Comments Add Comment

निर्वाचन 2074

List Grid
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित

२५ मंसिर, उदयपुर । उदयपुर क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्य जित्दै कांग्रेस नेता डा. नारायण खड्काले ह्याट्रिक गरेका छन् । ०५६ को चुनावमा पराजित भएका खड्काले त्यसपछिका ०६४ र ०७० को चुनाव पनि जितेका थिए । प्रतिनिसभामा खड्काले वाम गठबन्धनका साझा उम्मेदवार एमालेकी मन्जुकमारी चौधरीलाई ५ सय ४८ मतान्तरले हराए । खड्काले ३३ हजार १४२ […]

तेह्रथुममा वाम गठबन्धनको क्लिनस्वीप, प्रतिनिधिसभामा भवानी खापुङ निर्वाचित

२५ मंसिर, तेह्रथुम । तेह्रथुममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले क्लिनस्वीप गरेको छ । जिल्लाबाट प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ वाम गठबन्धनका लागि नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका हुन् । प्रतिनिधिसभातर्फ नेकपा एमालेका भवानीप्रसाद खापुङ निर्वाचित भएका छन् । एमालेबाट तेस्रो पटक उम्मेदवार बनेका खापुङले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार राज्यमन्त्री […]

डोटीबाट मन्त्री बिरबहादुर बलायर पराजित, एमालेका आले बने सांसद

२५ डोटी, मंसिर । बहालबाला भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बिरबहादुर बलायरलाई हराउँदै एमाले नेता प्रेमबहादुर आलेमगर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन । मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आले ३२ हजार ५ सय १० मतसहित बिजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री बलायरले ३० […]

कैलालीमा माओवादीले जित्यो दोस्रो सिट, लेखराज भट्ट पनि विजयी

२५ मंसिर, कैलाली । माओवादी केन्द्रका नेता लेखराज भट्ट कैलाली क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३९९ मतान्तरले पराजित गरेका हुन् । भट्टले ३१ हजार ३५९ मत ल्याउँदा नेपाली कांग्रेसका भण्डारीले २० हजार ९६० मत पाएका छन् । कैलाली क्षेत्रनम्बर ३ मा पनि माओवादी […]

कांग्रेस नेता एनपी साउद पराजित, एमालेका नरबहादुरले बाजी मारे

२५ मंसिर, कञ्चनपुर । कञ्चनपुर क्षेत्रनम्बर २ बाट कांग्रेस नेता एनपी साउद पराजित भएका छन् । उनलाई एमालेका युवा नेता नरबहादुर धामीले ८ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन् । आइतवार राति सम्पन्न मतगणना अनुसार धामी ३३ हजार ३२० मत प्राप्त गरी बिजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी कांग्रेस नेता तथा पूर्वमन्त्री साउदले २४ […]

पति वियोगको पीडामा विनालाई जितको खुसी, दोब्बर मतान्तरले विजयी

२५ मंसिर, कन्चनपुर । कञ्चनपुर क्षेत्रनम्बर १ मा माओवादी उम्मेदवार विना मगर दोब्बर मतान्तरले निर्वाचित भएकी छन् । विनाले नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई १९ हजार २४८ मत अन्तरले हराएकी हुन् । विनाले ३८ हजार ४६७ र विष्टले १९ हजार २१९ मत पाएका छन् । विना मगर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बुहारी हुन् । विना […]

धनुषा २ बाट संघीय फोरमका उमाशंकर र ४ बाट एमालेका रघुबिर विजयी

२५ मंसिर, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर २ बाट संघीय समाजवादी फोरमका नेता उमाशंकर अरगडिया १३ हजार मतान्तरले विजयी भएका छन् । अरगडिया ३२ हजार ४४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । राजपाको समेत समर्थन पाएका अरगडियाले वाम गठबन्धनका साझा उम्मेदवार माओवादी नेता रामचन्द्र झालाई १३ हजार ३ सय २९ मतान्तरले पराजित गरे । […]

गिरिराजमणि पोखरेलको ह्याट्रिक, महोत्तरी १ बाट विजयी

२५ मंसिर, बर्दिवास । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल महोत्तरी क्षेत्रनम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । यो जितसँगै उनले लगातार तीनवटा चुनावमा जित्दै ह्याट्रिक गरेका छन् । प्रतिनिधिसभा चुनावमा उनी २३ हजार ७७६ मत ल्याउँदै विजयी भएका छन् । उनले संघीय समाजवादी फोरमका लक्ष्मी महतोलाई ४२८४ मत अन्तरले पराजित गरे । […]

अर्थमन्त्री कार्की सुनसरी ४ बाट निर्वाचित

२५ मंसिर, धरान । नेपाली कांग्रेसका नेता एवम् अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी सुनसरी क्षेत्रनम्बर ४ बाट निर्वाचित भएका हुन् । कांग्रेसका कार्कीले ३२ हजार ३४७ मत पाएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रमेश श्रेष्ठको पक्षमा २५ हजार ७५० मत छ । कार्की र श्रेष्ठबीचको मतान्तर ६ […]

नवलपुर-२ मा तिलक महतको जितसँगै वाम गठबन्धनको शतक पूरा

२५ मंसिर,काठमाडौं । वामपन्थी गठबन्धनले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिट जितेर आइतवार मध्यरातमा शतक पूरा गरेको छ । नवलपुर क्षेत्र नम्बर २ मा एमालेका तिलक महतले बिजय हासिल गरेसँगै वाम गठबन्धनले शतक पार गरेको हो । वामपन्थी गठबन्धनले एकसय सिट पार गर्दा लोकतान्त्रिक गठबन्धनले भने १७ सिट जितेको छ । त्यस्तै मधेशवादी गठबन्धनको ११ सिट […]

प्राधिकरणको सीईओ छाडेर चुनावमा गएका पोखरेल हारे, प्रतिनिधिसभामा राजमोले खाता खोल्यो

२४ मंसिर, काठमाडौं । पुनर्निमाणको कार्यकारी अधिकृत (सीईओ) को पद छाडेर चुनावमा गएका डा. गोविन्द पोखरेल पराजित भएका छन् । पोखरेल कांग्रेसबाट प्युठानमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाएका थिए । तर, वाम गठबन्धनबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसँग पराजित भएकी छन् । पौडेलले ४७ हजार ५१४ मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी पोखरेलले ३१ […]

वाम गठबन्धनका सूत्रधार एमाले उपाध्यक्ष वामदेव गौतम पराजित

२४ मंसिर, काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् । बर्दिया क्षेत्र नं. १ बाट गौतम कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका हुन् ।  ७५३ मतको अन्तरले उनी पराजित भएका छन् । सिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८२९ मत ल्याएर विजयी भएका हुन् । वामदेवले ४४ हजार ७६ मत ल्याए […]

पाल्पा जिल्ला, वाम गठबन्धनको किल्ला !

२४ मंसिर, काठमाडौं । पाल्पामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका ४ सिट रहेको पाल्पामा सबै सिटमा विजयी हासिल गर्दै वाम गठबन्धनले पाल्पा जिल्लालार्इ कम्युनिष्ट किल्ला बनाएको हो । पाल्पा क्षेत्र नं. १ मा गठबन्धनबाट एमालेका दलबहादुर रानाले ३२ हजार ५४९ मत ल्याएर कांग्रेसका विजयराज घिमिरेलाई पराजित […]

प्रदेश २ मा प्रतिनिधिसभामा वाम गठबन्धनले खाता खोल्यो, प्रभु साह विजयी

२४ मंसिर, रौतहट । वाम गठबन्धनले प्रदश नं. २ मा प्रतिनिधिसभा तर्फ खाता खोलेको छ । रौतहट क्षेत्र नं. ३ बाट वाम गठबन्धनले प्रतिनिधिसभामा खाता खोलेको हो । रौतहट-३ मा माओवादी केन्द्रक प्रभु साह विजयी भएका छन् । साहले २७ हजार ७९९ मत ल्याए । उनका प्रतिस्पर्धी कांग्रेसका जितेन्द्र यादवले १८ हजार १९३ मत ल्याएका […]

चुनाव जितेपछि महतोले भने- संविधान संशोधन गराउँछु

२४ मंसिर, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफ्नो जित मधेस आन्दोलनको जित भएको बताएका छन् । उनले अब संविधान संशोधन र मधेसको विकासका लागि प्रयास गर्ने पनि बताएका छन् । ‘यो मधेस आन्दोलनको जित हो, धनुषाको जित हो, सम्पूर्ण मधेसी जनताको जित हो, महतोले […]

जितमा देउवाको डबल हृयाट्रिक, पराजयमा हृयाट्रिक गर्ने को हुन् ?

२४ मंसिर, डडेल्धुरा । संसदीय निर्वाचनमा अपराजित रहँदै आएका प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक पनि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टलाई हराउँदै देउवा विजयी भएका हुन् । कांग्रेस सभापति समेत रहेका देउवाले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारे । प्रतिद्वन्द्वी […]

रामेछापको प्रदेश र प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार बिजयी

२४ मंसिर, रामेछाप । रामेछापमा प्रतिनिधि र प्रदेश सभा दुवै निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् । प्रतिनिधि सभामा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् भने प्रदेशमा दुवैजना एमालेका उम्मेदवारहरु बिजयी भएका छन् । प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङलाई ६ हजार ३ सय ४६ मतले पछि पार्दै वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार […]

प्रदेश ७ का चार जिल्लामा वाम गठबन्धनको क्लिनस्वीप

  २४ मंसिर, डोटी । पहिलो चरणमा निर्वाचन भएको प्रदेश नम्बर ७ का चार जिल्लामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । बझाङ, बाजुरा, बैतडी र दार्चुलामा प्रतिनिधिसभा ४ र प्रदेशसभाका ८ गरी १२ वटै स्थान वाम गठबन्धनले हात पारेको हो । दार्चुला प्रतिनिधिसभा सदस्यमा नेकपा वाम गठबन्धनका माओवादी उम्मेदवार गणेशसिंह ठगुन्नाले २८ हजार नौ […]

वृजेश गुप्ता कपिलवस्तुबाट चौथो पटक निर्वाचित

२४ मंसिर, कपिलवस्तु । कपिलवस्तु प्रतिनिधि सभा २ का वाम उम्मेद्वार वृजेश कुमार गुप्ता विजयी भएका छन् । उनले नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यलाई तीन हजार ५ सय ८१ मतान्तरले पराजित गरेका छन् । गुप्ताले कुल ३५ हजार १ सय २७ मत पाउँदै विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५ सय […]

झापा ४ मा एमालेका एलपी साँवा फराकिलो मतान्तरमा बिजयी

२४ मंसिर, झापा । झापाका पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४ बाट एमालेका एलपी साँवा लिम्बुले पहिलो बिजयी खाता खोलेका छन् । आइतवार विहान सम्पन्न मतगणनामा एमालेका लिम्बुले कांग्रेसका देउकुमार थेबेलाई १७ हजार भन्दा बढीको फराकिलो अन्तरमा पराजित गरेका हुन् । एमालेका साँबाले ४३ हजार ५१५ मत प्राप्त गरी बिजयी हुँदा कांग्रेसका देउकुमार थेबेले २६ […]

वर्षमान पुन रोल्पाबाट फराकिलो अन्तरले विजयी

२४ मंसिर, रोल्पा । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पुन २० हजार ७४१ मतान्तरले विजयी भएका हुन् । पुनले ४० हजार ६४७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत पाएका छन् । प्रदेशसभा तर्फ पनि माओवादी केन्द्रका दुबै उम्मेदवार निर्वाचित […]