Comments Add Comment

खाना

List Grid
खोजौं रैथाने खानेकुरा

तपाईं कहाँ बस्नुहुन्छ ? गाउँ वा शहर ? पहाड वा तराई ? सुगम वा दुर्गम ? भूगोल जहाँ भएपनि तपाईं बस्ने माटोमा रैथाने सागसब्जी पाइन्छ । ति सागसब्जी तपाईंले नियमित खेतीपाती गरेर उत्पादन पनि गरिरहनुभएको हुनसक्छ । च्याउ, निगुरो आदि चाहि जंगलमा यसैपनि फेला पार्न सकिन्छ । तपाईंले राम्ररी पहिचान गर्ने हो भने यस्ता थुप्रै […]

क्वाटी : कति स्वादिलो, कति पोषिलो ?

हरेक पर्व अनुसार हाम्रो भान्सामा भिन्न भिन्ने खानेकुरा पाक्ने गर्छ । असार पन्ध्रमा दही चिउरा, साउन पन्ध्रमा खीर भनेजस्तै जनै पूर्णिमाको दिन खाइने विशेष खान्की हो, क्वाटी । क्वाटीमा मास, मुँग, भटमास, चना, सीमी, बकुल्ला, बोडी, सानो केराउ, ठूलो केराउ जस्ता गेडागुडी मिसाइएको हुन्छ । क्वाटीलाई भिजाएर अंकुराउन थालेपछि यसको झोल बनाएर खाने परम्परा छ […]

आहार, निद्रा वा ब्रह्मचर्य

आहार, निद्रा र ब्रह्मचर्य । यो मानव जीवनको तीन आधार स्तम्भ हो । यसमा आहार एक महत्वपूर्ण स्तम्भ हो । आहार के हो ? यसको बयान गर्दै महर्षि चरकले भनेका छन्, ‘अन्न-नलीद्वारा जुन पदार्थ आमाशयमा पुग्छ । र, त्यो हाम्रो शरीरमा धातुको पोषण, रक्षण र क्षतिपूर्ति गरेर जीवन–प्रक्रियालाई संयमित राख्छ । त्यही आहार हो ।’ […]

सात्विक खानामा किन लसुन र प्याजलाई निषेध गरिन्छ ?

साउनमा सात्विक खानपान गर्नुपर्छ भनिन्छ । सात्विक, जो सहजै पच्छ, सन्तुलित, पोषणयुक्त र स्वादिलो पनि हुन्छ । सात्विक आहारमा सत्व गुण भरिपूर्ण हुन्छ । यस्तो खानाको सेवनले तन र मन शुद्ध हुने, शक्ति मिल्ने, सुन्दरता र प्रशन्नता मिल्ने बताइन्छ । आयुर्वेदले स्वाद र गुणका आधारमा खानालाई तीन भागमा विभाजन गरेको छ–सात्विक, तामसी र राजशी । […]

नुन नखाँदा के हुन्छ ?

के नुन बिनाको तरकारी खान सकिएला ? नुन नभएको अचार वा दाल खान सकिएला ? संभवत नुनलाई अलग गरेर हामी आफ्नो नियमित खानपानको कल्पना गर्न सक्दैनौं । नुन हाम्रो खानाको अनिवार्य हिस्सा हो । तर, चिकित्सकहरु सर्तक गराउँछन्, ‘नुनको बढी प्रयोग हानिकारक हुनसक्छ । उच्च रक्तचाप जस्ता समस्यामा त यो बढी हानिकारक हुनसक्छ ।’ हाम्रो […]

कुन खानेकुरा एकसाथ सेवन गर्दा विषाक्त बन्छ ?

केही मान्छेहरू समयमा खान नपाएर अस्वस्थ हुन्छन्, धेरै मान्छे पाएको खानेकुरा विधिपूर्वक खान नजानेर अस्वस्थ हुन्छन् । खानामा एउटा विज्ञान छ, यही विज्ञानको आधारमा प्राचीनकालदेखिको हाम्रो खाना संस्कार चल्दै आएको छ । खानाकै सवालमा एक व्यक्तिगत प्रश्न पनि आउन सक्छ, के तपाई प्रायः पेटको भारीपन, ग्यास र अन्य पाचनसम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्छ ? छ भने […]

साउनको परिकार : हरियो मकैको अनेक स्वाद

साउनको महिनामा शाकाहारी खानपानलाई जोड दिइन्छ । धार्मिक आस्थाको हिसाबले मात्र होइन, वर्षायाममा स्वास्थ्यका लागि पनि मासुजन्य परिकार सेवन नगरेको राम्रो हो । अर्कोतिर लकडाउनको कारण घरवाहिर एवं रेष्टुरेन्ट धाउने र थरीथरीका परिकार चाख्ने अनुकुलता पनि छैन । राम्रो कुरा त के भने, यतिबेला हरियो मकै पाइन्छ । हरियो मकै मौसम अनुकुल खान्की त हो […]

शाकाहारी हुनुको बेग्लै आनन्द

लियो टोलस्टोयले भनेका थिए ‘शाकाहारीवाद नै मानवतावादको तपस्या हो ।’ अर्थात हामीले विश्वमा शान्तीको कामना गर्छौ भने शाकाहारी बन्नुपर्छ । लेखक एवं कुशल राजनीतिज्ञ जर्ज बर्नाड सा शाकाहारी खानपानमा जोड दिन्थे । उनको एउटा चर्चित भनाई छ, ‘जनावरहरू मेरा मित्र हुन् । म कसरी मित्रलाई आफ्नो भोजन बनाउन सक्छु ?’ यद्यपि जमघट, चाडपर्व, उत्सवमा मात्र […]

व्रतमा किन खाइन्छ सिधे नुन ?

धार्मिक आस्था राख्नेहरुका लागि पवित्र महिना, साउन । यस महिनामा भगवान शिवको पूजा आराधना गरिन्छ । शरीर र मनलाई शुद्ध गरेर ब्रत बस्ने, मनलाई भक्ती–भजनमा लगाउने, दान दिने गरिन्छ । साउनको महिनामा व्रत बस्दा आफ्नो कामना पुरा हुने धार्मिक विश्वास छ ।  त्यसो त वर्षायामको यो समयमा व्रत बस्नु शारीरिक हिसाबले उत्तिकै फाइदाजनक पनि छ […]

यी चार फलफूल खाली पेटमा खानु हुँदैन

फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर कतिपय फलफूल यस्ता हुन्छन्, जसलाई खाली पेटमा खानु उचित हुँदैन । त्यसैगरी यस्ता थुप्रै खानेकुरा हुन्छन्, जसलाई खाली पेटमा सेवन गर्दा त्यो हानिकारक हुन्छ । १. आँप अहिले आँपको सिजन छ । मौसमी फलफूल स्वास्थ्यका लागि राम्रो मानिन्छ । आँपलाई फलको राजासमेत भनिन्छ । यो स्वादिलो […]

आयुर्वेद अनुसार साउनमा के खाने, के नखाने ?

आयुर्वेदमा शरीरलाई स्वस्थ राख्नका लागि खानापान सम्बन्धि केही नियम बनाइएको छ । यस नियम अन्र्तगत बर्षभरको हरेक महिनामा के खाने वा के नखाने भन्ने निर्देशन दिइएको छ । जसरी हरेक हाम्रो हावापानी एवं माटोमा समय अनुसार फरक फरक उत्पादन हुन्छ, त्यसैगरी हामीले आफ्नो खानपानमा पनि परिवर्तन गर्नुपर्छ । आयुर्वेदमा अनुसार साउनको महिनामा पनि के खाने […]

खानपानसँग जोडिएका यी उखान कति उपयोगी ?

‘धेरै खाए मल, थोरै खाए बल ।’ हाम्रा समाजमा प्रचलित यस्ता थुप्रै उखान छन्, जसले खानपानको उचित शैली र मात्राबारे अवगत गराउँछ । आज पोषणविद्हरुले जुन कुरामा जोड दिन्छन्, त्यही कुरा उखानको माध्यामबाट हाम्रा पूर्खाहरुले सदियौंदेखि भन्दै आए । अन्त्यानुप्रास मिलेको, सुन्दा घतलाग्दो र झट्ट स्मरण गर्न सकिने यी उखान–टुक्काहरुमा गहिरो अर्थ र जीवनोपयोगी सन्देश […]

त्यही खाना खाऔं, जो हाम्रा पूर्खाले सदियौंदेखि खाँदै आए

अहिले हाम्रो भान्सामा थरीथरीका व्यञ्जन पाक्न थालेको छ । युट्युबलगायतका माध्यममा उपलब्ध हुने रेसेपी हेर्दै हामी नयाँनयाँ परिकार बनाउने अभ्यास गरिरहेका छौं । हिन्दी धारावाहिक टेलिश्रृङ्खला हेरेर गृहिणीहरू त्यहाँ देखाइने खानपानको सिको गरिरहेका छन् । कार्टुनमा देखेकोजस्तो परिकारमा बालबालिका लोभिँदैछन् । रेस्ट‍ुरेन्ट संस्कृति बढेसँगै किशोर पुस्ताको स्वाद पिज्जा, बर्गर, फ्रेन्च फ्राइ आदिमा भिज्दैछ । अर्कोतिर […]

जब हाम्रो भान्साको खानेकुरा विषाक्त बन्छ

मानौं अहिले हामीले कुनै खानेकुरा पकाएर खायौं । उक्त खानेकुरा स्वादिलो, स्वस्थ्यकर र पोषिलो छ । अर्थात यो खानेकुराबाट हामीले स्वास्थ्य–लाभ लिन्छौं । पेटमा कुनै गडबडी हुँदैन । न अपच हुन्छ, न पेट दुख्छ । त्यही खानेकुरा १२ घण्टापछि खाने हो भने के होला ? त्यसको असली स्वाद हराइसकेको हुन्छ । बास्नाको गन्ध आउन थाल्छ […]

के सलह जस्तै किरा–फट्यांग्रालाई मान्छेले आफ्नो भोजन बनाउनेछ ?

कुनैदिन विश्वले चरम खाद्य संकट झेल्नेछ र भोकमरीको स्थिति आउनेछ । चामल, गहुँ, मकै जस्ता मूख्य खाद्यन्न सर्वत्र अभाव हुनेछ । त्यसपछि पेट भर्न वा बाँच्नका लागि मान्छेले किरा–फट्यांग्रालाई आफनो भोजन बनाउनेछ । के हामी आज यस्तो दिनको कल्पना गर्न सक्छौं ? जुन कुरा हेर्दै दिगमिग लाग्छ, त्यसलाई कसरी भोजनको रुपमा ग्रहण गर्न सक्नेछौं ? […]

राती अबेर खाना खाँदा स्वास्थ्यमा कस्तो हानी गर्छ ? 

राती खाना खानु स्वास्थ्यका हिसाबले त्यती अनुकुल मानिदैन । जब हामी राती अबेर खाना खान्छौं, खानेकुरा पच्न पाउँदैन । किनभने रातको समयमा विश्राम गरिन्छ । यतिबेला शरीरलाई अतिरिक्त उर्जा आवश्यक हुँदैन । त्यसैले हामीले खाएको खानेकुरा पचाउनै गाह्रो हुन्छ । अपच हुने त छँदैछ, शरीरमा आवश्यक्ताभन्दा बढी क्यालोरी जम्मा हुन्छ । वोसो लाग्ने, मोटोपन बढ्ने […]

सात्विक भोजन : दीघार्यु र निरोगी जीवनका लागि

आयुर्वेद अनुसार खानालाई तीन भागमा वर्गिकरण गरिएको छ– सात्विक, राजशी र तामासिक । सात्विक भोजन सबैभन्दा श्रेष्ठ मानिन्छ । सात्विक भोजन एक योगिक आहार संरचना हो, जसमा सबै पौष्टिक आहार सामेल हुन्छ । यो पौष्टिक हुनका साथै सुपाच्य हुन्छ । ताजा, स्वादिलो, सुपाच्य र सन्तुलित हुन्छ । यस किसिमको खानाले शरीरलाई स्वस्थ्य राख्छ, मनलाई पनि […]

खाना पकाउन र खान कस्तो भाँडावर्तन स्वस्थ्यकर ?

खानेकुरामा विभिन्न पोषक तत्व हुन्छन् । तर खानेकुरा पकाउने र खाने क्रममा ती सबै पोषक तत्व हामीले प्राप्त गर्न सक्दैनौं । खानेकुरा पकाउने क्रममा कतिपय पोषक तत्व नष्ट हुन्छ । त्यति मात्र कहाँ हो र ? हामीले प्रयोग गर्ने कति भाँडा त यस्तो हुन्छ जसले पोषक तत्व नष्ट गर्ने मात्र होइन हानिकारक रसायन समेत पैदा […]

 यी खानेकुरा जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ     

तपाईं आफ्नो दैनिक खानामा दही समावेश गर्नुहुन्छ ? लसुन नि ? यसमा पक्कै पनि तपाईंको जवाफ सकारात्मक आउनेछ। लसुन त हाम्रो खानाको अभिन्न हिस्सा नै भयो । तरकारीमा लसुन नभई हुन्न । त्यसैले त यो भान्सामा अनिवार्य हुनेगर्छ । तपाईंलाई हेक्का हुनुपर्छ, दही स्वादिलो मात्र होइन अत्यन्तै लाभदायक पनि हुन्छ। खासगरी पेटको लागि दही सेवन […]

हाम्रो खाना यसरी बन्छ विषाक्त

खाना केका लागि ? प्राथमिकताको आधारमा यसको जवाफ हुन्छ, स्वस्थ्य र तन्दुरुस्तीका लागि । तर, त्यही खानाले स्वास्थ्य खराब गर्छ भने ? हो, शरीरलाई स्वस्थ्य राख्न खानाको भूमिका हुन्छ । यद्यपि कतिपय अवस्थामा भने सोही खानाले स्वास्थ्यमा गडबड गर्छ । यो त्यही अवस्थामा हुन्छ, जब हामी यसको पोषणलाई भुलेर स्वादको चक्करमा लाग्र्छौं । स्वादिलो बनाउने […]

करेलाको गुणै–गुण, तर कसरी पकाउने ?

अहिलेको मौसमी तरकारी करले । तीतो–टर्रो करेला अधिकांशलाई मीठो लाग्छ । मीठो मात्र हो र ? करेला आफैमा पोषक तत्वले भरिपूर्ण तरकारी पनि हो । यसमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस, भिटामिन आदि तत्व पाइन्छ । मधुमेह, उच्च रक्तचाप जस्तो दीर्घ रोगमा पनि उत्तिकै लाभदायक हुन्छ करेला । त्यसो त करेलालाई थरीथरीको स्वादमा बनाएर खान सकिन्छ […]