Comments Add Comment

निर्वाचन 2074

List Grid
गोरखा २ बाट डा. बाबुराम भट्टराई विजयी

२३ मंसिर, गोरखा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ६ हजार ८७४ मतान्तरले पराजित गरे । भट्टराईले ३१ हजार ८०७ र श्रेष्ठले २४ हजार ९३३ मत पाएका छन् । प्रतिनिधिसभा सदस्यमा नयाँशक्ति नेपालको यो पहिलो जित […]

खोटाङमा वामपन्थी गठबन्धनको क्लिनस्वीप

२३ मंसिर, दिक्तेल । खोटाङको प्रदेश र प्रतिनिधिसभा तर्फका सबै सिट जित्दै वाम गठबन्धनले क्लिनस्वीप गरेको छ । खोटाङको प्रतिनिधिसभामा एमालेका बिशाल भट्टराई ३५ हजार ३७७ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी सरस्वती बजियमले २२ हजार ६१२ मत प्राप्त गरेकी छन् । बिशाल भट्टराई यसअघि खोटाङ क्षेत्र नम्बर १ बाट सांसद […]

तनहुँका दुवै क्षेत्रमा वाम गठबन्धन अगाडि, रामचन्द्र पौडेल एक हजार मतले पछाडि

२३ मंसिर, तनहुँ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम गरिरहेका छन् । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमाले उम्मेदवार किसान श्रेष्ठभन्दा करिव ४ हजार मतले पछाडि परेका छन् । पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार श्रेष्ठले १९ हजार २ सय ७७ मत ल्याएका छन् भने कांग्रेस […]

दमननाथ ढुंगाना विरुद्ध महेश बस्नेतको दोब्बर मतको अग्रता

२३ मंसिर, काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले पूर्व सभामुख तथा कांग्रेस नेता दमननाथ ढुंगानालाई दोब्बर मतको अन्तरले पछि पार्दै अग्रता बढाएका छन् । शरुदेखि नै अग्रता लिइरहेका बस्नेतले पछिल्लो मतगणना अनुसार बस्नेतले २४ हजार ८६५ मत पाएका छन् । दमननाथ ढुंगाना १२ हजार ८९५ मतका साथ बस्नेतलाई पछ्याइरहेका छन् । सो क्षेत्रमा […]

लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित

२३ मंसिर, लमजुङ । लमजुङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधि सभाको एकमात्र सिटमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ फराकिलो मत अन्तरले विजयी भएका छन् । उनी ८ हजार सय ४ सय ३४ मतान्तरले विजयी भएका हुन् । उनले ३९ हजार ४ सय ६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी […]

मोरङ १ मा घनश्यामलाई न्याय, डिगबहादुरलाई सजायँ !

२३ मंसिर, बिराटनगर । नेकपा एमालेका शालीन एवं सादगी नेता घनश्याम खतिवडाले मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा जित हात पारेका छन् । उत्तरी मोरङको लेटाङमा स्थायी घर भएका खतिवडा सादगी, वौद्धिक एवं मिलनसार नेताका रुपमा परिचित छन् । विद्यार्थीकालदेखि नै एमालेमा लागेर त्याग गरेका उनले पार्टीबाट खासै न्याय पाउन सकेका थिएनन् । यसपालि पार्टीले […]

कास्कीबाट रवीन्द्र अधिकारीको ह्याट्रिक

२३ मंसिर, पोखरा  । कास्की क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारी विजयी भएका छन् ।८ हजार ५ सय ४६ मतान्तरले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई पराजित गर्दै विजयी भएका हुन् । अधिकारीले २७ हजार २सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चालिसेले १८ हजार ६ सय ६१ मत ल्याए । प्राज्ञिक र […]

नारायणकाजीले बाबुरामलाई दिए बधाई

२३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले हार स्वीकार गरेका छन् । साथै, उनले चुनावी प्रतिस्पर्धी डा. बाबुराम भट्टराईलाई जितका लागि बधाई दिएका छन् । उनले भनेका छन्, ‘गोरखा २ का आदरणाीय मतदाताको निर्णयलाई शिरोधार्य गर्दै विजयका निम्ति डा. बाबुराम भट्टराईलाई बधाई ।’ उनले आफ्नो निर्वाचन क्षेत्रको […]

काठमाडौं २ बाट प्रतिनिधिसभामा माधवकुमार नेपाल निर्वाचित

२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. २ बाट एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाल २७ हजार ३ सय ६६ मत ल्याउँदै विजयी भएका हुन् । नेपालका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिपक कुइँकेलले १४ हजार ९ सय २ मत ल्याए । त्यस्तै, विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार […]

गोरखा २ ‘क’ प्रदेशमा नयाँ शक्तिका आचार्य विजयी

२३ मंंसिर, गोरखा । गोरखा २ को ‘क’ मा नयाँ शक्ति पार्टीका हरिशरण आचार्य विजयी भएका छन् । निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कमला नहर्कीलाई ३ हजार २७८ मत अन्तरले पछि पार्दै आचार्य विजयी भएका हुन् । आचार्यले १५ हजार ३४३ मत ल्याएका छन् भने उनका नहर्कीले १२ हजार ६५ मत ल्याइन् । कुल गणना भएको […]

कालीकोटमा पनि वाम गठबन्धनको क्लिन स्वीप

२३ मंसिर, कालीकोट । प्रदेश ६ मा पनि वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । कालीकोटको एउटा प्रतिनिधिसभा सदस्य र दुईवटा प्रदेशसभामा वाम गठबन्धनकै उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभातर्फ वामपन्थी गठबन्धनबाट माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी भएका छन् । रावतले २१ हजार ११२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका भुपेन्द्रजंग शाहीले […]

मोरङ-५ मा विनाविभागीय मन्त्री शिवकुमार मण्डल विजयी

२३ मंसिर, मोरङ । मोरङ क्षेत्र नं. ५ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी भएका छन् । विनाविभागीय मन्त्री समेत रहेका मण्डलले कांग्रेस र संघीय समाजवादी फोरम नेपालका उम्मेदवारहरुलाई पछि पार्दै विजयी भएका हुन् । मण्डलल २२ हजार ९४५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमृत अर्यालले १९ हजार ९५३ हजार मत ल्याएका […]

काठमाडौं १ ‘क’ मा कांग्रेस उम्मेदवार श्रेष्ठ विजयी

२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ ‘क’ मा प्रदेशसभा सदस्यमा कांग्रेस उम्मेदवार दिपेश श्रेष्ठ विजयी भएका छन् । उनी ६ हजार २ सय ३१ मत ल्याउँदै विजयी भएका हुन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी एमालेकी बिष्णुकुमारी भुसालले ४६ सय १८ मत पाइन् ।

काठमाडौंको प्रदेशसभामा कांग्रेसले खाता खोल्यो

२३ मंसिर, काठमाडौं । काठमाडौंको प्रदेशसभामा नेपाली कांग्रेसले पनि खाता खोलेको छ । क्षेत्र नं. ३ को ‘क’ मा कांग्रेस उम्मेदवार छिरिङ दोर्जे लामा विजयी भएका हुन् । लामाले ६ हजार ४ सय ४८ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रुद्र बरायलीले ५ हजार ३ सय ३५ मत ल्याए ।

कांग्रेसद्वारा काठमाडौं ५ को मतगणना बहिस्कार, पुनः मतगणना गर्न माग

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना बहिस्कार गरेको छ । उसले दुई केन्द्रको मत गणना गर्न माग गरेको छ । काठमाडौं ५ मा वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेसका प्रकाशशरण महत र साझा विवकशील पार्टीका उज्वल थापा प्रतिस्पर्धामा छन् । तर, अरु क्षेत्रको परीणाम आइसक्दा पनि यहाा भने पटकपटक […]

दीपक बोहोरा, सुनिल थापा र विक्रम पाण्डे ‘डेन्जर जोन’ मा

२३ मंसिर, काठमाडौं । यसपालिको निर्वाचनमा नेपाली कांग्रेसलाई भन्दा ठूलो क्षति ऊसँग सहकार्य गरेको राप्रपा प्रजातान्त्रिकले व्यहोर्ने संकेत देखिएको छ । पार्टी अध्यक्ष पशुपतिसमशेर राणा सिन्धुपाल्चोक २ बाट पराजित भइसकेका छन् । अब राप्रपा प्रजातान्त्रिक राष्ट्रिय पार्टी नबन्ने अवस्थातिर उन्मूख भएको छ । राप्रपा प्रजातान्त्रिकका नेता सुनील थापा धनकुटामा फराकिलो मतान्तरले पछाडि छन् । त्यहाँ […]

जाजरकोटमा वामपन्थीको ‘क्लिन स्वीप’, शक्ति बस्नेत भारी मतले विजयी

२३ मैसिर, जाजरकोट । जाजरकोटमा पनि वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिटमा जित हात पार्दै वाम गठबन्धनले क्लिन स्वीप गरेको हो । प्रतिनिधिसभा सदस्यतर्फ गठबन्धनबाट माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत फराकिलो अन्तरले विजयी भएका छन् । बस्नेतले कांग्रेसका उम्मेदवार राजीवबिक्रम शाहलाई पराजित गरेका हुन् । बस्नेतले […]

काठमाडौंमा एमालेले प्रदेशमा पनि खाता खोल्यो

२३ मंसिर, काठमाडौं । काठमाडौंको प्रदेशसभातर्फ पनि नेकपा एमालेले खाता खोलेको छ । काठमाडौं क्षेत्र नं. १ को ख मा एमाले उम्मेदवार गणेशप्रसाद दुलालले विजयी हासिल गरेका हुन् । दुलालले ४ हजार २ सय ४२ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले ४ हजार २ सय २३ मत प्राप्त गरेका छन् […]

सिन्धुपाल्चोकमा वाम बर्चस्व, अग्नि सापकोटा १० हजार बढी मतान्तरले विजयी

२३ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभाका लागि क्षेत्रनम्बर १ मा माओवादीका अग्नि सापकोटा र क्षेत्रनम्बर २ मा एमालेका शेरबहादुर तामाङ विजयी भएका छन् । पूर्वसञ्चारमन्त्री समेत रहेका सापकोटाले बहालवाला सञ्चारमन्त्री कांग्रेसका मोहन बहादुर बस्नेतलाई १० हजार ७ सय ६ मत अन्तरले हराएका छन् । सापकोटाले […]

मोरङ-४ मा माओवादीका अमनलाल मोदीले महेश आचार्यलाई हराए

२३ मंसिर, विराटनगर । मोरङको क्षेत्र नं. ४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका हुन् । मोदीले कांग्रेस नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । मोदीले ६ हजार ७२९ मतान्तरले आचार्यलाई पराजित गरेका हुन् । मोदीले ३३ हजार ५२९ मत ल्याएका छन् भने प्रतिस्पर्धी कांग्रेस नेता […]

समानुपातिकको मतगणना सुरु, कांग्रेस पहिलो, एमाले दोस्रो

२३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगणना थालेको छ । सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको मत कांग्रेस र एमालेको भन्दा निकै पछाडि छ । चौथो स्थानमा नयाँशक्ति पार्टी देखिएको छ । हालसम्मको परिणाम अनुसार कांग्रेसले समानुपातिकमा ५१६३ मत […]