Comments Add Comment

सौन्दर्य

List Grid
घरेलु उपायबाटै सकिन्छ फुलेको दार्‍ही कालो बनाउन

महिलालाई मात्र होइन, पुरुषलाई पनि उमेर अगावै बूढो देखिने रहर हुँदैन । कतिपय पुरुषहरुको कपाल तथा दार्‍ही समय अगावै फुल्ने गर्दछ । कारणस्वरूप उनीहरू तन्नेरी अवस्थामै बूढो देखिन थाल्छन् । यसको मुख्य कारण भनेको शरीरमा मेलेेनिनको कमी हुनु हो । शरीरमा मेलेनिन नामक तत्वको कमी भएमा पुरुषहरुको दार्‍ही युवावस्थामै फुल्ने गर्दछ । डराइहाल्नुचाहिँ पर्दैन, यसको […]

समर ब्युटी केयरः यसरी गरौं गर्मीमा सौन्दर्यको ख्याल

फेसियल स्क्रब फेसियल स्क्रब गर्दा छालामा जमेको मृत कोषिका निस्कन्छ र छाला सफा एवं निखारयुक्त देखिन्छ । यद्यपि पटक-पटकको प्रयोगले छालामाथि भएको सुरक्षा पत्र सुख्खा र र्‍यासेजयुक्त बन्दछ । फेसियल स्क्रबका कारण छालामा चमक सिर्जना गर्ने प्राकृतिक तैलीय ग्रन्थि पनि निस्कने गर्दछ । के गर्ने ? आवश्यकताभन्दा धेरै स्क्रब गरेर छाला बिगि्रएमा सबैभन्दा पहिले केही […]

समर मेकअप :यसरी देखाउन सकिन्छ आफुलाई आकर्षक

छालाको प्रकृति मौसमअनुसार परिवर्तन हुन्छ । छाला परिवर्तन भएसँगै मेकअपमा पनि परिवर्तन गरिएन भने स्वास्थ्य एवं सौन्दर्यका दृष्टिले हानिहारक हुनसक्छ तसर्थ गर्मी मौसममा मेकअप गर्दा मेकअपमा मात्र परिवर्तन नगरी ट्रेन्ड तथा रंगमा समेत विचार पुर्‍याउनुपर्छ । -डिप अरेन्ज, पल्म अरेन्ज, पिंक, कोरल पिंक, पर्ल रेड आदि रंग गर्मी मौसमका लागि आदर्श मानिन्छन् । मेकअप गर्दा […]

गर्मीमा आकर्षक देखिन्छ यस्तो हेयरस्टाइल

अनुहारलाई सुन्दर बनाउन कपालको ठूलो भूमिका हुन्छ । कपाललाई थोरै मात्र पनि स्टाइलिस बनाउन सके अनुहार सुन्दर तथा आकर्षक देखिन्छ । गर्मीको समयमा कपाललाई भनेजस्तो तरिकाले आकर्षक बनाउन त मुस्किल छ तर असम्भव भने छैन । गर्मीबाट बच्नकै लागि अधिकांश महिलाले कपाल पोको पार्ने गर्छन्, कतिले बाँधेर पनि राख्छन् भने नयाँ हेयर स्टाइल ट्राई नै […]

लिपिस्टिक दल्नुअघि पढ्नुस यी १० टिप्स

महिलाहरुको महत्वपूर्ण सौन्दर्य प्रशाधन सामग्रीमध्ये एउटा हो लिपिस्टिक । सबै मेकअप गरेर पनि लिपिस्टिक नलगाएमा महिला अधुरो देखिन्छन् । यसो हेर्दा लिपिस्टिक लगाउनु कुनै गाह्रो काम होइन । बच्चाले पनि घस्न सक्छन् । तर, ढंगले लगाउने हो भने धेरै कुराहरुमा विचार पुर्‍याउनुपर्छ । हामी लिपिस्टिक दल्दा ध्यान दिनुपर्ने केही कुराहरु यहाँ उल्लेख गर्दैछौं । १. […]

सदाबहार सौन्दर्यका लागि अपनाऔं यस्ता तरिका

सौन्दर्यको रसपान गर्न कसले चाहँदैन र ? सुन्दरता देखेर को लोभिँदैन र ? सुन्दरता चाहे जस्तोसुकै होस्, प्राकृतिक वा कृत्रिम, मानव मन कुनचाहिँ रूपको रापले सेकिँदैन र ? सुन्दर बन्नु मानव सभ्यताको सुरुदेखिकै चाहना हो । विशेष गरी महिलाहरू सौन्दर्यका दृष्टिले उत्कृष्ट मानिन्छन् भने सुन्दर हुने होडमा पनि पुरुषले महिलालाई जित्न सक्दैन । प्राचीन संस्कृतिहरूमा […]

गर्मीमा कसरी जोगाउने छाला र कपालको सौन्दर्य ?

गर्मीमा चर्को घाम र धुलो-धूँवाले अनुहार तथा हातखुट्टाको छालालाई सोझो असर गर्छ । घामले छालालाई कालो बनाउँछ । छालाको पानी सोस्छ र रुखो बनाउँछ । छाला फुस्रो हुने, रुखो हुने समस्या हुन्छ । मध्यन्हको चर्को घाममा घरबाहिर हिँड्ने अझ मोटरसाइकल, स्कुटरमा कुद्नेहरुले अनुहारको सुरक्षा खोज्नुपर्छ । मोटरसाइकल एवं स्कुटरमा धुलो, धूँवाले अझ बढी असर गर्छ […]

कस्तो अनुहारमा कस्तो कलरको प्रयोग उपयुक्त

हिजोआज हेयर कलरिङ मानिसको बाध्यता मात्र नभई फेसन बन्दै गएको छ । हेयर कलरिङले कपाल रङ्याउने मात्र नभई व्यक्तिलाई आकर्षक देखाउनुका साथै व्यक्तित्वमा निखार समेत ल्याउने गर्छ । यद्यपि, कलरिङ सही ढंगबाट नभएको खण्डमा यसले कपाललाई नोक्सान समेत पुर्‍याउन सक्छ  । त्यसैले हेयर कलरिङगर्नु पूर्व यसबारे पूर्ण रूपमा जानकारी हुनु आवश्यक छ । सामान्यतः मानिसहरूले […]

यसरी गरौं ५ मिनेटमै मेकअपः पार्लर धाइरहनु पर्दैन

कुन महिला त्यस्ती होलिन् जसमा मेकअप गरेर आफ्नो सौन्दर्यमा निखार ल्याउने तथा प्रशंसा बटुल्ने चाहना नहोस् । कमकाजी होऊन् वा गृहिणी, कम समयमै मेकअप गर्न चाहन्छन्, प्राकृतिक मेकअप । यहाँ ५ मिनेटमै कसरी मेकअप गर्न सकिन्छ त भनेर बताइएको छ, जसलाई गर्न सजिलो समेत छ । पाउडर पाउडरको तुलनामा क्रिम आइस्याडो तथा क्रिम ब्लस अनले […]

स्याम्पू तथा कन्डिसनरको सही छनोट आवश्यक छः सानिया

मेकअप आर्टिस्ट तथा हेयर स्टाइलिस्ट सानिया सदादपुरी (२५) भारतकी चर्चित हेयर स्टाइलिस्टमध्ये एक हुन् । भारतीय अभिनेत्री विपाशा वसु, कंगना रनावत, रिचा चड्ढाजस्ता दर्जनौं कलाकारहरूको हेयर स्टाइल बनाएर छोटो अवधिमै बलिउडको दुनियाँमा आˆनो छुट्टै पहिचान बनाउन सफल सानिया हालै मात्र ड्यामेज प्रोटेक्सन न्यु लिवन सेरमसित अनुवबन्धित भएकी छिन् । बजार प्रवर्द्धन गर्ने उद्देश्यले लिवन सेरमले […]

गर्मीको मेकअपः कसरी टिकाइराख्ने ?

गर्मी होस् या जाडो । जुनसुकै मौसममा आफू सुहाउँदो मेकअप गरेर हिंडन जसलाई पनि मन लाग्छ । अझ महिलामा त मेकअपको चाहना बढी नै हुन्छ । गर्मी याममा भने मेकअप टिकाइराख्नकै झमेला । मेकअप आर्टिस्टहरू पनि गर्मी मौसममा सकेसम्म हल्का तथा वाटरप्रुफ मेकअप गर्न सुझाव दिन्छन् । मेकअप बेस कुनै पनि मेकअपको सुरुवात मेकअप बेसबाट […]

यसरी सुन्दर हुनसक्छ, कामकाजी महिलाको अनुहार

आधुनिक महिलामाथि दोहोरो जिम्मेवारी छ । एकातिर घरगृहस्थी, अर्कोतिर अफिसको कामकाज । यो व्यस्तताका कारण उनीहरूले आफ्नै लागि समय निकाल्न सकिरहेका हुँदैनन् । यसैकारण उनीहरूले न त आफ्नो स्वास्थ्यको ख्याल गर्न सक्छन्, न त सौन्दर्यकै । कामकाजी महिलाले चिन्ता लिइहाल्नुचाहिँ पर्दैन । पन्ध्र दिनमा कम्तीमा एक पटक पार्लर गएर तथा घरेलु उपाय अपनाएर आफ्नो अनुहार […]

एकै ठाँउमा किन आउँछ बारम्बार डण्डीफोर ?

‘गालामा रैछ डण्डीफोर माया लाउँ भने हुन्छ क्यारे बोर’ केही वर्षपहिले धरहरा म्यूजिक सेन्टरले बजारमा ल्याएको यो लोक दोहोरीमा भनिएँझैं गालामा डण्डीफोर आउँदा कम्ती बोर हुँदैन । एक त अनुहारको शौन्दर्य बिग्रने, अर्को मनमा चिन्ता परीरहने । के तपाई पनि डण्डीफोरका कारण चिन्तामा हुनुहुन्छ ? के तपाईको अनुहारमा हप्तैपिच्छे डण्डीफोर आउँछ, त्यो पनि बारम्बार एकै […]

अनुहारलाई मुलायम बनाउन र चाहुरी लुकाउन यसो गरौं

मेकअप अर्थात आफुलाई सुन्दर बनाउाने एउटा उपाय । मेकअपले हाम्रो व्यक्तित्व चम्काउँछ । मेकअप गर्ने सबैको आ-आˆनै शैली हुन्छ । विशेषता पनि हुन्छ । कसैले साधारण मेकअपबाट नै आफूलाई सुन्दर महसुस गर्छन् भने कसैले आफूलाई सुन्दर देखिन विभिन्न शौन्दर्य प्रशाधन प्रयोग गर्ने गर्छन् । मेकअप जसरी गरे पनि त्यसमा छुटाउन नहुने भनेको प्राइमर हो । […]

१० खानेकुरा, जसले निर्खाछ अनुहारको सुन्दरता

सुन्दर अनुहार को चाहँदैन ? चमकदार छाला को चाहँदैन ? तर, यसका लागि बिहान-बेलुकी क्रिम घसेर मात्र पुग्दैन । सौन्दर्य प्रशाधनले मानिसलाई क्षणिकरुपमा सुन्दर बनाउँछ, जुन दिगो हुँदैन । दिगो सुन्दरताका लागि भने आफ्नो जीवनशैलीमै सुधार ल्याउनुपर्छ । विशेषतः खानपानमा । यहाँ हामी १० वटा खानेकुराहरु सिफारिस गर्दैछौं, जसको सेवनले तपाईं सुन्दर अनुहार र स्वस्थ […]

स्टाइलिस अभिनेत्री सोनम कपुरले खुलाइन्, सेलिब्रेटीको सौन्दर्य राज

बलिउड अभिनेत्री सोनम कपुर निकै फेसनेवल छिन् । अक्सर बलिउडमा उनको फेसनको चर्चा हुन्छ । अनिल कपुरकी यी स्टाइलिस छोरीले आफ्नो सौन्दर्यका बारेमा केहि खुलासा गरेकी छिन् । उनले शोसल मिडियामा साझेदार गरेकी उक्त पोस्ट निकै भाइरल भएको छ । पोस्टमा उनले खुलाएकी छिन्, ‘स्त्रिmन वा सार्वजनिक स्थानमा देखापर्नुअघि आफुलाई सुन्दर देखाउन कति मिहेनत गर्नुपर्छ […]

यो हो अनुहारको मेकअप हटाउन सही तरिका

भनिन्छ, महिलाको सुन्दरता उसको अनुहारमा लुकेको हुन्छ । अनुहारलाई  सुन्दर देखाउनकै लागि महिलाहरु लामो समय मेकअपमा खर्चिने गर्छन् । तर, मेकअप गर्दा जति सावधानी अपनाउँछन्, हटाउँदा त्यति ध्यान दिएको पाइँदैन । जबकि, अनुहारमा चमक ल्याउन तथा सुन्दरता बढाउन मेकअप जति आवश्यक हुन्छ, त्यसलाई कायम राख्न सही तरिकाबाट हटाउन पनि त्यति नै जरुरी हुन्छ । किनकि, […]

ह्यान्डसम देखिन दाह्रीका ५ स्टाइल: तपाईंलाई कुन सुहाउँछ ?

कुनैबेला सफाचट अनुहार देख्दा भन्थे, ‘आहा क्या ह्यान्डसम ।’ अहिले अनुहारमा दाह्रीको बान्की देख्दा भन्न थालेका छन्, ‘आहा क्या स्टाइलिस ।’ हो, अहिले दाह्रीको फेसन छ । कुनै खेलाडी होस् वा कलाकर्मी, सबैले थरीथरीका दाह्री सजाउन थालेका छन् । यहि शैलीलाई आम युवाले पनि जस्ताको तस्तै अनुसरण गरिरहेका छन् । विगतमा दाह्री/जुँगालाई पुरुषको शान मानिन्थ्यो […]

पानीको वाफले यसरी चम्काउँछ अनुहार

अनुहार कसरी सुन्दर बनाउने ? कसरी मुलायम बनाउने ? कसरी ताजा बनाउने ? अक्सर हामी यसैको खोजीमा हुन्छ । त्यसैले त कहिले थरीथरीका सौन्दर्य प्रसाधन प्रयोग गरिरहेका हुन्छौं, कहिले पार्लर धाइरहेका हुन्छौं । अनुहारको सौन्दर्यले समग्र व्यक्तित्वमा प्रभाव पार्छ । त्यसैले सकेसम्म हामी अनुहारलाई आकर्षक, दागरहित, ताजा देखाउन चाहन्छौं । त्यसो त अहिले अनुहार चम्काउनका […]

दुध र महको लेपले यसरी छाला चम्किलो र मुलायाम बन्छ

जाडो मौसममा सामान्यतया अनुहारको रौनक घट्छ र अनुहारको छाला फुस्रो हुन थाल्छ । यसको सरल समाधान छ, घरेलु लेप । अर्थात बजारको महगो मोश्चराइजर क्रिम प्रयोग गर्नुपर्छ भन्ने छैन । घरमै उपलब्ध सामाग्रीको लेप बनाएर लगाउन सकिन्छ । यसका लागि चाहिन्छ, मह र दुध । भनिहालौं, मह र दुधको लेप लगाउँदा अनुहार चम्किलो हुन्छ । […]

अनुहारको चमक बढाउने यी हुन् सजिलो उपाय

अनुहारलाई कसरी आकर्षक बनाउने ? अनुहारमा कसरी चमक ल्याउने ? कसरी नरम बनाउने ? अक्सर धेरैको मनमा उब्जने प्रश्न हो यो । हुन पनि झट्ट हेर्दा देखिने भाग हो, अनुहार । अनुहारको सौन्दर्य नै फिका छ भने त्यसले समग्र व्यक्तित्व ओझेल बनाइदिन्छ । अहिलेको जमानामा व्यक्तित्वको पनि उत्तिकै महत्व छ । व्यक्तित्वले नै दोस्रो व्यक्तिलाई […]