Comments Add Comment

कभर स्टोरी

List Grid
एक्लोपन कति आनन्ददायक ?

मानौं तपाईं कुनै घर वा कोठाभित्र एक्लै बस्नुपर्ने भयो। त्यो क्षण तपाईंलाई कस्तो लाग्ने छ ? समय कसरी बित्नेछ ? धेरैले दिने जवाफ हो, ‘अहो, त्यो सम्भव नै छैन ।’ एक्लै बस्नुपर्दा मान्छेलाई पट्यारलाग्छ, दिक्क लाग्छ । समय कटाउने बहाना पाउँदैनन् । अक्सर बातचित गरिरहनुपर्ने, भलाकुसारी गरिरहनुपर्ने, रमाइलो गरिरनुपर्ने मान्छेलाई एक्लै बस्दा कस्तो होला ? […]

कोही किन अविवाहित बस्न रुचाउँछन् ?

उमेरले २५ वर्ष नाघेपछि जो केहीले एउटा प्रश्न झेल्ने गर्छन्, ‘अहो ! विवाह गर्ने बेला भएन र ?’ निश्चित उमेरपछि विवाह गर्नुपर्छ भन्ने सामाजिक धारणा छ । तर, सबैले यो धारणालाई मान्छन् भन्ने छैनन् । कतिपय यस्ता पनि हुन्छन्, जो अविवाहित बस्न रुचाउँछन् । नेपाली समाजमाको अर्को मान्यता के पनि छ भने जन्म, मृत्यु र […]

घरबाटै काम : कोरोनाले सिकाएको गजबको पाठ

कोरोना भाइरसको सन्त्रास नफैलिएको भए के हुन्थ्यो ? कार्यालयमा बिजुली-पानीको बिल बुझाउनेको लाम, सडकमा गाडीको जाम । बजारमा किनमेलको हतारो । आफन्त–छिमेकीको भोज-भतेरमा जानैपर्ने चटारो । दिनदिनै लुगाफाटो फेर्नुपर्ने, खल्तीमा अतिरिक्त पैसा जोहो गर्नुपर्ने । हतारो, कोलाहल, धूवाँ-धुलोको दिक्कलाग्दो कोलाज। तर, अहिले सर्वत्र शान्त छ । मानौं, सधैं ध्यान मुद्रामा एकचित्त भएर बसेका छन् । […]

छोरालाई पनि सिकाउनुपर्छ घरधन्दाको काम

हामी साथीभाईमाझ, सभा–समारोहमा नारी अधिकार एवं लिंगभेद विरुद्ध  ठूल–ठूला कुरा गर्छौं । तर, आफ्नै घरमा हुर्किरहेका छोरोलाई जुठो भाँडा उठाउने, माझ्ने, कुचो लगाउने, लुगा धुने काम सिकाउँछौं ? चाहे घरायसी कामकाजमा होस् वा खेलौनाको छनौटमै, हामीले सानैदेखि बच्चालाई विभेद गर्न सिकाउँछौं । छोरीले खेल्ने गुडिया छोरोले खेल्न हुँदैन, छोरीले मन पराउने गुलाबी रंग छोरोलाई उपयुक्त […]

घतलाग्दो कुरा : कोरोनाको ६ सकारात्मक पाटो

यो शीर्षक देखेर कतिपयलाई झोक चल्न सक्छ । कोरोना भाइरसको कारण विश्वभर थुप्रैले वियोग, कष्ट, त्रास, असुविधा भोगिरहेका छन् । अहिलेसम्म दुई लाख बढीले ज्यान गुमाएका छन् ; जसभित्र प्रवासी नेपाली पनि सामेल छन् । कोरोना वैश्विक महामारीको रुपमा देखापरेकोले पनि यसप्रति विश्वकै ध्यान बढेको छ। यद्यपि अन्य रोगबाट दिनहुँ मर्नेहरूको आँकडा निकाल्ने हो भने […]

रमाइलो प्रसंग : बुद्धिमान हुनुको संकेत के हो ?

यो अलि रमाइलो प्रसंग छ । वास्तवमा बुद्धिमान व्यक्ति कस्ता हुन्छन् ? उनीहरुको स्वभाव, प्रवृत्ति, चालचलन कस्तो हुन्छ ? के वाहिरी आवरण हेरेर कोही व्यक्ति बुद्धिमान् हुन् भनी छुट्याउन सकिन्छ ? हामी आफ्ना बालबच्चालाई हरक्षण उपदेश दिइरहेका हुन्छौं, बुद्धिमान हुनु । यसको अर्थ हरेक कुरालाई सही ढंगले बुझ्ने, सम्झने र व्यवहारमा उतार्ने खुबी हुनु । […]

चट्याङबाट कसरी जोगिने ?

वर्षायामसँगै चट्याङको कारण कतिपयले ज्यान गुमाउने गर्छन् । त्यसैले यसबेला चट्याङको सम्भावित जोखिमबाट बच्नका लागि केही सावधानी अपनाउनुपर्ने हुन्छ । खुला स्थान वा अग्ला डाँडाहरूमा चट्याङको जोखिम हुन सक्छ । टावर, अग्ला रूख, अग्ला संचरनामामा चट्याङ पर्न सक्छ । किनभने बादलमा जम्मा भएको विद्युतीय चार्ज तटस्थ हुने क्रममा माथिबाट तलतिर आउँदा जुन वस्तु नजिक पर्छ […]

लकडाउनमा स्मरण गर्न सकिन्छ चाणक्यका यी मन्त्र

चाणक्यले धर्मदेखि नीति, राजनीतिदेखि समाजसम्मका लागि उपयोगी कुराहरु बताएका छन् । कुशल नेतृत्वको ज्ञान त उनले बताएका छन् नै, यसका साथसाथै प्रतिकुल परिस्थितीमा मान्छेसँग कसरी व्यवहार गर्नुपर्छ भनेर पनि सुझाएका छन् । अहिले लकडाउनको कारण अधिकांश घरभित्र छन् । एक हिसाबले यो प्रतिकुल अवस्था हो । तर, यही अवस्थामा केही राम्रो काम गर्न सकिन्छ । […]

आमा, तिम्रो भावना

आमा, सबैभन्दा प्रिय शब्द । उत्तिकै मिठासपूर्ण र ममतामयी पनि । जब आपत-विपत आइलाग्छ। तब हामीले स्मरण गर्ने शब्द। दुःखमा सबैभन्दा पुकारिने शब्द। अनेक कष्ट खेपेर, असह्य पीडा सहेर जब सन्तानलाई जन्म दिन्छिन्। आमाले आफ्ना सबै दुःख भुल्छिन् । एक तथ्यांकअनुसार विश्वभरमा हरसेकेन्डमा औसत चार जना बच्चालाई जन्म दिन्छन् । बच्चा जन्माउने क्रममा हरेक ९० […]

आमा भै एकचोटी बाँचेर हेर

‘आमाले त्यसबेला पनि तिम्रो भाषा सुन्थिन्, जतिबेला तिमी बोल्न सक्दैनथ्यौं ।’ हामी अवोध शिशु थियौं । कुनै कुरा व्यक्त गर्नुपरे रोइदिए पुग्थ्यो । त्यसबेला हाम्रो मनोभाव बुझ्ने अरु को हुन्थे ? आमा नै त हो । हाम्रो खातिर उनले कैयौ रात सुतेनन् । हाम्रै खातिर उनले कैयौ छाक सन्तोषले खाएनन् । हाम्रो खातिर उनले आफ्नो […]

यी प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ

‘समस्याबाट भाग्नु भनेको अर्को समस्यालाई निमन्त्रण दिनु हो । जीवनमा चुनौती र समस्यासँग जुध्नुपर्छ, यही जीवनको सत्य हो । एक शान्त तलाउमा कुनैपनि माझी कुशल बन्न सक्दैन ।’ विभिन्न सन्दर्भमा विचारक, दार्शनिक एवं महान व्यक्तित्वहरूले बोलेका यस्ता कुराहरूले हामीमा सकारात्मक उर्जा मिल्छ । यी भनाइहरूमा उनीहरूको जीवन भोगाइको निचोड हुन्छ । त्यसैले हाम्रा लागि निकै […]

व्यर्थ चिन्ता किन ?

हामीलाई थाहा छ, चिन्ता कुनै समस्याको समाधान होइन । कुनै उपचार होइन । यद्यपि हामी धेरैजसो अवस्थामा चिन्तित हुने गर्छौं । हामी आफ्नो असफलता सम्झेर चिन्तित हुन्छौं । भविष्यको दुःख सम्झेर चिन्तित हुन्छौं । विगतका गल्ती सम्झेर चिन्तित हुन्छौं । चिन्तित हुनु एक मानसिक अवस्था हो । त्यसैले यसको उपचार पनि मानसिक रुपमै खोजिनुपर्छ । […]

धक खोलेर हाँस्नु : एक ओखती

तपाईं आफैँले अनुभव गर्ने कुरा हो कि, धक खोलेर हाँस्दा तपाईंमा के कस्ता परिवर्तन पाउनुहुन्छ ? मन चंगा हुन्छ । फुरुंग हुन्छ । ज्यान हल्का भएको अनुभव हुन्छ । अंग्रेजीमा एउटा भनाइ छ, ‘लाफ्टर इज द बेस्ट मेडिसिन ।’ जब हामी मस्तसँग हाँस्छौँ, शरीर आफैँ लाभान्वित हुन्छ । जस्तो कि यसले हाम्रो मनलाई खुसी तुल्याउनेदेखि […]

दैनिक जीवनमा गर्छौं हामी यी सामान्य गल्ती

तपाईं यतिबेला कसरी बसिरहनुभएको छ ? अर्थात तपाईंको बसाईको आसन कस्तो छ ? केही झुक्नुभएको होला वा कतै कोल्टो पर्नुभएको होला । तपाईं केही काम गरिरहनुभएको होला । तपाईंको काम गर्ने तरिका कस्तो छ ? कति समयसम्म एकोहोरो एउटै काममा लाग्नुहुन्छ ? तपाईंले लगाउनुभएको लुगा कस्तो छ ख्याल गर्नुहोस् त । अलि राम्ररी ध्यान दिनुभयो […]

बच्चालाई सिकाउने कि बच्चाबाट सिक्ने ?

अक्सर हामी बालबच्चालाई भन्ने गर्छौं, ‘ठूलो मान्छे हुनुपर्छ ।’ तर, बालबच्चालाई हेरेर हामी कहिल्यैपनि सोच्दैनौं, ‘सानो पनि हुन सिक्नुपर्छ ।’ हामीलाई लाग्छ, ‘मैले धेरै कुरा जानेको छु । बुझेको छु । सिकेको छु । भोगेको छु ।’ आफुले सुनेको एवं सिकेको कुरा नै बच्चाहरुलाई सिकाइरहेका हुन्छौं । के गर्ने, के नगर्ने भनी उनीहरुलाई निर्देश गरिरहेका […]

लाखौंका लागि उजाड छ यो देश

सरकार भन्छ, ‘घरभित्र बस्नुहोस् । घरभित्रै सुरक्षित हुन्छ ।’ सरकारको यो सम्बोधनले ती तमाम सर्वसाधारणलाई समेट्दैन, जसको घरै छैन । कतिपय बनिबुतो गरेर अर्काको छानोमा जेनतेन ओत त लागेका छन् । तर, हप्तौंलाई भरपेट पुग्ने खानेकुरा उनीहरुको भान्सामा छैन । यी लाखौं सर्वसाधारण रोग र भोकसँग एकसाथ जुधिरहेका छन् । गरिबहरु भोक-भोकै सरकारले भन्छ, ‘हामी […]

रोगभन्दा ठूलो शत्रु, स्वास्थ्यभन्दा ठूलो धन केही छैन

एउटा कुनै देशका राजा, जसको लागि धन-दौलतको कमी छैन । उनको भान्सामा चौरासी व्यञ्जन पाक्छ । सुत्नका लागि सुन-जडित आरमदायक पलंग छ । विलासिता र मनोरञ्जनका लागि घरमै मदिरालय छ, थिएटर छ । दरबार जस्तै घर छ । उनको वरिपरि सहयोगी, चिकित्सक, नोकरचाकर छन् । अपुग केही छैन । तर भान्सामा पाकेको चौरासी व्यञ्जन पचाउने […]

वर्क फ्रम होम : भर्चुअल शिष्टचारको पालना गरौं

तपाईं-हामी मध्ये धेरैले घरबाटै आफ्नो काम गरिरहेका छौं । कार्यलय आउजाउ गर्ने अनुकुलता छैन । लकडाउनलाई पालना गर्दै घरभित्र बस्नु परेको छ । घरभित्र बसेपनि आफ्नो कामधन्दा रोक्ने कुरा भएन । संभव भएसम्म त आफ्नो काम गर्नैपर्छ । अहिले सुविधा के छ भने घरबाटै हामी आफ्नो कार्यलय, समाजसँग जोडिन सक्छौं । एउटा सानो कोठोभित्र बसेर […]

किन हामी आफैलाई हेला गर्छौ ?

एउटा ठट्यौली छ, प्रेमको । प्रेमी र प्रेमिका डेटिङमा रमइरहेका थिए । प्रेमीले आफ्ना प्रेमिकासँग सोधे, ‘यो संसारमा तिमीलाई सबैभन्दा बढी माया कसको लाग्छ ?’ प्रेमिकाले प्रेमीको छातीमा टाउको राख्दै मीठो लयमा भनिन्, ‘यो संसारमा मलाई त तपाईंकै माया लाग्छ ।’ प्रेमी मख्ख परे । प्रेमिकाले त्यही प्रश्न दोहो¥याइन्, ‘अनि तपाईंलाई नि ? यो संसारमा […]

नयाँ बर्ष, नयाँ संकल्प : आउनुहोस् यस्तो प्रण गरौं

वितेका बर्ष आफ्नो पौरख र पाखुरीम बाँच्नेहरुका लागि सुखद रहेन । हामीले खाइरहेको गाँस काटिए र त्यसबाट नेता–मन्त्रीले मेचमान खाए । भ्रष्टचार मौलाइरह्यो । राजनीतिक आडमा अपराधको श्रृंखला जारी रह्यो । ‘सानालाई ऐन, ठूलालाई चैन’को स्थिती कायम रह्यो । धूर्तहरुले अकुत सम्पति थुपारिरहे, पाखुरी र पसिनामा निर्भर गर्नेहरु अभाव झेलिरहे । नेता–मन्त्रीहरुले राज्यको ढुकुटीबाट लाखौं–करोडौं […]

धर्तीले विश्राम पाउँदा यसरी मुस्कुरायो प्रकृति

कोरोना संक्रमणका कारण यतिबेला विश्वका अधिकांश देशहरुमा लकडाउन कायम छ । नेपालमै पनि पछिल्लो तीन सातादेखि लकडाउन भएको छ । अमेरिका, बेलायत, अष्ट्रेलियादेखि भारतसम्मका देशहरुमा यतिबेला लकडाउन कायम छ । लकडाउनले एकातिर सामाजिक गतिविधिहरु बन्द भएका छन्, मानिसहरु घर-घरै बस्न बाध्य भएका छन्, स्कूल-कलेज बन्द भएका छन् । यी सबै लकडाउनका वेफाइदाहरु हुन सक्छन् । […]