Comments Add Comment

अन्तर्वार्ता

List Grid
‘प्रधानमन्त्री रोजगार कार्यक्रमको मुख्य तात्पर्य बेरोजगारलाई भत्ता वितरण होइन’

सिंहदरबारस्थित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुग्दा मन्त्री गोकर्ण विष्टको च्याम्बर बाहिर मंगलबार दिउँसो दुईजना सांसद भेटिए । उनीहरु प्रतिनिधिसभाको बैठकै छाडेर मन्त्री विष्टलाई भेट्न सिंहदरबार पुगेका रहेछन् । हालै श्रम मन्त्रालयले ७५३ स्थानीय तहका लागि करारमा खोलेको ‘रोजगार सेवा केन्द्र संयोजक’ को सूचीमा आफ्ना कार्यकर्तालाई घुसाइदिन एक माननीयले मन्त्री विष्टका सहयोगीसँग आग्रह गरिन् […]

‘सरकारले एक वर्षमा चिल्लो पात देखाएन’

१ फागुन, काठमाडौं । नेकपाका अध्यक्षद्वयसँग गत जेठ १४ मा दुईबुँदे सहमति गरेपछि संघीय समाजवादी फोरम सरकारमा सहभागी भयो । त्यसको ७ महिनापछि उसले आफैं सहभागी सरकारका प्रधानमन्त्रीलाई विभिन्न माग राखेर ज्ञापनपत्र बुझायो । त्यसको सीधा अर्थ हो– सरकारको कामप्रति फोरम सन्तुष्ट छैन । आखिर, सन्तुष्ट नभई–नभई फोरम किन सरकारमा बसिरहेको छ त ? दुईतिहाइको […]

‘आर्थिक गतिविधि वाह ! भन्न लायक भएन’

२७ माघ, काठमाडौं । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लिएर दुई तिहाईको समर्थनमा सरकार गठन भएको ३ फागुनमा एक वर्ष पुग्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गरेको आर्थिक सूचकांक हेर्दाखेरि आर्थिक क्षेत्रमा सरकारले राम्रै गरेको देखिन्छ । भलै प्रधानमन्त्रीले पेश गरेको सूचकांक ‘मिथ्यांक’ भएको विपक्षीले आरोप लगाउँदै आएको छ । भ्यागुतो जस्तो […]

‘शंकाको सम्बन्धलाई विश्वासमा बदल्न प्रयत्न गर्छु’

२४ माघ, काठमाडौं । राष्ट्रपतिबाट आइतबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका भारतका लागि नेपाली राजदुत नीलाम्बर आचार्य केही दिनमै नयाँ दिल्ली उड्दैछन् । ०७४ असोजदेखि नेतृत्वविहीन दिल्लीस्थित नेपाली दुतावास राजनीति र कुटनीतिमा अनुभवी मानिएका आचार्यले सम्हाल्न लागेका छन् । श्रीलंकाका लागि नेपाली राजदुत रहिसकेका आचार्य पूर्वकानून मन्त्री तथा संविधानसभा अन्तर्गतको संवैधानिक समितिका पूर्वसभापति समेत […]

‘विमानस्थलमा सामान जफत गर्ने क्रम जारी छ’

२३ माघ, काठमाडौं । सरकारले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा यात्रुको समान जाँचमा निकै कडाइ गरेको छ । तोकिएको भन्दा बढी परिमाणमा समान ल्याए जफत गरेर राखिदिने काम भइरहेको छ । विमानस्थल भन्सारका हाकिम यो क्रम अझै जारी रहेको बताउँछन् । राजस्वको लक्ष्य भेट्न मुस्किल भएपछि सरकारले विमानस्थलमा आउने यात्रुलाई तोकिएको भन्दा बढी समान […]

अमेरिकाले ओली र प्रचण्डलाई लडाउन खोज्यो

२१ माघ, काठमाडौं । परराष्ट्र मन्त्रालयले सरकारका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गरेपछि भेनेजुएला प्रकरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विज्ञप्तिले तरंगित कुटनीति मत्थर होला भन्ने अपेक्षा सही सावित भएन । गत शुक्रबार सरकारले आयोजना गरेको ‘डिप्लोम्याटिक ब्रिफिङ’ मा राजदुतलाई सहभागी नगराएर अमेरिकाले आफ्नो असन्तुष्टि कुटनीतिक क्षेत्रले स्पष्ट बुझ्ने गरी प्रकट […]

‘मदन भण्डारीलाई अमेरिकाले मारेको हो भन्ने तथ्यसहित प्रस्तुत गरेको छु’

१९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता एवं पूर्वमन्त्री प्रदीप नेपालले अहिले पनि आफू सञ्जय थापा नै भएको घोषणा गरेका छन् । यही घोषणाअन्तरगत आफूले लेखेका ५१ वटा साहित्यिक पुस्तकलाई सञ्जय थापाको नामबाट प्रकाशित गर्न समि प्रतिष्ठानसँग उनले सम्झौता पनि गरेका छन् । यसै महिनाको अन्त्यदेखि क्रमशः उनका सबै पुस्तकमा सञ्जय थापा नाम […]

‘अमेरिकी साम्राज्यवादलाई ओली र प्रचण्डले चुनौती दिएकै हुन्’

१६ माघ, काठमाडौं । भेनेजुएलासँग नेपालको सम्बन्ध तेल र सुन दुबै व्यापारमा छैन र अझै कैयौं वर्ष हुँदैन । तथापि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको एउटा वक्तव्यका कारण भेनेजुएलासँग नेपालीको चासो बढेको छ । भेनेजुएलासँग नेपालको साइनो गाँस्ने र प्रचण्ड वक्तव्यको ‘फण्डा’ उब्जाउने पात्रका रुपमा नेकपाको पंक्तिबाटै इंगित गरिएका पात्र हुन्- बलराम बास्कोटा । […]

पाटनमा नांगो तार देखेर डर लाग्यो– कुलमान घिसिङ

१३ माघ, काठमाडौं । जनकपुरमा मोटरसाइकलमा पोलमा ठोक्किँदा तार खसेर दुई जनाले ज्यान गुमाएको एक हप्ता नबित्दै शुक्रबार धनुषा जिल्लाकै सबैलामा जन्ती लिएर आएको बसमा करेन्ट लागेर ६ जनाले ज्यान गुमाए । बिजुलीका कारण ज्यान गुमाउनेको संख्या बढेसँगै सर्वसाधारणले विद्युतीय जोखिम व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरणले लापरवाही गरेको आरोप लगाउन थालेका छन् । यस्ता घटनालाई गम्भीररुपमा […]

‘महंगा स्कुल रहिरहन्छन्, शुल्क बजारले निर्धारण गर्छ’

११ माघ, काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले निजी स्कुलहरुलाई संघीय ऐन लागू भएसँगै गैरनाफामूलक बनाउने सिफारिस गरेसँगै शिक्षाको सिंगो बहस त्यतैतिर सोझिएको छ । निजी स्कुल सञ्चालकहरु मात्र होइन, अरुले पनि सार्वजनिक स्कुल सुधार गर्नुको साटो राम्रो भएका निजीलाई कमजोर बनाउन खोजिएको त होइन भन्ने आशंका गरेका छन् । यो आशंका पनि स्वाभाविकै छ […]

राजपाका लागि सरकारमा जाने बाटो बन्द छ

८ माघ, काठमाडौं । चक्रिय प्रणाली अनुसार राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलको नयाँ संयोजकमा महेन्द्र राय यादव चयन भएका छन् । आइतबारदेखि संयोजकको जिम्मेवारी सम्हालेका यादवले अनलाइनखबरसँगको अन्तर्वार्तामा राजपाका लागि सरकारमा जाने बाटो बन्द अवस्थामा रहेको बताए । संयोजक यादवले अनलाइनखरसँग भने, ‘हामीलाई सरकारमा जाने बाटै छैन । आन्दोलन गरेका साथीहरू जेलमा छन् […]

कांग्रेसले संसदीय प्रक्रिया गोविन्द केसीलाई जिम्मा लगाएर भाग्न खोजेको हो ?

७ माघ, काठमाडौं । डा.गोविन्द केसीको १५ औं अनशन तोडाउने बेला सरकारसँग सहमति गराउने मुख्य सूत्रधार थिए नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङ । आफूसँग भएको सहमतिविपरित चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजिएको भन्दै केसीले सुवास नेम्वाङको विरोधमात्र गरेनन्, नेम्वाङकै निर्वाचन क्षेत्र इलाममा गएर अनसन थाले । इलाममा अपेक्षित समर्थन पाउन नसकेका केसीलाई […]

सरकारले विश्वास गुमायो, अब मुलुक चलाउन सक्दैन

७ माघ, काठमाडौं । आठ दिनदेखि अनशनरत डा. गोविन्द केसीको बिरोधलाई बेवास्ता गर्दै सरकारले संसद बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । सरकारको दाबी छ कि डा. केसीका अधिकांश माग पूरा भइसकेका छन्, त्यसैले अनशनको औचित्य छैन । तर, केसीले भने विगतमा सरकारले आफूसँग गरेको सहमति र सम्झौताविपरित विधेयक ल्याइएको बताउँदै आएका […]

‘नेपाली पुस्तक स्तरीय छैनन् भन्नेले पढेकै हुँदैनन्’

नेपालमा हजारौं डाक्टर, इन्जिनियर र अन्य पेशागत व्यक्तिहरु छन्  । उनीहरुमध्ये कतिले आफूले पाएको ज्ञान आम पाठकलाई बाँड्ने गरेका छन् त ? कतिपय चिकित्सक आफूले पाएको ज्ञान बाँड्नु त परेको कुरा, नजिक आउने व्यक्तिहरुसँग राम्रो ब्यवहार गर्न पनि जान्दैनन् । अरु पेसाकर्मी-व्यवशायीको प्रायः यही ताल हुन्छ । केही व्यवसायिक व्यक्ति आफूले थाहा पाएका कुरा बाँड्ने […]

‘कानुनअनुसार दर्ता नभएसम्म टुटल र पठाओलाई रोक्न भनेका छौं’

टुटल, पठाओलाई अवैधानिक भन्दै कारबाही थालेपछि सःशुल्क लिफ्ट सेवाबारे बहस सुरु भएको छ । कतिपयले ट्राफिक प्रहरीको अभियानको प्रसंसा गरेका छन् भने धेरैले आलोचना गरेका छन् । किन कारबाही अभियान थाल्यो त ट्राफिक प्रहरीले ? ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जयराज सापकोटासँग गरिएको संक्षित कुराकानीः भाडामा यात्रु बोक्ने निजी सवारीविरुद्ध कारवाही अभियान सुरु गर्नु भएछ, […]

‘सबैलाई खुशी दिन सकेँ !’

३० पुस, काठमाडौं । अन्तर्राष्ट्रिय फ्रेन्चाइज टी ट्वान्टी प्रतियोगिताहरुमा व्यस्त नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने यतिबेला बंगलादेशमा छन् । आफूले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइरहेको सफलताले सबैलाई खुशी दिन सकेको बताउँदै उनले बिग व्यासपछि अझै आत्मविश्वास बढेको बताएका छन् । बंगलादेश प्रिमियर लिगमा सेलेट सिक्सर्सबाट खेलिरहेका उनी अस्ट्रेलियामा भइरहेको बिग ब्यास लिग बीचमै छाडेर बंगलादेश आएका […]

‘विवेकशील साझामा गाँठो बनाउन सक्थें तर, कठोर बाटो रोजेँ’

विवेकशील साझा पार्टीबाट अलग भएपछि विवेकशील नेपाली दल ब्युँताउने अभियानमा जुटेका युवाहरु आन्तरिक छलफलमा जुटेका छन् । यसको अगुवाई उज्वल थापाले गरेका छन् । यो समूहमा रञ्जु दर्शनासमेत छिन् । आइतबार अन्तरवार्ताका लागि पुग्दा उनीहरु बानेश्वरमा छलफलमै व्यस्त थिए । लगत्तै खाजा खान निजामती अस्पतालको क्यान्टिनमा पुगेका यो समूहका नेता उज्वल थापासँग त्यहीको चौरीमा बसेर […]

‘महसुल घटाउँछु, नाफा बढाउँछु !’

२५ पुस, काठमाडौं । नेपाल टेलिकममा नवनियुक्त प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले ०५९ सालमा टेलिकममा सातौं तहको इन्जिनियरका रुपमा प्रवेश गरेका थिए । १६ वर्षपछि अहिले नेतृत्वमा पुगेका छन् । अधिकारी सेवामा प्रवेश गर्दा नेपाली बजारमा नेपाल टेलिकमको एकाधिकार जस्तै थियो । अहिले अवस्था बदलिएको छ । टेलिफोन र इन्टरनेट सेवामा निजी सेवा प्रदायक कम्पनीहरुले टेलिकमलाई […]

‘लेखकले दिमाग चलाउन स्वास्थ्यप्रति सचेत हुनुपर्छ’

२१ पुस, काठमाडौं । साहित्यकार नयनराज पाण्डे डाक्टर होइनन् । चिकित्सक नभए पनि उनीसँग अनलाइनखबरले स्वास्थ्यका बारेमा कुराकानी गरेको छ । आख्यानकार पाण्डे एक वर्षअघिसम्म मोटाघाटा ‘खाइलाग्दा’ थिए । उनी लेखक-कविको जङ्सन मानिने पिपलबोटमा अरु लेखकसँग हुल बाँधिन आउँथे । विस्तारै पिपलबोटमा आउने क्रम घट्न थाल्यो कहिलेकाहीँ आइहाले पनि उनले जथाभावी खानपिन गर्न छाडे । […]

‘ओली र प्रचण्डको कार्यशैली फरक, लाइन एउटै’

माओकी स्वर्गवासी कान्छी श्रीमतीलाई कसरी हेर्ने भन्ने विवादले नेपालका कम्युनिस्ट पार्टीहरु टुटफुटको शिकार हुने गरेको इतिहास छ । भियतनाम र क्युबाको क्रान्तिलाई हेर्ने दृष्टिकोणमा विमति भएर नेकपा पटक– पटक फुटेको छ । पछिल्लो समय नेपालको मात्र नभएर एशियाकै ठूलो कम्युनिस्ट पार्टीभित्र परेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जनवाद र समाजवादको बहस शुरु भएको छ […]

‘अब नसुध्रिने मन्त्रीको टिकट काटिन्छ’

१५ पुस, काठमाडौं । नेकपाका युवा नेता योगेश भट्टराई सधैं केपी ओलीका स्थायी प्रतिपक्षजस्ता प्रतीत हुन्थे । योसाता स्थायी कमिटीको बैठक सकिएपछि हामीले भेट्दा उनी निकै प्रफुल्ल मुद्रामा प्रस्तुत भए । सांसद भट्टराईले भने- ‘प्रधानमन्त्रीले सरकारले गरेको काममा पनि काँध थाप्नुस् भन्नुभयो । हामी त त्यही भारी बोक्न नपाएर छटपटिरहेका थियौं, त्यसैले बोक्छौं भनेका छौं […]