Comments Add Comment

ब्लोअप

List Grid
जाडोमा हट वर्षा

नायिका वर्षा सिवाकोटीको पहिरनले अहिले सामाजिक संजालदेखि मिडियामा राम्रै स्थान पाइरहेका छन् । गसिपमा कसरी रमाउने भन्ने वर्षाले वुझ्न थालेको धेरै भएको छैन । यसैले त उनी कहिले सामाजिक संजालमा स्टाटस लेखेर चर्चा बटुल्छिन् भने कहिले जाडोमा विकिनी तस्वीर पोष्ट गरेर चर्चामा आउँछिन् । उनै वर्षा वुधबार चलचित्र ‘लक्का जवान’को पत्रकार सम्मेलनमा उपस्थित भइन् । […]

पूजाको स्टाइल

नायिका पूजा शर्मा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को सार्वजनिक २ गीतलाई दर्शकले मन पराएपछि खुशी छिन् । यो बर्ष उनी अभिनित २ वटा चलचित्र रिलिज हुँदैछन् । ‘पोई पर्यो काले’ले दर्शक राम्रै तानेपछि खुशी देखिएकी पूजा फागुण २३ मा रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’बाट भने आशावादी छिन् । चलचित्रमा समावेश […]

सुहानाको खुशी

चलचित्र ‘ए मेरो हजुर ३’बाट डेब्यू गरेकी नायिका सुहाना थापा नेपाल आएकी छिन् । उनी, चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनका लागि अमेरिकाबाट नेपाल आएकी हुन् । सुहाना अमेरिकामा अध्ययनरत छिन् । सुहाना शनिबार नेपाल आइन् र उनले शनिबार नै आयोजित ‘कामना फिल्म अवार्ड’मा ‘उत्कृष्ट नव–नायिका’को अवार्ड हात पारिन् । सुहानालाई नेपाल आउँदै गर्दा यस्तो […]

निकिताको आशा

पूर्व मिस नेपाल निकिता चण्डकलाई लाग्छ, उनले नायक विराज भट्टबाट धेरै कुरा सिकेकी छिन् । निकिताले भनिन्–‘मैले मेरो पहिलो चलचित्रबाट नै धेरै कुरा सिकेकी छु । अब, अरु कुनै नयाँ प्रोजेक्टमा काम गर्नुपर्यो भने यो चलचित्रबाट सिकेका कुराहरु लिएर जान्छु र काम गर्छु ।’ निकिताले विराजसँगको उमेर अन्तरको बिषयमा भनिन्–‘मैले जब पहिलो पटक विराज दाइलाई […]

विकिनीमा बोल्ड वर्षा

नायिका वर्षा सिवाकोटीलाई सफ्ट अवतारमा बढी देख्न पाइन्छ । चलचित्रको पर्दामा पनि उनी सफ्ट अवतारमा नै देखिन्छिन् । तर, वर्षालाई केही समय यता भने हट बन्ने रहर जागेको छ । चलचित्रको पर्दामा हट भूमिका त उनले कमै पाएकी छिन् । तर, सामाजिक संजालमा वर्षा हट तस्वीर कहिलेकाही सार्वजनिक हुन्छन् । यसपटक भने वर्षा अझै खुलेकी […]

ड्रेस रोज्न सिपालु प्रियंका

केही महिना अगाडिसम्म नायिका प्रियंका कार्कीको चर्चा हरेक दिन हुन्थ्यो । प्रियंका नेपाली चलचित्रकी नयाँ गसिप क्विन थिइन् । उनका हरेक क्रियाकलाप गसिप हुन्थेँ । चलचित्र नचलेपनि उनको हातमा अभाव थिएन । ठूला ब्यानरका मेकरले उनलाई पत्याएका थिए । प्रियंकाको व्यस्तता अरु नायिकाका लागि डाहा गर्ने खालको थियो । तर, केही समयमै उनको करिअर बदलिएको […]

नम्रताको सुन्दरता

नायिका नम्रता सापकोटा फेसनको दुनियाँमा अगाडि छिन् । कार्यक्रमको प्रकृती अनुसार पहिरन लगाउन उनी सिपालु मानिन्छिन् । डिजाइनरसँगको सहकार्यमा पहिरन रोज्ने भएका कारण पनि उनको पहिरन चर्चामा रहन्छन् । एक कार्यक्रममा लेहेङ्गमा सजिएकी नम्रता आकर्षक देखिइन् । नेपाली चलचित्र क्षेत्रमा नम्रताको क्रेज कमजोर छ । नम्रतालाई लिएर चलचित्र बनाउन मेकरले इच्छा भने कमै देखाउँछन् । […]

सारीमा रीमा

रीमा विश्वकर्माको परिचय अहिले रियालिटी शो होस्टको रुपमा बढी छ । किनकी, ‘नेपाल आइडल, कमेडी च्याम्पियन’ जस्ता रियालिटी शो उनले होस्ट गरेकी छिन् । यसैले, रीमालाई चिन्नेहरुले उनलाई होस्टको रुपमा बढी चिन्छन् । रीमाको चलचित्र यात्रा भने सुखद छैन । उनी, चलचित्र ‘हिजो आजका कुरा’मा काम त गरिरहेकी छिन् । तर, दर्शक उनकै कारणले हलसम्म […]

ऋचा र दीपेक्षको छल्किएको प्रेम

शनिबार बैबाहिक जीवनमा बाँधिएकी नायिका ऋचा शर्मा र उनका श्रीमान् दीपेक्ष विक्रम राना बिहिबार बेलुकी आयोजित बिहे पार्टीमा रोमान्टिक देखिए । मिडियासँग खुशी साट्दै गर्दा यी दुइले एक अर्कालाई चुम्बन गरे । ऋचा र दीपेक्षले मिडिया र चलचित्रकर्मीकै लागि बिहे भोजको आयोजना गरेका थिए । करिब २ बर्ष लामो प्रेम सम्बन्धमा रहेपछि ऋचाले दीपेक्षसँग बिहे […]

रणवीरसँग सालिनीको रोमान्स

साउथ चलचित्रले विश्व बजारमा चर्चा पाउँदै गर्दा बलिउडमा समेत यसको प्रभाव परिरहेको छ । बलिउडमा साउथ चलचित्रका रिमेक बन्न थालेका छन् । बलिउडमा साउथका कलाकार, निर्देशकको उपस्थिती बलियो बनिरहेको छ । यसैक्रममा, यशराज ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘जयसभाई जोरदार’मा साउथकी एक सुन्दरीले काम गर्ने पक्का भएको छ । यो चलचित्रमा नायक रणवीर सिंहको मुख्य […]

फिल्म नचलेरै ‘अनलक्की’ नम्रता

नायिका नम्रता श्रेष्ठले आफ्नो नाम अर्की नायिका नम्रता श्रेष्ठसँग मिल्दा आफूलाई समस्या भएको तर्क गरिन् । ‘गाँठो’ डेब्यू नायिकालाई नाम एउटै हुँदा दर्शक दोधारमा पर्ने गरेको थाहा छ । उनले, यसो भन्दै गर्दा आफूलाई ‘अनलक्की’ पनि भन्न भ्याइन् । तर, नाम मिलेर मात्र नभएर चलचित्र नचलेरै नम्रता ‘अनलक्की’ देखिएकी छिन् । उनले चलचित्रमा निरन्तर काम […]

लियोनार्दोकी हट प्रेमिका

हलिउडका चर्चित नायक तथा पर्यावरणविद् लियोनार्दो डी क्याप्रियो मोडल क्यामिला मोरोनसँग प्रेम सम्बन्धमा छन् । तर, उनीहरुविचको उमेर अन्तरले भने दर्शक र मिडियामा एक प्रकारको चर्चा पाइरहेको छ । यो बिषयमा लस एन्जलससँग टाइम्ससँग कुराकानी गर्दै मोरोन भन्छिन्–‘म सोच्छु कि कोही मानिसहरु डेट गर्नका लागि सक्षम हुनुपर्दछ ।’ क्यामिला अहिले आफू अभिनित चलचित्र ‘मिक्की एन्ड […]

सुमीसँग सन्नी

२ बर्षसम्म मार्सल आर्ट सिकेर चलचित्रमा काम गर्दा नव–नायिका सुमी मोक्तानको उत्साह नै छुट्टै छ । आजबाट उनी अभिनित चलचित्र ‘सरौतो’ रिलिज भएको छ । यो चलचित्र उनमै केन्द्रित छ, जसले नारीको बदलाको कथा भन्छ । यो चलचित्रमा सुमीसँगै अभिनय गर्ने अर्का कलाकार छन्, सन्नी सिंह । सन्नीलाई सुमीसँगको प्रेमले छोपेको चलचित्रमा हेर्न सकिनेछ । […]

बोल्ड सुपुष्पा

चलचित्र ‘रणवीर’ डेब्यू नायिका सुपुष्पा भट्ट दोश्रो चलचित्र ‘छ माया छपक्कै’मा विशेष भूमिका गरेरपछि झनै चर्चामा छिन् । तर, सुपुष्पालाई भने आफू दर्शकमाझ नोटिस भएको भन्ने लाग्दैन । उनी भन्छिन्–‘मलाई अझै पनि दर्शकले नोटिस गर्नुभएको छ भन्ने नै लाग्दैन । म आफूले सक्ने बेष्ट दिने प्रयासमा छु ।’ सुपुष्पा गतबर्ष रिलिज भएको चलचित्र ‘रणवीर’ असफल […]

अमेरिकन म्यूजिक अवार्डमा सेलेनादेखि टेलरसम्म

आइतबार आयोजना भएको ‘अमेरिकन म्यूजिक अवार्ड’मा हलिउडमा सुन्दरीहरुले रेड कार्पेट तताएका छन् । नायिका तथा गायिका सेलेना गोमेजदेखि टेलर स्विफ्टसम्मले रेड कार्पेटमा आफ्नो हट उपस्थित जनाएका छन् । अधिकांशको आँखा भने २७ बर्षकी सुन्दरी सेलेना गोमेजमाथि परेको थियो । यस्तै, अर्की विश्व प्रसिद्ध गायिका टेलरले भने डाइमन्ड जडित पहिरन लगाएकीथिइन् । यो अवार्ड समारोहमा टेलरले […]

तस्वीरमा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’को निर्वाचन

पोखराको सभागृहमा ‘राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान’को निर्वाचन चलिरहेको छ । सातौ महाधिवेश शनिबारदेखि सुरु भएको हो । अध्यक्ष पददेखि विभिन्न पदमा विजयी हुन उम्मेदवारहरु कम्मर कसेर लागेका छन् । बद्री पंगेनीले ३ बर्षदेखि सम्हालेको प्रतिष्ठान आजबाट भने रमेश वीजी वा विष्णु खत्रीको पोल्टामा जाँदैछ । यतिबेला सभागृहमा उम्मेदवारहरु मात्र होइन, अन्य कलाकारहरु पनि […]

पहेलो कुर्तामा सजिएकी स्वस्तिमा

नायिका स्वस्तिमा खड्का मंगलबार बिहानै कार्यविनायक मन्दिरमा पुगिन् । पहेलो कुर्तामा सजिएकी स्वस्तिमा निकै नै खुलेकी थिइन् । चलचित्र ‘चपली हाइट ३’को शुभसाइत समारोहमा स्वस्तिमा पुगेकी हुन् । स्वस्तिमाले यो चलचित्रको बिषयलाई लिएर आफू अझै पनि दोधारमा रहेको प्रतिक्रिया दिइन् । स्वस्तिमा कार्यक्रमको प्रकृती अनुसार पहिरनमा सजिने गर्छिन् । पछिल्लो समय धेरै नायिका पहिरनमा चुजी […]

करिअरको सुखद सुरुवातको प्रतिक्षामा निकिता

निकिता चण्डकलाई चलचित्रप्रति ठूलो झुकाव छ । यसैले त नयाँ मिस नेपाललाई क्राउन लगाइदिएसँगै उनले नयाँ चलचित्र साइन गरेकी थिइन् । उनले साइन गरेको नयाँ चलचित्र ‘रानी महल’ बन्दा बन्दै थन्कियो । चलचित्रको करिब २० प्रतिशत छायांकन सकिएसँगै निर्माण टिममा लफडा चल्यो । यसले, निकिताको नायिका बन्ने सपनामा तत्कालका लागि तुषारापात नै भएको थियो । […]

सारीमा छुल्ठिम

चलचित्र ‘नोभेम्बर रेन’मा काम गरेपछि ‘डल्ली’ उपनामले परिचित छुल्ठिम गुरुङलाई त्यसपछि केही चलचित्रबाट अफर आए । उनी, आफैले अभिनय तथा निर्माण गरेको चलचित्र ‘डायरी’ बक्स अफिसमा चम्किएन । यसपछि, उनले केही चलचित्रमा काम त गरिन् । तर, ती चलचित्रले बक्स अफिसमा खासै चमत्कार गर्न सकेनन् । छुल्ठिम चाडै नै आफ्नै ब्यानरको चलचित्रमा काम गर्ने तयारीमा […]

नीताको मुस्कान

बाल–कलाकार हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका नीता ढुंगाना राम्रो अभिनय र नृत्य गर्छिन् । केही दिन अगाडि मात्र आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा नीताको धमकेदार प्रस्तुतीले विरगञ्ज तताएको थियो । उनै, नीता नयाँ चलचित्र ‘माया’को तयारीमा छिन् । निरन्तर असफल चलचित्रको असर उनको करिअरमा पनि परेको छ । यसैले, आफ्नै निर्माणमा बन्ने चलचित्रबाट […]

तस्वीरमा ‘स्वर्णिम चलचित्र महोत्सव’

कात्तिक २१ देखि कात्तिक २३ सम्म आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ले नेपाली चलचित्र क्षेत्रमा के फरक पार्छ, त्यसको नतिजा विस्तारै देखिदै जानेछ । चलचित्र क्षेत्रमा यस्ता खालका महोत्सवले चहलपहल भने बढाउँछ । आयोजकले यस्ता कार्यक्रमलाई कत्तीको व्यवस्थित गर्न सक्छ, फाइदा त्यती नै बढी हुनेछ । तर, चलचित्र क्षेत्रको बिषयमा जनतालाई जानकारी दिन र चहलपहल […]