Comments Add Comment

फिटनेस

List Grid
मसाजको अनौठो तरिका

चक्कुको प्रयोग सामान्यतया मासु, फलफूल, तरकारी आदि काट्नका लागि गरिन्छ । तर, ताइवानमा भने चक्कु फरक प्रयोजनको लागि प्रयोग हुँदै आएको छ । ताइवानको मसाज पार्लरमा चक्कुले मानिसहरुको मसाज गराइँदै आएको छ । यसरी चक्कुबाट मसाज गर्ने विधिलाई ‘डाउलियाओ’ भनिन्छ । यसको अर्थ ‘चक्कुबाट मसाज’ अर्थात् ‘नाइफ थेरापी’ भन्ने हुन्छ । यो चिनियाँ औषधि विज्ञानमा […]

दिनमा १० हजार पाइला हिँड्न संभव छ ?

शारीरिक स्वास्थ्यका लागि मात्र होइन, मानसिक स्वास्थ्यका लागि पनि जरुरी छ, पैदल हिँड्नु । विशेषज्ञका अनुसार एक दिनमा पाँच सय क्यालोरी बर्न गर्नका लागि हरेक व्यक्तिले दश हजार पाइला हिँड्नुपर्छ । यद्यपि कतिपय काम–व्यवहार वा बाध्यताले गर्दा यसरी पैदल हिँड्न संभव नहुन पनि सक्छ । यसको अर्थ यो होइन कि, दैनिक १० हजार पाइला हिँड्न […]

बिहानको दुई घण्टा आफ्नो लागि

अहिले मानिसहरु कुनै न कुनै रुपले मानसिक समस्यामा छन् । उनीहरुसँग पूर्ख्यौली ज्यायजेथा भएर पनि, मनग्ये आम्दानी भएर पनि, मानप्रतिष्ठा भएर पनि सुख छैन । आनन्द छैन । हर्ष छैन । मानसिक रुपमा मात्र होइन, शारीरिक रुपमा पनि हामी अनेक रोगले घेरिएका छौं । कसैलाई मधुमेह छ, कसैलाई थाइराइड छ । कसैलाई बाथले सताएको छ, […]

कसरी रहने ‘फिट एन्ड फाइन’

स्वस्थ, तन्दुरुस्त कसरी रहने ? यसको कुनै त्यस्तो सूत्र छैन, जो तपाईं÷हाम्रो जीवनमा पूर्णत लागु गर्न सकियोस् । यद्यपि सामान्य दिनचर्यालाई बदलेर वा खानपान र आनीबानी परिवर्तन गरेर हामीले निरोगी जीवन बाँच्न सक्छौं । अर्थात अनुशासित जीवनशैली अपनाएर जवान, तन्दुरुस्त र स्वस्थ रहन सकिन्छ । यसका लागि अनियन्त्रित खानपान त्याग्नेदेखि सन्तुलित दिनचर्या अपनाउनेसम्मको कुरामा हामी […]

खाना छाड्दैमा मोटोपन घट्छ ?

एक अध्ययनको निचोड छ, डाइटिङ गर्दा पनि कतिपय अवस्थामा अझ मोटोपन कायम रहन सक्छ । यस्तो अवस्था तपाईं-हाम्रो पेट वा आन्द्राभित्र रहने जीवाणुको कारणले हुन्छ । पेटमा कैयौं जीवाणु हुन्छ । यी जीवाणुले हाम्रो पेटमा पुग्ने खानामध्ये त्यस्तै खाना खाइदिन्छन्, जो पचाउन सकिएको हुँदैन । यसरी पचाउन नसकिएको खानेकुरा खाएर ति जीवाणुले अरु क्यालोरी उत्पादन […]

तौल घटाउने चक्करमा कुनै गल्ती त भइरहेको छैन ?

अहिले मोटोपन हरेकको समस्या बन्दै गएको छ । यसले शरीर भद्दा हुने मात्र होइन, रोगहरुलाई पनि जन्म दिन्छ । त्यही कारण मोटोपन नियन्त्रण गर्नैपर्ने चुनौती सबैलाई छ । मोटोपन वा तौल नियन्त्रण गरेर सुडौल एवं आकर्षक शरीर बनाउने चक्करमा कति जिम धाइरहेका छन्, कतिले खानामा कटौती पनि गरिरहेका छन् । कतिले औषधीको साहारा लिएका छन् […]

सूर्य नमस्कार : घरभित्रै बसेर गर्न सकिने प्रभावकारी योगासन

अहिले जाडो याम छ । यतिबेला मर्निङ वाकमा निस्कनु त्यती अनुकुल हुँदैन, खासगरी काठमाडौंमा । चिसोमा मर्निङ वाक गर्दा फाइदा होइन बेफाइदा गर्ने चिकित्सकहरुको सुझाव छ । यस्तो बेला घरभित्रै बसेर योग गर्न सकिन्छ । यसका लागि सबैभन्दा सरल र प्रभावकारी योग हो, सूर्य नमस्कार । प्राचीन समयदेखि योगबाट मन र शरीरलाई स्वस्थ्य राखिने अभ्यास […]

बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यका लागि योग

योग विभिन्न किसिमका हुन्छन् । योगका विधी, त्यसको फाइदा पनि फरक फरक हुन्छ । बालबालिका एवं किशोरकिशोरीले विशेष किसिमका योग अभ्यास गर्न सक्छन् । खासगरी उनीहरु गर्ने योगबाट बौद्धिक क्षमता बढाउने एवं मानसिक स्वस्वस्थ्य राम्रो बनाउने काइदा सिक्न सकिन्छ । खासमा योग गर्ने उमेर भनेकै बाल्यकालमा हो । बाल्यकालमा एवं किशोरवयमा शरीर लचिलो हुन्छ । […]

व्यायामको सही विधि एवं प्रक्रिया

व्यायामको अनेक विधी हुन्छन् । त्यसैले कुन किसिमको व्यायामबाट कस्तो लाभ मिल्छ भन्ने कुरामा चाहि हेक्का राख्नुपर्छ । सबै किसिमको व्यायाम आफ्नो लागि उपयुक्त छ वा छैन भन्ने कुराको ख्याल राख्नुपर्छ । किनभने कतिपय अवस्थामा व्यायाम पनि हानिकारक हुनसक्छ । हामीले जथाभावी एवं आफ्नो खुसीले गरिने व्यायामबाट शरीरलाई लाभ मिल्ने होइन, बरु हानी हुनसक्छ । […]

जाडो मौसममा व्यायाम : कति गर्ने, कहाँ गर्ने ?

नियमित व्यायाम गर्नाले रोग प्रतिरोधक क्षमता बढ्ने गर्छ ? यो यस्तो प्रश्न हो जुन प्रायः सबैको दिमागमा आएको हुनुपर्छ । व्यायामले दुवै शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यो अकाट्य सत्य हो । तर व्यायामले शरीरको रोग प्रतिरक्षा प्रणाली मजबुत बनाउनको लागि भूमिका खेल्छ त ? भन्ने विषयमा विशेषज्ञहरूमा समेत एक मत देखिँदैन […]

मोटोपन नियन्त्रण र डाइट प्लान

मोटोपन नियन्त्रणका लागि अहिले धेरैले अपनाउने विधि हो, खानपानमा कटौती । अर्थात् खाना नै नखाएपछि मोटोपन नियन्त्रण हुन्छ भन्ने सोचाइ व्याप्त छ । जबकि चिकित्सकहरूले यसलाई सही तरिका मानेका छैनन् । खानेकुरा कटौती गर्दा शरीरमा आवश्यक पोषण पुग्दैन र अरू रोगहरू थपिने भय रहन्छ । त्यसैले मोटोपन नियन्त्रणका लागि खानामा कटौती गर्ने होइन । बरु […]

योग : कहिले सुरु भयो, कसले विकास गरायो ?

काठमाडौं । सभ्यताको सुरुवातदेखि नै योगको सुरुवात भएको भन्ने मान्यता राखिन्छ । योगको विज्ञानको उत्पत्ति जतिबेला धर्मप्रति मान्छेको कम आस्था थियो त्यतिबेला नै योगप्रति मान्छेले विश्वास गर्न सुरु गरिसकेका थिए भन्ने अनुमान कतिपय इतिहासकारहरुको छ । शिवलाई योगका आदि गुरु मान्ने गरिएको छ । हजारौं वर्षपहिले हिमालयमा कान्ति शरोबरको तटमा आदि योगीहरूले आफ्नो प्रबुद्ध ज्ञान […]

फिट रहनको लागि अपनाउन सकिन्छ यी ‘हेल्थ टिप्स’

काठमाडौं । स्वस्थ मनको लागि स्वस्थ शरीर नै अनिवार्य हुन्छ । यो पुरानो भनाई हो तर शाश्वत सत्य पनि । जे भए पनि यदि हामी हाम्रो कुराकानीमा केही चीजहरू समावेश गर्दछौं र केही नियमहरू पालना गर्दछौं भने हामी आफैंलाई बढी सजिलै फिट राख्न सक्छौं । यसको लागि केही महत्वपूर्ण कुराकानीको बारेमा जानकारी राख्नुपर्छ । कसरतको […]

मोटोपन नियन्त्रण र डाइट प्लान

मोटोपन नियन्त्रणका लागि अहिले धेरैले अपनाउने विधी हो, खानपानमा कटौती । अर्थात खाना नै नखाएपछि मोटोपन नियन्त्रण हुन्छ भन्ने सोचाई व्याप्त छ । जबकी चिकित्सकहरुले यसलाई सही तरिका मानेका छैनन् । खानेकुरा कटौती गर्दा शरीरमा आवश्यक पोषण पुग्दैन र अरु रोगहरु थपिने भय रहन्छ । त्यसैले मोटोपन नियन्त्रणका लागि खानामा कटौती गर्ने होइन । बरु, […]

अष्टङ्ग योग

‘चित्तवृत्ति निरोध’ लाई योग मानेर यम, नियम, आसन आदिलाई योगको मूल शिद्धान्त मानिएको छ । प्रत्यक्ष रुपले हठयोग, राजयोग र ज्ञानयोग गरी तीन मौलिक यसमा पाइन्छ । योगस्य अष्टानाम् अङ्गानाम् समूह अष्टाङ्गयोग अर्थात योगको आठ अंगको समूहलाई अष्टाङ्ग योग भनिन्छ । यही सूत्रबाट नै राजयोग नामक अध्यायको प्रारम्भ भएको पाइन्छ । पताञ्जलीले प्रतिपादन गरेका योगका […]

तौल नियन्त्रणका लागि सन्तुलित खानपान

काठमाडौं । मान्छे शरीरको वजन कम गर्नका अनेक बाटो अपनाउने गर्छन् । नियमितको व्यायाम, जिम जाने, समयमा खाना नखाने लगायत । तर खानामा मान्छेले सन्तुलन मिलाउनुभन्दा पनि खाँदा असन्तुलित खाना खाने तर अनेक कष्ट गरेर शरीरको वजन कम गर्ने मरिहत्ये गर्ने प्रवृत्ति हामीमा देखिन्छ । खानामा सामान्य मात्रै ध्यान दिने हो भने वजन कम गर्नको […]

मौसमी रुघा खोकी : आयुर्वेद र योगलाई उपयोग गरौं

विश्वमा सबैभन्दा बढी लाग्ने स्वास्थ्य समस्या हो रुघाखोकी। मानिसलाई वर्षको एक–दुई पटकदेखि पाँच छ पटकसम्म रुघा लाग्न सक्छ। राइनो भाइरस, इन्फ्ल्युइन्जा आदिलाई रुघा लगाउने भाइरस भनिन्छ। रुघाखोकीलाई सरुवा रोगका रूपमा लिइन्छ। घरमा वा समुदायमा कोही एक जनालाई  कसैलाई रुघा लागेमा सरेर अरूमा पनि लाग्छ। चिसो र भाईरसले गर्दा नै रुघा लगाउने भएको भएता पनि सबैलाई […]

उफ् मोटोपन ! घट्दै–घटेन

मोटोपन बढ्नुमा केही कुरा जिम्मेवर हुन्छ । जस्तो, ऐशआरमपूर्ण जीवन । अत्याधिक र जथाभावी खानपान । मदिरा र मासुजन्य पर्दाको अधिक सेवन । वंशानुगात । मोटोपन भएमा के हुन्छ ? यो प्रश्नको जवाफ त, तपाईं-हामीलाई थाहै छ । शरीर भद्दा हुने मात्र होइन, यसले अनेक रोगको जोखिम बढाइदिन्छ । मोटोपन आफैमा एक समस्या हो । […]

पद्यासन : सरल विधी, अनेक लाभ

संस्कृत शब्दमा पद्यको अर्थ हुन्छ कमल । यसैले पद्यासनलाई कमलासन पनि भनिन्छ । ध्यान मुद्रका लागि यो आसन सर्बाधिक महत्वपूर्ण छ । यसलाई योगमा सर्वश्रेष्ठ आसन भनिन्छ । पद्यासनमा बसेर नै उच्च कोटीको ध्यान गर्न सकिन्छ । प्राणायामको अभ्यासपूर्वक यो आसन गर्दा नाडीतन्त्र शुद्ध भएर आसन सिद्ध हुन्छ । विशुद्ध नाडीतन्त्रयुक्त योगीको विशुद्ध शरीरमा रोगको […]

अभ्यङ्ग मालिस कसरी गर्ने ?

हामीकहाँ परम्परादेखि चलिआएको एउटा विधी हो, मालिस । चाहे सुत्केरी अवस्थामा होस् वा बुढापाका भएपछि, तेल लगाएर मालिस गर्ने चलन छ । नवजात शिशुका लागि त यो अनिवार्य नै मानिन्छ । शुद्ध तोरीको तेलमा मेथी दाना र लसुनको पोटी फुराएर मालिस गर्ने विधी पुरानै हो । यद्यपि मालिका अरु थुप्रै विधी छन् । अहिले त […]

जरुरी छ शरीरको शुद्धिकरण

खराब खानपान, जीवनशैली र पर्यावरणको कारण हाम्रो शरीरमा विभिन्न विकार जम्मा हुन्छ । यही विकार हो, शरीरमा रोग पैदा गर्ने । हामीले खाएका सबै खानेकुरा ताजा, सुपाच्य हुँदैनन् । त्यसमाथि चिल्लोचाप्लो, मसलेदार खानेकुरा, जंकफूड, मदिराजन्य पेय आदिलाई शरीरले पचाउन सक्दैन । कहिलेकाहीँ आवश्यक्ताभन्दा बढी खानेकुरा पनि खान्छौं । यसैगरी हामीले खाने कतिपय खानेकुरा विषाक्त हुनेगर्छ […]