Comments Add Comment

कभर स्टोरी

List Grid
को उच्च को नीच ?

कति सामान्य कुरा छ, जात भनेको स्तर होइन जसले ‘उच्च’ र ‘नीच’को भेद छुट्याउँछ । को उच्च, को नीच भन्ने कुरा त व्यक्तिको सोंच, चिन्तन, बुद्धी, विवेक, ढंग, कर्म, व्यवहारले वर्गिकरण गर्ने कुरा हो । यो सामान्य ज्ञान समेत नभएको कतिपय व्यक्ति आज ‘यो जात उच्च, त्यो जात नीच’ भनेर भ्रम, दम्भ र स्वार्थको घनचक्करमा […]

कति स–सना कुरामा लुकेको छ खुसी ?

एक दिनको अवधीलाई विभाजन गरेर हेर्नुहोस्, तपाईं दिनभरमा कति खुसी हुनुभयो ? कति दुःखी हुनुभयो ? कति उत्साहित हुनुभयो ? कति निरास हुनुभयो ? कति उन्मुक्त हुनुभयो, कति चिन्तित हुनुभयो ? हिसाब किताब गर्दा हामीले विताएका धेरैजसो क्षण दुःख, चिन्ता, ग्लानी, निरासा, उदासीमा वितेको हुनसक्छ । हामी लामो अवधी खुसीको स्थितिमा सायदै रहन सक्यौं । […]

सय बर्षभन्दा बढी बाँच्नेहरुको खानपान र जीवनशैली कस्तो छ ?

केरोना भाइरसको कारण धेरैजनाले अकालमै ज्यान गुमाइरहेका छन् । कोरोना मात्र होइन यस्ता थुप्रै रोग छन्, जसले मान्छेलाई पूर्ण आयु बाँच्न दिएकोृ छैन । पुरा आयु बाँच्न नपाई मृत्युको मुखमा धकेल्दैछ । यस्तो पृष्टभूमीमा कसैले ‘जीवेत शरदः शतम्’ अर्थात सय बर्ष बाँच्ने आर्शिवाद दिन्छन् भने के त्यो आर्शिवाद सत्य सावित होला ? आखिर कसरी सय […]

शरीर कति अद्भूत छ ?

हाम्रो शरीरले प्रकृतिबाट अन्न, सागपात, पानी, हावा ग्रहण गर्छ । त्यही कुरालाई शरीरले बल, उर्जा एवं शक्ति मात्र होइन बुद्धि, विवेक, कल्पनाशिलता, सिर्जनशिलतामा पनि रुपान्तरण गर्छ । यी सबै काम शरीरका भित्री यन्त्रहरुले यति चुपचाप र शान्त ढंगले गर्छ कि, न त्यसले ध्वनी पैदा गर्छ न कम्पन । आठ चक्र र नौ द्वार भएको मानव […]

यी पाँच गुण जसले जीवन सहज बनाउँछ

नेपालीमा एउटा भनाई छ, ‘संसार आफु अन्सार ।’ हामी आफु जस्तो हुन्छौं, हामी बाँच्ने संसार पनि त्यस्तै हुन्छ । हामी रुखो छौं, खराब छौं भने हाम्रो लागि संसार साँघुरो र असहज हुन्छ । हाम्रा सत्रु धेरै हुन्छन् । आपत विपतमा हामीलाई सहयोग गर्नेहरु भेटिदैनन् । जब हामी सबैप्रति सद्भाव राख्छौं, सबैलाई सम्मान गर्छौं, सबैलाई प्रेम […]

केही त बदलिनै पर्छ

हिजो र आजको जीवनशैलीबीच कति परिवर्तन पाउनुभएको छ ? हिजो तपाईंको दैनिकी कसरी चल्दै थियो ? आज तपाईं कस्तो अवस्थामा हुनुहुन्छ ? खासगरी कोरोना संक्रमण बढेसँगै विश्वकै मानव समुदायको जीवनशैलीमा केही फेरबदल आएको छ । कार्यथलो धाउने, यात्रा गर्ने, जमघट गर्ने, भोजभत्तेर गर्ने, चाडपर्व मनाउने जस्ता गतिविधि शून्य छ । नयाँ-नयाँ लुगा फेर्नुपर्ने, मेकअप गर्नुपर्ने […]

डा. हेमराज कोइरालाका १९ टिप्स : कोरोना संक्रमणबाट बच्न यसो गरौं

अहिले नेपालमा लकडाउन छ । अधिकांश घरभित्रै छन् । उदेगलाग्दो त के भने, कोरोना भाइरसको संक्रमण बढ्दो छ । दिनहुँजसो संक्रमितहरू थपिने क्रम यथावत छ । यो क्रम बढ्दै गएमा र त्यसका लागि उचित उपचार व्यवस्था गर्न सकिएन भने के होला ? स्थिति निकै भयावह हुने निश्चित छ । अहिलेसम्म जति संक्रमित छन्। उनीहरूमा कोरोना […]

लकडाउनको सदुपयोग : छतभरी हराभरा सागसब्जी र ढकमक्क फूल

लकडाउन भएपछि घरभित्रै के गर्दै बस्ने, कसरी समय कटाउने भनेर सोचेका भए तनावग्रस्त भइन्थ्यो होला । तर, केही न केही नयाँ काम गर्दै बस्दा कुनै पनि दिन पट्यारलाग्दो भएन । लकडाउन सुरु भएसँगै सागसब्जी रोप्ने, फूलहरु रोप्ने काम गरियो । एक महिनाभन्दा लामो अवधीमा आफैले रोपेका फूलहरु छत र बार्दलीभरी फुलेका छन् । सागसब्जीले हराभरा […]

कोरोना भाइरस : शत्रुसँग लड्ने मात्र होइन, साथमा जिउनु पनि पर्छ

कोरोना भाइरसको संक्रमण कहिले कम होला ? यसको खोप कहिले बन्छ होला ? के यो पूर्णत: नियन्त्रणमा आउँछ ? यो प्रश्न अहिले विश्व मानव समुदायमाथि उठिरहेको छ । आँखाले देख्नै नसकिने भाइरसले मानव जातिमाथि नै धावा बोलिरहेको छ। विश्वमा यसले ठूलो उथलपुथल ल्याइदिएको छ । यसले मान्छेको स्वास्थ्यलाई मात्र आक्रमण गरिरहेको छैन, कृषि, उद्यम, व्यवसाय […]

गुगलमा हेरेर औषधि खानु उचित होला ?

अहिले लकडाउनको कारण घरबाहिर निस्कने वा औषधि उपचारका लागि बाहिर जाने अवस्था अनुकूल छैन । आपतकालीन अवस्था एवं अत्यावश्यक कामबाहेक घर बाहिर जानु भनेको आफैँलाई जोखिममा पार्नु सरह हो । यस्तो अवस्थामा असहज हुने भनेको सानोतिनो दुःख-बिमारमा हो । ज्वरो आयो, खोकी लाग्यो, पखला चल्यो, टाउको दुख्यो भने के गर्ने ? अहिले धेरै सहज छ […]

स्मरण क्षमता बढाउने सरल काइदा

कहिल्यै यस्तो भएको छ कि, तपाईं कुनै ठाउँ वा व्यक्तिको नाम स्मरण गर्ने प्रयास गर्नुहुन्छ, तर जति गरेपनि त्यो याद हुँदैन । भनिन्छ, उमेर बढ्दै जाँदा हाम्रो स्मरणशक्ति पनि कमजोर हुन्छ । यस्तो हुनपनि सक्छ । तर, स्मरणशक्तिलाई हामी उमेर ढल्कदै गएपनि तन्दुरुस्त राख्न सकिन्छ । त्यसका लागि केही काइदा छन् । व्यायाम नियमित व्यायाम […]

आनन्द प्राप्त गर्ने इच्छा किन हुन्छ ?

हामी किन मीठो खानेकुरा खान रुचाउँछौं ? हामी किन रमाइला ठाउँहरु घुमफिर गर्न रुचाउँछौं ? हामी किन सिनेमा हेर्न रुचाउँछौं ? हामी किन आकर्षक पहिरन लगाउन रुचाउँछौं ? यी सबैको जवाफ फरक–फरक ढंगले दिन सकिएपनि अन्नत मूल ध्येय एउटै हो, आनन्द । हामी पैसा कमाउन चाहन्छौं, यश आर्जन गर्न चाहन्छौं, मान र प्रतिष्ठा कायम राख्न […]

किन आफूलाई अरूसँग दाँज्ने ?

एउटा धनाड्यसँग तुलना गर्न थाल्यौं भने आफूलाई निकै गरिब एवं अभावग्रस्त पाउनेछौं । एउटा प्रभावशाली व्यक्तिसँग तुलना गर्न थाल्यौं भने आफूलाई निकै कमजोर एवं निरीह पाउनेछौं । एउटा आकर्षक व्यक्तिसँग तुलना गर्न थाल्यौं भने आफूलाई निकै नराम्रो पाउन थाल्छौं । यी सबैकुरा त्यहीबेला लाग्ने हो, जब हामी अर्कालाई हेर्न थाल्छौं । अर्थात् अर्कासँग आफूलाई दाँजेर […]

लकडाउन : कसरी बित्दैछ घरभित्र बस्नेहरूको दैनिकी ?

हप्तौं भयो घरभित्र बस्नुपरेको । घरभित्र के गर्दै बस्ने ? कसरी दिन कटाउने ? मोबाइल कति चलाउने ? टिभी कतिबेर हेर्ने ? कहिलेसम्म सुत्ने ? के गफ गर्ने ? धेरैलाई छटपटी भएको हुँदो हो । यही छटपटीले होला कोही भान्सामा पसेर थरीथरी परिकार बनाउन थालेका छन्। कोही गमलामा फूल र सागसब्जी रोप्न थालेका छन् । […]

लोरी : आमाको हृदयबाट गुञ्जने मधुर ध्वनी

‘ए है, लै..लै.’ आमाले जब शिशुलाई काखमा लिन्छन्, तब उनको मुखबाट लयबद्ध ध्वनी गुञ्जन्छ । त्यही लयबद्ध ध्वनीमा मुग्ध भएर शिशु आनन्दित हुन्छन् । र, गहिरो निद्रामा पुग्छन् । लोरी गाउँदा आवाजमा एक किसिमको सन्तुलन हुन्छ । त्यो लयबद्ध र मधुर हुन्छ । यस किसिमको संगीतले शिशुको मस्तिष्कमा राम्रो प्रभाव पार्ने बताइन्छ । आमाको हृदयबाट […]

मितव्यायी भान्सा : यसो गरे कसो होला ?

तपाईंले हिसाब-किताब राख्नुभएको छ, दैनिक भान्सामा खर्च कति हुन्छ ? जस्तो कि, ग्यास, दाल, चामल, तेल, नुन, मरमसला, सागसब्जी, दूध, दही, मासु, पानी इत्यादि । दिनहुँ नभई नहुने सरसामान हामी भान्सामा उपभोग गर्छौं  तपाईंको मनमा प्रश्न उठ्न सक्छ। भान्साको खर्च कसरी घटाउने ? घटाउनुपर्ने केही सरसामान छैन। साँझ-बिहान खान त परिहाल्छ । एक हिसाबले सही […]

मदिराको उचित मात्रा कति हो ?

लकडाउनको बेला । घरभित्रै बस्नुपर्ने । दिन कटाउनै गाह्रो । दिनभर के गर्दै बस्ने ? कतिपयका लागि बहाना बनेको छ, मदिरा पिउने । हुन त अहिले मदिरा त्यति सहजै उपलब्ध छैन । त्यसैले बालबच्चालाई जंकफुडको लतबाट मुक्त गरे झैं बयस्कलाई मदिराबाट छुटाउने मौका पनि हो । कतिले त मदिरा छाडे पनि होलान् । तर, सबैको […]

किन आफूभन्दा बढी उमेरकी महिलासँग घरजाम ?

विवाहका लागि पुरुष वा महिला कसको उमेर बढी हुनुपर्छ ? यसको सर्वमान्य जवाफ छैन । यद्यपि विवाहका लागि अधिकांश पुरुषले आफूभन्दा कम उमेरकी युवती खोज्छन् । त्यसैगरी युवतीहरूले पनि आफूभन्दा बढी उमेरकै पुरुषलाई जीवनसाथीको रुपमा स्वीकार गर्छन् । श्रीमान र श्रीमतीबीचको उमेर अन्तर कति हुनुपर्छ ? यसको पनि सर्वस्वीकार्य जवाफ छैन । धेरैजसो अवस्थामा आफूभन्दा […]

एक्लोपन कति आनन्ददायक ?

मानौं तपाईं कुनै घर वा कोठाभित्र एक्लै बस्नुपर्ने भयो। त्यो क्षण तपाईंलाई कस्तो लाग्ने छ ? समय कसरी बित्नेछ ? धेरैले दिने जवाफ हो, ‘अहो, त्यो सम्भव नै छैन ।’ एक्लै बस्नुपर्दा मान्छेलाई पट्यारलाग्छ, दिक्क लाग्छ । समय कटाउने बहाना पाउँदैनन् । अक्सर बातचित गरिरहनुपर्ने, भलाकुसारी गरिरहनुपर्ने, रमाइलो गरिरनुपर्ने मान्छेलाई एक्लै बस्दा कस्तो होला ? […]

कोही किन अविवाहित बस्न रुचाउँछन् ?

उमेरले २५ वर्ष नाघेपछि जो केहीले एउटा प्रश्न झेल्ने गर्छन्, ‘अहो ! विवाह गर्ने बेला भएन र ?’ निश्चित उमेरपछि विवाह गर्नुपर्छ भन्ने सामाजिक धारणा छ । तर, सबैले यो धारणालाई मान्छन् भन्ने छैनन् । कतिपय यस्ता पनि हुन्छन्, जो अविवाहित बस्न रुचाउँछन् । नेपाली समाजमाको अर्को मान्यता के पनि छ भने जन्म, मृत्यु र […]

घरबाटै काम : कोरोनाले सिकाएको गजबको पाठ

कोरोना भाइरसको सन्त्रास नफैलिएको भए के हुन्थ्यो ? कार्यालयमा बिजुली-पानीको बिल बुझाउनेको लाम, सडकमा गाडीको जाम । बजारमा किनमेलको हतारो । आफन्त–छिमेकीको भोज-भतेरमा जानैपर्ने चटारो । दिनदिनै लुगाफाटो फेर्नुपर्ने, खल्तीमा अतिरिक्त पैसा जोहो गर्नुपर्ने । हतारो, कोलाहल, धूवाँ-धुलोको दिक्कलाग्दो कोलाज। तर, अहिले सर्वत्र शान्त छ । मानौं, सधैं ध्यान मुद्रामा एकचित्त भएर बसेका छन् । […]