Comments Add Comment

धर्म-संस्कार

List Grid
पशुपतीमा बाबाहरुको संसार : कोही साधक, कोही ढोंगी

पशुपति क्षेत्रमा शनिबार वास्तविक साधनामा लिप्त भएका साधकहरुको खोजी गर्दै जाँदा औलामा गन्न सकिने केही साधकहरुको नाम थाहा भयो । भागवतानन्द, त्यागिनाथ अघोरी, शंकराचार्य मठका रमणानन्द आदि इत्यादि । साधकहरुको पनि विभिन्न भेद हुन्छन् । विभिन्न सम्प्रदायमा आबद्ध यी साधकहरुको खोजी गर्दै अघि बढ्दा सबैभन्दा पहिले अघोर सम्प्रदायका त्यागिनाथ अघोरीको आश्रम पहिचान हुन्छ । लोभ […]

ज्ञानको संग्रह महाभारत :अल्पज्ञान भयंकर  

इतिहासपुराणभ्यां वेदं समुपबृंहणम् विभेत्यल्पश्रुताद्वेदो मामयं प्रहरिष्यति अर्थात्, ‘महाभारत र पुराणहरूको रचना गरेर वेदको व्याख्या गरेँ । जो वेदज्ञ नभई इतिहास तथा पुराणहरूको व्याख्या गर्न तम्सिन्छ त्यसदेखि अर्थको अनर्थ गर्छ भनेर स्वयं वेद पनि डराउने गर्छन् ।’ यो उक्ति महर्षि वेदव्यासले महाभारतको आदिपर्वमा उल्लेख गरेका छन् । यही एउटा उक्तिबाट पनि छुट्टै ज्ञान लिन सकिन्छ । […]

त्यस्ता पाँच विवाह, जसलाई हेर्न सबै देवता थिए उपस्थित

प्राचीन आर्य संस्कृतिमा विवाह विभिन्न प्रकारका हुन्छन् । कूल ८ प्रकारका विवाहहरु मध्ये ब्रम्ह-विवाह लगायत ४ प्रकारका विवाहलाई उत्तम मानिन्छ । हिन्दु धर्ममा त्यस्ता ८ वटा विवाहको बारेमा जानकारीहरु उपलब्ध छन् । जसलाई हेर्न सबै देवी र देवता त उपस्थित भएका थिए नै साथै ती विवाहहरुका बारेमा पुराणहरुमा अति रोचक तरिकाले वर्णन गरेको पाइन्छ । […]

ल्होसार : गुरुङ समुदायले कसरी गरे मुसा वर्गको सुरुवात ?

१२ वर्ष अघि मुसा वर्गको स्वागत गर्दा धुमधमाका साथ परिवारसँग नयाँवर्ष मनाएका धादिङका अशोक गुरुङले यो वर्ष पनि धुमधामका साथ आफ्नो तमु ल्होसार मनाउँदैछन् । १२ वर्षसम्मको ल्होसार उनको लागि खासै विशेष थिएन । यद्यपि उनलाई १२ वर्षपछिको यो ल्होसार विशेष लागिरहेको छ । जुन वर्गको बेलामा उनको जन्म भएको थियो । उनी भन्छन् ‘सांस्कृतिक […]

खण्डग्रास सूर्यग्रहण सुरु, कुन राशिकाले हेर्न हुन्छ, कुनले हुँदैन ?

१० पुस, काठमाडौं । अहिले केहीबेरमा खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । नेपाल पञ्चांग निर्णयक समितिका अनुसार अहिले बिहान ८ः४२ मिनेटबाट ग्रहण सुरु भएकाे हाे । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुने पञ्चांग निर्णयक समितिले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई बताएअनुसार, ग्रहण लाग्नुभन्दा […]

शान्ता क्लजका केही रोचक प्रसँगहरु

हो हो हो….गर्दै राता-सेता लुगामा लामो सेतो दाह्री र केश भएको, काँधमा उपहारले भरिएको ठूलो झोला भिरेको, हातमा क्रिसमस बेल लिएको शान्तालाई त तपाईं अवश्य चिन्नुहुन्छ होला । बालबालिकाहरु मायाले सान्तालाई क्रिसमस फादर पनि भन्छन् । हरेक क्रिसमसमा बालबालिकालाई चकलेट र उनीहरुलाई मनपर्ने उपहारहरु दिएर सान्ताहरु खुशीको कारण बन्छन् । त्यसैले बालबालिकाहरु हरेक क्रिसमसमा आफ्नो […]

क्रिसमस पर्व : के छ महत्व ?

बुधबार देशभरका ईसाई धर्मालम्बीहरुले क्रिसमस मनाउँदैछन् । ईसाईहरुको सबैभन्दा ठूलो यो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु गरी धुमधामका साथ मनाउने गरिन्छ । यो पर्व केवल ईसाईहरुले मात्रै नभएर गैर ईसाईहरुले समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरी मनाउँदैछन् । यो पर्वसँग जोडिएका विभिन्न किसिमका चिह्न एवं संकेतहरुको कारण पनि यो पर्व सबैको साझा पर्वको रुपमा विकास भइरहेको देख्न […]

सूर्य ग्रहणको बेला गरिएको दान फलदायी हुन्छ ?

अंग्रेजी वर्ष २०१९ को अन्तिम सूर्य ग्रहण २६ दिसेम्बर अर्थात पुस १० गते विहिवार लाग्दैछ । सूर्य र चन्द्र ग्रहणलाई लिएर विभिन्न प्राचिन र धार्मिक तथ्यहरु रहेका छन् । वैज्ञानिक कारणले पनि ग्रहणलाई महत्वपूर्ण मानिन्छ । ग्रहण लागेको समयम के गर्नु हुन्छ र के गर्नु हुन्न भन्ने धेरैलाई थाहा छ भने कतिपयलाई थाहा नहुन पनि […]

यसरी सुरु भयो क्रिसमस मनाउने परम्परा

हरेक वर्ष क्रिसमस २५ डिसेम्बरकै दिन मनाइन्छ । डिसेम्बर महिनाले आफूसंगै एक प्रकारको उल्लास तथा उमंग लिएर आउँछ । डिसेम्बरमा जसरी दिनहरु बित्दै जान्छन्, सेलिब्रेसनको तयारी पनि प्रारम्भ हून्छ । सबैभन्दा पहिला क्रिसमसको रमझम अनि त्यसपछि अंग्रेजी नयाँ वर्षको स्वागत । हुन त क्रिसमसलाई ईसाईहरुको पर्व भनिन्छ, यद्यपि यो पर्वलाई सबै धर्म मान्ने व्यक्तिहरुले उत्तिकै […]

महान् विचारकका मननीय भनाई, जसले हाम्रो सोच्ने शैली बदल्छ

विभिन्न कालखण्डमा भिन्न-भिन्नै विचारक, दार्शनिक, चिन्तकले व्यक्त गरेका मननीय भनाईहरु यहाँ प्रस्तुत गरिएको छ, जसले हाम्रो सोंच र शैली बदल्न सक्छ । जीवनका लागि उत्साह, उमंग, उर्जा मिल्नसक्छ । श्रेष्ठ हुनु कुनै कार्य होइन, यो केवल हाम्रो एउटा बानी मात्र हो । जसलाई हामी बारम्बार गर्छौ । -अरस्तु भेट्दा मित्रलाई आदर गर । पछाडि उसको […]

नीति कथाः दान दिएको कुरा अरुलाई सुनाउनैपर्छ ?

आपत बिपतमा परेकालाई राहत दिएको आर्थिक/भौतिक सहयोग गरेको कुरा हामी फोटो/भिडियोमा कैद गरेर दुनियाँलाई देखाउन चाहन्छौं । सामाजिक सञ्जालमा राख्छौं । हामीमा किन यस्तो प्रचारमुखी मनोविज्ञान विकास भएको हो ? अरुको पीडाबोध गरेर सहयोग गर्नु पक्कै सकारात्मक र प्रशंसनीय काम हो । तर, अहिले त्यसरी सहयोग गर्नेहरु उक्त दृश्यलाई मोबाइलमा कैद गरेर सामाजिक सञ्जालमा फैलाउन […]

श्रीमद्भागवत गीता : अनुचित कर्मको कारण के हो ?

श्रीमद्भागवत गीता केवल धार्मिक पुस्तक होइन । यसलाई तत्कालीन समाजमा परिभाषा गर्ने क्रममा दीर्घकालसम्म चलिरहोस् भन्नको लागि धार्मिकीकरण गरिएको भएपनि यो त एक किसिमको जीवन जिउन सिकाउने कलाहरुको संग्रह हो । जीवनलाई कसरी सरल बनाउने ? खुशी कसरी हुने ? जस्ता कला सिकाउने भएकोले पनि यो एक जीवनोपयोगी पुस्तक मान्ने गरिएको छ । गीता ज्ञानबारे […]

फोटोफिचर : थिंलाथ्व पूर्णिमा अर्थात योमरी पुन्ही

आज मार्ग शुक्लपक्ष थिंलाथ्व पूणिर्माका योमरी पुन्ही नेवार समुदायमा हर्सोल्लासका साथ मनाउँदैछ । नेवार समुदायमा जाडोयाममा मनाइने पर्वमध्ये महत्वपूर्ण हो योमरी पुन्ही । यस अवसरमा बिहानैदेखि घरघरमा विशेष मन्त्रोचारणका साथ नित्यपुजा गरिने सबै प्रकारका देवीदेवतालाई पनि योमरी चढाई पूजा गर्ने गरिन्छ । धनका देवता मानिने भगवान कुवेर एक मगन्तेको भेषमा आई एउटा घरमा खानेकुरा माग्न […]

उधौली पर्व : कहाँ छन् कुबी र बिजुवाहरु ?

यतिबेला किराँत समुदाय उधौली पर्व मनाइरहेका छन् । प्रकृतिपूजक किराँतहरुले मनाउने यो पर्व एउटा समय-सूचक पनि हो । खेतीपाती एवं पशुपालन गर्ने किराँतका पूर्खाहरुले प्रकृतिसँग लय मिलाउँदै यो उत्सव मनाउन सुरु गरेका हुन् । सुनुवार, राई, लिम्बु, याख्खा जातिले यो उत्सव मनाउने गर्छन् । किराँत परम्परा अनुसार उधौली र उभौली पर्व मनाउने बेला नागपूजा/भूमेपूजा गरी […]

विदूर नीति, जसले तपाईंको सोंच बदल्न सक्छ

महाभारतको कथामा पढिने महत्वपूर्ण पात्र हुन्, विदुर । उनी हस्तिनापुर राज्यको शीर्ष स्तम्भ मानिन्छ । अत्यान्तै नीतिपूर्ण र न्यायोचित सल्लाह दिने व्यक्तिको रुपमा विदुरलाई चित्रित गरिएको छ । कौरव-पाण्डवको युद्धलाई रोक्न उनले अनेक यत्न गरेका थिए । उनी जे सल्लाह दिन्थे, त्यसमा सम्पूर्ण मानव जातिको भलाईको रहस्या लुकेको हुन्थ्यो । उनको त्यही सल्लाहलाई ‘विदुर नीति’को […]

श्रीमद्भागवत गीता : महाभारतको एउटा पर्वभित्र ओझपूर्ण भाव

महाभारतको भीष्म पर्वमा एउटा श्लोक भनिएको छ : गीता सुगीता कर्तव्या किमन्यैः शास्त्र विस्तरैः । या स्वयं पद्मनाभस्य मुखपद्मादि्वनिःसृता ।। अर्थात् गीता राम्रोगरी मनन गरेर हृदयान धारण गर्न योग्य छ । जुन पद्मनाभ भगवानको श्रीमुखबाट निस्केको वाणी हो भने अरु शास्त्रको संग्रह गर्ने आवश्यकता किन ? महाभारतको एउटा पर्वको एउटा खण्डको श्रीमद्भागवत गीता । तर, […]

अयोध्या दरवारबाट वाल्मीकि आश्रममा किन छाडिइन् सीता ?

विष्णुको दश अवतारमध्येका एक मानिने भगवान श्रीरामको जीवनमा धेरै दर्शन र ज्ञान लुकेको छ । साथमा केही आलोचना पनि । तत्कालीन समयमा आफ्ना प्रजाहरुको खुशीको लागि उनले गरेको केही निर्णयका कारण उनलाई केही आलोचना समेत गर्ने गरिन्छ । तर, उनको जीवनमा कमजोरीको भन्दापनि धेरै आदर्श र एउटा सुन्दर दर्शन देख्न पाइन्छ । श्रीरामको जीवनी संस्कृत […]

विवाह पञ्चमी : यस दिन विवाह शुभ कि अशुभ ?

विवाह पञ्चमीको बारेमा सबै पुराणहरुमा विशेष महत्व दिइएको छ । यद्यपि, यसको धेरै महत्व हुँदा-हुँदै पनि कतिपय स्थानमा यो दिन विवाह गरिादैन । चाहे धार्मिक दृष्टिले विवाह पञ्चमी दिनको विशेष महत्व होला । तर, मिथिलाञ्चल तथा नेपालमा यो दिन विवाह गरिादैन । पर्वको रुपमा त यसलाई मनाइन्छ । तर, सीताको दुःखद् वैवाहिक जीवनका कारण यो […]

मौसम विवाहको : किन घन्किँदैन पञ्चैबाजा ?

सय थरी बाजा एउटै ताल सय थरी गोडा एउटै चाल मेची काली सिङ्गै ढिक्को साझा हाम्रो ज्यान नेपाल यो कालजयी गीतलाई दूर्गालाल श्रेष्ठले कुन प्रसंगमा लेखे, त्यो त यकीन छैन । तर, उनले जनाउन लागेको सयथरी बाजा हामीले अहिले सुन्न सक्छौं त रु हरेक शुभकार्य र मृत्यु संस्कारसम्म पनि बजाईने शंखदेखि सुरु भएको मानिने हाम्रो […]

बौद्ध दर्शन : सधैं खुशी हुने ८ मार्ग

जतिबेला कर्मवाद र आत्मवादको दीर्घ विकास उत्कर्षमा पुगिरहेको थियो, त्यतिबेला मध्यम स्तर र तल्लो स्तरका मानिसहरुलाई मुक्तिको लागि कुनै मार्ग नै थिएन । शास्त्रीय दर्शनमा ज्ञान काण्डको लागि तत्व ज्ञान पाउन ठूलै साधना गर्नुपर्ने अवस्था थियो भने कर्मकाण्डबाट मुक्तिको बाटोमा पुग्नको लागि पर्याप्त आर्थिक हैसियत आवश्यक थियो । त्यही बेलामा जन्मियो भौतिकवाद तर्फ उन्मुख बौद्ध […]

पशुपतिनाथमा एक रात : कतै मायालु जोडी, कतै सिद्राको व्यापार

दिउँसैदेखि सुरुभएको पशुपतिको जात्रा साँझ परेसँगै झनै चुलिँदै गएको छ । जागिरेहरुले जागिरको छुटि्ट भएपछि रमिता हेर्नको भीड बढ्दै छ । यो रमिताले जात्राको महत्व बढाइरहेको छ । सबैभन्दा रोचक प्रसँग बोकेको पशुपतिको विश्वरुप मन्दिर छेउको गणेशको मुर्ती तिर कसैको ध्यान छैन । आफ्नै सुरमा हिँड्ने घुमन्तेहरु बाहेक विश्वरुपसँगैको सो मूर्तिप्रति कसैको ध्यान छैन । […]