Comments Add Comment

निर्वाचन 2074

List Grid
सिन्धुपाल्चोकमा अग्निको अग्रता फराकिलो, पशुपति र शेरबहादुरको कडा टक्कर

२२ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मत परिणाम रोचक बन्दै गएको छ । क्षेत्रनम्बर १ मा माओवादी केन्द्रका अग्नि सापकोटाले कांग्रेसका मोहनबहादुर बस्नेतसँग मतअन्तर फराकिलो बनाउँदै लगेका छन् । उता क्षेत्र नम्बर २ मा एमालेका शेरबहादुर तामाङसँग राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाको कडा टक्कर परेको छ । कहिले राणाले त कहिले तामाङले […]

नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारको अग्रता

  २२ मंसिर, नुवाकोट । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । शुक्रबार बिहान ६ बजेसम्मको परिणाम अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले कांग्रेस उम्मेदवार डा. रामशरण महतलाई पछि पारेका छन् । तामाङले ३ हजार ३३३ मत पाएका छन् । कांग्रेस उम्मेदवार […]

कमला रोकाः पहिलो महिला छापामारदेखि सांसदसम्म

२२ मंसिर, काठमाडौं । रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । रोका पहिलो महिला निर्वाचित प्रतिनिधिसभा सदस्य बनेकी छन् । रोकाले १० हजार ४३४ मत पाइन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४०६ मत प्राप्त गरे । कमला रोकाको जन्म २०३२ साल पुस १५ गते रुकुमको […]

कांग्रेसले मनाङको प्रदेशसभाबाट जितको खाता खोल्यो

२२ मंसिर, काठमाडौं । कांग्रेसले मनाङबाट जितको खाता खोलेको छ । कांग्रेसका चिन्तबहादुर घलेले मनाङको प्रदेश सभा क बाट जित हात पारेका हुन् । विजयी घलेले ९ सय ९८ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी एमालेका धोर्जे डण्डुल गुरुङलाई १०२ मतअन्तरले हराउँदै उनी विजयी भएका हुन् । एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत […]

प्रतिनिधिसभामा मनाङबाट एमाले विजयी, पोल्देन बने सांसद

२२ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य पदमा मनाङबाट पनि जित हात पारेको छ । मनाङबाट पोल्देन छोपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा चुनिएका छन् । पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ८९ मतल पराजित गर्दै गुरुङ विजयी भएका हुन् । पोल्देन छोपाङ २ हजार ३ सय मतसहित जित हात पार्दा प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार […]

प्रदेशसभामा एमालेले खाता खोल्यो, मुस्ताङ ‘क’ बाट इन्द्रधारा विष्ट विजयी

२२ मंसिर, काठमाडौं । वाम गठबन्धन प्रमुख घटक एमालेले प्रदेशसभामा पहिलो जित हासिल गरेको छ । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मंसिर १० गते सम्पन्न मतदानको मतगणना बिहीबार साँझ ५ बजेबाट सुरु भएको थियो । प्रदेशसभा सदस्यमा निर्वाचित विष्टले ११६७ मत ल्याएका छन् भने उनका निकटतम […]

जाजरकोटमा मतगणना सुरु, दुर्इ स्थानमा गणना हुँदै

२१ मंसिर, जाजरकोट । एक निर्वाचन क्षेत्र रहेको जाजरकोटमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मत गणना सुरु भएको हो । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा  सदस्य दुवै तर्फको मत गणना दुर्इ ठाउँमा सुरू गरिएको हो ।  प्रदेश (क) अन्तर्गतको त्रिवेणी नलगाड नगरपालिका र (ख) अन्तर्गतको जुनीचाँदे गाउँपालिकाबाट मतगणना सुरु भएको छ । जाजरकोटमा […]

प्रदेश ६ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

२१ मंसिर, काठमाडौं । दोस्रो चरण अन्तर्गत प्रदेश ६ का तीन जिल्लामा बिहीबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । दोस्रो चरण अन्तर्गत प्रदेश ६ का सुर्खेत, दैलेख र सल्यानका ५ प्रतिनिधिसभा र १० प्रदेशसभा सदस्यका लागि मतदान भएको हो । तीनवटै जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको ६ नं.प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त नायव […]

सप्तरीको महादेवामा मत खसेन

२१ मंसिर, सप्तरी । सप्तरीको महदेवा गाउँपालिकाको महदेवास्थित प्रावि केन्द्रमा विहीबार मध्यान्हसम्म कुनै पनि मतदाताले मतदान नगरेको मतदान अधिकृत धनेश्वर साहले बताएका छन् । मतदान गराउने कर्मचारी र सुरक्षाकर्मीहरु बिहानैदेखि यहाँ तयारी अवस्थामा बसे पनि कुनै मतदाता मत खसाल्न नआएको उनले बताए । यो मतदान केन्द्रमा ९ सय ६० मतदाता छन् । स्थानीय मतदाता रामचरित्र […]

प्रदेश ५ को मुख्यमन्त्रीमा मेरो विकल्प छैनः शंकर पोखरेल

२१ मंसिर, दाङ । नेकपा एमालेका नेता शंकर पोखरेलले प्रदेश नम्बर पाँचको मुख्यमन्त्रीमा आफ्नो विकल्प नभएको बताएका छन् । दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा उम्मेदवारसमेत रहेका पोखरेलले आफूलाई मुख्यमन्त्री बनाउने औपचारिकता पूरा गर्न मात्र बाँकी रहेको बताए । दाङको घोराहीमा अनलाइनखबरसँग कुरा गर्दै नेता पोखरेलले भने, ‘प्रचण्डको प्रस्ताव र पार्टी अध्यक्ष केपी शर्मा ओलीको […]

भोट हालेपछि राष्ट्रकविले भने- अबको युग स्थायित्वको

२१ मंसिर, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरलेले अब वास्तविक रुपमै नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन् । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा लैनचौररस्थित जनकनाथ उच्च माविको मतदान केन्द्रबाट मतदान गर्दै ९९ वर्षीय राष्ट्रकवि घिमिरेले अब नेपाल स्थायित्वको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे । ‘अहिलेसम्म देशमा अस्थिरता थियो, अहिलेसम्म नेपालीहरु राजनीतिक व्यवस्था परिवर्तनमै अल्मलिए,’ घिमिरेले […]

गुल्मीका मतदाताले भने-अर्को पटक उधारो सपना लिएर नआउनु

२१ मंसिर, गुल्मी । गुल्मीमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतदान गर्ने मतदाताहरुमा उत्साह देखिएको छ । मत दिएका मतदाताहरुले अर्को पटक आउँदा उधारो आश्वासन लिएन नआउन उम्मेदवारहरुलाई आग्रह समेत गरेका छन् । ”गाउँको बिकास हुन्छ भनेर धेरै पटक मत दियौं’ इस्मा २ का जगतबहादुर थापाले भने,’अर्को पटक आउँदा गाउँको बिकास होस हाम्ले नयाँ खाले माग […]

प्रकाशमान सिंह र रविन्द्र मिश्रबीच जम्काभेट !

२१ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्रनम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका रविन्द्र मिश्रबीच जम्काभेट भएको छ । मतदान स्थलहरुमा पुग्ने क्रममा सिंह र मिश्रबीच काठमाडौं महानगरको वडा नम्बर ११ को दुरसञ्चार मतदान केन्द्रमा भेट भएको हो । भेटमा दुबै उम्मेदवारले एकअर्कालाई शुभकामना दिएका छन् र सामूहिक तस्वीर खिचाएका छन् । […]

भोट हालेपछि लालबाबुले भने- प्रतिस्पर्धीलाई कामज्वरो आयो (भिडियोसहित)

२१ मंसिर, काठमाडौं । एमाले नेता लालबाबु पण्डितले वाम गठबन्धन देखेर लोकतान्त्रिक गठबन्धनका नेताहरुलाई कामज्वरो आएको टिप्पणी गरेका छन् । मोरङ क्षेत्रनम्बर ६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पण्डितले अनलाइनखबरसँग भने, ‘कतिपय ब्यक्ति चुनाब हारिन्छ र हारेपछि सत्ता जान्छ भनेर बर्बराएका छन् । बर्बरावट भएको बेला काम ज्वरो पनि आउँछ ।’ मोरङ क्षेत्रनम्बर ६ मा वाम गठबन्धनबाट एमाले […]

भोट हालेपछि प्रचण्डले भने- समृद्धिको यात्रा सुरु भयो

२१ मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान सात बजे नै भोट हालेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् । मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले देश समृद्धिको यात्रामा सुरु भएको बताए । देशमा राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको […]

तराजुमय वातावरण देखेर उत्साहित छु: रविन्द्र मिश्र

२१ मंसिर, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक एवम् काठमाडौं क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रविन्द्र मिश्रले आफूप्रति मतदाताको सदभाव उत्साहजनक र असाधारण देखिएको बताएका छन् । ‘एकदमै खतरा मोलेर खतरनाक बाटो हिँड्न भनेरै आएका हौं । त्यो हिँड्ने कुरामा हामी दृढ छौं,’ डिल्लीबजारको विजय स्मारक विद्यालयको मतदान केन्द्रमा अनलाइनखबरसँग कुरा गर्दै मिश्रले भने, […]

मतदानपछि कृष्ण सिटौलाले भने– अब जनता मालिक हुनेछन्

२१ मंसिर, झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले यो निर्वाचनबाट जनता मालिक बन्ने बताएका छन् । निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरु असफल बनेको भन्दै उनले जनता मालिक बन्न यो निर्वाचन महत्वपूर्ण रहेको बताएका हुन् । भद्रपुर १० स्थित कलवलगुरी आधारभूत विद्यालय मतदान स्थलबाट मतदान […]

चुनावमा कपिलवस्तुबासीको उत्साहजनक सहभागिता, दीपकुमार र बलदेवले पनि भोट हाले

२१ मंसिर, कपिलवस्तु । दोस्रो चरण अन्तर्गत प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कपिलवस्तुबासीले उत्साहजनक सहभागिता जनाएका छन् । विहान ५ बजेदेखि नै मतदाताहरु मतदान केन्द्रहरुमा लामबद्ध भएका थिए । जिल्लाका २३३ मतदान स्थलका ४१० मतदान केन्द्रमा मतदाताको सहभागिता उत्साहजनक देखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभा १ का कांग्रेस उम्मेदवार दीपकुमार उपाध्यायले हथौसाको […]

शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी

२१ मंसिर, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् । हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको बिहीबार बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन् । उनीलगायत १६ जना मलामीले बतासे […]

बर्दियामा शान्तिपूर्ण मतदान, तीन मन्त्रीले मतदान गरे

२१ मंसिर,बर्दिया । बर्दियामा विहान ७ वजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । सिचाइँ मन्त्री सञ्जयकुमार गौतमले बर्दियाको गुलरियास्थित बालमन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् । गौतम क्षेत्र न १ का नेपाली कांग्रेसका प्रतिनिधिसभाका उमेदवार हुन । यसै गरी बाम गठबन्धनका तर्फबाट सोही क्षेत्रबाट नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बाँसगढी नगरपालिका-८ ककौरामा रहको […]

प्रकाशमान भन्छन्- मेरो प्रतिस्पर्धीको ‘रियल ग्राउण्ड’ कमजोर छ

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावमा आफ्नो प्रतिस्पर्धी नै नभएको दावी गरेका छन् । काठमाडौं क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सिंहले अरु उम्मेदवारहरु कमजोर रहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । ‘मेरो प्रतिद्वन्द्वीभन्दा म धेरै अगाडि छु । मिडियाले प्रतिस्पर्धी भनिएका उम्मेदवार रियल ग्राउण्डमा कमजोर छन्,’ उनले भने, ‘पहिलो […]