Comments Add Comment

साहित्य

List Grid
राष्ट्रिय कथा प्रतियोगितामा ‘अक्षान्त’ प्रथम

२७ फागुन, काठमाडौं । सुरभी साहित्य प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कथा प्रतियोगिता– २०७६’ मा उदयपुरका अक्षान्त प्रथम भएका छन् । यस्तै काठमाडौँकी ललिता दोषी द्वितीय र अमेरिकाका टेक्सास निवासी केशवराज ज्ञवाली तृतीय भएका छन् । प्रतिष्ठानले प्रथम हुने कथाकारलाई १० हजार रुपैयाँ, द्वितीयलाई ७ हजार र तृतीयलाई ५ हजार रुपैयाँसहित प्रमाणपत्र दिने घोषणा गरेको छ […]

प्रकाश कोइरालाको ‘प्रपञ्च’ बजारमा

२५ फागुन, प्रकाश कोइरालाको पहिलो उपन्यास ‘प्रपञ्च’ विमोचन भएको छ । लेखक अश्विनी कोइराला, प्राध्यापक अम्बिका अर्याल, सर्वज्ञ वाग्ले, ठाकुर चापागाईं र लेखक प्रकाश कोइरालले शनिबार उक्त उपन्यास संयुक्त रुपमा विमोचन गरे । सामाजिक घटनामा आधारित उपन्यास ‘प्रपञ्च’मा एक अधबैंसे शिक्षकको जीवन चित्रण गरिएको छ । कोइरालाको यसअघि ३ खण्डकाव्य प्रकाशित थियो । बिएन पुस्तकले […]

झापाको दमकमा कविता तङ्सिङ

२५ फागुन, काठमाडौं । २०७६ साउनमा काठमाडौंमा फरक किसिमको साहित्यिक कार्यक्रम भएको थियो । ‘कविता तङ्सिङ’ नाम दिइएको उक्त कार्यक्रममा लिम्बू समुदायका कविहरुले मात्र कविता वाचन गरेका थिए । त्यसै अवसरमा रैथाने संगीत र कविता तङ्सिङबारे जानकारी गराइएको थियो । राजधानीमा भएको यही कार्यक्रमको झल्को दिने गरी ‘याक्थुङ लेखक संघ’ झापाको आयोजनामा कविता तङ्सिङ्–२ शनिबार […]

डा. बराललाई ‘हृदयचन्द्र स्मृति सम्मान’ दिइने

२५ फागुन, काठमाडौं । आख्यानकार एवं समालोचक डा. ऋषिराज बराललाई वर्ष २०७६ को ‘हृदयचन्द्र स्मृति सम्मान’ दिइने भएको छ । ‘साहित्य सदन नेपाल’ले प्रदान गर्दै आएको यो सम्मान यस वर्ष बराललाई दिने निर्णय भएको सचिव मित्रलाल पंज्ञानीले जानकारी दिए । पाँच दशकदेखि लेखनमा सक्रिय डा. बरालका तीन उपन्यास, आठ कथासंग्रह, तीन निबन्ध र दशवटा समालोचना […]

नेपाली संगीतमा अझै वर्गीय विभेद छ : शिव परियार

२५ फागुन, काठमाडौं । गायक शिव परियारले नेपाली संगीतमा जातीय, क्षेत्रीय र वर्गीय विभेद अझै कायम रहेको बताएका छन् । शनिबार राजधानीको कुञ्ज थिएटरमा ‘गीत, गजल र शीतल’ कार्यक्रममा सम्मान ग्रहणपछि आफ्नो मन्तव्य राख्दै उनले संगीत क्षाेत्रमा देखिएको वर्गीय विभेदले नयाँ पुस्ता निराश हुने अवस्था रहेको बताए । परियारले भने, ‘नेपाली संगीतमा व्यवसायिकताको खोजी गर्दै […]

नेतृ विन्दा पाण्डेको ‘समानताका पाइलाहरु’ बजारमा

२५ फागुन, काठमाडौं । नेकपा नेतृ विन्दा पाण्डेको पुस्तक ‘समानताका पाइलाहरू, राजनीतिक आन्दोलनको महिलावादी विश्लेषण’ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसर पारेर बजारमा आएको छ । लामो सयमदेखि नेपाली महिला आन्दोलन नियालिरहेकी पाण्डेले नेपाली राजनीतिमा महिला सशक्तीकरणको प्रकृति र प्रक्रियालाई महिलावादी दृष्टिकोणबाट हेर्ने जमर्को गरेको बताएकी छन् । ‘यस क्रममा मैले समग्रमा नेपाली लोकतान्त्रिक आन्दोलनमा महिलाको […]

संस्कृति बुझ्न खोज्दा साहित्यमा रुचि बढ्यो

मैले विद्यालय जीवन चितवनमा बिताएको हुँ । त्यतिबेला कोर्सबाहिरका किताबको अभाव हुन्थ्यो । कोर्सबाहिरको कुरा पनि पढ्नुपर्छ भनेर धारणा आइसकेको थिएन । मेरो घरमा आमाले रामायण, महाभारतदेखि, मुनामदनजस्ता कृति पढ्नुहुन्थ्यो । बुवाको रुचि इतिहास र संस्कृतिमा बढी थियो । त्यतिबेला साहित्यमा मेरो साँच्चै रुचि थियो भन्ने आधार मसँग छैन । तर पनि म साहित्यसँग टाढा […]

‘संगीतको भाषा हुँदैन, अमेरिकीहरू पानको पातमा नाच्छन्’

२४ फागुन, अमेरिका । नेपाली लोक गायनका हस्ती प्रेमराजा महत तनहुँमा जन्मे, काठमाडौंमा केही दशक आफ्नो गायकीलाई शिखरमा पुर्‍याए अनि अमेरिका पसे । अहिले उनले बाल्टिमोरलाई आफ्नो कर्मथलो बनाएका छन् । बाल्टिमोरलाई अमेरिकामा रहने नेपाली कलाकारहरुको राजधानी नै बनाएका छन् । साहित्य, कला, संगीत सबै क्षेत्रका प्रतिभाहरु नेपाल छाडेर विदेशमा बस्न थालेपछि आफ्नो करियरलाई निरन्तरता […]

लघु कथा : सासू-बुहारी

कामबाट फर्किन्छु । आमाको बोली खस्छ । तेरी स्वास्नीले यस्तो भनी । उस्तो भनी । मैले भनेको केही टेर्दिन । मैले यो गर् भन्छु, उसले अर्कै गरिदिन्छे । माइतीमा राम्रो संस्कार सिकेकी भए पो ! आमालाई सम्झाउन खोज्छु । बुझ्नुहुन्न । अब मैले के भन्नु ? सुनिदिन्छु । र, चुप लागेर बसिदिन्छु । श्रीमती गर्भवती […]

लावण्य देशको कोरोना : कालोझण्डा र कालो बोको !

यो काल्पनिक व्यंग्य हो । कसैसँग मेल खाएमा संयोग मात्र हुनेछ ! कोरोना भाइरसको संक्रमण विश्वभरि बढिरहेको सन्दर्भमा हाम्रो छिमेकी देश लावण्यमा त्यहाँका राजनीतिक दलहरूले धुन्धान तयारी गरेका रहेछन् । लावण्यका राजनीतिक दलका तर्फबाट के कस्तो तयारी भैरहेको छ सो बारेमा हाम्रो राष्ट्रिय दैनिकका पत्रकार जो हेल्थ डेस्क इन्चार्ज पनि हुनुहुन्छ, ले दुई मुख्य पार्टी […]

अनुवाद कविता : भात दे दुष्ट !

धेरै भोको छु पेटभित्र आगो लागेको छ शरीरको सम्पूर्ण क्रियाभन्दा माथिको अनुभूति भै’रहेछ प्रत्येक क्षण सर्वस्वीकार भोक अनावृष्टिजस्तै चैतमा उष्णता फैलिएको छ खेतमा त्यसैगरी भोकको ज्वालाले जल्दै छ देह दुई सन्ध्या, दुई मुठ्ठी भात पाए अन्य माग छैन मान्छेहरू त धेरै कुरा माग्दैछन् गाडी, पैसा, महल कसैलाई चाहिएको छ ऐश्वर्य मेरो माग सानो छ जल्दै […]

साताका ५ किताब : कवितादेखि गैरआख्यानसम्म

२४ फागुन, काठमाडौं । यो साता बजारमा आएका पुस्तकमा कविता र गैरआख्यानको बाहुल्य रह्यो । गत शनिबार मणि लोहनीको ‘मृत्युको अघिल्तिर’ कविता संग्रह र यो साता निमेषराज सापकोटाको ‘खोज्दै हिँड्दा आफैंलाई’ बजारमा आए । त्यसैगरी भारतीय दार्शनिक राहुल सांस्कृत्यानको बौद्ध दर्शनको नेपाली अनुवाद पनि बजारमा आयो । कथाकार एवं कवि राजेन्द्र पराजुलीको संस्मराणात्मक निबन्धको संगालो […]

प्रेमध्वज र गणेश रसिकसहित ६ स्रष्टालाई कलाश्री

२३ फागुन, काठमाडौं । गायक प्रेमध्वज प्रधानलाई ‘राष्ट्रिय कलाश्री सम्मान– २०७६’ प्रदान गरिएको छ । ‘नेपाली कलासाहित्य डटकम प्रतिष्ठान’ले प्रत्येक वर्ष दिने सम्मान यस वर्ष गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई दिएको हो । यस्तै १ लाख रुपैयाँ राशीको ‘राष्ट्रिय कलाश्री पुरस्कार’ संगीतकार एवं साहित्यकार गणेश रसिकलाई दिइयो । बिहीबार राजधानीमा आयोजित समारोहमा प्रतिष्ठानले आख्यानकार सरस्वती […]

सुदूरपश्चिमबाट नेपाली स्रष्टालाई एक बनायाैं : रामलाल जोशी

२२ फागुन, कैलाली । नेपाली साहित्यमा सुदूरपश्चिमको स्वर पछाडि परेको गुनासो सुनिन्छ । प्रायः साहित्यिक महोत्सवहरू राजधानी काठमाडौं र पूर्वी नेपालमा गरिने परम्परा छ । तर, यो परम्परालाई तोड्दै धनगढीमा गत साता ‘विश्व नेपाली साहित्य महोत्सव’ सम्पन्न भयो । नेपाल र नेपाल बाहिर बस्ने नेपाली साहित्यकारहरूको ठूलो जमघट रहेको सम्मेलन उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी […]

साहित्यकार आनन्ददेव भट्टको राष्ट्रिय अभिनन्दन हुँदै

२२ फागुन, काठमाडौं । छ दशकभन्दा बढी समय नेपाली साहित्य र प्रगतिशील चिन्तनमा सक्रिय साहित्यकार आनन्ददेव भट्टलाई राष्ट्रिय अभिनन्दन गरिने भएको छ । प्रगतिशील लेखक संघ नेपालको नेतृत्वमा अन्य ८४ वटा साहित्यिक संघसंसस्था र साहित्यकारको अगुवाईमा भट्टको अभिनन्दन गर्न लागिएको हो । ‘साहित्यकार भट्टले नेपाली समालोचना र बौद्धिक लेखनीमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको कारण हामीले अभिनन्दन […]

सांस्कृत्यायनको ‘बौद्ध दर्शन’ नेपालीमा

काठमाडौं । विश्वप्रसिद्ध भारतीय दार्शनिक एवं लेखक राहुल सांस्कृत्यानको ‘बौद्ध दर्शन’ नामक पुस्तकको नेपाली अनुवाद बजारमा आएको छ । बौद्ध दर्शनका सिद्धान्त र मान्यतामाथि केन्द्रीत रहेको पुस्तकलाई लेखक ललिजन रावलले नेपाली भाषामा अनुवाद गरेका हुन् । पुस्तकमा ‘गौतम बुद्धका मूल सिद्धान्त’, ‘गौतम बुद्ध’, ‘बौद्ध सम्प्रदाय’ र ‘बौद्ध दर्शनको चरम विकास’ गरी पाँच अध्याय छन् । […]

निकारागुवाका कवि कार्डानेलको निधन

२० फागुन, काठमाडौं । निकारागुवाका कवि एवं धार्मिक गुरु अर्नेष्टो कार्डानेल (फादर अर्नेष्टो कार्डानेल)को निधन भएको छ । ९५ वर्षीय कवि कार्डानेलको राजधानी मानागुवामा आइतबार निधन भएको हो । कार्डानेलको सहयोगी लुज मारिआना अकोस्टाले एसोसिएट प्रेसलाई दिएको जानकारी अनुसार उनमा केही सातादेखि श्वासप्रश्वासमा समस्या थियो । कार्डानेल दक्षिण अमेरिकी साहित्यमा लोकप्रिय कवि मानिन्छन् । सन् […]

निमेषराजको पहिलो कविता संग्रह बजारमा

२० फागुन, काठमाडौं । निमेषराज सापकोटाको पहिलो कविता संग्रह ‘खोज्दै हिँड्दा आफैंलाई’ बजारमा आएको छ । युवा पुस्तामाझ रुचाइएका कवि सापकोटा फुटकर कविता र अखबारी लेखनमा सक्रिय छन् । पाँच भागमा बाँडिएको कविता संग्रहमा कूल ३५ वटा कविता समेटिएका छन् । सापकोटाका अधिकांश कविता प्रेम, जीवन र मानविय सम्बन्धमाथि केन्द्रीत रहेका छन् । ‘इन्डिगो इन्क […]

अक्षरयात्री पौडेललाई प्रतिभा पुरस्कार

१८ फागुन, पोखरा । अक्षरयात्रा अभियानमा उत्साहजनक सहभागिता जनाउँदै साहित्यिक उन्नयन र विकासमा विशेष योगदान दिने अक्षरयात्रीलाई हंशपुरमा सम्मान गरिएको छ । प्रत्येक २ वर्षमा प्रदान गरिने ‘अक्षरयात्रा प्रतिभा पुरस्कार’ यसपटक अक्षरयात्री सञ्जीव पौडेललाई प्रदान गरिएको हो । पाँच हजार ५५५ रुपैयाँ, दोसल्लार सम्मानपत्रसहित कवि तीर्थ श्रेष्ठले पौडेललाई पुरस्कार हस्तान्तरण गरे । पौडेलले अक्षरयात्राको सुरुदेखि […]

दूध त डेरीबाट ल्याउँला, आमा कहाँ पाउने ?

मातृत्व गुमाएको एक बच्चाले बाबुलाई सोध्यो, दूध त डेरीले दियो आमा कुन दोकानले दिन्छ ? पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षको मञ्चमा उभिएर जब गजलकार अमृत सुवेदीले गजलीय शेर भन्न थाले मञ्ज विमुख बसेका दर्शक स्रोता ध्यानमग्न भएर सुन्न थाले । बेलाबेला मौनताको बाँध भत्काउँदै उनीहरु भन्थे, ‘वाह ! वान्समोर…।’ १७ वर्षदेखि पोखरामा गजलका विभिन्न […]

कथा– सीडीओ सापको नयाँ ज्याकेट !

सीडीओ साप आज तनावमा हुनुहुन्छ । त्यसैले अनिन्द्रामा हुनुहुन्छ । यता कोल्टे फेर्नुहुन्छ, उता कोल्टे फेर्नुहुन्छ । अहँ निन्द्रा पटक्कै लाग्दैन । अनेकतिर मन डाइभर्ट गर्न खोज्नुहुन्छ । अहँ कतैतिर मन जानै मान्दैन । उल्टै भूमरी झैं केन्द्रीकृत हुन खोज्छ मन । यो तनाव जिल्लाको तनाव पटक्कै होइन । न शान्ति सुरक्षाकै तनाव हो । […]