Comments Add Comment

खाना

List Grid
जाडोको खान्की तरुल : कति पोषिलो ?

हरेक पर्व अनुसार खानेकुरामा विविधता छ । जस्तो तिहारको सेलरोटी, दशैंमा खसीको पक्कु, असार पन्ध्रमा दही चिउरा । यसैगरी जाडो यामको पनि विशेष खानेकुरा छन्, तरुल । हुन त तरुल माघे संक्रान्तिमा पकाइने गरिन्छ । यद्यपि जाडो यामसँगै तरुल उत्पादन सुरु हुन्छ । यो प्राकृतिक एवं मौसमी खानेकुरा भएकाले जाडो याममा यसको सेवन शरीरका लागि […]

खानपान संस्कृति : जिब्रोलाई लोभ्याउने ब्राजिलका व्यञ्जन

दक्षिण अमेरिकामा जादुमयी गुणहरु भएका केही वनस्पतिको बारेमा उनीहरुले सुनेका कथाहरु सत्य साबित भएपछि सेफ तथा अनुसन्धानकर्ताहरु अचम्मित भएका छन् । घाँसजस्तो स्वाद भएको जम्बुले पारखीको मुखमा पानी आउँछ । पारम्परिक भान्सेहरु यसलाई हाँससँग पकाउँछन् । स्थानीय तथा अमेजनका खाद्य सामग्रीहरुको अध्ययन गर्ने पाओलो मार्टिन्स संस्थानका प्रमुख जोआन्ना मार्टिन्स भन्छिन् -‘यसले तपाईंलाई झुमाउने छ ।’ […]

रसिलो मिश्रीको गुण

चिनीकै जमेको कण हो, मिश्री । त्यसैले मिश्रीलाई ‘रक सुगर’ पनि भनिन्छ ।  मिश्रीमा हाम्रो स्वास्थ्यमा आउने सानातिना समस्याको समाधान गर्न सक्ने गुण हुन्छ । यसको सेवन मन्दिरमा प्रसादको रुपमा पनि गरिन्छ । यसको अर्थ हो मिश्री अत्यन्त पवित्र खाद्यपदार्थ हो । पाचन यन्त्रलाई ठिक राख्छ मिश्रीको सेवन खाली माउथ फ्रेसनरका लागि नभएर पाचन क्रिया […]

कालो चनाका फाइदै फाइदा

चना त हामी सबैले खाएकै छौं । चनाको छोले होस् अथवा चनाको दाल अथवा चनाको वेसनबाट बनेका परिकार नै किन नहुन्, हामीले प्रायः खाइरहेकै हुन्छौं । तर, के तपाईंको डाइटमा कालो चना समावेश छ त ? हजुर, भिटामिनहरुको खजाना हो कालो चना । यो रेसादार हुन्छ, भिटामिनको साथै खनिजहरुले भरिपूर्ण हुन्छ र यसमा चिल्लोपना कम […]

प्रतिबन्धित खाना खानेहरु एक्लोपनको शिकार

जब हामी कुनै पनि होलिडे प्लान गर्छौं । त्यो बेलामा सबैभन्दा राम्रो बस्ने र खाने ठाउँ हेर्नु अति नै आवश्यक हुन्छ । बिदाको क्रममा गरिने खानपान सबैभन्दा महत्वपूर्ण कुरा हो । साथीभाइसँग बिदामा जाने कुरा होस् अथवा परिवारसँग ट्रिपमा जाने । तर, जो व्यक्तिले प्रतिबन्धित खाना अथवा प्रतिबन्धि डाइट  लिन्छन् । उनीहरु यस प्रकारको अवसरहरुमा […]

गाईको दुध कति लाभदायक ?

सबै स्तनधारीहरुको जीवनमा दुधको अति नै महत्व हुन्छ । शिशु जन्मनासाथ आमाको स्तनबाटै दुध पिउन थाल्छन् । जनावरको बच्चाले एउटा समयपछि आमाको दुध पिउन छाडिदिन्छन् र अन्य जनावरजस्तै अन्य चीज खान थाल्छन् । तर, मानिसको बच्चाले आमाको दुध छाडेपछि पनि अरु स्तनधारी जनावर जस्तै गाई, भैंसी, भेडा आदिको दुध पिउन थाल्छन् । मानिस मात्र एउटा […]

धेरै चिनी खानेहरु कुन देशका ?

नामचीन मेडिकल जर्नल ल्यान्सेटमा ग्लोबल बर्डन अफ डिजिजका सम्बन्धमा एउटा अध्ययन भएको थियो । उक्त रिपोर्ट प्रकाशित भएपछि इजरायलका मिडियामा धेरै सेलिब्रट गरियो । वास्तवमा, उक्त अध्ययनमा संसार भरीका एक सय ९५ देशहरुबाट संकलित स्वास्थ्य तथ्यांक समावेश गरिएको थियो । उक्त अध्ययन अनुसार इजरायल संसारको त्यस्तो देश हो, जहाँ खानपानका कारण हुने मृत्युदर सबैभन्दा कम […]

तयारी अचारको खतरा : आन्द्राको रोगदेखि उच्च रक्तचापसम्म

खाना खाइरहँदा हामीलाई थालमा थोरै चटनी वा अचार चाहिन्छ । अचार भएमा खानाको स्वाद तिख्खर हुन्छ । अचार बनाउन गाह्रो छैन, न समय नै लाग्छ । सिलाम, गोलभेंडा, मुला, कांक्रा आदि जे उपलब्ध छ, त्यसैमा नुन र खुर्सानी पिसेर अचार बनाए पुग्छ । तर, हामीलाई घरमै यसरी ताजा अचार बनाएर खाने जाँगर चल्दैन । किनभने […]

चिया थरीथरीका : कुन बढी स्वस्थ्यकर ?

चिया विश्वभरीमै सबैभन्दा बढी पिइने पेय पदार्थ हो । नेपालका मानिसहरुका लागि त चिया केवल एउटा पेय पदार्थ मात्र होइन, एउटा भावना समेत हो । बजारमा अनेकथरी चिया छन् । हर्बल टि, लेमनग्रास टि आदि । यी खासमा चिया होइनन् । चियामा मिश्रण गरिएका फ्लेबर हुन् । त्यसैले चियाको असली स्वाद लिनका लागि अर्थोडक्स चिया […]

पिरो खानु कत्तिको स्वास्थ्यबर्द्धक ?

जब हामीलाई कुनै खानेकुरा खान गाह्रो भइरहेको छ भने हामी त्यो खानेकुरा किन खान्छौं ? पछिल्लो वर्ष एउटा अमेरिकी अस्पतालको इमर्जेन्सी कोठामा एउटा व्यक्तिलाई भर्ना गरिएको थियो । उसलाई के भएको छ भन्ने कुरा डाक्टर पत्ता लगाउने कोसिस गरिरहेका थिए । ती व्यक्ति अत्यधिक टाउको दुखाई, गर्द्धनमा पीडा भएकाले छट्पटाइ रहेका थिए र उनी बारम्बार […]

शाकाहारी हुँदा के फरक पर्छ ?

शाकाहारी र मांसाहारीहरुको झ्यासम्यासे यो काठमाडौंमा मांसाहारीहरुको तुलनामा अवश्य पनि शाकाहारीहरुले धेरै पीडा भोग्नुपर्ने हुन्छ । शाकाहारीहरुको पनि विभिन्न प्रकार हुने गर्छ । कोही अण्डा खाने शाकाहारी हुन्छन् । कोही माछासम्म पनि खाने खालका शाकाहारी हुन्छन् । कोही माछा मासु र अण्डा समेत नखाने शाकाहारी हुन्छन् भने कोही दूध समेत नखाने शाकाहारी समेत पाइन्छ । […]

कस्तो खानपानले रोगी बनाउँछ ?

हामी बाँच्नका लागि खानेकुरा खान्छौं । तर खानपानको सम्बन्ध प्राण धान्नुसँग मात्र छैन । शरीर स्वस्थ्य र तन्दुरुस्त राख्नका लागि पनि उचित खानपानको आवश्यक पर्छ । सही, सन्तुलित र सुपाच्य खानेकुराले शरीरलाई निरोगी बनाउँछ । अर्थात रोग लाग्नबाट बचाउँछ । जवान र तन्दुरुस्त राख्छ । तर, असन्तुलित र खराब खानाले ठिक विपरित नतिजा दिन्छ । […]

लामो आयुको राज : जापानीहरु किन खान्छन् सखरखण्ड ?

संसारमा सबैभन्दा लामो आयु बाँच्छन्, जापानीहरु । जापानको पनि ओकिनावाका बासिन्दा सबैभन्दा बढी बाँच्छन् । आखिर उनीहरुको दीर्घायुको रहस्य के हो ? यस सम्बन्धमा अनेकन खोज भएका छन् । हुन त हामी चाहन्छौं, लामो आयु बाँच्न पाइयोस् । तर लामो आयु पाउनका लागि के गर्नुपर्छ ? यसमा हाम्रो खानपान, जीवनशैली जिम्मेवार छ वा जन्मजात गुण […]

खाना संस्कृति : यसरी पाक्न थाल्यो नेपालीको चुल्होमा मःम  

झण्डै ५० वर्ष अघि ललितपुरको मंगलबजारकै भित्रपट्टी रहेको एउटा पुरानो घरमा जब मम पकाएको बास्ना आउँथ्यो । तब बाटो हिँड्नेहरु त्यसै लोभिएर जान्थे । त्यही घरमा पहिलो पटक ममको स्वाद चाखेका गुनागुनी शाक्य भन्छन् ‘कति त बाहाना बनाएर घरभित्र आउन पनि खोज्थे होला । कतिपटक त मलाई नै स्वादले अरुको घरमा समेत तान्ने गथ्र्याे । […]

काउली : बेफाइदा पनि छन्

जाडो मौसम प्रारम्भ हुने बित्तिकैदेखि बजारमा हरेकतर्फ हरिया साग-सब्जीहरु देखिन थाल्छन् । यद्यपि, ती मध्ये एउटा तरकारी जुन अधिकांशलाई मनपर्छ । त्यो हो काउली अर्थात् फूल कोभी । काउलीको तरकारी प्रायः सबैलाई उत्तिकै पि्रय लाग्छ । तरकारीमात्र होइन काउलीको पराठा तथा पकौडा पनि निकै मन पराइन्छ । काउलीको सेवन स्वास्थको दृष्टिकोणले निकै नै फाइदाजनक छ […]

कति हुनुपर्छ प्याजको मूल्य ?  

सरकारी अड्डाबाट सामान्य काम फत्ते गराउन जति घुस दिनुपर्छ, त्यति पैसाले केही बोरा प्याज खरिद गर्न सकिन्छ । एउटा व्यक्तिले दिनभरमा रित्याउने चुरोटको मूल्यले एक केजी प्याज (अहिलेको बजारभाउमा) किन्न सकिन्छ । अनुहार पोत्नका लागि जति मूल्यमा सन-प्रोटेक्सन क्रिम किन्ने गरिन्छ, त्यसले डेढ केजी प्याज आउँछ । शहरका मल्टिप्लेक्स हलमा एक प्याकेट पपकर्न किन्न जति […]

रेड वाइन पिउनु स्वास्थ्यको लागि लाभदायक हुनसक्छ ?

मदिराका कारण विश्वभरीमा हरेक वर्ष दशौं लाख मानिसहरुले मृत्युवरण गरिरहेका छन् । त्यही पनि मानिसहरुले हजारौं वर्षदेखि मदिरा पिउँदै आइरहेका छन् । पछिल्ला केही दशकहरुमा वाइनले एउटा प्रतिष्ठा हाँसिल गरेको छ । त्यो के हो भने यो पेय पदार्थ स्वास्थका लागि असाध्यै राम्रो छ । खासगरी रेड वाइन । यसको सम्बन्ध लामो उमेर तथा मुटुको […]

३५ बर्षअघि काठमाडौंको रेष्टुरेन्ट कल्चर : कति बदलियौं हामी ?

आजभन्दा ३५ वर्ष अघि पाटनको पहिलो रेष्टुरेन्टको रुपमा ‘क्याफे दि पाटन’ खोलेका गुणमुनी शाक्यलाई धेरै पर्यटकहरुले मन जितेर गए । हुन त नेपाली खानाले उनीहरुको पनि मन नजितेको होइन । यही नेपाली संस्कार र खानाका कारण नै पटक पटक एउटै पर्यटकहरु पनि नेपाल आउने गर्छन् । पर्यटकको रोजाई केवल प्राकृतिक सुन्दरता वा अन्य पर्यटकीय स्थल […]

नक्कली र सक्कली घर मसला कसरी चिन्ने ?

तपाईं/हामीले दैनिक खाने मसलाहरु कत्तिको गुणस्तरयुक्त हुन्छ, ध्यान दिने गर्नुभएको छ ? पसलेहरुले खुल्ला ठाउँमा राखेर बेसार, जिरा, गरम मसाला, तरकारी मसला, खुर्सानी पाउडर आदि मसला बेच्छन् । त्यसमा अधिक नाफा कमाउनको लागि अन्य खाद्यान्न समेत ठूलो मात्रामा मिसाउने गरेका हुन्छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरु खुला ठाउँमा बिक्री हुने मसलामा माटोका […]

मौसमी फल अमला : कति गुणकारी ?

जाडो मौसममा अमला सेवनका केहस् विशेष फाइदाहरु छन् । अमलाको सबैभन्दा ठुलो गुण भनेको यसलाई पकाएपछि पनि यसमा समावेश भिटामिन सी यथावत नै रहन्छ । अमलामा क्रोमियम बढि मात्रामा हुन्छ । अमला हरियो होस् अथवा ताजा अथवा सुकाएको भए पनि यसको गुण कहिल्यै कम हुँदैन । अमला धेरै गुणकारी हुन्छ र हरेक मौसममा यसको सेवन […]

एउटा सेफको कथा, जो देशभर रैथाने खाना खोज्न हिँडे

एकपटक तारा रायमाझी पूर्वी नेपालको फन्को लगाउँदै साँझमा ताप्लेजुङ पुगे । राती स्थानियसँग रमझम गर्दै बस्दा कसैले भन्यो, ‘मेरो घरमा फर्सी फल्छ, तपाईंलाई एक ढाकर फर्सी दिन्छु ।’ अर्कोले भन्यो, ‘मेरो घरमा कुभिन्डो फल्छ, एक थुन्से कुभिन्डो दिन्छु ।’ नभन्दै बिहान त्यस्तै भयो । उनी बसेको घरमा कुभिन्डो र फर्सीको थुप्रो लगाइएछ । सुक्रबारको दिन […]