Comments Add Comment

निर्वाचन 2074

List Grid
ललितपुर १ मा नवराज सिलवालको अग्रता

२२ मंसिर, ललितपुर । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले अग्रता लिएका छन् । प्रतिनिधिसभामा एमालेका सिलवाल र कांग्रेसका उदयशमसेर जबराबीच प्रतिस्पर्धा छ । प्रारम्भिक नतिजा अनुसार एमालेका सिलवाल ४७७ मतसहित अगाडि छन् भने उनलाई ४१४ मत सहित कांग्रेसका उदय शमसेर जबराले पछ्याइरहेका छन् । नेपाल प्रहरीको आइजिपी बन्न नपाएपछि डिआइजीबाट राजीनामा […]

बझाङमा एमाले उम्मेदवार भैरवबहादुर सिंह विजयी

२२ मंसिर, काठमाडौं । बझाङबाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार भैरवबहादुर सिंह विजयी भएका छन् । उनी ३४ हजार ६ सय १२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकाटम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरेका छन् । औपचारिक घोषणा हुन भने बाँकी छ ।

काठमाडौं ७ को प्रारम्भिक मतपरिणाम सार्वजनिक, रामविरले लिए अग्रता

२२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ७ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार रामविर मानन्धरले अग्रता कायम गरेका छन् । मानन्धरले १ हजार ५३ मत ल्याउँदा राप्रपाका उम्दवार विक्रमबहादुर थापाले ६ सय ७१ मत ल्याएका छन् । विवेकशील साझा पार्टीले ३ सय ३३ मत ल्याएको छ ।

काठमाडौं ९ को प्रारम्भिक मतपरिणाम सार्वजनिक, कृष्णगोपाललाई अग्रता

२२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले अग्रता कायम गरेका छन् । श्रेष्ठले १ हजार ७ सय ६५ मत ल्याउँदा कांग्रेस उम्मेदवार ध्यान गोविन्द रञ्जितले ९ सय ३५ मत प्राप्त गरेका छन् । विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले […]

काठमाडौं २ मा माधवकुमार नेपालको अग्रता

२२ मंसिर, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार माधवकुमार नेपालले सुरुवाती अग्रता कायम गरेका छन् । नेपालले १ हजार ३४ मत ल्याउँदा कांग्रेस उम्मेदवार दिपक कुइँकेलले ४ सय ६७ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझा पार्टीका उम्मेदवार डा. सूर्यराज […]

काठमाडौं ४ मा राजनलाई अग्रता, गगन पछ्याउँदै

२२ मंसिर, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले सुरुआती अग्रता लिएका छन् । राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् । विवेकशील साझा पार्टीकी उम्मेदवार सुबुना बस्नेतले […]

धनुषा-३ मा राजेन्द्र महतोको अग्रता

२२ मंसिर, काठमाडौं । धनुषा क्षेत्र नं. ३ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अग्रता लिएका छन् । महतोले ५८१ मत प्राप्त गर्दा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले ५७१ मत पाएका छन् । यस्तै वाम गठबन्धनका साझा उम्मेदवार रामसिंह यादवको ४४ […]

कांग्रेसको आश दोस्रो चरणमा, बालकृष्ण खाँड भन्छन्- राम्रो नतिजा आउँछ

२२ मंसिर, काठमाडौं । पहिलो चरणको मतगणनामा कमजोर प्रदर्शन गरिरहेको नेपाली कांग्रेसले दोस्रो चरणको नतिजामा उल्लेख्य सुधार आउने दाबी गरेको छ । कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँडले अनलाइनखबरसँग भने, ‘पहिलो चरणमै पनि बाँकी जिल्लाको मत गन्दा हाम्रो सिट सुधि्रन्छ । दोस्रो चरणको चुनावमा त हाम्रो स्थिति धेरै सुधि्रएको छ ।’ […]

काठमाडौं ५ को प्रारम्भिक मतपरिणाम सार्वजनिक, ईश्वर पोखरेललाई अग्रता

२२ मंसिर, काठमाडौं । काठमाडौं ५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार एमाले उम्मेदवार ईश्वर पोखरेलले अग्रता कायम गरेका छन् । उनले ६ सय ८० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार प्रकाशशरण महतले २ सय ९८ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझाका उज्जवाल थापाले ८८ मत ल्याएका छन् […]

दाङ-२ मा कृष्ण महरा र शंकर पोखरेलको अग्रता

२२ मंसिर, काठमाडौं । दाङ क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कृष्णबहादुर महरा र प्रदेश (क) मा एमाले नेता शंकर पोखरेलले अग्रता लिएका छन् । २९३६ मत गणना हुँदा महराले १५८२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले १०७३ […]

म्याग्दीको प्रदेशसभा ‘ख’मा एमालेकी नरदेवी पुनको जित

२२ म्याग्दी, मंसिर । म्याग्दीको प्रदेशसभा ‘ख’मा वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार नरदेवी पुन विजयी भएकी छन् । पुनले १० हजार ८६८ मत ल्याएर जित हात पारेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामी पुनले ७ हजार ९ सय ९० मत पाएको म्याग्दीका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले अनलाइनखबरलाई जानकारी दिए । पुनसँग फगामी […]

पम्फा भुसाललाई पछि पार्दै ललितपुर ३ मा कांग्रेसका अमात्यको अग्रता कायमै

२२ मंसिर, ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा माओवादी प्रवक्ता पम्फा भुसाललाई शुरुदेखि नै पछि पारेका कांग्रेस नेता मदनबहादुर अमात्यले अग्रता फरालिको पार्दै लगेका छन् । पछिल्लो आधिकारिक जानकारी अनुसार कांग्रेसका अमात्य ६२४३ मतका साथ अगाडि छन् । माओवादीकी पम्फा भुसालले ५५२२ मतका साथ पछ्याइरहेकी छन् भने विवेकशील साझा पार्टीका उज्जलकृष्ण श्रेष्ठ १२३५ मतका […]

पाँचथरमा एमालेका बसन्त नेम्वाङको अग्रता, प्रतिनिधिसभापछि मात्र प्रदेशको गणना हुने

२२ मंसिर, पाँचथर । पाँचथरमा मतगणना जारी रहँदा नेकपा एमालेका नेता बसन्कुमार नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । शुरुदेखि नै कांग्रेस नेता भीष्मराज आङदम्बेलाई पछि पारेका नेम्वाङ पछिल्लो गणनामा २ हजार भन्दा बढी मतले अगाडि छन् । पछिल्लो गणना अनुसार नेम्वाङले ८९८३ मतका साथ अगाडि छन् भने कांग्रेसका आङदम्बेले ६६७७ मत पाएका छन् । […]

लमजुङमा देव गुरुङलाई पछ्याउँदै कांग्रेसका दिलबहादुर घर्ती

२२ मंसिर, काठमाडौं । लमजुङमा प्रतिनिधिसभातर्फको मतगणना माओवादी नेता देव गुरुङले अग्रता लिएका छन् । बाम गठबन्धनका उम्मेदवार गुरुङलाई नेपाली कांग्रेसका दिलबहादुर घर्तीले पछ्याइरहेका छन् । गुरुङले ९९०३ मत प्राप्त गर्दा कांग्रेसका घर्तीले ८८११ मत पाएका छन् । माओवादी उम्मेदवार गुरुङ घर्तीभन्दा १०९२ मतले अघि छन् । मतगणनामा दुबै उम्मेदवार कडा प्रतिस्पर्धामा देखिएका छन् । […]

काठमाडौंका निर्वाचन क्षेत्रहरूको मतगणना सुरु

२२ मंसिर, काठमाडौं । काठमाडौंका निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । क्षेत्र नम्बर १, २, ३, ४, ५, ६ र ९ को मतगणना जारी छ । बाँकी क्षेत्रको पनि मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए । काठमाडौं क्षेत्रनम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा र साझा […]

मोरङमा मतगणना सुरु

२२ मंसिर, मोरङ । मोरङमा ११ बजेबाट मतगणना सुरु भएको छ । त्यहाँको क्षेत्र नम्बर ६ बाट मतगणना प्रारम्भ भएको हो । बिराटनगरको आदर्श माविमा मतगणना भइरहेको छ । क्षेत्र नं. ६ मा दुई जना हेभिवेट नेता प्रतिष्पर्धामा छन् । कांग्रेस नेता शेखर कोइराला र एमाले नेता लालबाबु पण्डित यो क्षेत्रबाट उम्मेदवार बनेका छन् । मोरङमा […]

पहिलो चरणमा कांग्रेसको कन्तबिजोग ! ३७ सिटमध्ये ४ सीटमा मात्रै अग्रता

२२ मंसिर, काठमाडौं । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये वामपन्थी गठबन्धनले २९ सिटमा अग्रता लिइरहेको छ । कांग्रेस ४ सिटमा मात्रै अगाडि देखिएको छ । मतगणना सकिएका तीन निर्वाचन क्षेत्रमध्ये एमालेले मनाङ र मुस्ताङमा बिजय हासिल गरिसकेको छ । माओवादीले पूर्वी रुकुममा बिजय हासिल गरेको छ । मतगणना भइरहेका […]

पूर्वी रुकुममा माअोवादीको क्लिनस्वीप, प्रदेश र प्रतिनिधिसभाका तीनवटै सिटमा जित

२२ मंसिर, रुकुम । नेकपा माओवादी केन्द्रले पूर्वी रुकुमबाट जितको सुरुवात गरेको छ । पूर्वी रुकुमको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । रोकाले निकटतम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मतअन्तरले हराइन् । रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४ हजार […]

स्याउ कृषक पोल्देन छोपाङ गुरुङको सिंहदरवार यात्रा

२२ मंसिर, मनाङ । हिमालपारीको जिल्ला मनाङ- कांग्रेसको निरन्तरता कि एमालेको क्रमभंग ? निर्वाचन अघि अनलाइनखबरमा विश्लेषणात्मक चुनावी रिपोर्ट सम्प्रेषण भएको थियो । नभन्दै बिहीबार मध्यरातमा मनाङमा एमालेले क्रमभंग गर्दै इतिहास रच्यो । एमालेका पोल्देन छोपाङ गुरुङ कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । पोल्देनले २ हजार ३ सय […]

नारायणकाजीलाई ११ सय मतले पछि पार्दै बाबुरामको अग्रता फराकिलो

२२ मंसिर, गोरखा । गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अग्रता फराकिलो बनाएका छन् । विहान ७ बजे सार्वजनिक भएको आधिकारिक निर्वाचन परिणामअनुसार बाबुरामले नारायणकाजी श्रेष्ठलाई करीव ११ सय मतले पछि पारेका थिए । पछिल्लो अपडेट अनुसार बाबुरामले ६ हजार ५३४ मत पाउँदा नारायणकाजीको ५ हजार ३९९ मत छ […]

ललितपुर २ मा एमाले र ३ मा कांग्रेसको शुरुवाती अग्रता

२२ मंसिर, ललितपुर । राजधानी उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधिसभा र ३० प्रदेशसभा सदस्यका लागि बिहीबार भएको मतदानको मतगणना ललितपुर बाहेक अन्यत्र शुरु हुन सकेको छैन । ललितपुर क्षेत्र नम्बर १ को बाहेक अन्य दुई क्षेत्रको गणना भइरहँदा क्षेत्र नम्बर २ मा एमाले र ३ मा कांग्रेसले शुरुवाती अग्रता लिएका छन् । क्षेत्र नम्बर २ […]