Comments Add Comment

सौन्दर्य

List Grid
अनुहार सुन्दर बनाउने चाहना छ ? त्यसो भए व्युटी फुड्सको प्रयोग गर्नुस्

बनारमा उपलब्ध विभिन्न व्युटी प्रोडक्टद्वारा अनुहारलाई आकर्षक बनाउन त सकिन्छ तर त्यस्ता प्रोडक्टको प्रभाव क्षणिक हुने गर्छ । यसको सट्टा प्राकृतिक रूपमै उत्पादन हुने विभिन्न किसिमका खानेकुराको सेवन गरेर अनुहारमा प्राकृतिक एवं दीर्घकालीन सौन्दर्य प्राप्त गर्न सकिन्छ । अनुहार, छाला तथा सम्पूर्ण शरीरलाई स्वस्थ एवं आर्कषक राख्न सकिने त्यस्ता खानेकुरालाई चिकित्सकीय भाषामा ‘व्युटी फुड्स’ भन्ने […]

चर्को घामको सोझो प्रभावले छालाको क्यान्सर हुनसक्छ, यसरी लगाउने सन क्रिम

घामको राप बढ्दैछ । घर बाहिर हिँडडुल गर्दा घामले पोल्छ, छाला डढाउँछ । घामको सोझो प्रभावले छालाको सौन्दर्य नष्ट गर्छ । साथसाथै यसको विकिरणले छालाको क्यान्सर हुने खतरा पनि रहन्छ । घामको सोझो रापबाट बच्ने कसरी त ? यसका केही काइदा छन् । पहिलो, चर्को घाममा घरबाहिर नहिँड्ने । बिहान वा साँझ मात्र घरबाहिर हिँडडुल […]

नेल आर्टले देखाउँछ महिलालार्इ स्मार्ट

सफा, स्वस्थ एवं सुन्दर नङले मानिसको सौन्दर्य वृद्धिका लागि ठूलो भूमिका खेलेको हुन्छ । युवकहरूको तुलनामा युवतिहरू नङका सौखिन हुन्छन् । हिजोआज त नङकै सौन्दर्यलाई ध्यानमा राखेर विभिन्न उपायहरू अवलम्बन गर्न थालिएको छ । त्यसकै उपज हो- नेल आर्ट । केही वर्षयता नेपालमा पनि नेल आर्ट गर्ने चलन लोकप्रिय भएको छ  । विशेष पार्टी एवं […]

वसन्त ऋतुमा कस्तो हेयर कलर गर्ने ?

वसन्त ऋतुमा आफ्नो लुक्समा परिवर्तन ल्याउने चाहना छ भने हेयर कलर सबैभन्दा राम्रो विकल्प हुनसक्छ । त्यसो त अरेन्ज, बर्गन्डी, रेड, गोल्डेन, ब्राउन, कपर एवं लाइट कलरजस्ता थुप्रै विकल्प उपलब्ध छन् तर स्वयंलाई स्टाइलिस, ग्ल्यामरस र आइ क्याची देखाउन वा भीडमा आफूलाई अलग देखाउन कपाललाई रेड टोन दिनुपर्छ । यसमा सम्बन्धित विज्ञको सेवा सल्लाह लिनु […]

बोल्ड लुकका लागि गाढा रङ्गको लिपस्टिक ?

मेकअपका विषयमा महिलाहरूको आ-आफ्नै धारणा हुने गर्छ  । मेकअपलाई लिएर जे जस्तो सोच भए पनि उनीहरूले फलो गर्न चाहने भनेको आधुनिक ट्रेण्ड नै हो । समय अनुसार चल्न सकियोस् भनेर पनि उनीहरूले आधुनिक ट्रेण्ड फलो गर्न चाहिरहेका हुन्छन् । आधुनिक ट्रेण्डमा यस्ता उत्पादन तथा रङ्गहरू पर्छन्, जसको प्रयोगले व्यक्तिको अनुहारमा हदैसम्मको परिवर्तन देखिन्छ । त्यस्ता […]

समर पार्टी कस्तो मेकअप गर्ने ?

समर पार्टीका अवसरमा फरक देखिन मेकअप पनि केही फरक हुनुपर्छ । जुनसुकै मेकअप गर्नुअघि आफ्नो छालाको प्रकार कस्तो छ भन्नेबारे थाहा पाउनुपर्छ । छाला तैलीय, सुख्खा वा सामान्य कस्तो छ, त्यहीअनुरूप मेकअप गर्नुपर्छ । सिल्भर स्मोक मेकअप गरेर केही फरक देखिन सकिन्छ । अनुहारको मेकअप मेकअप प्रारम्भ गर्नुभन्दा अनुहारमा क्लिन्जिङ गर्नुपर्छ । त्यसपछि अनुहारको टोनअनुसार […]

तपाईका यस्ता गल्ती, जसले उमेरभन्दा चाँडै बूढो बनाउँछ

अक्सर हाम्रो ध्यान्न हुन्छ, कसरी सधै जवान देखिने भन्नेमा । त्यसका लागि हामी अनेक गर्छौं । पार्लर धाउँछौं, एन्टी एजिङ क्रिम लगाउँछौं । तर, जवान देखिने यस्ता काइदाहरु दीर्घकालिन हुँदैनन् । जवान रहनका लागि बाहिरी आवरणको मात्र ख्याल गरेर पुग्दैन । भित्रैबाट स्वस्थ्य र सुन्दर हुन आवश्यक छ । यसका लागि हामीले स्वस्थ्य, सन्तुलित, पोषिलो […]

सुत्केरीले अनुहारको छालालाई कसरी स्वस्थ राख्ने ?

गर्भावस्था पश्चात सुत्केरी आमाहरूले आफ्नो अनुहारमा विशेष ध्यान दिनु आवश्यक छ । गर्भावस्था पश्चात सुत्केरी अवस्थामा महिलाहरूको अनुहार तथा छालामा विभिन्न किसिमको परिवर्तन देखा पर्छ । सुत्केरी अवस्थामा महिलाको छाला अति संवेदनशील हुने गर्छ । जसमा घाउ, खटिरा, संक्रमणजस्ता समस्याहरू देखिन्छन् । हर्मोनको स्तरमा समेत उतारचढाव देखा पर्छ । जसले गर्दा यो समयमा नवजात शिशुको […]

घरेलु उपायबाटै सकिन्छ फुलेको दार्‍ही कालो बनाउन

महिलालाई मात्र होइन, पुरुषलाई पनि उमेर अगावै बूढो देखिने रहर हुँदैन । कतिपय पुरुषहरुको कपाल तथा दार्‍ही समय अगावै फुल्ने गर्दछ । कारणस्वरूप उनीहरू तन्नेरी अवस्थामै बूढो देखिन थाल्छन् । यसको मुख्य कारण भनेको शरीरमा मेलेेनिनको कमी हुनु हो । शरीरमा मेलेनिन नामक तत्वको कमी भएमा पुरुषहरुको दार्‍ही युवावस्थामै फुल्ने गर्दछ । डराइहाल्नुचाहिँ पर्दैन, यसको […]

समर ब्युटी केयरः यसरी गरौं गर्मीमा सौन्दर्यको ख्याल

फेसियल स्क्रब फेसियल स्क्रब गर्दा छालामा जमेको मृत कोषिका निस्कन्छ र छाला सफा एवं निखारयुक्त देखिन्छ । यद्यपि पटक-पटकको प्रयोगले छालामाथि भएको सुरक्षा पत्र सुख्खा र र्‍यासेजयुक्त बन्दछ । फेसियल स्क्रबका कारण छालामा चमक सिर्जना गर्ने प्राकृतिक तैलीय ग्रन्थि पनि निस्कने गर्दछ । के गर्ने ? आवश्यकताभन्दा धेरै स्क्रब गरेर छाला बिगि्रएमा सबैभन्दा पहिले केही […]

समर मेकअप :यसरी देखाउन सकिन्छ आफुलाई आकर्षक

छालाको प्रकृति मौसमअनुसार परिवर्तन हुन्छ । छाला परिवर्तन भएसँगै मेकअपमा पनि परिवर्तन गरिएन भने स्वास्थ्य एवं सौन्दर्यका दृष्टिले हानिहारक हुनसक्छ तसर्थ गर्मी मौसममा मेकअप गर्दा मेकअपमा मात्र परिवर्तन नगरी ट्रेन्ड तथा रंगमा समेत विचार पुर्‍याउनुपर्छ । -डिप अरेन्ज, पल्म अरेन्ज, पिंक, कोरल पिंक, पर्ल रेड आदि रंग गर्मी मौसमका लागि आदर्श मानिन्छन् । मेकअप गर्दा […]

गर्मीमा आकर्षक देखिन्छ यस्तो हेयरस्टाइल

अनुहारलाई सुन्दर बनाउन कपालको ठूलो भूमिका हुन्छ । कपाललाई थोरै मात्र पनि स्टाइलिस बनाउन सके अनुहार सुन्दर तथा आकर्षक देखिन्छ । गर्मीको समयमा कपाललाई भनेजस्तो तरिकाले आकर्षक बनाउन त मुस्किल छ तर असम्भव भने छैन । गर्मीबाट बच्नकै लागि अधिकांश महिलाले कपाल पोको पार्ने गर्छन्, कतिले बाँधेर पनि राख्छन् भने नयाँ हेयर स्टाइल ट्राई नै […]

लिपिस्टिक दल्नुअघि पढ्नुस यी १० टिप्स

महिलाहरुको महत्वपूर्ण सौन्दर्य प्रशाधन सामग्रीमध्ये एउटा हो लिपिस्टिक । सबै मेकअप गरेर पनि लिपिस्टिक नलगाएमा महिला अधुरो देखिन्छन् । यसो हेर्दा लिपिस्टिक लगाउनु कुनै गाह्रो काम होइन । बच्चाले पनि घस्न सक्छन् । तर, ढंगले लगाउने हो भने धेरै कुराहरुमा विचार पुर्‍याउनुपर्छ । हामी लिपिस्टिक दल्दा ध्यान दिनुपर्ने केही कुराहरु यहाँ उल्लेख गर्दैछौं । १. […]

सदाबहार सौन्दर्यका लागि अपनाऔं यस्ता तरिका

सौन्दर्यको रसपान गर्न कसले चाहँदैन र ? सुन्दरता देखेर को लोभिँदैन र ? सुन्दरता चाहे जस्तोसुकै होस्, प्राकृतिक वा कृत्रिम, मानव मन कुनचाहिँ रूपको रापले सेकिँदैन र ? सुन्दर बन्नु मानव सभ्यताको सुरुदेखिकै चाहना हो । विशेष गरी महिलाहरू सौन्दर्यका दृष्टिले उत्कृष्ट मानिन्छन् भने सुन्दर हुने होडमा पनि पुरुषले महिलालाई जित्न सक्दैन । प्राचीन संस्कृतिहरूमा […]

गर्मीमा कसरी जोगाउने छाला र कपालको सौन्दर्य ?

गर्मीमा चर्को घाम र धुलो-धूँवाले अनुहार तथा हातखुट्टाको छालालाई सोझो असर गर्छ । घामले छालालाई कालो बनाउँछ । छालाको पानी सोस्छ र रुखो बनाउँछ । छाला फुस्रो हुने, रुखो हुने समस्या हुन्छ । मध्यन्हको चर्को घाममा घरबाहिर हिँड्ने अझ मोटरसाइकल, स्कुटरमा कुद्नेहरुले अनुहारको सुरक्षा खोज्नुपर्छ । मोटरसाइकल एवं स्कुटरमा धुलो, धूँवाले अझ बढी असर गर्छ […]

कस्तो अनुहारमा कस्तो कलरको प्रयोग उपयुक्त

हिजोआज हेयर कलरिङ मानिसको बाध्यता मात्र नभई फेसन बन्दै गएको छ । हेयर कलरिङले कपाल रङ्याउने मात्र नभई व्यक्तिलाई आकर्षक देखाउनुका साथै व्यक्तित्वमा निखार समेत ल्याउने गर्छ । यद्यपि, कलरिङ सही ढंगबाट नभएको खण्डमा यसले कपाललाई नोक्सान समेत पुर्‍याउन सक्छ  । त्यसैले हेयर कलरिङगर्नु पूर्व यसबारे पूर्ण रूपमा जानकारी हुनु आवश्यक छ । सामान्यतः मानिसहरूले […]

यसरी गरौं ५ मिनेटमै मेकअपः पार्लर धाइरहनु पर्दैन

कुन महिला त्यस्ती होलिन् जसमा मेकअप गरेर आफ्नो सौन्दर्यमा निखार ल्याउने तथा प्रशंसा बटुल्ने चाहना नहोस् । कमकाजी होऊन् वा गृहिणी, कम समयमै मेकअप गर्न चाहन्छन्, प्राकृतिक मेकअप । यहाँ ५ मिनेटमै कसरी मेकअप गर्न सकिन्छ त भनेर बताइएको छ, जसलाई गर्न सजिलो समेत छ । पाउडर पाउडरको तुलनामा क्रिम आइस्याडो तथा क्रिम ब्लस अनले […]

स्याम्पू तथा कन्डिसनरको सही छनोट आवश्यक छः सानिया

मेकअप आर्टिस्ट तथा हेयर स्टाइलिस्ट सानिया सदादपुरी (२५) भारतकी चर्चित हेयर स्टाइलिस्टमध्ये एक हुन् । भारतीय अभिनेत्री विपाशा वसु, कंगना रनावत, रिचा चड्ढाजस्ता दर्जनौं कलाकारहरूको हेयर स्टाइल बनाएर छोटो अवधिमै बलिउडको दुनियाँमा आˆनो छुट्टै पहिचान बनाउन सफल सानिया हालै मात्र ड्यामेज प्रोटेक्सन न्यु लिवन सेरमसित अनुवबन्धित भएकी छिन् । बजार प्रवर्द्धन गर्ने उद्देश्यले लिवन सेरमले […]

गर्मीको मेकअपः कसरी टिकाइराख्ने ?

गर्मी होस् या जाडो । जुनसुकै मौसममा आफू सुहाउँदो मेकअप गरेर हिंडन जसलाई पनि मन लाग्छ । अझ महिलामा त मेकअपको चाहना बढी नै हुन्छ । गर्मी याममा भने मेकअप टिकाइराख्नकै झमेला । मेकअप आर्टिस्टहरू पनि गर्मी मौसममा सकेसम्म हल्का तथा वाटरप्रुफ मेकअप गर्न सुझाव दिन्छन् । मेकअप बेस कुनै पनि मेकअपको सुरुवात मेकअप बेसबाट […]

यसरी सुन्दर हुनसक्छ, कामकाजी महिलाको अनुहार

आधुनिक महिलामाथि दोहोरो जिम्मेवारी छ । एकातिर घरगृहस्थी, अर्कोतिर अफिसको कामकाज । यो व्यस्तताका कारण उनीहरूले आफ्नै लागि समय निकाल्न सकिरहेका हुँदैनन् । यसैकारण उनीहरूले न त आफ्नो स्वास्थ्यको ख्याल गर्न सक्छन्, न त सौन्दर्यकै । कामकाजी महिलाले चिन्ता लिइहाल्नुचाहिँ पर्दैन । पन्ध्र दिनमा कम्तीमा एक पटक पार्लर गएर तथा घरेलु उपाय अपनाएर आफ्नो अनुहार […]

एकै ठाँउमा किन आउँछ बारम्बार डण्डीफोर ?

‘गालामा रैछ डण्डीफोर माया लाउँ भने हुन्छ क्यारे बोर’ केही वर्षपहिले धरहरा म्यूजिक सेन्टरले बजारमा ल्याएको यो लोक दोहोरीमा भनिएँझैं गालामा डण्डीफोर आउँदा कम्ती बोर हुँदैन । एक त अनुहारको शौन्दर्य बिग्रने, अर्को मनमा चिन्ता परीरहने । के तपाई पनि डण्डीफोरका कारण चिन्तामा हुनुहुन्छ ? के तपाईको अनुहारमा हप्तैपिच्छे डण्डीफोर आउँछ, त्यो पनि बारम्बार एकै […]