Comments Add Comment

निर्वाचन 2074

List Grid
सुनसरीमा पछि परे गच्छदार, चौधरीको अग्रता कायमै

२३ मंसिर, सुनसरी । चुनावको मुखमा नेपाली कांग्रेससँग पार्टी एकता गरेर प्रतिनिधिसभा निर्वाचन लडेका बिजयकुमार गच्छदार सुनसरी क्षेत्रनम्बर ३ मा दोस्रो स्थानमा संघर्ष गरिरहेका छन् । गच्छदारलाई एमालेका भगवती चौधरीले १४ सयभन्दा बढी मतअन्तरले पछि पारेका छन् । चौधरीको मत ५ हजार १३८ छ भने गच्छारले ३ हजार ७०७ मत पाएका छन् । एमाले र […]

३० हजार मतान्तर सहित दोलखामा एमालेका पार्वत गुरुङ बिजयी

२३ मंसिर, दोलखा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहदा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । शनिवार विहान सम्पन्न मतगणना अनुसार दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा बिजयी भएका छन् । गुरुङले ५५ हजार ९५४ मत पाएर बिजयी हुँदा […]

काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्रनम्बर १० बाट कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् । उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले हराएका हुन् । बहालवाला खेलकुद मन्त्री समेत रहेका केसीले २४ हजार १९० र शाक्यले २१ हजार ९०७ मत पाएका छन् । केसीले ०७० को दोस्रो संविधानसभा चुनावमा […]

दैलेख-१ को प्रदेश(क) मा माओवादीका धर्मराज रेग्मी विजयी

२३ मंसिर, दैलेख । दैलेखको क्षेत्र नंम्बर १ को प्रदेशसभा ‘क’ मा माओवादी वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका धर्मराज रेग्मीले कांग्रेस दैलेखका जिल्ला सभापति कृष्ण वीसीलाई पराजित गर्दै विजयी भएका हुन् । उनी अधिबक्ता समेत हुन् । माओवादीका रेग्मीले १० हजार ३६१ मत ल्याएर विजयी भएका हुन् । उनका […]

गगन थापाको विजयी उत्सव (फोटो फिचर)

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएपछि भव्य र्‍याली निकालिएको छ । कांग्रेस समर्थक, कार्यकर्ताले थापाको जीत पश्चात काठमाडौंमा विजयी उत्सव मनाएका हुन् । थापाले वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डा. राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतअन्तरले हराएका थिए । थापाले २१ हजार […]

दार्चुलाका तीनवटै सीटमा वाम गठबन्धन विजयी

२३ मंसिर, दार्चुला । प्रदेश र प्रतिनिधिसभामा दार्चुलाको तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभा तर्फ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वसांसद गणेशसिंह ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले २८ हजार ९ सय ९८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विक्रमसिंह धामीले २२ हजार २ […]

दाङ क्षेत्र नम्बर २ ‘क’मा शंकर पोख्रेल विजयी

२३ मंसिर, दाङ । दाङको २ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’मा एमाले नेता शंकर पोखरेल विजयी भएका छन् । पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा चर्चामा रहेका पोखरेलले कांग्रेस उम्मेदवार कमल किशोर घिमिरेलाई ९ हजार ५४८ मतअन्तरले हराएका हुन् । जिल्ला निर्वाचन कार्यालय दाङको स्रोतले दिएको जानकारी अनुसार पोखरेलले २० हजार ७२३ मत पाएका छन् । […]

धादिङमा वाम गठबन्धनको क्लिनस्वीप

२३ मंसिर, धादिङ । धादिङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सिटमा वाम गठबन्धनले क्लिनस्वीप गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठी भारी मतान्तरले विजयी भएका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याएका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विश्व अर्याललाई त्रिपाठीले २७ […]

डा. बाबुराम भट्टराईलाई ३६ सय मतको अग्रता

२३ मंसिर, गोरखा । गोरखा क्षेत्र नं. २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फराकिलो अन्तर कायम गरेका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार बाबुरामले ३६ सय मतको अग्रता कायम गरेका हुन् । उनले २३ हजार १ सय १७ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले १९ हजार ४ सय ७५ मत ल्याएका […]

लगातार चार हारपछि काठमाडौंमा कृष्णगोपालको जित

२३ मंसिर, काठमाडौं । वाम गठबन्धनले एमाले र माओवादीका धेरै नेताहरुलाई चुनावी परिणाममा राहत दिएको छ । यस्तै राहत पाउनेमा एमालेका कृष्णगोपाल श्रेष्ठ पनि एक हुन् । किनकी लगातार चार पटकसम्म चुनावमा हार व्यहोरेका कृष्णगोपाल प्रतिनिधिसभा चुनावमा काठमाडौं ९ मा विजयी भएका छन् । उनले कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मत अन्तरले हराए । […]

चुनावी परिणाम कांग्रेसका लागि ठूलो दुर्घटनाः गगन थापा

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं ४ बाट प्रतिनिधिसभामा विजयी गगनकुमार थापाले मतदाताहरुलाई धन्यवाद दिएका छन् । उनले अबको ५ वर्ष पूर्वप्रतिवद्धता अनुसार सार्वजनिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताएका छन् । गगन थापाले समग्र चुनावी परिणाम भने कांग्रेसका लागि ‘ठूलो दुर्घटना’ भनेका छन् । समग्र चुनावी परिणामबारे सोधिएको प्रश्नमा उनले […]

चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो

२३ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई धन्यवाद दिएका छन् । १०, ११८ मत पा एका मिश्र कांग्रेसका प्रकाशमान सिंहसँग ८१९ मतले पराजित भएका छन् । अन्तिम मत परिणाम सार्वजनिक भएपछि मिश्रले कांग्रेस नेता सिंहलाई फोन गरेर नै बधाइ दिएका छन् । साथै उनले आफ्नो पार्टीका […]

भोजपुर प्रदेश’ख’ मा शेरधन राई भारी मतले विजयी

२३ मंसिर, भोजपुर । भोजपुरको प्रदेशसभा ‘ख’ मा पूर्व सञ्चारमन्त्री एवंम एमालेका युवा नेता शेरुधन राई भारी मतले विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार राईले २० हजार ३३४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १०५ मत प्राप्त गरेका छन् । भोजपुरमा राईको यो तेस्रो […]

सिरहा-१ मा प्रदिप गिरिलाई अग्रता

२३ मंसिर, काठमाडौं । सिरहा क्षेत्र नं. १ मा कांग्रेस नेता प्रदिप गिरिले अग्रता दिएका छन् । १० हजार ०७४ मत गणना हुँदा गिरिले चार हजार ३९७ मत ल्याएर अग्रता लिएका हुन् । एमालेका गंगाप्रसाद यादवले तीन हजार १५३ मत ल्याएका छन् भने सघीय समाजवादी फोरम नेपालका उम्मेदवारले एक हजार ८१४ मत ल्याएका छन् ।

ललितपुर-३ मा माओवादीकी पम्फा भुसाल विजयी

२३ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं. ३ मा वामगठबन्धनबाट माओवादी प्रबक्ता पम्फा भुसाल विजयी भएकी छन् । भुसालले कंग्रेसका मदनलाल अमात्यलाई पराजित गर्दै विजयीभएकी हुन् । उनले २४ हजार ३६ मत ल्याइन् । उनका प्रतिस्पर्धी अमात्यले २२ हजार ३३६ मत ल्याएका छन् ।

सिन्धुपाल्चोक-२ मा पशुपतिशमशेरलार्इ पराजित गर्दै शेरबहादुर तामाङ विजयी

२३ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं. २ मा वामपन्थीका उम्मेदवार एमाले नेता शेरबहादुर तामाङ विजयी भएका छन् । तामाङले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गर्दै विजयी भएका हुन् । तामाङले ३८ हजार ४०१ मत ल्याए । उनका प्रतिस्पर्धी राणाले ३० हजार ३६९ मत ल्याएका छन् ।

ओखलढुंगाबाट यज्ञराज सुनुवार विजयी

ओखलढुंगा- ओखलढुंगामा वाम गठबन्धनले संघीय प्रतिनिधिसभासहित दुई सिटमा विजयी हासिल गरेको छ । प्रतिनिधीसभामा वाम गठबन्धनका उम्मेदवार एमाले केन्दि्रय सदस्य यज्ञराज सुनुवार विजयी भए । आइतबार विहान मत गणना सकिँदा सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएा हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३ हजार २७ मत प्राप्त […]

काठमाडौं ४ मा गगन थापाले जिते, राजन भट्टराई पराजित

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएका छन् । केहिबेर अघि सम्पन्न मतगणनामा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डाक्टर राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पछि पार्दै थापा विजयी भएका हुन् । थापा २१ हजार ५५८ ल्याएर काठमाडौं ४ बाट दोस्रो पटक निर्वाचित […]

काठमाडौं-८ बाट एमालेका जीवनराम श्रेष्ठ विजयी

२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा एमालेका नेता जीवनराम श्रेष्ठ सांसद निर्वाचित भएका छन् । शनिबार बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणम अनुसार श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार नविन्द्रराज जोशीलाई पराजित गरेका हुन् । जीवनराम श्रेष्ठले १३ हजार ३९७ मत पाएका छन् भने नविन्द्रराज जोशीले १२ हजार ९५३ मत पाएका छन् । यस […]

मोरङ ६ मा लालबाबु पण्डितले शेखर कोइरालालाई हराए

२३ मंसिर, मोरङ । कोइराला खानदानको मात्रै होइन नेपाली कांग्रेसकै लागि ऐतिहासिक मोरङमा यस निर्वाचनमा कांग्रेसले ठूलो झड्का ब्यहोरेको छ । कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पराजय ब्यहोरेका छन् । एमाले नेता लालबाबु पण्डितले उनलाई पराजित गरेका हुन् । केहिबेरअघि सम्पन्न मतगणनाअनुसार लालबाबुले ६७५ मतान्तरको जित हासिल गरेका छन् […]

काठमाडौंमा एमालेको पहिलो जित, क्षेत्र नम्बर ३ बाट राई विजयी

२३ मंसिर, काठमाडौं । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनका उम्मेदवार एमाले नेता कृष्ण राई सांसद निर्वाचित भएका छन् । शनिबार बिहान सार्वजनिक गरिएको अन्तिम परिणाम अनुसार राईले १९ हजार १६९ मत पाएका छन् । उनका निकटमत प्रतिस्पर्धी नेपाली कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८८४ मत पाइन् । त्यस्तै यस क्षेत्रबाट विवेकशील साझा […]