टी’ रक्सी कम्पनीको प्रायोजनमा !

नायिका प्रियंका कार्की अहिले थाइल्यान्डमा छिन् । ‘ब्याचलर पार्टी’ मनाउन भन्दै पाँच जना साथी लिएर उनी थाइल्यान्ड पुगेकी हुन् । प्रियंकाको व्याचलरेट पार्टीको सन्दर्भ अलि अनौठो छ । पहिलो कुरा त उनी ब्याचलर होइनन् । ब्याचलर शब्दले जीवनमा कहिल्यै विवाह नगरेको महिला वा पुरुषलाई बुझाउँछ । तर, प्रियंका एक डिभोर्सी हुन् । उनले रोचक मैनालीसँग […]

भूमी भन्छिन्–‘म स्टार होइन, कलाकार हुँ’

बलिउड नायिका भूमी पेन्डेकरको करिअरको ग्राफ माथि चढिरहेको छ । पछिल्लो समय रोजाईकी नायिकाको रुपमा भूमिले आफूलाई स्थापित गरिरहेकी छिन् । उनको हातमा चलचित्रको अभाव छैन । वर्ष २०१९ मा रिलिज भएका तीन चलचित्रले नै भूमिलाई सफलता दिलाएका थिए । ‘साँडकी आँख, बाला र पति पत्नि और ओ’बाट भूमिले आफूलाई स्थपित गरिसकेकी छिन् । यतीका […]

प्रेमीसँग म्यूजिक भिडियोमा साम्राज्ञी

यो बर्ष रिलिज भएका दुई चलचित्र असफल भएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला केही मौन छिन् । अब, उनले चलचित्र छानेर काम गर्नुपर्नेछ । होइन भने उनको करिअर गम्भिर संकटमा पर्न सक्छ । उनै, साम्राज्ञी यतिबेला आफ्ना प्रेमी देवांश जंगबहादुर राणा र परिवारसँग समय बिताइरहेकी छिन् । यसैविच, साम्राज्ञीले प्रेमीसँग एक म्यूजिक भिडियोमा समेत काम […]

आस्था प्रकरणमा प्रमोद भन्छन्–‘अनुसन्धान दुइपक्षिय नै हुनुपर्छ’

गायिका आस्था राउतको विमानस्थलमा चेकजाँचका क्रममा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितीको बिषयमा कमै मात्र कलाकर्मीले आफ्नो भनाई सार्वजनिक गरेका छन् । विशेषगरि, यस बिषयमा संगीतसँग सम्बन्ध संघसंस्थाहरु बोलेका छैनन् । यसैविच, गायक प्रमोद खरेलले गायक गायिकाको बिषयमा बोल्ने एउटा पनि संस्था नभएको अनुभव आफूलाई भएको उल्लेख गरेका छन् । सामाजिक संजालमार्फत आफ्नो भनाई सार्वजनिक […]

आस्था भन्छिन्–‘म सिक्किममा छु, प्रहरीलाई सहयोग गर्न तयार छु’

गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमती पाइसकेको छ । विमानस्थलमा भएको महिला सुरक्षाकर्मी र आस्था राउतको विवादपछि उनले फेसबुक लाइभ मार्फत प्रहरी संगठनमाथि नै आक्रोश पोखेकी थिइन् । उनको आक्रोशमा प्रहरी संगठनमाथि गालीगलौज पनि गरिएको थियो । यसपछि, आस्थाले फेसबुकलाइभमार्फत माफी पनि मागिसकेकी छिन् । प्रहरीले आस्था राउतलाई पक्राउ गर्ने अनुमति पाएको तर उनी […]

कलाकर्मीबाटै समर्थन पाइनन् आस्था राउतले

५ माघ, काठमाडौं । प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । सिक्किमबाट आइतबार काठमाडौं फर्कन लागेकी आस्थाले विमानस्थलबाट सिधै प्रहरी हिरासतमा जानुपर्ने हुन सक्छ । आफूलाई विमानस्थलमा अमर्यादित व्यवहार गरेको भन्दै आस्थाले फेसबुकमा प्रहरीलाई गालीगलौज गरेकी थिइन् । विमानस्थलमा सुरक्षा जाँचका क्रममा बसेकी महिला प्रहरीले आफूलाई ‘तँ’ भन्दै दुर्व्यवहार […]

फागुनबाट हिमालय टिभीमा ‘डान्सिङ विथ दि स्टार्स’

‘दि भ्वाइस अफ नेपाल’, ‘हिमालय रोडिज’ जस्ता रियालिटी शो प्रसारण गरिरहेको हिमालय टेलिभिजनले अब, नयाँ रियालिटी शो प्रसारण गर्ने भएको छ । फागुणबाट ‘डान्सिङ विथ दि स्टार्स’ नामक रियालिटी शो हिमालय टेलिभिजनमा प्रसारण हुन लागेको हो । बीबीसी स्टुडियोले सुरु गरेको यो रियालिटी शोको फ्रेञ्चाइज अहिले विश्वका सयभन्दा बढी देशमा विभिन्न नाममा प्रसारण भैरहेको छ […]

आस्था राउतलाई पक्राउ गर्न अनुमति

५ माघ, काठमाडौं । गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा  जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको स्रोतले बतायो । योसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् । बधुबार काठमाडौं-भद्रपुर उडानका लागि त्रिभुवन […]

आस्था राउत प्रकरणमा करिश्माको प्रश्न : पुलिसको ‘तँ’ नखाने कोही छौं ?

अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेकी छिन्, गायिका आस्था राउत । प्रहरीलाई गाली गर्दै फेसबुक लाइभ गरेपछि उनी विवादित बनेकी हुन् । आस्थाको विषयलाई लिएर साधारणदेखि सेलिब्रेटीले टिप्पणी गरिरहेका छन् । कसैले आस्थाको पक्षमा बोलेका छन् भने कसैले आस्था गलत भएको लेखेका छन् । यस्तैमा नायिका करिश्मा मानन्धरले पनि एक स्टाटस लेखेकी छिन् । उनले असभ्य […]

कार दुर्घटनामा शबाना आजमी घाइते, ड्राइभरविरुद्ध एफआइआर दर्ता

बलिउडकी चर्चित कलाकार शबाना आजमी कार दुर्घटनामा घाइते भएकी छिन् । शनिबार मुम्बई–पुणे एक्सप्रेस नाम गरेको हाइवेमा उनको कार एक ट्रकसँग ठोक्किएको थियो । यो दुर्घटनामा शबाना गम्भिर घाइते भएकी छिन् । तर, उनी खतरा भन्दा बाहिर रहेको बलिउड मिडियाले उल्लेख गरेका छन् । उनलाई बलिउडकर्मीले अस्पतालमा पुगेर भेट गरेका छन् । उनको टाउको र […]

अजयको ‘मैदान’मा प्रियमणी

नायक अजय देवगण ‘तान्हाजी’ चलचित्रको व्यापारिक सफलताले दंग छन् । उनी अभिनित यो चलचित्र रिलिजको दोश्रो शनिबारसम्म आइपुग्दा डेढ सय करोड नजिकको व्यापार गर्न सफल छ । चलचित्रले २ सय करोड माथिको व्यापार गर्ने पक्का छ । उनै, अजय अमित रविन्द्रनाथ शर्माको नयाँ चलचित्र ‘मैदान’मा काम गर्दैछन् । यो चलचित्र फुटबलरको कथामा निर्माण हुँदैछ । […]

चल्नै छाडे फिल्मका लोकगीत

माघे संक्रान्तीको अवसर पारेर चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक भयो । यो गीतमा नायक दिलिप रायमाझीदेखि नायिका प्रियंका कार्कीसम्मले अभिनय गरेका छन् । चलचित्रमा गीत छान्न सिपालु मानिने निर्माता किरण केसीले यो गीत तयार पारेका हुन् । तर, पनि यो गीतले दर्शकको ध्यान तान्न सकेन । सार्वजनिक भएको ५ दिनमा चलचित्रको गीतलाई ३ लाख […]

‘एमटीभी रोडिज’का फाइनलिष्ट हिमालय रोडिजमा देखिदै

एमटीभी रोडिज २०१९ मा फाइनलिस्ट बन्न सफल नेपाली युवा बिधान श्रेष्ठ र गुजरातकी भार्गसेतु शर्मा हिमालय रोडिज सिजन ३ को आगामी श्रृङ्खलमा देखिने भएका छन् । हिमालय टेलिभिजनबाट हरेक सोमबार राती ८ बजे प्रसारण भइरहेको हिमालय रोडिजको तेस्रो सिजन अन्र्तगत अडिसन राउण्ड सकिएको छ । काठमाण्डौ, नेपालगञ्ज, पोखरा, चितवन र धरानमा भएका अडिसनमार्फत् झण्डै ४० […]

‘शरणार्थी’को कथा थन्क्याएर बेग्लै धपेडीमा विनोद

३ माघ, काठमाडौं । चलचित्र ‘बुलबुल’ प्रदर्शन भइरहेको थियो । आफ्ना चलचित्रबारे कस्तो प्रतिक्रिया आउँछ भन्नेले निर्देशक विनोद पौडेलको मन अस्थिर र अधैर्य थियो । ठीक त्यही बखत क्युएफएक्स सिभिल मलका व्यवस्थापकले उत्साहित हुँदै भने, ‘‘विनोदजी, हल हाउसफुल छ । तुरुन्त टिम आउनुपर्‍यो ।’ विनोदले हतारहतार चलचित्रमा मूख्य भूमिका निर्वाह गरेकी अभिनेत्री स्वस्तिमा खड्कालाई फोन […]

‘सहारा घर’लाई पुष्पको सहयोग

नायक पुष्प खड्काले ‘सहारा घर’लाई ५० हजार नगद र केही खाद्यन्न सहयोग गरेका छन् । आफ्नो जन्मथलो कैलालीमा रहेको सहारा घरलाई उनले सहयोग गरेका हुन् । सहारा घरले अनाथ र असहाय व्यक्तिहरुलाई आश्रय दिदै आएको छ । पुष्पले आफ्नै जिल्लामा रहेको सहारा घरको विभिन्न भिडियोहरु हेरिरहन्थे । त्यहाँको सहारा घरको कामले पुष्पलाई लोभ्याएको थियो । […]

दुई वर्षामा को व्यस्त, को खाली ?

नेपाली चलचित्र क्षेत्रमा दुई वर्षा चर्चित छन् । नायिकाद्धय वर्षा राउत र वर्षा सिवाकोटी म्यूजिक भिडियो हुँदै चलचित्रमा व्यस्त छन् । यी दुई नायिकाको प्रतिस्पर्धाको खबर पनि मिडियामा नचलेका होइनन् । विशेषगरि, यो बर्ष नै रिलिज भएका ‘विर विक्रम २ र जात्रै जात्रा’मा यी दुई नायिकाको अभिनय थियो । एकैदिनमा दुई चलचित्र रिलिज भएकाले पनि […]

थाइल्याण्डमा विन्दास प्रियंका

नायिका प्रियंका कार्की थाइल्याण्डमा छिन् । आफ्ना केही साथीको साथमा उनी ‘ब्याचलर पार्टी’ मनाउन थाइल्याण्ड पुगेकी हुन् । तर, थाइल्याण्डमा पुगेकी प्रियंका र उनका साथीहरुको ‘ब्याचलर पार्टी’ले सामाजिक संजालमा चर्चा पाउन थालेको छ । नायिका कार्की, मोडल तथा भीजे साहना बज्रचार्य लगायत थाइल्याण्डमा विन्दास देखिएका छन् । बोल्ड अवतारमा प्रस्तुत भएका साथीहरुलाई नायिका कार्कीले ‘आफ्नो […]

अजयको सयौं फिल्म सय करोड क्लबमा

नायक अजय देवगण अभिनित सयौं चलचित्र ‘तान्हाजी’ सय करोड क्लबमा प्रवेश गरेको छ । यो चलचित्र रिलिज भएको छैटौ दिनमा सय करोड क्लबमा प्रवेश गरेको हो । शुक्रबार १५.१० करोडको ओपनिङ व्यापार गरेको यो चलचित्रले शनिबार २०.५७ करोडको व्यापार गर्यो । आइतबार चलचित्रले २६.२६ करोडको व्यापार गर्दा सोमबार १३.७५ करोड कमायो । मंगलबार १५.२८ करोडको […]

‘अन्तरराष्ट्रिय फिल्म महोत्सव’का लागि प्रकाश झा नेपाल आउने

फागुणको १ गतेदेखि ५ गतेसम्म काठमाण्डौमा ‘तेश्रो नेपाल अन्तरराष्ट्रिय फिल्म महोत्सव’ आयोजना हुने भएको छ । नेपाल चलचित्र तथा सांकृतिक प्रतिष्ठानको आयोजनामा काठमाण्डौको राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा ५ दिनसम्म यो महोत्सव चल्नेछ । महोत्सवको अवधीधर ८० वटा चलचित्र प्रदर्शन गरिनेछ । जसमा १० अन्तरराष्ट्रिय कथानक चलचित्र , ३५ लघु चलचित्र , ५ नेपाली […]

आकाश भन्छन्–‘पलले पूजासँग रोमान्स गर्दा मैले आफूलाई देखेँ’

नायक पल शाह र नायिका पूजा शर्माले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुणको २३ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको ‘तिम्रो घरको वरिपरी र दुखको काँडा’ बोलको गीत दर्शकमाझ हिट भैसकेका छन् । यसैले पनि यी दुबै गीतको सफलताले चलचित्रको व्यापारमा ठूलो असर पर्ने अपेक्षा गर्न सकिन्छ । तर, नायक आकाश श्रेष्ठले […]