Comments Add Comment

मनोरञ्जन भिडियो

List Grid
म कसैको प्रेममा ‘बौलाहा’ बनिनँ, ‘नेपाल आइडल’मा कसैसँग प्रेम बसेनः सुरज थापा

‘म अहिलेसम्म कसैको प्रेममा बहुला बनेको छैन । तर, मलाइ संगीतले बौलाहा बनायो ।’ आफ्नो चर्चित गीत ‘बौलाहा’ गाउँदै गर्दा सुरज थापाले आफू कसैको प्रेममा बौलाहा नबनेको बताए । ‘नेपाल आइडल’को उत्कृष्ट ६ बाट आउट भएपछि सुरजले अनलाइनखबरसँग ‘मस्ती टक’मा कुराकानी गर्दै आफ्ना जीवनका रमाइला पाटा खोलेका छन् । सुरजसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ […]

मलाई ‘एक्सन’ फिल्म मनपर्छ, मेरा कारणले पनि दर्शक हलमा आउनुहुन्छः शिल्पा पोखरेल

नायिका शिल्पा पोखरेललाई निर्माता छविराज ओझाको ब्यानरमा मात्र काम गर्दै आएको आरोप लाग्दै आएको थियो । छविको ब्यानर बाहेक अन्य ब्यानरका चलचित्रमा शिल्पा सफल नभएको टिप्पणी पनि गरिन्छ । तर, अहिले शिल्पा धमाधम छविको ब्यानर बाहिरको चलचित्रमा काम गरिरहेकी छिन् । राजबहादुर सानेको निर्देशनमा तयार भैरहेको चलचित्र ‘विरङ्गना’मा नायिका पोखरेल सशस्त्र प्रहरीको भूमिकामा छिन् । […]

‘मलाई कट्रिना, श्रुती जस्ती भन्छन्’, अनमोल आएपछि फिल्म नगरि परिवर्तन भयोः श्रृष्टी

चलचित्र ‘ग्याङस्टार ब्लूज’मा समावेश ‘अबला’ बोलको आइटम गीतमा नृत्य गरेपछि श्रृष्टी कार्कीले चर्चा पाइरहेकी छिन् । स्पेनमा अध्ययन गरेर फर्किएपछि उनी यो चलचित्रका निर्देशक हेमराज बीसी र निर्माता सरोज न्यौपानेको अफरमा आइटम नृत्य गर्न अग्रसर भएकी थिइन् । भिडियोबाट आफूलाई मिश्रति प्रतिक्रिया मिलिरहेको श्रृष्टी बताउँछिन् । श्रृष्टीले अब आफूले आइटम नृत्य नगर्ने बताइन् । चलचित्रको […]

रामकृष्णको नजरमा केकी राम्री प्रेमिका(मस्ती टक)

नायिका केकी अधिकारी र गायक रामकृष्ण ढकालले पहिलो पटक ‘पहाडको छुकछुके रेल’ बोलको गीतको म्यूजिक भिडियोमा एकसाथ काम गरेका थिए । यसपछि, यी दुइले ‘आँखा जुधाइ’ बोलको गीतको भिडियोमा एकसाथ काम गरे । भिडियोमा एकसाथ काम गरेका यी दुइले अनलाइनखबरसँग ‘मस्ती टक’ गर्दै आफ्नो चाहना र रोजाइका कुरा खोले । रामकृष्ण र केकीसँग गरिएको ‘मस्ती […]

यस्तो छ सिड्नीमा पहिलो पटक बनेको गीतको भिडियो

१२ जुलाई, सिड्नी । विदेश जान पाईयो भने के के नै हुने र बिदेशलाई स्वर्ग नै ठान्ने नेपालीहरूको गजबको शैली छ । तर, विदेश आएपछिको संघर्ष अनि दुःखको बारेमा थोरैले मात्र बयान गर्दछन । पढाई र कामका कारण पाएको दुःख अनि मिस गरेको आफ्नो परिवारको पीडा कसैले बताउन चाहंदैन । तर, गीतकार अनिता सुबेदीले भने […]

‘मान्छे भएपछि हाँस्नुपर्छ, ‘ठुस्स’ पर्नेलाई पड्काइदिऊँ जस्तो लाग्छः पूजा शर्मा (मस्ती टक)

असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’लाई लिएर नायक पल शाह र नायिका पूजा शर्मा निकै उत्साहित छन् । पल र पूजाको करिअरका लागि पनि यो चलचित्र महत्वपूर्ण छ । अहिले यी दुई चलचित्रको प्रमोशनमा व्यस्त रहेका छन् । पल र पूजासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः अनलाइनखबरका लागि ‘मस्ती […]

‘मलाई ‘मिसेस आयुष्मान’ भनेकाे सुन्दा खुशी लाग्छ’: प्रियंका कार्की

२ दिन अगाडि आयोजित एक अवार्ड समारोहमा प्रेम जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले सार्वजनिक रुपमै चुम्बन गरेपछि यो बिषय ‘टक अफ दि टाउन’ बनेको छ । जुन दिनदेखि प्रियंका र आयुष्मानको प्रेम चर्चा मिडियामा सार्वजनिक भयो, त्यस दिनदेखि यी दुइको बिषयमा विभिन्न खालका गसिप सार्वजनिक भैरहेका छन् । कतिपयले यी दुइको […]

‘सुशील र मबीच प्रेमको फिलिङ्स आउँदैन’: बर्षा सिवाकोटी

नायिका बर्षा सिवाकोटी र नायक सुशिल श्रेष्ठ प्रेममा रहेको चर्चा नेपाली चलचित्र बजारमा सुनिन्छ । तर, यो जोडी प्रेमको कुरा स्विकार्न तयार छैन । अनलाइनखबरको ‘मस्ती टक’मा रमाइलो कुराकानी गर्ने क्रममा बर्षा र सुशिलले एक अर्काविचको निकट सम्बन्धको अर्थ खोले । यी दुई अभिनित चलचित्र ‘कारखाना’ असार १६ गतेबाट रिलिज हुँदैछ । बर्षा र सुशिलसँग […]

मैले अंग्रेजी बोल्दा बलिउडका कलाकार डराउँथे: विल्सन विक्रम (तक्मे बुढा)

हाँस्य कलाकार विल्सन विक्रम राइ निर्मित तथा अभिनित चलचित्र ‘रातो घर’ जेठ १९ गते शुक्रबारबाट रिलिज हुँदैछ । केही हप्ता अगाडि आयोजित पत्रकार सम्मेलनमा कलाकार सुनिल थापाले विल्सन यो चलचित्रको हिरो हुन् भनिदिएपछि, उनी मख्ख छन् । सुरज सुब्बा निर्देशित यो चलचित्रमा गौरव पहारी, संयम पुरी, मेनुका प्रधान, अनुराग कुँवर लगायतका कलाकारको पनि मुख्य भूमिका […]

आमा नजिकै हुनुहुन्छ भन्दै साम्राज्ञीलाई प्रपोज गर्न सकेनन् हिरोले(भिडियो कुराकानी)

नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नव-नायक धिरज मगर चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’मा काम गर्दैछिन् । यी दुइले एक अर्कालाई नजिकबाट चिन्न थालेका छन् । अनलाइनखबरको ‘मस्ती टक’मा कुराकानी गर्ने क्रममा साम्राज्ञी र धिरजले मनका कुराहरु खोले । जब, धिरजलाई हामीले क्यामेरा अगाडि साम्राज्ञीलाई प्रेम प्रस्ताव राख्न भन्यौ, उनी लजाए । उनले हाँस्दै भने-‘साम्राज्ञीको आमा नजिकै […]

केटा र केटीमा त्यही एउटा कुरा त फरक हो नीः छुल्ठिम गुरुङ(मस्ती टक)

नायिका तथा निर्मात्री छुल्ठिम गुरुङ र नव-नायक सनी सिंह प्रेममा रहेको चर्चा चलिरहेको छ । चलचित्र ‘डायरी’मा एकसाथ काम गरेपछि यी दुइ नजिक भएका हुन् । तर, यी दुई पर्दामा मात्र आफूहरु नजिक भएको र पर्दा बाहिर निकै मिल्ने साथी भएको बताउँछन् । अनलाइखबरसँग ‘मस्ती टक’मा कुरा गर्दै छुल्ठिम र सनीले चलचित्र र आफ्नो व्यक्तिगत […]

‘पहिलो डेटमै किस हुन्छ र ?’: इन्दिरा जोशी(भिडियो कुराकानी)

गायिका इन्दिरा जोशी अहिले ‘नेपाल आइडल’को निर्णायक छिन् । देशभर घुमेकी इन्दिराले हरेक ठाउँमा गायनमा जोश बोकेका प्रतिभाहरु पाएकी छिन् । अनलाइनखबरको ‘ओके मस्ती टक’मा कुराकानी गर्ने क्रममा गायिकाले मन खोलेर कुरा गरिन् । इन्दिराले हालैमात्र ‘गलफ्रेन्ड’ नामक गीतको अडियो सार्वजनिक गरेकी छिन् । यो गीतले छोटो समयमा नै चर्चा पाएपछि उनी दंग छिन् । […]

‘दीपा च्वाँक छे, मै बिहे गर्छुः किरण केसी(भिडियो)

हाँस्य सिरियल ‘जीरे खुर्सानी’बाट दुई कलाकार उदाए । दर्शकले कलाकार शिवहरि पौडेललाई ‘मुखमा हानुँ जस्तो’ उप-नामबाट चिने भने किरण केसीलाई ‘राता मकै’ उप-नामले चिने । ‘शिवहरि र किरण केसी’सँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः अहिले चर्चित हाँस्य सिरियल ‘जीरे खुर्सानी’ बन्द भैसकेको छ । अहिले यो जोडीले ‘ब्रेक फेल’ नामक शो लिएर दर्शकमाझ आएको […]

श्रृष्टीदेखि आयुष्मानसम्म, जो यो बर्ष चम्किए (भिडियो रिपोर्ट)

बर्ष २०७३ मा नेपाली चलचित्रले निकै प्रतिभावान् कलाकार पायो । नयाँ कलाकारको आगमन हरेक बर्ष हुँदा कलाकारको अभाव त हुदैन नै, दर्शकले पनि नयाँ नयाँ कलाकारको अभिनय हेर्न पाउँछन् । यो बर्ष पनि हामीले केहि यस्ता कलाकारलाई चलचित्र क्षेत्रमा पाएका छौ, जसले आउँदा दिनहरुमा यो क्षेत्रलाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिन सक्छन् । निर्माता तथा […]

अदिती, सलिनमान वा आशिरमान ? अबको स्टार को ? (भिडियो रिपोर्ट)

नेपाली चलचित्र क्षेत्रले यो बर्ष केही नयाँ अनुहार पाएको छ । तर, ती अनुहारको काम दर्शकले यो बर्ष हेर्न नै पाएनन् । हामीले, यहाँ यस्ता कलाकारको चर्चा गर्दैछौं, जसले बल्ल आउँदो बर्ष मात्र चलचित्रमा आफ्नो काम देखाउँदैछन् । कुनै पनि चलचित्र रिलिज नभएपनि यी कलाकारलाई आशाको रुपमा हेरिएको छ । चलचित्र रिलिज नुहँदै यी कलाकारको […]

‘संचितासँग झगडा यसकारण पर्छ, मैले उनलाई नपत्याएको होइनँ’: निखिल उप्रेती(भिडियो)

नायक निखिल उप्रेती अहिले आफ्नो अवस्था व्यस्त भन्दा पनि अस्तव्यस्त भएको बताउँछन् । तर, अब यसलाई व्यवस्ति गर्ने र चलचित्र कम खेलेर निर्माणमा बढी ध्यान दिने उनको योजना छ । निखिल र अशिष्मासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः अनलाइनखबरसँग पहिलो पटक ‘मस्ती टक’ गर्ने क्रममा निखिलले खुलेर कुरा गरे । निखिलसँगै नायिका अशिष्मा नकर्मीले […]

नुहाउँदा बाथरुममा के-के गर्छु, मलाई मात्र थाहा छः प्रियंका कार्की

नायिका प्रियंका कार्कीलाई वैशाख १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘राधे’को खुबै प्रतिक्षा छ । उनी, यो चलचित्रमा आफ्नो भिन्न भूमिका रहेको र मिहिनेत गरेको सुनाउँछिन् । उनै, प्रियंकाले अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा निकै खुलेर कुरा गरिन् । प्रियंकाले आफूले धेरै काम गर्ने तर खानामा वेवास्ता गर्ने भएकाले पनि बारम्बार बेहोस हुने गरेको खुलाइन् […]

हामी त प्रेमी-प्रेमिका जस्तो छौं, दुबैले मोबाइलको पासवर्ड भन्दैनौं: रामकृष्ण/नीलम

गायक रामकृष्ण ढकाल समाजिक कामका लागि चैत्र १८ गते काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा ‘ढकाल सुमधुर साँझ’को तयारीमा छन् । विन्धवासिनी म्यूजिकले आयोजना गर्न लागेको यो कार्यक्रममा ढकालले आफ्ना नयाँ र पुराना २ दर्जन गीत गाउँनेछन् । साथमा, देविका वन्दना, प्रविशा अधिकारी लगायतका गायिकाले उनलाई साथ दिनेछन् । लाइभ व्याण्डसँग आफूले प्रस्तुती दिन लागेको ढकालले बताए । […]

मेरो त निश्चलसँग बिहे भैसक्यो, मलाई किन मन पराउँछौ ?: स्वस्तिमा

नायिका स्वस्तिमा खड्का वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ लभ लभ’बाट निकै उत्साहित छिन् । यो चलचित्रमा उनलाई नव नायक सुरज पाण्डे साथ दिएका छन् । स्वस्तिमा र सुरजले चलचित्रलाई विभिन्न स्टेपमा हुने प्रेमको रुपमा चित्रित गरेका छन् । अनलाइनखबरसँग ‘मस्ती टक’मा रमाइलो कुराकानी गर्ने क्रममा यो जोडीले ‘लभ लभ लभ’मा काम गर्दाको […]

अनु र म बाथरुममा सँगै नुहाउँछौं : नीता ढुंगाना

नायिका नीता ढुंगाना खुलेर कुरा गर्न र मनका कुरा निर्धक्क भन्न माहिर छिन् भन्ने कुरा, तपाइले हामीसँग उनले गरेको ‘मस्ती टक’को पुरा भिडियो हेर्दा थाहा पाउनुहुनेछ । अनलाइनखबरको रमाइलो टक शो ‘मस्ती टक’मा कुरा गर्दै नीताले आफ्नो व्यक्तिगतदेखि व्यवसायिक कुरा खोलिन् । नीताका अनुसार डेढ बर्ष अगाडिसम्म उनी निकै डराउने गर्थिन् । सानो-सानो कुरामा असफल […]

रोजले यसरी बढाए वर्षामा जोश (भिडियो कुराकानी)

निर्माता रोज राणा अहिले चलचित्र ‘मेरो पैसा खोई’ को निर्देशन गरिरहेका छन् । बलिउड निर्देशक विवेक शर्माले निर्देशन गर्ने भनिए पनि विभिन्न समस्याका कारण रोज निर्देशनमा आफै अघि सरेका हुन् । विवेकले चलचित्रको छायांकन करिब १५ दिन पनि गरिसकेका थिए । तर, उनी एकाएक चलचित्र छाडेर भारत हिडेपछि रोज आफै ‘मेरो पैसा खोई’ नाम राखेरै […]