Comments Add Comment

खाना

List Grid
प्याकेटको फ्रुट जुस, स्वास्थ्यका लागि कति हानिकारक ?

अहिले हामीलाई स्वस्थ्य, तन्दुरुस्त हुनुछ । यसका लागि फलफूल खानुपर्छ भन्ने चेत पनि छ । फलफूल भन्दा त्यसको जुस छिटो र मिठो लाग्छ । त्यसो त बजारमा जुस पाइन्छ, तयारी अवस्थाकै । थरीथरीका फ्लेबर, थरीथरी ब्रान्डको जुस बजारमा उपलब्ध छ । यस्ता फ्रुट जुसले स्वास्थ राम्रो हुन्छ भन्ने लाग्छ, स्वादिलो हुन्छ भन्ने लाग्छ । हामी […]

स्वास्थ्य खानपानः तपाईंको थालमा कस्तो परिकार हुनुपर्छ ?

त्यही थालको परिकार, जसले तपाईं निरोगी बनाउँछ । त्यही थालको परिकार, जसले तपाईंलाई रोगको भण्डार बनाउँछ । जब तपाईं जिब्रोको चक्करमा फस्नुहुन्छ, तपाईंको थालमा अस्वस्थ्यकर भोजन समावेश हुन्छ । जब तपाईं स्वास्थ्यप्रति सर्तक रहनुहुन्छ, तपाईंको थालमा स्वस्थ्यकर भोजन समावेश हुनेछ । त्यही भोजन हाम्रो लागि विष बन्छ र त्यही भोजन हाम्रो लागि अमृत बन्छ । […]

घिउ ढुक्कले खानुहोस्, यस्तो छ फाइदा

अहिले धेरैले आफ्नो छाकबाट घिउ कटौती गर्न थालेका छन् । घिउसँग हाम्रो भान्साले दुरी बढाउँदैछ । हामी घिउसँग डराउन थालेका छौं । किन ? किनभने, हामीलाई चिकित्सकले भन्ने गरेका छन्, ‘चिल्लोचाप्लो नखानु ।’ जब हामी मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरुको भय पाल्छौं, चिल्लो चाप्लो खानेकुरा घटाउन थाल्छौं । त्यसैगरी जब हामी मोटोपन घटाउने चक्करमा लाग्छौं, […]

हाम्रो भान्सा यसरी बन्दै छ विषभण्डार !

तपाईं/हाम्रो भान्सामा आलु, काउली, साग, गोलभेडा, फलफूल जे-जति खानेकुरा छन्, अधिकांश जैविक होइनन् । किनभने जहाँबाट ति खानेकुरा हाम्रो भान्सामा खपत हुन्छ, त्यहाँ अनेकन रासयनिक मल, विषादी आदिको प्रयोग गरिएको हुन्छ । अहिले व्यवसायिक हिसाबले गरिने खेतीबालीमा रासयनिक मलखाँद र विषादीको अत्याधिक प्रयोग हुन्छ । यस्ता खानेकुरा तपाईं/हाम्रो भान्सामा आइपुग्छ । त्यसैले अहिले हामी जसरी […]

विश्वमा कुन देशका मानिसले बढी मासु खान्छन् ?

तपाईंको घरमा कति जनाले मासु खान छाडे ? कतिले मासु कम खान थाले ? अहिले तपाईंसँगको यसको जवाफ हुनसक्छ । किनभने मासु स्वास्थ्यमैत्री खान्की होइन भन्ने प्रभावसँगै धेरैले आफ्नो छाकबाट मासु कटौती गरिरहेका छन् । मासु सेवन कम गर्दा पूर्णत त्याग गर्दा मूलत तीन फाइदा देखिएको छ । एक, स्वास्थ्यमा सुधार । दुई, पर्यावरण र […]

के बिहान खाजा खानु वास्तवमै फाइदाजक छ ?

अहिले हामी स्वस्थ्य जीवनशैलीको खोजीमा छौं । यसमा खानपानको अहंम हिस्सा छ । भनिन्छ, खाना स्वस्थ्यवर्द्धक एवं पोषिलो हुनुपर्छ । तर, त्यती मात्र काफी छैन । खाने तालिका र तरिकाले पनि यसको लागि खास भूमिका खेल्छ । खाना खाने निश्चित तालिका छ । त्यसैगरी खाना खाने खास तरिका पनि छ । यदि तालिका र तरिका […]

के अब किरा-फट्यांग्रा हाम्रो मूख्य खान्की बन्नेछन् ?

एकातिर हामी आफ्नो मेनुबाट खानेकुरा कटौती गरिरहेका छौं । हामीले रेड मिट खान हटायौं । बोसोयुक्त खानेकुरा हटायौं । मासुजन्य कुरा हटायौं । दुधजन्य परिकार हटायौं । चिनी हटायौं । गहुँ हटायौं । चिल्लोचाप्लो कुरा हटायौं । चिल्लो-पिरो हटायौं । अर्कोतिर विश्वका कतिपय मुलुकले आफ्नो मेनुमा खानेकुरा थपेको थपेकै छन् । उनीहरुले आफ्नो खाद्य भण्डारमा […]

मेथीको सागः स्वादिलो पनि पौष्टिक पनि

हिजोआज हरियो सागसब्जीले बजार भरिभराउ छ । रायोदेखि चम्सुर, पालुङ्गो लगायतका अनेकौ साग अहिले बजारभरी देख्न सकिन्छ । यस्ता सागसब्जी जति स्वादिलो हुन्छ, यसमा रहेको पौष्टिक तत्वले शरीरलाई त्यति नै पोषण प्रदान गर्छ । यहाँ हामी चर्चा गर्दैछौं मेथीको सागको बारेमा । यसले शरीरलाई अनेकौं समस्याबाट त्राण दिन्छ । -जाडो याममा चिसोका कारण धेरैलाई कब्जियत, […]

शाकाहारी खानाले के अब विश्वलाई बचाउँनेछ ?

‘विश्वमा जति मानिस खान नपाएर मर्छन्, त्यो भन्दा कैयौं बढी खान नजानेर मर्छन् ।’ खाना वास्तवमा शरीरका लागि अमृत समान हुनुपर्ने हो । भइरहेको छ, विष समान । खानेकुराले शरीरलाई निरोगी, स्वस्थ्य, तन्दुरुस्त, उर्जावान बनाउनुपर्ने हो । तर बनाइरहेको छ, रोगी, जिर्ण, रुखो, कमजोर । हाम्रो खाना र खानपान शैली अब चिन्ताको विषय बनेको छ […]

अब अर्ग्यानिक जीवनशैली अपनाउने कि ?

अहिले देशमा सबैभन्दा बढी प्रगति के कुरामा भएको होला ? अरु कुरा छाडौं । धमाधम अस्पताल बनिरहेका छन् । नयाँ नयाँ मेडिकल इक्विपमेन्ट भित्रिइरहेका छन् । तपाईं/हाम्रा छोराछोरी चिकित्सा शिक्षा आर्जन गरिरहेका छन् । हामीलाई लाग्छ, यो खुसीको कुरा हो । तर, अस्पताल बनाउनै नपर्ने, मेडिकल इक्विपमेन्ट प्रयोग गर्नै नपर्ने, डाक्टर बन्नै नपर्ने अवस्था भइदिएको […]

कति रसिलो सुन्तलाको सलाद ? यसरी घरमै बनाउनुहोस्

जाडो याममा सुन्तला सेवन गर्नु राम्रो मानिन्छ । सुन्तला अहिलेको मौसमी फल हो, जसमा पर्याप्त मात्रामा भिटामिन-सि पाइन्छ । साथै फलाम र पोटाशियम पनि पाइन्छ । घतलाग्दो त के भने, सुन्तला यस्तो फल हो जसलाई सेवन गर्नसाथ यसमा विद्यमान फ्रुक्टोज, डेक्स्ट्रोज, खनिज एवं भिटामिन शरीरमा पुग्छ । र, त्यसले तुरुन्तै उर्जा दिन थाल्छ । सुन्तलाले […]

भेगन डाइट किन विश्वभर लोकप्रिय हुँदैछ ?

अहिले मानिसहरु बाँच्नका लागि मात्र खाँदैनन् । स्वादका लागि मात्र पनि खाँदैनन् । निरोगी वा स्वास्थ्य जीवनका लागि खानुपर्छ भन्ने चेत छ । तर, कस्तो खानेकुरा ? किनभने संसारमा उपलब्ध खानेकुरा एकथरी छैन । मान्छेको रोजाई पनि सीमित छैनन् । अनेकथरी खानेकुरा छन्, अनेकथरी स्वाद छन् । तर, हामीकहाँ उपलब्ध सबै खानेकुरा योग्य छ्रैनन् । […]

माघे संक्रान्तिमा तिलको लड्डु र खिचडी खानुको वैज्ञानिक कारण

मकर संक्रान्तिको नामले समेत प्रचलित माघे संक्रान्तिका दिन घरघरमा खिचडीका साथमा तिल तथा गुडबाट बनेका परिकार सेवन गरिन्छ । यी खानपानसँग माघे संक्रान्तिको के सम्बन्ध छ ? किन तिलको लड्डु खाइन्छ ? किन खिचडी खाइन्छ ? माघे संक्रान्तिलाई शास्त्रमा स्नान, दान र ध्यानको महिनाको रुपमा पनि मनाइने गरिने ।  यस दिन सुर्य उत्तरायण भएर मकर […]

जैविक खानेकुराः भान्साको आवश्यक्ता

अहिले हामी दोधारमा छौं, खानेकुरालाई लिएर । हामीलाई थाहा छ, बाँच्नका लागि खानेकुरा खानुपर्छ । हामीलाई थाहा छ, निरोगी रहन खानेकुरा खानुपर्छ । र, हामीलाई यो कुरा पनि थाहा छ कि, खानेकुराकै कारण हामी रोगी हुन्छौं । खानेकुरामा भेद छ । स्वास्थ्य, सन्तुलित र सुपाच्य खानेकुराले शरीरलाई निरोगी बनाउँछ । ठिक त्यसैगरी खराब खानेकुराले पाचन […]

किन लाग्छ नुनको तलतल ?

नुन विनाको तरकारी कस्तो होला ? नुन विनाको अचार कस्तो होला ? नुन विनाको दाल कस्तो होला ? अर्थात नुनरहित खाना कस्तो होला ? निसन्देह, खल्लो । वेस्वादको । नुन विनाको खाना हामी खान सक्दैनौ । नुनले खानाको स्वाद बढाउनुका साथै खानालाई स्वादिष्ट बनाउन मद्दत गर्छ ।  यद्यपी,  एक दिनमात्र नुन नखाँदा पनि हामीलाई के […]

होसियार ! उभिएर खानेकुरा खानुहुन्छ ?

अहिले फास्टफुड कल्चर मौलाएको छ । सबैलाई हतारो छ र हतारोकै वीचमा खानेकुरा पनि खानु छ । यस्तो अवस्थामा धेरैले उभिएरै आफ्नो पेट भर्छन् । पानीपुरी, चटपटेदेखि अन्य खानेकुरा पनि उभिएर खान्छन् । कतिपयले त घरमा समेत उभिएर खानेकुरा खान्छन् । हतार, हतार । उभिएर खाना खानु कति मानिसको दैनिकी हुनसक्ला । कतिको बानी हुनसक्ला […]

खाना खाने समयमा नगरौं यस्तो गल्ती

स्वस्थ शरीर नै स्वस्थ जीवनको पहिलो आधार हो । शरीरलाई स्वस्थ राख्न सन्तुलित आहार जति आवश्यक छ, नियमित व्यायाम पनि उत्तिकै जरुरी छ । साथमा, खानापानको शैली र जीवन जिउने विधी पनि शरीरलाई स्वस्थ राख्न निकै जरुरी छ । किनकी यी नै यस्ता कुरा हुन् जसले शरीरलाई स्वस्थ एवं निरोगी बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्छ […]

मकैका फाइदाः क्यान्सरको जोखिम घटाउनेदेखि मुटु स्वस्थ राख्नेसम्म

मकै संसारमै सबैभन्दा धेरै खपत हुने अन्नमध्ये पर्दछ । यो खान मिठो हुनुका साथै पर्याप्त मात्रामा पोषक तत्वले भरिपूर्ण हुन्छ । मकै पिठो, चिनी, रक्सीका रुपमा पनि प्रयोग हुने गर्दछ ।  यसलाई उसिनेर, पोलेर पनि खान सकिन्छ । त्यस्तै, यसको पिठोलाई ढिाडो तथा रोटीको रुपमा प्रयोग गर्न सकिन्छ । मकैमा पर्याप्त मात्रामा भिटामिन ए, बी, […]

जाडोमा कफी पिउन मनपर्छ ? यस्ता छन् फाइदा

जाडो भन्ने बित्तिकै धेरैलाई तात्तातो चिया वा कफीको याद आइहाल्छ । अझै विशेषगरि युवापुस्तामा कफीको मोह धेरै बढ्न थालेको छ । पन्ध्रौं शताब्दी ताका अरेबियन मुलुक यमनबाट सुरु भएको कफी पिउने सँस्कृति नेपालमा पनि झ्याँगिदै गएको छ । केही वर्षयता घरमा मात्रै होइन कुनै क्याफेमा बसेर कफीको चुस्की लिँदै आफ्ना मिल्ने साथीहरुसँग घन्टौं गफिने चलन […]

रायोको साग अर्थात् पोषण तत्वको भण्डार

रायोको साग भनेपछि कतिपयले नाक खुम्च्याउने गर्छन् । तर, यो संसारकै दोस्रो बढी पोषणयुक्त तरकारीमा पर्छ । रायोको सागलाई पकाएर, काँचै सलादको रुपमा र सिजिनिङ गरेर पनि खान सकिन्छ । तर, यसलाई धेरै पकाउनु भने हुँदैन । बढि पकाउँदा यसको पोषणतत्व हटेर जाने सम्भावना हुन्छ ः फाइदै फाइदा – रायोको साग गर्भवती महिलाका लागि निकै […]

बहुउपयोगी ड्रागन फल : स्वादिष्टसँगै स्वास्थ्यवर्द्धक पनि

ड्रागन फल नेपालमा भित्रिएको त्यति लामो समय भएको छैन । तर, यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । यो फल देख्दामा जति आकर्षक हुन्छ त्यत्तिकै स्वादिष्ट पनि । यसबाट प्राप्त हुने फाइदाले महंगो मूल्यलाई बिर्साइदिन्छ । कस्तो फल हो ड्रागन ? दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको यो फल सिँउडी प्रजातिमा पर्छ । यसको बैज्ञानिक […]