Comments Add Comment

निर्वाचन 2074

List Grid
मोरङ ३ बाट एमाले नेता भानुभक्त ढकाल सांसद निर्वाचित

२३ मंसिर, मोरङ । मोरङमा वामपन्थीको किल्ला मानिने निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले जित हासिल गरेका छन् । योसँगै मोरङमा वााम गठबन्धनले जितको सुरुवात गरेको छ । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले नेता ढकालले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डाक्टर सुनील शर्मालाई १९०६ मतले पछि पार्दै सांसद निर्वाचित भए । […]

काठमाडौंमा हारेका योगेश भट्टराईले ताप्लेजुङबाट जित निकाले

२३ मंसिर, ताप्लेजुङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङका सबै सिटमा वाम गठबन्धनले विजय हासिल गरेको छ । काठमाडौंमा निर्वाचन जित्न नसकेका एमाले सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा अत्यधिक बहुमतले निर्वाचित भएका छन् । प्रतिनिधिसभाको एउटा र र प्रदेशसभाका दुई क्षेत्रहरु रहेको ताप्लेजुङका सबै स्थानमा बाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधिसभामा बम गठबन्धनका […]

ललितपुर २ मा एमाले उम्मेदवार कृष्णलाल महर्जन विजयी

२३ मंसिर, काठमाडाैं । ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कृष्णलाल महर्जन प्रतिनिधिसभा सदस्यमा निर्वाचित छन् । महर्जनले २७ हजार ७१३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत प्राप्त गरेका छन् । कांग्रेसका चन्द्र महर्जन २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए […]

चुनाव जितेपछि प्रकाशमानले टेलिभिजनलाई हप्काए

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं १ बाट चुनाव जितेको घोषणा हुँदैगर्दा रातको सवा २ बजेको थियो । त्यही बेला राष्ट्रिय सभागृहबाट लाइभ प्रसारण गरिरहेको एएटा निजी टेलिभिजनले उनको अन्तरवार्ता लिने प्रयास गर्‍यो । एक चर्चित निजी टेलिभिजनका पत्रकारले प्रकाशमानज्यू तपाईलाई बधाइ छ भनेर कुराकानी सुरु गर्नासाथ सिंहले उक्त टेलिभिजनलाई गाली […]

काठमाडौं १ मा प्रकाशमान विजयी, अन्ततः रविन्द्र मिश्र पराजित

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् । प्रकाशमानका स्वकीय सचिव युपी लामिछानेले पनि सिंहको जितको पुष्टि गरेका छन् । निर्वाचन कार्यालयले अनलाइनखबरलाई दिएको जानकारीअनुसार सिंहले […]

योगेश भट्टराई विजयी, ताप्लेजुङमा वाम गठबन्धनको क्लिन स्वीप

  २३ मंसिर, ताप्लेजुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी फराकिलो अन्तरमा बिजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका छन् । एमाले नेता भट्टराईको संसदीय […]

ताप्लेजुङको दुवै प्रदेशमा वाम उम्मेदवार विजयी

२३ मंसिर, ताप्लेजुङ । ताप्लेजुङका दुवै प्रदेश क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् । शुक्रबार राति अवेर सम्पन्न मतगणना अनुसार ताप्लेजुङ प्रदेशसभा क बाट नेकपा एमालेका उम्मेदवार बलबहादुर बोखिम र प्रदेशसभा ख बाट नेकपा माओवादी केन्द्रमा उम्मेदवार टंक आङबुहाङ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशसभा कबाट निर्वाचित भएका साम्सोहाङले १५ हजार ४१७ […]

दार्चुलामा प्रतिनिधिसभातर्फ एमाले विजयी, प्रदेशमा पनि वामकै अग्रता

२३ मंसिर, दार्चुला । दार्चुलामा नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार ठगुन्नाले २८ हजार ९ सय ९८ मत प्राप्त गर्दै विजयी हुनु भएको छ भने निकतम प्रतिद्धन्दी कांग्रेस उम्मेदवार विक्रमसिँह धामीले २२ हजार २ सय ३३ मत प्राप्त गरे । बाम गठबन्धन उम्मेदवार ठगुन्ना ६ हजार […]

धादिङ २ को प्रदेशसभा ‘क’मा एमालेका रामकुमार अधिकारी विजयी

२३ मंसिर धादिङ । धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार रामकुमार अधिकारी विजयी भएका छन् । अधिकारीले २० हजार ३ सय ६३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश धमलाले १९ हजार १५ मत ल्याएका छन् । यस प्रदेशमा ४१ हजार ३ सय ४३ […]

अर्जुननरसिंह केसीको प्रतिक्रियाः अब यो ढंगले कांग्रेस टिक्न सक्दैन

२२ मंसिर, । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको प्रारम्भिक परिणाम कांग्रेसका लागि निराशाजनक रहेको भन्दै पार्टी नेतृत्वले यसको गम्भिर समीक्षा गर्नुपर्ने बताएका छन् । मतगणना जारी रहँदा नुवाकोट २ मा दुई हजार भन्दा बढी मतान्तरले पछि परेका नेता केसीले निर्वाचनको प्रारम्भिक परिणाम कांग्रेस र लोकतन्त्रवादीका लागि चुनौतिका रुपमा देखा परेको टिप्पणी गरेका छन् । […]

रुकुम पश्चिम र पूर्व दुवै जिल्लामा माओवादीद्वारा क्लीन स्वीप

२२ मंसिर, रुकुम । रुकुम पश्चिम र रुकुम पूर्व दुबै जिल्लामा माओवादी केन्द्रले क्लीन स्वीप गरेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका सबै सिटमा माओवादी उम्मेदवारहरु विजयी भएका छन् । रुकुम पश्चिममा प्रतिनिधिसभामा जनार्दन शर्मा प्रभाकर फराकिलो मतअन्तरले विजयी भएका छन् । विनाविभागीय मन्त्री समेत रहेका शर्माले कांग्रेस उम्मेदवार गोपाल जी जंग शाहलाई १८ हजार […]

बागलुङ-१ मा एमालेका सूर्य पाठक विजयी

२२ मंसिर, बागलुङ । बागलुङ प्रतिनिधिसभा १ मा वाम गठबन्धनबाट एमालेका सूर्य पाठक फराकिलो मतान्तरले विजयी भएका छन् । पाठकले ३३ हजार ६५७ र निकटतम प्रतिद्वन्दी सहकारी राज्यमन्त्री कांग्रेसकी चम्पादेवी खड्काले २० हजार ६१६ मत प्राप्त गरिन् । पाठक २०७० को निर्वाचनमा साविकको क्षेत्र नम्वर दुईमा पराजित भएका थिए भने खड्का २०७० मा विजयी आफ्ना […]

सुनसरी ३ मा गच्छदारबिरुद्ध भगवतीलाई अग्रता

२२ मंसिर, सुनसरी । सुनसरीको क्षेत्र नं. ३ मा विजयकुमार गच्छदारलाई पछि पार्दै नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले अग्रता लिएकी छिन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार १ हजार ६ सय २२ मत ल्याउँदै चौधरीले अग्रता कायम गरेकी हुन् । चौधरीलाई पछ्याउँदै कांग्रेस नेता गच्छेदारले १ हजार १ सय ९३ मत ल्याएका छन् ।

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

२२ मंसिर, दार्चुला । दार्चुलामा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका गणेशसिंह ठगुन्ना साढे ६ हजार मतान्तरले विजयी भएका छन् । ठगुन्नाले २८ हजार ९९८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकतम प्रतिद्धन्दी कांग्रेस उम्मेदवार विक्रमसिँह धामीले २२ हजार २३३ मत प्राप्त गरे । दार्चुलामा जम्मा ५४ हजार ५४३ मत खसेको थियो । यस्तै […]

ओखलढुंगा प्रदेश ‘क’ मा वाम गठबन्धनका अम्बिरबाबु गुरुङ विजयी

२२ मंसिर, ओखलढुंगा । ओखलढुंगाको प्रदेश ‘क’ मा वाम गठबन्धनका उम्मदवार अम्बिरबाबु गुरुङ विजयी भएका छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका मित्रसेन दाहालले ११ हजार ९ सय ६ मत पाए । गुरुङले लोकतान्त्रिक गठबन्धनका दाहाललाई ७ हजार दुई […]

पश्चिम रुकुममा जनार्दन शर्मा विजयी, प्रदेशमा पनि माअोवादीकै जित

२२ मंसिर, काठमाडौं । रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका जनार्दन शर्मा भारी मत अन्तरले विजयी भएका छन् । विनाविभागीय मन्त्रीसमेत रहेका शर्माले ३४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका गोपालजिजंग शाहले १५ हजार ६५९ मत ल्याएका छन् । यस्तै रुकुमको प्रदेश (ख) मा पनि माओवादी केन्द्रकै गोपाल शर्मा विजयी […]

रुपन्देहीमा कांग्रेस र एमाले बराबर, फोरम एक सिटमा अगाडि

२२ मंसिर, रुपन्देही । विभिन्न जिल्लामा वाम गठबन्धनभन्दा पछाडि परेको नेपाली कांग्रेसले रुपन्देहीमा भने वाम गठबन्धनसँग चर्को प्रतिस्पर्धा गरेको छ । यो जिल्लामा प्रतिनिधिसभातर्फ कांग्रेस र एमालेले २/२ स्थानमा अग्रता कायम गरेका छन् । संघीय समाजवादी फोरमले एक स्थानमा अग्रता लिएको छ । रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र छन् । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले क्षेत्र नं. […]

जाजरकोट प्रदेशसभा ‘ख’ मा एमालेका करबीर शाही विजयी

२२ मंसिर, काठमाडौं । जाजरकोटको प्रदेशसभा सदस्य (ख) मा एमालेका करबीर शाही विजयी भएका छन् । शाहीले १५ हजार १८५ मत ल्याएर विजयी भएका हुन् । शाहीका प्रतिस्पर्धी कांग्रेसका दीपकजंग शाहले १० हजार ३६२ मत ल्याए । पराजित शाह कांग्रेस जाजरकोटका जिल्ला सभापति समेत हुन् ।

मकवानपुर १ मा कमल थापा पछि परे

२२ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा पछि परेका छन् । ताजा मत परिणामअनुसार सरकारका उपप्रधानमन्त्री समेत रहेका थापालाई वाम गठबन्धनका कृष्ण दाहालले ५५ मत अन्तरले पछि पारेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार एमालेका कृष्ण दाहालले ३ हजार ३२२ मत पाएका छन् भने कांग्रेसको समेत समर्थन पाएका राप्रपा […]

डोल्पामा एमालेका धनबहादुर बुढा विजयी

२२ मंसिर, काठमाडौं । एउटा मात्रै प्रतिनिधिसभा सदस्य रहेको डोलपामा वाम गठबन्धनबाट एमालेका धनबहादुर बुढा विजयी भएका छन् । बुढाले फराकिलो मतान्तरले कांग्रेसका अंगत बुढालाई पराजित गर्दै विजयी भएका हुन् । बुढाले ११ हजार ७६१ मत ल्याए भने कांग्रेसका अंगत बुढाले तीन हजार १६७ मत ल्याएका छन् । यहाँ नेकपा मालेका हर्कबहादुर ठकुल्लाले २९९ र […]

जनमोर्चाले बाग्लुङको प्रदेशसभाबाट खाता खोल्यो, टेकबहादुर घर्ती विजयी

२२ मंसिर, बाग्लुङ । बाग्लुङ क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार टेकबहादुर घर्तीले जित हासिल गरेका छन् । बाम गठबन्धनबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका घर्तीले ३ हजार २ सय ६० को मतान्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतबहादुर शेरचनलाई हराए । घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरे भने शेरचनले […]