Comments Add Comment

ब्लोअप

List Grid
केकीको खुशी

नायिका केकी अधिकारी अहिले खुशी छिन् । ‘कोहलपुर एक्सप्रेस’ले दिएको तनाव विर्सिएर अगाडि बढेका कारण पनि उनी खुशी छिन् । उनी अहिले चलचित्र क्षेत्रको सबैभन्दा चलेको टिमसँग सहकार्य गर्न पाउँदा पनि खुशी छिन् । साथमा, केकी निर्मात्री बनेर ‘कमेडी च्याम्पियन’ नामक रियालिटी शो आयोजना गर्दैछिन् । तर, केकीको मनमा चोरीको आरोप कसरी मेटाउने भन्ने छ […]

हो म लोभी भएँः सुपुष्पा

चलचित्र ‘रणवीर’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका सुपुष्पा भट्ट अहिले दोश्रो चलचित्र ‘छ माया छपक्कै’मा काम गरिरहेकी छिन् । यो चलचित्रमा छोटो तर विशेष भूमिका रहेको सुपुष्पा बताउँछिन् । सोलो नायिकाको रुपमा आएका केही अफर टुक्राएर सुपुष्पा सानो भूमिकामा किन चित्त वुझाउँदैछिन्, यी र अन्य विभिन्न बिषयमा रहेर उनीसँग अनलाइनखबरले छोटो कुराकानी गरेको छः […]

करिश्माको सुन्दरता

नायिका करिश्मा मानन्धरको सुन्दरताको चर्चा जहिले पनि हुन्छ । यसैले त उनलाई सदाबहार नायिकाको उपमा दिइएको छ । नायिका मानन्धर आइतबार आयोजित एक कार्यक्रममा पुग्दा झनै स्टाइलिस र आकर्षक देखिइन् । वन पिस पहिरनमा पुगेकी करिश्माले सरकारले आइफा अवार्डका लागि दिन लागेको १ अर्ब रुपैयाँको पनि चर्को विरोध गरिन् । नायिका मानन्धरले हालै मात्र एसईई […]

एलिसाको स्टाइल

चलचित्र ‘लुट २’मा समावेश ‘ठमेल बजार’ बोलको गीतमा आइटम नृत्य गरेपछि आइटम गर्ल एलिसा राइको चर्चा चुलियो । केही म्यूजिक भिडियोमा काम गरेकी एलिसालाई ‘लुट २’को आइटम गीतले एकाएक चर्चामा ल्याइदियो । यसपछि, उनी नेपाली चलचित्रमा गज्जबले जम्ने अपेक्षा गरिएको थियो । तर, उनी चलचित्रमा आशातित रुपमा जम्न सकिनन् । म्यूजिक भिडियोमा उनको क्रेज औषत […]

वर्षा र आँचलको मित्रता

नायिकाद्धय वर्षा राउत र आँचल शर्माले एउटै चलचित्रबाट रजतपटमा पाइला राखेका हुन् । चलचित्र ‘नाई नभन्नु ल ४’बाट वर्षा र आँचल उदाए । यसपछि, यी दुबैले पछाडि फर्किएर हेर्नुपरेको भने छैन । चलचित्र बजारमा वर्षा र आँचल नजिकका साथी होइनन् भन्ने चर्चा पनि सुनिन्छ । तर, दोश्रो चलचित्र ‘दाल भात तरकारी’मा एकसाथ काम गर्दा यी […]

अष्ट्रेलियामा स्वेता

नायिका स्वेता खड्का अहिले अष्ट्रेलिया टुरमा छिन् । उनी, एनआरएन अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन कंगारुको देश पुगेकी हुन् । अटिजम स्कुलको लागि फन्ड कलेक्शन गर्न आयोजना भएको कार्यक्रममा सहभागी हुन स्वेता अष्ट्रेलिया पुगेकी थिइन् । उनले केही दिनमै आफू नेपाल फर्किने समेत बताइन् । यसैविच, स्वेताले अष्ट्रेलियामा गरेको एक फोटोसुट अहिले चर्चामा छ […]

सारीमा सुरविना

नायिका सुरविना कार्की अहिले मुम्बइमा छिन् । उनी, केही दिनमा नै नेपाल आउँदैछिन् । आज शुभसाइत भएको चलचित्र ‘लप्पन छप्पन’की नायिका समेत रहेकी सुरविनाले चलचित्रको छायांकनका लागि नै नेपाल आउन लागेको बताइन् । चलचित्रमा उनको दृश्यको छायांकन भने अष्ट्रेलियामा हुनेछ । चलचित्रलाई लिएर आफू उत्साहित रहेको सुरविना बताउँछिन् । मुम्बइमा रहेर फोटोसुट धेरै गर्दै आएकी […]

नीताको योजना–‘२–३ बर्षमा बिहे गर्छु, नत्र ढिला हुन्छ’

अविवाहित नायिका नीता ढुंगानाले राम्रो श्रीमान् पाउँ भनेर ब्रत बसेको लामो समय भैसक्यो । उनी, तीजमा पानी पनि नखाई ब्रत बस्ने गर्छिन् । ललितपुरको एक पार्टी प्यालेसमा तीजको गीतमा नृत्य गर्दै गर्दा भेटिएकी नायिका ढुंगानाले आफ्नो बिहे योजनाको बिषयमा अनलाइनखबरसँग कुराकानी गरिन् । नीतालाई बिहे धुमधामले गर्न मन लाग्छ । तर, अहिले आफूले कामलाई प्राथमिकता […]

सेतो पहिरनमा खुलेकी नम्रता

नायिका नम्रता श्रेष्ठको आज जन्मदिन हो । उनले आफ्नो जन्मदिन बिहान मिडियासँग सेलिव्रेशन गरिन् । बेलुकी आफन्त, साथीभाइसँग सेलिव्रेशन गर्ने उनको तयारी छ । नायिका नम्रता श्रेष्ठ नेपाली चलचित्रकी भर्सटायल कलाकार हुन् । जसले हरेक चलचित्रमा फरक–फरक चरित्र निर्वाहा गरिरहेकी छिन् । नम्रताको यही शैलीले नै हो, उनलाई फरक देखाएको छ । आफ्नो जन्मदिनमा मिडियासँग […]

नयाँ हिरोलाई सिकाउँदा रमाउने साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह ‘ड्रिम्स’बाट उदाएकी हुन् । यो चलचित्रमा उनले निर्वाहा गरेको भूमिकापछि उनको क्रेज बढ्यो । साम्राज्ञीलाई यो चलचित्रले स्टार बनायो, तर यसपछि उनले काम गरेका केही चलचित्रमा उनको स्टारडमले केही स्टार जन्मिए । नायिका साम्राज्ञी आफूलाई नयाँ नायकहरुलाई सिकाउन पाउँदा रमाइलो लाग्ने बताउँछिन् । साम्राज्ञी भन्छिन्–‘नयाँ नायकहरुसँग काम गर्दा मलाई रमाइलो लाग्छ […]

सौगातकी फ्यान अलोना

असारको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आप्पा’की नव–नायिका हुन् अलोना काबो लेप्चा । दार्जिलिङकी अलोनालाई अहिले काठमाण्डौसँग माया बसिसकेको छ । अलोना अब, आफूले काठमाण्डौ र नेपाली चलचित्रलाई छाड्न नसक्ने बताउँछिन् । अनलाइनखबरसँग ‘ओके फ्रेस फेस’मा रहेर कुराकानी गर्ने क्रममा अलोनाले भनिन्–‘मलाई आप्पाका लागि ५ बर्ष पहिले नै अफर आएको हो । तर, म […]

मलाई ‘किङ्ग’ चाहिदैनः परमिता

नायिका परमिता आर एल राणा अब गायिका पनि बनेकी छिन् । परमिताले सार्वजनिक गरेको ‘क्विन’ बोलको गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । परमिता कोही पनि यूवती ‘क्विन’ हुनसक्ने बताउँछिन् । तर, ‘क्विन’ भैसकेपछि ‘किङ’को आवश्यकता पर्छ भन्ने नभएको उनले बताइन् । उनले भनिन्–‘किङ विना शासन गर्ने पनि धेरै छन् । मलाई पनि किङ चाहिएको […]

बोल्ड साम्राज्ञी, स्टाइलिस पुष्प

भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक भएसँगै यसको चर्चा बढेको छ । चलचित्रको फस्टलुकमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायिक पुष्प खड्कालाई देखाइएको छ । पूनम गौतमको निर्माणमा तयार भएको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रको निर्माण टिमले उपलब्ध गराएको केही तस्वीरमा नायिका साम्राज्ञी र नायक पुष्प बोल्ड र […]

बेहुली विनिता

नायिका विनिता बरालले बिहे गरेकी छिन् । अमेरिकामा रहेकी नायिका बरालले प्रेमी तिलक पौडेलसँग बिहे गरेकी हुन् । उनीहरुले केही समय अगाडि मात्र इन्गेजमेन्ट गरेका थिए । विनिताले सामाजिक संजालमा तस्वीर शेयर गर्दै बिहे गरेको जानकारी दिएकी छिन् । उनले पश्चिम भर्जिनियामा रहेको ‘बृन्दावन मन्दिरमा’ बिहे गरेको उल्लेख गरेकी छिन् । चलचित्र ‘चपली हाइट’ खेलेपछि […]

डेनमार्कमा सुहाना

निर्देशक झरना थापा र नायिका सुहाना थापा अहिले चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शनका लागि यूरोप पुगेका छन् । डेनमार्कमा चलचित्रको शो आयोजना गरिएको छ, जहाँ दर्शकको बाक्लो उपस्थिती रहेको निर्देशक थापाले जानकारी दिइन् । डेनमार्कमा आयोजित चलचित्रको शोमा नायिका सुहाना थापा पनि उपस्थित थिइन् । डेनमार्कमा रहेका नेपालीमाझ सुहानाको क्रेज राम्रो देखियो । यूरोप, […]

‘जात्रै जात्रा’ चल्दा वर्षाको छल्कियो खुशी

नायिका वर्षा राउत अहिले निकै नै खुशी छिन् । जेठ ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ बक्स अफिसमा सुखद व्यापार गर्दै प्रदर्शन भैरहँदा उनमा खुशी छल्किनु स्वभाविक नै हो । नायिका राउतको चलचित्रमा धेरै भूमिका छैन । तर, जती भूमिकामा उनले काम गरेकी छिन् प्रभावकारी छ । उनले खेलेको चलचित्र भित्रको स्वाबलम्बी महिलाको भूमिकाले […]

बोल्ड नीता

नायिका नीता ढुंगाना चलचित्र र म्यूजिक भिडियोमा व्यस्त छिन् । नीताको क्रेज चलचित्र क्षेत्रमा उचाइका पनि पुग्न सकेको छैन भने उनी हराएकी पनि छैनन् । नायिका ढुंगाना मिहिनेत गर्दै जाँदा कुनै न कुनै दिन प्रतिफल मिल्ने बताउँछिन् । उनै, नीता अशोक शर्माको निर्देशनमा बन्न लागेको चलचित्र ‘रातो टिका निधारमा’मा देखिदैछिन् । यो चलचित्रमा उनी कलाकार […]

स्टाइलिस्ट वर्षा

शुक्रबारदेखि रिलिज हुने तयारीमा रहेको चलचित्र ‘वीर विक्रम २’ नायिका वर्षा सिवाकोटीको महत्वकांक्षी प्रोजेक्ट हो । यो चलचित्रमा उनले मिहिनेत गरेको बताइन् । यति धेरै मिहिनेत गर्दा पनि चलचित्र चलेन भने के काम गर्नु भन्ने सोच वर्षालाई आउँछ । मिलन चाम्स निर्देशित यो चलचित्रमा पल शाह र नाजिर हुसेनको प्रेममा उनी छिन् । उनलाई चलचित्र […]

यस्तो देखियो ‘मिस नेपाल २०१९’

‘मिस नेपाल २०१९’को श्रृङ्खला भव्य रुपमा सम्पन्न भएको छ । यो बर्षको मिस नेपालमा दर्शकलाई समेत टिकट काटेर प्रवेशको व्यवस्था मिलाइएको थियो । मिस नेपालको श्रृङ्खलामा यसपटक पूर्व मिस नेपालहरुको बाक्लो उपस्थिती रह्यो । ‘मिस नेपाल’को रजत जयन्ती भएका कारण पनि पूर्व मिस नेपालहरु उपस्थित भएका हुन् । गतबर्षकी मिस नेपाल श्रृङ्खला खतिवडा आकर्षक बनेर […]

अञ्जलीको मुस्कान

मोडल अञ्जली अधिकारीलाई हिजोआज फिट रहनुपर्छ भन्ने पनि लागेको छ । यसैले उनी, भिडियोको छायांकन नपरेको समयमा बिहानै जीम पुग्छिन् । ‘बोल माया’ बोलको गीत सार्वजनिक भएपछि चुलिएको अञ्जलीको सफलताले उनको दैनिकी पनि फेरिदिएको छ । उनी, हिजोआज व्यस्त र चुजी दुबै बनेकी छिन् । अञ्जली भन्छिन्–‘व्यस्त मात्र भएर हुँदैन । आफूलाई फिट पनि राख्नुपर्छ […]

रेनशाको बिहेमा सजिएकी सुष्मा

निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राइले आज प्रेमी प्रज्ज्वल शमशेर जबरासँग बिहे गरिन् । रेनशाको बिहेमा पुग्ने थोरै चलचित्रकर्मीमा पर्छिन्, नायिका सुष्मा कार्की । नायिका सुष्मा कार्की प्रज्ज्वलका बुबा प्रभु शमशेर जबराकी भान्जी हुन् । यसैले पनि उनी बिहे समारोहमा विशेष बनिन् । बिहे समारोहमा पुगेकी सुष्मा गहना र सारीमा धपक्कै बलेकी थिइन् । उनको […]