Comments Add Comment

अन्तर्वार्ता

List Grid
‘बालुवाटारमा फासीवादको अभ्यास हुँदैछ’

९ साउन, काठमाडौं । नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले वर्तमान सरकारबाट सामाजिक फासीवादको अभ्यास भरहेको बताएका छन् । मानवअधिकारकर्मीविरुद्ध मुद्दा चलाउन प्रधानमन्त्रीको किचन क्याबिनेटबाटै मान्छे र पैसा परिचालन भएको अर्यालको आरोप छ । ‘यो निर्वाचित सामाजिक फासीवाद हो । र, यसको प्राक्टिस हुँदैछ’ मानवअधिकार अभियन्ता अर्यालले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘यो सरकार मानव अधिकारकर्मीलाई […]

‘निर्मलाका हत्यारा कहाँ छन् ?’

७ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार निर्मला पन्त प्रकरणमा राजनीतिकरण भएको आरोप लगाइरहँदा कांग्रेस सांसद डा. डिला संग्रौला अनलाइनखबरको स्टुडियोमा थिइन् । निर्मला पन्तको हत्या र बलात्कार प्रकरणमा नेपाली कांग्रेसले राजनीतिकरण गरेको गुनासो सरकारले सुरुदेखि नै गर्दै आइरहेको छ । यही सिलसिलामा मंगलबार गृहमन्त्री थापाले विपक्षीप्रति लक्षित गर्दै गुनासो मिसिएको प्रश्न गरे, […]

‘छाडा बोलेर जनजाति आन्दोलन सफल हुँदैन’

६ साउन, काठमाडौं । राज्यका सबै निकायमा समावेशिता लागु गराउने निर्णायक आन्दोलनको नेतृत्व गरेका थिए पासाङ शेर्पाले । उनी जनजाति महासंघको अध्यक्ष भएका बेला ०६३ सालमा मधेसमा उपेन्द्र यादवको नेतृत्वमा र पहाडमा पासाङ शेर्पाको नेतृत्वमा पहिचानवादी आन्दोलन भएको थियो । सामाजिक न्यायको त्यो आन्दोलनले पासाङलाई एमालेको जिल्लास्तरीय नेताबाट राष्ट्रियस्तरको नेतामात्र बनाएन, तिनै पासाङले राज्यलाई नै […]

‘भ्रष्टाचारको आहाल छ, मैले बोल्न पो मिल्दैन’

५ साउन, काठमाडौं । कुनै समय मधेस राजनीतिका बलिया हस्तिमध्ये एक थिए जेपी गुप्ता । लामो समय कांग्रेसमा रहेका उनी मधेस राजनीति तातेसँगै मधेसी जनअधिकार फोरममा गए । पछि त्यसलाई फुटाएर गणतान्त्रिक फोरम गठन गरे । तर, सर्वोच्च अदालतले अकूत सम्पत्तिको मुद्दामा भ्रष्टाचारी ठहर गर्दै जेल हालेपछि गुप्ताको राजनीतिमात्रै समाप्त भएन, कहिल्यै नमेटिने कलंकको टीका […]

‘क्रिकेटका अपराधीहरु म आफैं घोषणा गर्छु’

१ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नव सदस्यसचिव रमेश सिलवालमाथि चुनौतीका चाङ छ । नजिकिँदै गरेको दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता, नेपाल क्रिकेट संघ (क्यान) विवाद, तेक्वान्दो विवादलाई समाधान गर्दै नेपाली खेलकुदलाई सही दिशातर्फ दोहोर्‍याउन उनीमाथि चुनौती छ । विगतका सदस्य सचिवहरु उपलब्धि भन्दा विवादमा धेरै आए । त्यसबाट जोगिनु पनि छ […]

‘खुला राजनीतिमा आउन तयार छौं’

१ साउन, काठमाडौं । विद्रोही नेकपा विप्लव समूहका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले आफूहरु खुला राजनीतिमा आउन तयार रहेको बताएका छन् । भूमिगत स्थानबाट अनलाइनखबरसँग कुरा गर्दै पुनले सरकारबाट औपचारिक पत्र आएको खण्डमा वार्ताबाट नभाग्ने पार्टीको नीति रहेको बताए । वार्ताका लागि पार्टीले पूर्वशर्तहरु औपचारिकरुपमा तयार पारिनसकेको पुनको भनाइ छ । वार्ता हुनै लाग्यो भनेर अलि […]

‘वाइडबडीको तीन किस्ता तिर्न सकिएन, व्यवस्थापन विदेशीलाई दिने प्रक्रिया शुरु भयो’

२७ असार, काठमाडौं । सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) को ६१ औं वाषिर्कोत्सवको अवसरमा गतसाता निगमका उच्च अधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकै सामुन्ने निगम ऋणमा डुबेको भन्दै उद्धारका लागि याचना गरे । प्रधानमन्त्रीले चाहिँ यथास्थितिमा निगमलाई पैसा दिन नसकिने जवाफ दिँदै ठोस कार्ययोजना नल्याएसम्म पैसा नदिने बताए । निगमको नेतृत्व अहिले प्रधानमन्त्री ओलीकै विश्वासपात्र […]

‘सशस्त्र प्रहरीमा आकर्षण छ, तर तल्लो तहमा जागिर छाड्ने क्रम देखिएको छ’

२७ असार, काठमाडौं । सरकारले सशस्त्र प्रहरी बललाई दिएको एउटा महत्वपूर्ण जिम्मेवारी सीमा सुरक्षा पनि हो । तर, उत्तरी सीमामा अहिलेसम्म सशस्त्र प्रहरी पुग्न सकेको छैन । दक्षिणी सीमानामा पनि सुरक्षाको स्थिति बलियो हुन नसकेको बेलाबखतका घटनाक्रमहरुले देखाइरहेका छन् । सशस्त्र प्रहरी बलका प्रमुख आइजीपी शैलेन्द्र खनाल भन्छन्, ‘हामीले अहिले उत्तरी क्षेत्रमा पनि कार्यालय विस्तार […]

राजा महेन्द्रको उचित मूल्यांकन भएन

२२ असार, काठमाडौं । एक समयका क्रान्तिकारी कम्युनिष्ट नेता सीपी मैनालीको छवि र हैसियत अहिले निकै फेरिएको छ । उनले राष्ट्रवादी वामपन्थी नेताको छवि बनाएका छन् । तर, उनको राजनीतिक शक्ति भने निकै क्षीण भइसकेको छ । मैनाली नेकपा मालेका महासचिव हुन् । तर, उनको पार्टीले गत संसदीय चुनावमा थ्रेसहोल्ड कटाउन नसकेपछि राष्ट्रिय पार्टीको दर्जा […]

बैंकको संख्या आधा घटाउन सकिन्छ

१९ असार, काठमाडौं । बिग मर्जरको बहसले बैंकिङ क्षेत्र तताएको छ । बजेटमार्फत ठूला बैंकहरुको मर्जरलाई प्रोत्साहन गर्ने घोषणा गरेको सरकारले राष्ट्र बैंकमार्फत पार्टनर छान्न समय सीमा तोकेपछि बैंकहरु अन्तरिक तथा सामूहिक बहस तथा छलफलमा जुटेका छन् । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले दिएको १५ दिनको समय सीमाभित्र बैंकहरुले मर्जमा जाने साझेदार छान्दैछन् त […]

‘नक्कली ग्रेडिङ’ले विद्यार्थीको आत्महत्या रोकिएन

१७ असार, काठमाडौं । ०७१ मंसीर २५ गते बसेको पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषदको बैठकले एसएलसीमा परीक्षा अक्षर ग्रेडिङ प्रणाली लागुगर्ने निर्णय गर्‍यो । ०७१ मा ९९ वटा प्राविधिक विद्यालय र ०७२ देखि सबै विद्यालयमा यो प्रणाली लागु भएपछि कुनै पनि विद्यार्थीको लब्धांक पत्रमा ‘उत्तीर्ण’ वा ‘अनुत्तीर्ण’ नलेखिने भयो । त्यो निर्णयले वि.स. १९९० […]

‘विजयासँग डिभोर्स भएको छैन, सुष्मितालाई मिस गर्छु’

१५ असार, काठमाडौं । भुवन केसी नेपाली चलचित्र क्षेत्रका एक ‘पावर हाउस’ मानिन्छन् । पहिले नायकका रुपमा र पछि निर्माताको रुपमा उनले चलचित्र क्षेत्रमा राम्रै दबदवा बनाए । अहिले भुवनका छोरा अनमोल केसी नम्बर १ नायकका रुपमा स्थापित छन् । कुनै समय भुवन केसी विवाद र स्क्यान्डलका पर्यायजस्तै थिए । तर, अहिले उनी निकै बदलिएका […]

‘७ जनालाई सिरिञ्जले घोच्यो कि मनको बाघले खायो ?’

१३ असार, काठमाडौं । उपत्यकामा केही दिनयता ‘सिरिञ्ज आक्रमणका’ घटना देखिए पनि अभियुक्त पक्राउ परेकाले अब सर्वसाधारणले त्रासमा रहनुपर्ने अवस्था नरहेको नेपाल प्रहरीले आश्वस्त पारेको छ । एकपछि अर्को ‘सिरिञ्ज आक्रमण’ का घटना भएको भन्दै काठमाडौंबासीमा त्रास बढिरहेका बेला प्रहरीले सुरक्षाबारे सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गरेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर […]

‘ओलीले जस्तै देउवाले पनि सुनिरहनुभएको छैन’

८ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा महाधिवेशनको बहस चर्किन थालेको छ । पार्टी सभापति शेरबहादुर देउवा र उनको समूहले फागुनमा महाधिवेशन नगर्ने बाहना बनाइरहेको भन्दै उनी इतरको समूह आक्रोशित छ । केन्द्रीय सदस्य शेखर कोइरालाले त यस्तै आलटाल भइरहे विधानअनुसार २५ प्रतिशत केन्द्रीय सदस्यले हस्ताक्षर गरेर महाधिवेशन बोलाउनुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् […]

‘भातको बास्ना थाहा थिएन, सामन्तसँग लड्दा राप्रपा बनेँ’

८ असार, काठमाडौं । झापामा दुईपटक कांग्रेसका हस्ती कृष्णप्रसाद सिटौलासित चुनाव हारेका राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन पछिल्लोपटक उनै सिटौलालाई हराएर प्रतिनिधिसभाको सांसद बने । संसदीय चुनावमा राप्रपाले लज्जास्पद हार व्यहोर्दा उनी संसदभित्र आफ्नो पार्टीका एक्ला प्रतिनिधि बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्ला झापाको निगुरो, च्याउ र पानी खाएर हुर्केका सांसद लिङदेन सुकम्बासी वर्गबाट […]

‘माइतीघरबाट सरकारले पाठ सिक्यो, अरुले पनि सिकुन्’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली विदेश मामिलाका मात्रै जानकार नभएर घरेलु राजनीतिका समेत चिरपरिचित विश्लेषक हुन् । विगतमा राष्ट्रिय पत्रपत्रिकामा आउने राजनीतिक विश्लेषणहरुले ज्ञवालीलाई नेतासँगै विश्लेषकको समेत पहिचान दिएको हो । आन्तरिक राजनीतिका विभिन्न पाटापक्षहरु केलाउन सक्ने मन्त्री ज्ञवालीसँग हामीले शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमै घरेलु राजनीतिका विषयमा केही जिज्ञासा राख्यौं । विगतमा मिडियासँग नजिक रहेर नेपाली मिडियालाई पर्गेल्दै […]

‘तीन दिन पार्टीका लागि, चार दिन रोटीका लागि !’

१ असार, काठमाडौं । विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका प्रवक्ता भएयता पुरातन ढर्रामा चलिरहेको पार्टीको प्रचार शैली निकै फेरिएको छ । कुनै पनि विषयमा तत्काल धारणा बनाउन सक्ने तथा स्पष्ट र तार्किक ढंगले बोल्न सक्ने क्षमता भएकाले शर्मा प्रवक्ताको भूमिकामा खुबै जमेका छन् । तथापि कतिपयले चाहिँ झिनामसिना कुराहरुमा पनि प्रतिक्रिया जनाउँदै हिँड्ने र सामाजिक सञ्जालमा […]

‘पपुलिस्ट सांसदको हिम्मत भए ६ करोड लिन्न भनून्’

३१ जेठ, काठमाडौं । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया र भियतनामको भ्रमण गर्दा कांग्रेस नेता डा. नारायण खड्का पनि साथैमा थिए । अहिले उनै खड्काले प्रधानमन्त्री ओलीमा अधिनायकवादको अभ्यास गर्ने चाहना देखिएको आरोप लगाएका छन् । अहिलेको प्रणालीबाट केही काम गर्न नसकिने देखेर ओलीमा अधिनायकवादको चाहना प्रकट भएको भन्दै जनमतको बलमा नेपालमा कम्युनिस्ट अधिनायकवाद […]

‘नियतवश घुसेकाले जग्गा नपाऊन्, अरुलाई दिनुपर्छ’

२८ जेठ, काठमाडौं । सरकारले १६ वैशाखमा संसदमा दर्ता गरेको गुठीसम्बन्धी विधेयक विवादित बनेको छ । विधेयकले धर्म, संस्कृति र सम्पदा नामेट पार्न लागेको सरोकारवालाहरूले टिप्पणी गरिरहेका छन् । विधेयकविरुद्ध काठमाडौंमा आन्दोलन समेत चर्किएको छ । विधेयकको विरोधमा गुठीसम्बद्धहरूले विरोध प्रर्दशन जारी राखेका छन् । तर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्याल […]

‘सांसदले पैसा बाँड्ने, वडा सदस्यले नपाउने ?’

२७ जेठ, पोखरा । गत वर्ष गण्डकी प्रदेश सभाका सांसदहरुले ‘जनतासँग जोडिन संसद विकास कोषजस्तै बजेटको व्यवस्था हुनुपर्ने’ माग गरेको सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा गतिलो सडक बनाउने अवधारणा ल्यायो । त्यसपछि अन्य प्रदेशको भ्रमण गरेका गण्डकीका सांसदहरुले त्यताका सांसदले त्यस्तो सुविधा पाएको देखेपछि फेरी दबाब बढाए । यो पटक वैशाख ८ गते संसदलाई सम्बोधन […]

‘हो, त्यही शीर्षक केपी ओलीले सम्झिरहनुभएको छ !’

२६ जेठ, काठमाडौं । नेपाली पत्रकारितामा किशोर श्रेष्ठको आफ्नै ब्रान्ड छ । हरेक बुधबार प्रकाशित हुने जनआस्था साप्ताहिक उनले अभ्यास गरिरहेको फरक शैलीको पत्रकारिताको प्रतिविम्व हो । सम्पादक श्रेष्ठ यतिबेला प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षसमेत छन् । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष भएता पनि श्रेष्ठले पछिल्लो समय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको उनले खुलेर विरोध गरेका छन् […]