Comments Add Comment

धर्म-संस्कार

List Grid
धर्मशास्त्र अनुसार जीवनमा जुन कुरा गोप्य राख्नुपर्छ

आफ्ना हितैषीलाई एवं एकदमै मिल्ने साथीलाई पनि जीवनका सबै गोपनियता खुलाउनु हुँदैन । किनभने भोलिका दिनमा ति हितैषीसँग हाम्रो सम्बन्ध बिग्रन सक्छ । तब हाम्रो गोपनियता उनलाई थाहा हुन्छ । हाम्रो घरायसी अवस्था, स्वास्थ्यस्थिती, कमजोरी, पृष्टभूमी सबै थाहा हुन्छ, जुन आफैमा खतरनाक हुनसक्छ । हामी आफ्ना साथीभाईलाई घर परिवारका सबै कुरा भन्छौं । आफ्ना साइनो, […]

चाणक्यको जीवनोपयोगी तीन कथा

चाणक्य आफ्नो जमानाका प्रशिद्ध विद्वान थिए । उनमा अत्यान्तै चलाख र कुटनीतिक दक्षता पनि थियो । यद्यपी उनको जीवन एकदमै सरल थियो । उनले ‘चाणक्य नीति’ नामक पुस्तक लेखेका छन् । यस पुस्तकमा जीवन र जगतका बारेमा थुप्रै कुरा लेखिएका छन्, जो हामीलागि  अनुकरणिय हुनसक्छ । साथै यसले हामीलाई सार्थक मार्ग पहिल्याउन मद्दत गर्छ । […]

धर्म र कर्तव्य के हो ?

जुन कर्तव्य हो त्यो धर्म हो । जुन अकर्तव्य हो त्यो अधर्म हो । अर्थात् जुन गर्नुपर्ने हो त्यही धर्म हो । जस्तैस् नाकले पानी पिइन्न। जुन करणीय हो, त्यही धर्म हो र जुन अकरणीय हो त्यो अधर्म हो । धर्म भन्नाले दैवी शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरूसँग सम्बन्धित नैतिक […]

पूर्वीय दर्शनमा मोक्ष : जीवन हुँदै पाइन्छ कि मृत्युपर्यन्त कुर्नुपर्छ ?

पूर्वीय दर्शनमा मोक्षलाई नै सर्वोच्च स्थान मानिएको छ । तर मोक्ष के हो र कस्तो अवस्थालाई मोक्षावस्था भनिन्छ भन्नेबारे धेरैमा अन्यौल देखिन्छ । मोक्ष जीवनकालमा नै पाइन्छ या मृत्युपछि मात्रै हुन्छ । मोक्ष प्राप्तिपछि कस्तो अवस्था हुन्छ र मोक्ष प्राप्त नहुँदा के हुन्छ ? भन्ने कुरा धेरैको जिज्ञासाको विषय हुन सक्छ । पूर्वीय दर्शनले मोक्षलाई […]

अध्यात्म के हो ?

अध्यात्म एक दर्शन हो, चिन्तन–धारा हो, विद्या हो, हाम्रो सांस्कृतिक परम्परागत विरासत हो, ऋषिहरू एवं मनीषिहरूको चिन्तनको निचोड हो, उपनिषद्हरूको दिव्य प्रसाद हो । आत्मा, परमात्मा, जीव, माया, जन्म–मृत्यु, पुनर्जन्म, सृजना–प्रलयको बारेमा आउने जिज्ञासालाई मेटाउने एउटा अद्भूत साधन अध्यात्म हो । यो अलग कुरा हो कि यस प्रयत्नले अहिलेसम्म कति सफलता प्राप्त भयो । अहिलेसम्म […]

कस्ता थिए महाभारतका पात्र कर्णका दुई पत्नी

महाभारतमा कुन्ती पुत्र कर्णको चर्चा धेरै सुन्न सकिन्छ । कर्ण महावीर तथा दानवीरको रूपमा प्रसिद्ध महाभारतमा वर्णित छन् । महाभारतको प्रमुख पात्रमध्येका एक कर्णलाई महाभारतमा मुख्य भूमिकामा देखाउने गरिन्छ । कर्ण महाभारतका सर्वश्रेष्ठ धर्नुधारी थिए । भगवान कृष्ण र भगवान् परशुराम स्वयंले समेत कर्णको श्रेष्ठता स्वीकार गरेका थिए । कर्णको चर्चा पछि यति चुलिए पनि […]

१० अवतार : कस्तो अवस्थामा जन्मिन्छन् ?

काठमाडौं । सनातन धर्ममा १० अवतारको बारेमा धेरै परिचित छन् । १० अवतारमध्ये नवौं अवतारको रुपमा सिद्धार्थ गौतम(गौतम बुद्ध)लाई पनि चिनाउने गरिन्छ । यसले अवतारवादमा केवल हिन्दु देवता मात्रै नभएर बौद्ध देवतालाई समेत जोडेको देखिन्छ । तर वैदिक साहित्यमा भने ९ किसिमको अवतारबारे चर्चा गरिएको छ । अवतार ‘अव’ उपसर्गपूर्वक तृ धातुमा ‘घञ्’ प्रत्ययबाट अवतार […]

एक वर्षका २६ एकादशी, कुन व्रत केका लागि बसिन्छ ?

काठमाडौं । हिन्दुधर्मालम्बीहरुले बुधबार र बिहीबार हरिबोधनी एकादशी पर्व मनाउने गरेका छन् । बिहीबार एक घडीमात्रै हरिबोधनी पर्व रहेकोले कतिपयले बुधबार नै एकादशी व्रत बस्ने गरेका छन् भने धेरैले बिहीबारको लागि यो पर्व मान्ने गरेका छन् । अहिलेको यो एकादशीबाट भगवान् विष्णुलाई जगाउने एकादशीको रुपमा चिनिन्छ । ४ महिनाअघि शयनको लागि समुद्रमा पुगेका भगवान विष्णु […]

अमला र तुलसीको पौराणिक एवं आयुर्वेदिक महत्व

पूर्वीय दर्शनमा तुलसी र अमलाको छुट्टाछुट्टा महत्व रहेको छ । धार्मिक हिसाबले महत्वपूर्ण मानिएका जडीबुटीहरु आयुर्वेदिक हिसाबले समेत महत्वपूर्ण मानिन्छ । हिन्दु दर्शनले मानव जीवन प्रकृतिद्वारा सञ्चालित रहेको भन्दै मान्छेलाई परेको प्राकृतिक रोग र शोकको उपचार प्रकृतिबाटै हुन्छ भन्ने मान्यता राख्छ । प्रकृतिसँग रोग र शोक हटाउने क्षमता छ । त्यही विभिन्न रोगको उपचार मानिएको […]

नजानेरै चार्वाक दर्शनलाई अनुशरण गर्नेहरू

काठमाडौं । पूर्वीय दर्शनको मुख्य नौ दर्शनमध्येको एक नास्तिक दर्शन हो, चार्वाक दर्शन । आचार्य चार्वाकले सुरु गरेको यो दर्शनलाई लोकायत दर्शन पनि भन्ने गरिन्छ । लोकायत अर्थात् जो जनताको बीचमा वा जनमानसमा गढेर बसेको छ । चार्वाक दर्शनलाई समग्रमा बुझ्न चाहनेको लागि एउटा एउटा चर्चित उक्ति छ: यावत् जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृतं […]

दैउसी भैलोको रमझम : संयमित भएर रमाउने कि ?

हामी देउसी भैलो खेल्न घर–घर पुग्छौं । नाचगान गर्छौं । बाजागाजा बजाउँछौं । हाँसो ठट्टा गर्छौं । परम्परा वा चाडपर्वको वाहानामा निस्फिक्री रमाउँछौं । तर, सोचौं त । जुन घरमा हामी नाचगान गरिरहेका छौं, जहाँ हामी देउसी भैलो खेली रहेका छौं, जहाँ हामी पटका पड्काइरहेका छौं, त्यहाँ सबै हामी जस्तै होलान् ? सबै रमाइलो गर्ने […]

दियो बाली साँझको

दियो अर्थात उज्यालोको प्रतिक । पौराणिक मान्यता के छ भने, दियो बालेपछि घरमा सुख, शान्ति र समृद्धि छाउँछ । यही कारण तिहारमा झलमल्ल दियोबत्ती जलाइन्छ । यही कारण तिहारलाई दिपावलीको पर्व भनिन्छ । दिप र आवली दुई शब्द मिलेर बनेको छ, दिपावली । दीप अर्थात बत्ती । आवली अर्थात पंक्तिवद्र्ध । दिपलाई जब पंक्तिवद्ध जलाइन्छ, […]

वेदमा के छ ?

सामान्य भाषामा वेदको अर्थ हो, ज्ञान । वेद पुरातन ज्ञान विज्ञानको अथाह भण्डार हो । के भनिन्छ भने, यसमा मान्छेको हरेक समस्याको समाधान छ । वेदमा ब्रम्हा, देवता, ब्रम्हान्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास, रीति रिवाज आदि सबै विषय संग्रहित छ । अग्नि, वायु, आदित्य र अंगिराले तपस्या गरे र […]

दशैं विशेष : जब रावणले सुनाए लक्ष्मणलाई तीन जीवन–मन्त्र

रावण वास्तवमा एउटा प्रतिक हुन् । अहंकारको प्रतिक, अनैतिकताका प्रतिक, आफ्नो सामाथ्र्य दुरुपयोग गर्नेका प्रतिक । अक्सर प्रतिकात्मक चित्रमा रावणको दश वटा टाउको देखाइन्छ । एउटा व्यक्तिको दश वटा टाउको ? आश्चर्य लाग्न सक्छ । यद्यपी यसको पनि अर्थ छ । उक्त दश वटा टाउकोलाई काम, क्रोध, मोह, लोभ, मद आदि अवगुणको प्रतिक मानिन्छ । […]

नवरात्रको सातौं दिन : उग्र स्वरुपकी सुख दायिनी देवीको पूजा

काठमाडौं । नवदूर्गाको सप्तम रूपको नाम हो कालरात्रि । यी देवीको अति भयावह तथा उग्ररूप रहेको छ। सम्पूर्ण सृष्टिमा यस रूपभन्दा धेरै भयावह अरु केहीपनि छैन भन्ने देखाउनकोलागि कालरात्रिको स्वरुप देखाउने गरिन्छ । तर, यो स्वरुपले मातृत्व भावलाई समेत समेट्ने गरेको छ । यी देवीको यो रुपले ज्ञान र वैराग्य प्रदान गर्ने विश्वास छ । […]

गुप्त रहस्यकी प्रतीक कात्यायनी देवीको पूजा

हाम्रो अगाडि घटित हुनै सबै घटनालाई हामी प्रपञ्च नामले चिन्दछौं । यो ब्रह्माण्डमा भएका सबै बस्तुहरु हामीले देख्न सकिने स्वभावको हुँदैन । जुन कुरा हामी देख्न सक्दैनौं, इन्द्रीयहरुले अनुभव गर्न सक्दैनौं र हाम्रो कल्पनाभन्दा धेरै बाहिर विशाल स्वरुपको छ । त्यो अदृश्य जगतको शासनसत्ता चलाउने देवीको नाम कात्यायनी हो । कात्यायनीको हामीले देख्ने स्वरुप सोही […]

आदिशक्ति दूर्गाको उपासना

वैदिक मान्यताअनुसार यस संसारका सम्पूर्ण प्राणीहरू एउटै परमात्मा वा ब्रह्मका अंश हुन् । तर पनि सनातन परम्पराबाट दीक्षितहरूले आ–आप्mनो आवश्यकता वा रुचिअनुसार विभिन्न देवीदेवताको उपासना गर्दै आएका छन् । जस्तैः धन सम्पत्ति आर्जन गर्न चाहनेले लक्ष्मीको, विद्या आर्जन गर्न खोज्नेले सरस्वतीको, युद्धकला वा साहसिक काम गर्न खोज्नेले कालीको, राज्य व्यवस्थापन गर्नेले नारायणको, सिद्धिका लागि गणेशको, […]

यी नौ औषधिय प्रतिक हुन् नवदुर्गा

अहिले हामी नवदुर्गाको पूजाआजा गरिरहेका छौं । नवरात्र प्रारम्भ भएयताको नौ दिनसम्म विभिन्न स्वरुपमा रहेका दुर्गाको पूजाआजा गरिन्छ । दुर्गालाई शक्तिको प्रतिक मानिन्छ । धार्मिक विश्वास अनुसार माता दुर्गाको भक्ती आरधाना गर्दा हाम्रो संकट नष्ट हुन्छ । त्यसैगरी नवदुर्गाको जुन भिन्न भिन्नै स्वरुप छन्, ति सबैमा औषधिय महिमा पनि जोडिएको छ । नवदुर्गाको नौ औषधि […]

शरदीय नवरात्र सुरु : कुन दिन कुन देवीको पूजा ?

आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको स्मरणमा मनाइने नवरात्र शनिबारदेखि सुरु भएको छ । एक महिना लामो मलमास शनिबार बिहान १ बजेर ५३ मिनेटमा सकिएसँगै  शारदीय नवरात्रको सुरुवात हुने भएको हो । दूर्ग नाम गरेको ऋषिलाई वध गरेको आधारमा दूर्गा नाम राखिएकी देवीको नौ वटा स्वरूपलाई पूजा गरेर नवरात्र मनाउने गरिन्छ । नवरात्र सकिएपछि देवीले आसुरी […]

नवरात्रि : महत्व र पूजा विधी

नवरात्रि पर्व स्त्री प्रकृति अर्थात देवीमा समर्पित छ । । दुर्गा, लक्ष्मी र सरस्वती स्त्रैण वा स्त्री प्रकृतिका तीनवटा आयमहरुको प्रतिक हुन् । नवरात्रिका क्रममा हरेक दिन यी देवीका अलग अलग नौ रुपको पूजाआजा गरिन्छ । यी देवीहरु हुन्- शैलीपुत्री, व्रम्हाचारणी, चन्द्रघण्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री । यी देवीहरुलाई नवदुर्गाको नामले पुकारिन्छ […]

ईश्वर  निराकार, विकारहित र निर्बाध छन्

धेरै मान्छेले ईश्वर र भगवान्लाई एउटै अर्थमा बुझ्ने गर्छन् । तर यो आफैँमा गलत छ । ईश्वर को हुन् र भगवान् को हुन् भन्ने बारेमा उपनिषद्मा धेरै कुरा उल्लेख गरिएको छ । जस्तो भगवान् भनेको एउटा निश्चित सत्कर्म गरेपछि पुजिने पद हो भने ईश्वर भनेको अजेय, अपरम्पार, अदृश्य आदि विशिष्ट गुण युक्त हुन्छन् । सूर्यको […]