Comments Add Comment

धर्म-संस्कार

List Grid
तिहारमा कागको पूजा किन गरिन्छ ?

हिन्दू धर्मावलम्बीहरुले हर्षोल्लासपूर्ण रुपमा मनाउने तिहार पर्वको आफ्नै विशेषता रहेको छ । उज्यालो र खुसीयालीको पर्वको रुपमा चिनिने यस पर्वले मानिसहरुमा छुट्टै उमंग लिएर आँउछ । तिहारको कुरा गर्नासाथै हाम्रो दिमागमा झिलिमिली बत्तिहरुको प्रकाश, घरआँगनमा फूलेका मखमली र सयपत्री जस्ता रङ्गी बिरङ्गी फूलहरु, देउसीभैलो टोलीको रमाइलो नाचगानको साथै सेलरोटी लगायत विभिन्न मिठाईहरुको स्वाद आइहाल्छ । […]

तिहारको औपचारिक शुरुवात कहिलेदेखि ?

शुक्रबार कात्तिक शुक्ल त्रयोदशी । यही दिनदेखि औपचारिक रुपमा तिहारको सुरुवात हुने गर्दछ । तर, शुक्रबार भन्दा शनिबार धेरै घडी शनिबार हुने भएकोले तिहारको सुरुवाती दिन अर्थात् काग तिहार शनिबार मात्रै गरिने भएको छ । यद्यपि ज्योतिष शास्त्रका अनुसार कात्तिक कृष्ण त्रयोदशीको व्रत भने शुक्रबारदेखि मनाउने गरिएको छ । यो दिन देवताका डाक्टर धन्वन्तरिको जन्म […]

झिलिमिली झिलिमिली, ए है के को झिलिमिली ?

जतिबेला नेपालीले संस्कृत भाषासँग शब्दको सापटी लिएको थियो, त्यतिबेलादेखि नै संस्कृतले नेपालीलाई धेरै आलंकारिक शब्दहरु पनि उपहार दिएको छ । त्यसैले नेपाली भाषामा पनि संस्कृतका जस्तै आलंकारिक शब्द एवं उपमाहरुको प्रयोग गर्ने परिपाटी छ । हामीलाई चन्द्रमुखी र सूर्यमुखी जस्ता शब्दहरु संस्कृतले नै सिकायो । केवल नेपालीलाई मात्रै होइन, संस्कृत साहित्यले कखरा सिकाएका भारोपेली भाषा […]

धनतरेसको दिन गर्नुपर्ने कामहरु

हिन्दुहरुको दोस्रो महान चार्ड तिहारलाई हामी पाँच दिनसम्म मनाउने गर्छौं । ती पाँच दिनको आफ्नै भिन्दै महत्व र मान्यता रहेको छ । तिहारको पहिलो दिन काग तिहार हो । यो दिन हामी कागलाई पूजा गरेर खाना खान दिन्छौं । यो दिन काग सँगसँगै हामी लक्ष्मी, कुवेर र धनवन्तरिको पनि पूजा गर्छौं । यो दिन मानिसहरु […]

बलीराजाले कसलाई पठाएका थिए देउसी खेल्न ?

आहै भन भन भाइ हो ……… देउसी रे । आहै राम्ररी भन ………………. देउसी रे । आहै स्वर मिलाइकन ………… देउसी रे । आहै देउसी रे भन ………………… देउसी रे । आहै हामी त्यसै ……………….. देउसी रे । आहै आएका होइनौं …………….. देउसी रे । ‘बली राजाले पठाएको …..’ देउसी रे । जब-जब ‘देउसी रे’ […]

देउसी र जोगीलाई भिक्षा : किन र कसरी दिने ?

नेपाली संस्कृतिले आफूले कमाएको सम्पत्ति एक्लै खाने नभई दान दक्षिणा पनि दिनुपर्ने संस्कार सिकाएको छ । यसलाई धर्मसँग जोडेर यो युगमा दिएको कुरा अर्काे युगमा पाइन्छ भनेर सेवा भावलाई जागृत गरिएको छ । त्यसैले कात्तिक महिना र चैत महिनालाई दानको लागि उपयुक्त महिना मान्ने गरिन्छ । कात्तिक महिनामा तिहार पर्छ । यही महिनामा देउसी भैलोको […]

तिहार : घुमन्ते युगसम्म जोडिएको पर्व

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार पाँच दिनसम्म मनाईँदै छ । धार्मिक, सामाजिक र वैज्ञानिक रुपमा समेत महत्वपूर्ण रहेको यो पर्वको बारेमा विभिन्न किसिमका किंवदन्ती एवं विश्वासहरु सुन्ने गरिन्छ । कसैले यसलाई मानव सभ्यताको विकासक्रमसँग जोडेर व्याख्या गरेका छन् भने कसैले यसलाई एउटा आदर्श समाजको सुरुवातको रुपमा मान्ने गरेका छन् । यसको व्याख्या गर्दा […]

वाल्मीकि : प्रेमी-प्रेमीकाको प्रेम र रामायण रचनाको संयोग

महर्षि वाल्मीकिको जीवनीको बारेमा धेरै किंवदन्तीहरु पाइन्छ । ती मध्ये पनि डाकु रत्नाकर सुधि्रएर वाल्मीकि बनेको किंवदन्ती निकै चर्चित छ । यो एक किसिमको ज्ञान प्रदान गर्ने किसिमको कथा भएकोले पनि यसलाई नीति कथाको रुपमा समेत विकास गरिएको हुनसक्छ । तर, संस्कृत साहित्यका आदिकवि समेत रहेका वाल्मीकिको जीवनी भक्तिको मार्गमा चल्न सुझाव दिने एक मार्गदर्शक […]

हिन्दु धर्मको २१ नरक : कुन गल्तीमा भोग्नुपर्छ कस्तो सजाय ?

हिन्दु धर्ममा कुनैपनि नराम्रो कामको फल यो जन्ममा मात्रै होईन । मृत्युपछि पनि भोग्नुपर्छ भन्ने मान्यता छ । विभिन्न धर्मशास्त्रहरुले हाम्रो सत् र असत् कामको आधारमा मृत्युपछि स्वर्ग वा नर्क जाने भन्ने निधो गर्ने अवधारणा प्रस्तुत गरेका छन् । राम्रो काम गर्नेहरु स्वर्गमा गएर पर्याप्त सुख सुविधाको भोग गर्न पाउँछन् भने यो लोकमा नराम्रो काम […]

महाभारतको युद्धले पाण्डव र श्रीकृष्णलाई के हासिल भयो ?

महाभारतको युद्धपछि के भयो ? उक्त युद्धमा कसले के गुमायो, कसलाई के प्राप्त भयो ? जिज्ञासा जाग्नु स्वभाविक हो । यस युद्धमा कौरवले ११ अक्षौहिणी सेना र पाण्डवले सात अक्षौहिणी सेना एकत्रित गरेर लडाई गरेका थिए । कुल अनुमानित ४५ लाख सेनाबीच महाभारत युद्ध भएको थियो, १८ दिनसम्म । उक्त युद्धमा कुल १८ योद्धा मात्र […]

दासी पुत्र विदुर कसरी बने महाराज धृतराष्ट्रको सल्लाहकार ?

विदुर नीति महाभारत कालको एउटा चर्चित नीति हो । परिवार, राज्य व्यवस्था र समाज चलाउनको लागि विदुरले तयार पारेको यो नीति पूर्वीय दर्शनमा यज्ञवाल्क्य नीति एवं चाणक्य नीति समान मान्ने गरिन्छ । भारत वर्षमा चाणक्यकाल पूर्वका चर्चित नीतिहरुमा भीष्म नीति, विदुर नीति, मनु नीति (मनुस्मृति), चार्वाक, शुक्र नीति, बृहस्पति नीति, परशुराम नीति, गर्ग नीति आदि […]

दसैंसँग चंगाको नाता: सहकालको प्रतीक चंगा

यसपाली मनसुन चक्र लम्बियो । त्यसैले यसपाली ‘हट्यो सारा हिलोमैलो, हरायो पानीको बर्षा’ भनेजस्तो भएन । आकाश धुम्मिइरह्यो । दर्के झरी परिरह्यो । सायद यही कारण पो हो कि, यसपाली आकाशमा रंगबिरंगी बत्तिँदैगरेको चंगा देख्न पाइएन । यदि त्यसो नहुँदो हो त शरद ऋतुको यो मादक मौसममा आकाशभरी चंगाहरु उडिरहेका हुन्थे । त्यही दृश्यले दसैं […]

दसैंको आर्शिवाद कति अर्थपूर्ण र उपयोगी छ

काठमाडौं । नेपालीहरुको महानपर्व विजयादशमीको दिन दिइने संस्कृतका श्लोकहरु प्रतिकात्मक रुपमा पौराणिक पात्रहरुलाई आदर्श पात्र मानेर दिइएको आशिर्वादहरु हुन् । आशीर्वाद दिने व्यक्तिले स्पष्टसँग उच्चाहरण गर्ने हो भने सामान्य रुपले पौराणिक पात्रहरुको बारेमा जानकारी भएका व्यक्तिलाई यो श्लोक त्यति कठिन छैन । तर, यसले बोकेको भाव भने निकै ठूलो मान्न सकिन्छ । यसरी संस्कृत अध्ययन नगरेकाहरुले […]

को थिए महिषासुर ? यस्तो छ उनको कथा

भनिन्छ, माताको गण अदृश्य रुपमा बिद्यमान हुन्छन् । उनका गणहरुमा भैरव र भैरवी प्रमुख छन् । माता दुर्गाको अगाडि हनुमान र पछाडि भैरवको सवारी हुन्छ । महिषासुर एक असुर थिए । महिषासुरका पिता रंभ असुरहरुका राजा थिए, जसले एक पटक जलमा बस्ने एउटा भैंसीसँग प्रेम गरेका थिए, जसको योगले महिषासुरको आगमन भएको थियो । महिषासुर […]

नवरात्रको सातौं दिन : उग्र स्वरुपकी सुख दायिनी देवीको पूजा गरिँदै

नवदूर्गाको सप्तम रूपको नाम हो कालरात्रि । यी देवीको अति भयावह तथा उग्ररूप रहेको छ। सम्पूर्ण सृष्टिमा यस रूपभन्दा धेरै भयावह अरु केहीपनि छैन भन्ने देखाउनकोलागि कालरात्रिको स्वरुप देखाउने गरिन्छ । तर, यो स्वरुपले मातृत्व भावलाई समेत समेट्ने गरेको छ । यी देवीको यो रुपले ज्ञान र वैराग्य प्रदान गर्ने विश्वास छ । यसमा आवश्यक […]

नवरात्रिकी छैठौं देवी कात्यायनीको मन्त्र र कथा

चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना । कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी ।। नवरात्रिको छैठौं दिन आज माता कात्यायनी देवीको पूजा-आराधना गरिँदैछ । यी देवीको उपासना र आराधना गर्नाले भक्तहरुलाई सजिलै धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुन्छ । माता कात्यायनी देवीको पूजा अर्चना गर्नाले रोग, शोक, सन्ताप र भय नष्ट हुनुको साथै जन्मको समस्त पाप पनि नष्ट हुन्छ भन्ने […]

आज बडा दशैंको छैटौं दिन, कात्यायनीदेवीको पूजा गरिँदै

१७ असोज, काठमाडौं । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहररूबाट हुने बिध्न–बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएकाे धार्मिक वचन छ । हाम्रो अगाडि घटित हुनै सबै घटनालाई हामी प्रपञ्च नामले चिन्दछौं । […]

नवरात्रिकी पाचौं देवी स्कन्दमाताको महत्व र मनपर्ने प्रसाद

नवरात्रिको पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरिन्छ । स्कन्दमाताको दाहिने हातमा कमलको पुष्प, बायाँ हातमा वरमुद्रा रहेको छ । यी देवीका तीन आँखा र चार हातहरु छन् । वर्ण पूर्णतः शुभ कमलासनमा विराजमान भएकी स्कन्दमाताको वाहन सिंह हो । यी मातालाई पद्मासन देवी पनि भनिन्छ । यिनका पुत्र स्कन्दमाताको काखमा बसेका छन् । आराधनाको […]

आज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै

१६ असोज, काठमाडौं । आज बडादशैंको पाँचौं दिन । हिन्दूधर्मालम्बीहरूले पाँचौं देवी स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदै छन् । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता […]

ज्ञान र विद्वानकी देवीः स्कन्दमाताको पावन कथा

सिंहासनगता नित्यं पद्माश्रतिकरद्वया । शुभदास्तु सदा देवी स्कंदमाता यशस्विनी ।। पहाडहरुमा रहेर सांसारिक जीवहरुमा नवचेतनाको निर्माण स्कन्दमाताले गर्छिन् । नवरात्रीको पाँचौ दिन यी देवीको पुजा-अर्चना गरिन्छ । यसको कृपाले बुद्धिको विकास हुने र ज्ञानी बन्ने विश्वास रहेको छ । स्कन्द कुमार कार्तिकेयको माता भएकी कारण यी देवीको नाम स्कन्दमाता अभिहित गरिएको हो । यीनको विग्रहमा […]

मृत्यु, रोग र कमजोरीबाट मुक्ति दिने देवी कुष्माण्डाको पूजा आज

नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्ने गरिन्छ । सम्पूर्ण जगतका हरकणमा ऊर्जा र प्राणशक्तिको अनुभवले नै मानिसलाई सफलताको विन्दूमा पुर्याउने गर्दछ । यही सर्वव्यापी, जागृत, प्रत्यक्ष बुद्धिमत्ता सृष्टिमा अनुभव गर्नु नै कुष्माण्डा हो । कुष्माण्डाको शाब्दिक अर्थलाई हेर्दा यसको अर्थ लौका एवं कुपिण्डो भन्ने हुन्छ । यसको प्रतिकात्मक अर्थले हामीहरुको प्राणशक्ति पनि कुपिण्डो वा […]