Comments Add Comment

निर्वाचन 2074

List Grid
दाङ ३ मा पूर्वमन्त्री दीपक गिरी पराजित, एमालेका हिरा केसीले बाजी मारे

२४ मंसिर, दाङ । दाङ क्षेत्रनम्बर ३ बाट पूर्वमन्त्री दीपक गिरीलाई पराजित गर्दै एमालेका हिराचन्द्र केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । एमाले जिल्ला सचिवसमेत रहेका केसीले पूर्व सिचाइँमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य गिरीलाई ६ हजार ५५७ मत अन्तरले हराएका हुन् । केसीले ४० हजार २८७ मत पाए भने गिरीले ३३ हजार ७३० मत पाएका […]

प्रचण्डको बुहारीले चुनाव जित्दै, ज्वाइँ पराजित

२४ मंसिर, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी विना मगर कञ्चनपुरबाट जित नजिक पुगिरहेका बेला मोरङ क्षेत्रनम्बर ६ को प्रदेशसभा ‘क’बाट भने छोरी ज्वाइँ जीवन आचार्य पराजित भएका छन् । कञ्चनपुर क्षेत्रनम्बर १ बाट प्रचण्डकी बुहारी विना मगर १६ हजार ४५४ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसका दिवान सिंह विष्टले ९ हजार ८८ मतसहित पछ्याइरहेका छन् । […]

राजपा उपाध्यक्ष शुक्ला रुपन्देही ४ मा पराजित, कांग्रेसका प्रमोदकुमारले जिते

२४ मंसिर, बुटवल । रुपन्देही क्षेत्रनम्बर ४ बाट राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला पराजित भएका छन् । शुक्ला ११ हजार ३०२ मत अन्तरले कांग्रेस उम्मेदवार प्रमोदकुमार यादवसँग पराजित भएका छन् । यादवले ३१ हजार ७१८ मतसहित निर्वाचित भएका छन् । शुक्लाले २० हजार ४१६ मत ल्याएका छन् ।

पाल्पा २ मा सोमप्रसाद पाण्डे विजयी

२४ मंसिर, तानसेन । पाल्पा प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट एमाले नेता सोमप्रसाद पाण्डे निर्वाचित भएका छन् । पूर्व उद्योगमन्त्री समेत रहेका पाण्डेले कांग्रेस उम्मेदवार हरिप्रसाद नेपाललाई १० हजार ३४५ मतअन्तरले हराए । पाण्डे ३४ हजार ८९९ मतसहित विजयी हुँदा कांग्रेसका नेपाल २४ हजार ५५४ मतमा रोकिए । प्रदेशसभातर्फ क्षेत्रनम्बर २ ‘क’मा एमालेका डा. पुरन बज्राचार्य […]

पूर्वप्रधामन्त्री झलनाथ खनाल पाँचौं पटक संसदमा

२४ मंसिर, इलाम। नेकपा एमालेका झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट भारी मतान्तरसहित विजयी भएका छन् । संसदका लागि उनको यो जीत पाँचौं पटक हो । खनालले ३६ हजार ८०७ मत ल्याएर विजयी भएका हुन् ।  उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय २७ मत ल्याएका छन् ।

प्रधानमन्त्री देउवा डडेलधुराबाट निर्वाचित

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका खगराज भट्टलाई हराउँदै देउबा विजयी भएका हुन् । उनले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन् । भट्टले २१ हजार ११५ मत ल्याए।  देउवाले जितका लागि मतगणनामा क्रममा निरन्तर अग्रता बनाएका थिए ।

दलित नेता जगत विश्वकर्माले तय गरे संसदको यात्रा

२३ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा कांग्रेसका पाका नेता शुक्रराज शर्मालाई हराउँदै एमाले उम्मेदवार जगत विश्वकर्माले पहिलो पटक संसदको यात्रा तय गरेका छन् । कांग्रेस उम्मेदवार शर्मालाई ८ हजार ५ सय मतान्तरले पछाडि पार्दै जगतले विजयको टीका लगाएका हुन् । शर्माको यो तेस्रो हार हो । कांग्रेस उम्मेदवार शर्माले २४ हजार १ […]

युवा संघका अध्यक्ष पहारी प्रदेशसभा सदस्यमा विजयी

२४ मंसिर, काठमाडौं । एमालेसम्बद्ध युवा संघका अध्यक्ष राजीव पहारी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कास्की ३ को खबाट निर्वाचित भउका छन् । वाम गठबन्धनका साझा उम्मेदवार ले उनले १६ हजार १६७ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी भोजबहादुर गुरुङले १० हजार ८७६ मत पाएका छन् ।

अष्टलक्ष्मी शाक्य प्रदेशसभा सदस्यमा निर्वाचित

२४ मंसिर, काठमाडाैं । नेकपा एमालेकी उपाध्यक्ष काठमाडौं क्षेत्र नम्बर ८ को खबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले ५ हजार १६९ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवरत्न डंगोलले ३६६९ मत पाएका छन् । तेस्रो स्थानमा राप्रपाका प्रकाश रिमाल रहे, उनले २ हजार ६२१ मत पाए । प्रदेशसभामा निर्वाचित शाक्यलाई एमालेले प्रदेश […]

बिमलेन्द्रलाई हराउँदै धनुषा ३ मा राजेन्द्र महतो विजयी

२४ मंसिर, धनुषा । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो निर्वाचित भएका छन् । चर्चित यो क्षेत्रमा महतो र कांग्रेस नेता विमलेन्द्र निधि लडेका थिए । वाम गठबन्धनबाट माओवादीका रामसिंह यादव उम्मेदवार थिए । तर, उनी प्रतिस्पर्धामा नै आएनन् । राजपा अध्यक्ष मण्डलका सदस्य महतोले निधिलाई झण्डै ३ […]

गोरखाका चार प्रदेशमा चार पार्टी

२३ मंसिर, गोरखा । दुइ निर्वाचन क्षेत्र रहेको गोरखाको चार प्रदेशमा भिन्न भिन्न चार पार्टीका उमेदवार बिजयी भएका छन् । गोरखा १ को क प्रदेशमा माओवादी केन्ऽ, ख प्रदेशमा एमाले, गोरखा २ को क प्रदेशमा नयाँ शक्ति र ख प्रदेशमा काग्रेसका उमेदवार बिजयी भएका हुन् । गोरखा-१ प्रदेश क (लेख बहादुर थापा-माओवादी केन्द्र) गोरखा क्षेत्र नम्वर १ […]

चिनकाजीलाइ पराजित गर्दै गोरखा-१ मा अधिकारी विजयी

२३ मंसिर, गोरखा । गोरखा १ को प्रतिनिधी सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका हरिराज अधिकारी विजयी भएका छन् । उनका प्रत्यासी उमेदवार कांग्रेसका चिनकाजी श्रेष्ठलाइ ३ हजार २१७ मत अन्तरले पछि पार्दै अधिकारी बिजयी बनेका हुन् । अधिकारीले २९ हजार ८६० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी श्रेष्ठले २६ हजार ६४३ मत ल्याएका छन् […]

धनकुटामा एमालेको क्लिन स्विप, राजेन्द्रले सुनिल थापालाई हराए

२३ मंसिर, काठमाडौं । नेकपा एमालले धनकुटामा प्रतिनिधि तथा प्रदेशसभामा क्लिन स्विप गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेका राजेन्द्र राई विजयी भएका छन् । उनले राप्रपा प्रजातान्त्रिकका सुनिलबहादर थापालाई पराजित गर्दै जित निकालेका हुन् । राईले ३७ हजार ३३३ मत ल्याएका हुन् । थापाले २६ हजार ८७४ मत पाए । राप्रपा प्रजातान्त्रिकले धनकुटाबाट पनि जितको […]

रामेश्वर फुयालको संयोगः पहिले बाबुलाई हराए अहिले छोरालाई

२३ मंसिर,काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ३ प्रदेशसभा ख बाट नेकपा एमालेका नेता रामेश्वर फुयाल ६७ मतको झिनो अन्तरमा प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । फुयालले कांग्रेसका बिमल ठकुरीलाई पराजित गरेका हुन् । शनिवार साँझ सम्पन्न मतगणना अनुसार फुयालले १० हजार ८८६ मत प्राप्त गरेका छन् भने ठकुरी १० हजार ८१९ मत पाएर पराजित भए […]

पूर्व डिआईजी नवराज सिलवाल सांसदमा निर्वाचित

२३ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार तथा पूर्व सांसद उदयशमसेर राणालाई ६ हजार २ सय १७ मतान्तरले पराजित गरे । सिलवालले ३६ हजार ९४६ मत प्राप्त गर्दै जित हात पार्दा राणाले ३० हजार ७२९ मत पाए । प्रतिनिधि सभा सदस्यमा विजयी […]

राजपाले प्रतिनिधिसभामा खाता खोल्योे, रौतहट-१ बाट अनिल झाको जित

२३ मंसिर, रौतहट । राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभामा विजयको खाता खोलेको छ । राजपाका अनिलकुमार झा रौतहट क्षेत्र नम्बर १बाट विजयी भएका छन् । झाले २१ हजार ८५ मत ल्याएर जित हात पारे भने उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण यादवले १५ हजार ४ सय ८४ मत ल्याए ।

गुल्मी २ बाट गोकर्ण विष्ट विजयी

२३ मंसिर, तम्घास । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा एमाले सचिव गोकर्ण विष्ट विजयी भएका छन् । विष्टले कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसीलाई १४ हजार ४६१ मत अन्तरले हराएका हुन् । विष्टले ३४ हजार ६१८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी केसीले २० हजार १५७ मत पाएका छन् । क्षेत्रनम्बर २ अन्तर्गतका प्रदेशसभाका […]

कमल थापा ५ हजार मतले पछाडि

२३ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्रनम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा एमाले उम्मेदवार कृष्णप्रसाद दाहालभन्दा पाँच हजार भन्दा बढी मतअन्तरले पछि परेका छन् । कांग्रेसको समेत समर्थनमा चुनाव लडेका थापाले २१ हजार ७५३ मत पाउँदा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका दाहालले २६ हजार ८४२ मत पाएका छन् । दाहाल र थापाबीचको मतान्तर ५ हजार […]

प्रधानमन्त्रीको गृहजिल्लामा वाम गठबन्धनले खाता खोल्यो

२३ मंसिर, डडेलधुरा । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा वाम गठबन्धनले प्रदेशसभाबाट खाता खोलेको छ । डडेल्धुराको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा विजयी भएका छन् । उनले कांग्रेसका रघुबर भट्टलाई २ हजार १६९ मत अन्तरले हराए । बोहराले १३ हजार ५ सय ६६ प्राप्त गरे भने कांग्रेसका भट्टले ११ […]

दाङ २ बाट कृष्णबहादुर महरा विजयी

२३ मंसिर, घोराही । दाङ प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी भएका छन् । माओवादी नेता महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराएका हुन् । महराले ४० हजार ४२ मत पाएका छन् भने खनालले २५ हजार ८९७ मत पाएका छन् । दाङ क्षेत्रनम्बर २ को प्रदेशसभामा पनि वाम गठबन्धनबाटै […]

काठमाडौं ७ मा एमालेका रामवीर मानन्धर विजयी

२३ मंसिर, काठमाडौं । स्थानीय चुनावमा एमालेसँग तालमेल गर्दा महानगरमा जित्न नसकेको राप्रपाले यसपालि काठमाडौं क्षेत्र नम्बर ७ मा कांग्रेससँग चुनावी तालमेल गरेको थियो । तर, सो क्षेत्रमा एमालेका रामवीर मानान्धरले जितेका छन् भने गाई चिन्हमा लडेका राप्रपाका विक्रम थापा पराजित भएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट नेकपा एमाले नेता मानन्धर दोस्रो पटक […]