Comments Add Comment

मेरो कथा

List Grid
साफ च्याम्पियनसिप जित्ने एउटा सपना

अहिले तपाईंले जुन किरण चेम्जोङ चिन्नुभएको छ, यो नाम बनाउन र यहाँसम्म आइपुग्न निकै संघर्ष गरेको छु । अत्याशलाग्दा दिनहरु कटाएको छु । हरेक समय मेहनत गरेको छु । बुझ्ने भएदेखि फुटबलकै सपना देखिरहेको छु । सानोमा मेरो परिवारसँग फुटबल बुट किन्ने पैसा हुँदैन थियो भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला । यो सत्य हो । […]

विश्व च्याम्पियनलाई हराएको एक सेट

घरको प्यासेजमा या त्यस्तै कुनै खुला ठाउँमा चप्पलको नेट बनाएर टेबलटेनिस खेल्नुभएको छ ? असाध्यै रमाइलो हुन्छ । मैले पनि यसरी नै टेबलटेनिस खेल्न थालेको हुँ । छोटो समयमै राष्ट्रिय च्याम्पियन बनेँ । अन्तर्राष्ट्रिय रुपमै नाम कमाएँ । तर, सुरुआत त चप्पलको नेट नै हो । सानो बेलामा दाइ र म घरको प्यासेजमा चप्पल मिलाएर […]

ह्वीलचेयरले डोर्‍याएको खेल जीवन

अब जीन्दगी सकियो भनेर हरेश खाने हो भने साच्चिकै सकिन्छ नै । मैले गर्न सक्छु, केही गर्नुपर्छ भनेर हिम्मत बढाउने हो भने धेरै गर्न सकिन्छ । यो ३५ वर्षको उमेरमा मैले बुझेका कुरा र अपाङ्गता भएको १६ वर्षमा मिलेको शिक्षाले भनिरहेको छु, चाहे जे होस्, अवस्था जस्तो आओस् हार खानु हुँदैन । पेन्टिङ, संगीत, नृत्य […]

त्यो दिन बुवाले सोध्नुभयो, कुन बुट किन्ने ?

जीवन सधैं आफूले सोचेको दिशामा अघि बढ्दो रहेनछ । यसको ज्वलन्त उदाहरण म आफैं हुँ । सानो छँदा मैले फुटबल खेलाडी बन्ने सोचेकै थिइनँ । खासमा म फुटबल त्यति रुचाउँदिनथे । मेरो सपना त डान्सर बन्ने थियो । तर, समयले भनौं या भाग्यले मलाई फुटबल मैदानमा हेलिदियो । अन्ततः यही खेलले मलाई चिनायो । आज […]

नेपाली महिला फुटबलरमा रहेको भारतको ‘भूत’ हटाएँ

आफ्नो फुटबल जीवनलाई फर्केर हेर्दा रोमाञ्चित हुन्छु । ४२ वर्षको उमेरमा आइपुग्दा अहिलेसम्म सोचेको फुटबलमात्रै हो । सानो बेला झापा चन्द्रगढीमा छँदा फुटबलको नशाजस्तो बसेको थियो अहिलेसम्म पनि छुटेको छैन । बरु बढेको छ । खेलाडी जीवन सकिएको धेरै भयो, तर पनि म फुटबलबाट टाढा हुन सकेको छैन । आखिर नशा न हो । त्यसैले […]

धन्न अष्ट्रेलियाको भिसा लागेन ….

क्रिकेट, क्रिकेट र क्रिकेट । यो उमेरसम्म मैले सिकेको, जानेको र केही गरेको यही हो । यो मेरो लागि खेल मात्रै पनि होइन, जीवनशैली नै हो । स्कूलमा क्रिकेट खेल्दा प्रिन्सिपल सरको झ्याल फुटाएकोदेखि नेपाललाई एकदिवसीय मान्यता दिलाउँदासम्म कति रमाइला, कति नरमाइला पल आए । कति उत्सवका क्षणहरु पनि छन् । कतिपय त मेलै नचाहँदा […]

….त्यसपछि नेपाली क्रिकेट टिमको पहिलो कप्तान भएँ

अहिले नेपालमा क्रिकेटको क्रेज कति छ मैले बताइरहनु नपर्ला । मैले बताउनुपर्ने कुराहरु अरु धेरै छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमको पहिलो कप्तान भनेर आफूलाई चिनाउन पाउँदा आज मलाई गर्व हुन्छ । तर, हाम्रो समयमा क्रिकेट खेल्न सजिलो थिएन । खेलकुदमा लाग्न बच्चाहरुलाई बाबुआमाबाट प्रोत्साहन हुँदैनथ्यो । घरबाट ब्याट र बल लुकाएर मैदान पुग्थ्यौं हामी […]

आशा, निराशा र आयशा

एउटी १० वर्षकी फुच्चीले तेक्वान्दोको एरिनामा उफ्रिउफ्री किक हानेको दृष्य अहिले मेरो आँखा अगाडि नाचिरहेको छ । आखिर, त्यो फुच्ची मै त थिएँ । अहो, २० वर्ष भइसकेछ म तेक्वान्दोमा बरालिएको । बरालिएको होइन, रमाएको भनौं । रहरै रहरमा खेल्न थालेको खेल मेरो जीवनकै एउटा अभिन्न अंग बन्न पुग्यो । जे पाएँ, तेक्वान्दोबाटै पाएँ । […]

भलिबलमा बितेका २५ वर्ष : कतै घाम, कतै छाया

हो, मैले आफ्नो जीवनका अमूल्य २५ वर्ष भलिबललाई दिएँ । १६ वर्ष त राष्ट्रिय टिमबाटै खेलेँ । तर, मैले १८ वर्षको उमरसम्म भलिबल राम्ररी छुनसमेत पाएको थिइनँ भनेँ भने तपाईलाई पत्याउन गाह्रो पर्ला । मनोरञ्जनका लागि खेलेको खेल मेरो जीवनकै अभिन्न अंग कसरी बन्न पुग्यो ? क्याम्पस पढ्दा मात्र भलिबल समाएको म छोटो समयमै कसरी […]

फुटबलबाहेक केही सोचिनँ, सोच्नु पनि परेन

मनाङ मर्स्याङ्दी छाडेर किन थ्रीस्टार ? यति छिटो राष्ट्रिय टिमबाट किन सन्यास ? अब के गर्ने त ? … अहिले मलाई सोधिने धेरैजस्तो प्रश्न यस्तै छन् । जवाफका लागि तपाइँहरुले मेरो फुटबल यात्रालाई हेर्नुपर्ने हुन्छ । छोरालाई लाहुरे बनाउने बुवाआमाको सपनालाई कुल्चिएर फुटबलमा करिअर बनाउन मलाई सजिलो थिएन । सहारा क्लबमा ४०० जनाबीच भएको छनोटबाट […]

राधेश्याम दाइले दिएको त्यो बुट

क्रिकेटको कुरा गरौं कि फुटबलको ? कि एथ्लेटिक्सको कुरा गरौं ? मेरा अरु कामका कुरा पो सुनाउँ कि । कुराहरु यति छन्, सबै सुनाउँदा त वर्षौं बित्ला ! ७७ वर्षको भएँ । यो उमेरमा कहिलेकाहीँ पछाडि पर्खेर हेर्दा रमाइलो लाग्दो रहेछ । के-के गरियो के-के । सबै त सम्झनामै पनि छैनन् । यद्यपि, कुनै सन्दर्भ […]

काँचो चना खाएर कहिलेसम्म दौडिनू ?

४ असोज, काठमाडौं । दौडन तयार भएर ट्रयाकमा जानुअघि कसले सोच्छ होला र लास्ट हुन्छु भन्ने ? अरु कुदिरहेको हेर्दा लाग्छ, ह्या… यति त म पनि सक्छु नि ! तर, जब दौडिन थालिन्छ, तिनीहरुले नै धेरै पछि छाडिदिन्छन् । अनि आफ्नो अवस्था छर्लङ्ग बुझिन्छ । अहिले जिन्दगीको दौडमा पनि त्यस्तै छर्लङ्ग भएको छु म । […]

भलिबलमा भुलेको जिन्दगी

बाल्यकालमा सबैले केही न केही सपना पालेकै हुन्छन् । मेरो सपना चाहिँ आर्मी बनेर देशको सेवा गर्ने थियो । भलिबल खेलाडी बन्ने कुरा त मेरो कल्पनामै थिएन । तपाईंलाई पत्यार नलाग्ला, १२ वर्षको उमेरसम्म म खेलकुदबारे अन्जान थिएँ । भलिबल त झन् छोएकै थिइनँ । कैलालीको धनगढी प्रगति टोलमा रबरको चुङ्गी उछाल्नु र मोजा पोको […]

मैले फुटबल चिन्नुअघि नै फुटबलले मलाई चिनेको हो

फुटबल खेलाडीहरु लामबद्ध भएर राष्ट्रिय जर्सीमा मैदान पस्दै गर्दा के सोचिरहेका हुन्छन् भन्ने कहिलेकाहीँ तपाईँको मनमा आउँदो हो । राष्ट्रको प्रतिनिधित्व गरेर मैदान जानुअघि जर्सी फेर्दादेखि नै मनमा के आएको हुन्छ भन्ने भनेर बुझाउन गाह्रो छ । यसबारे केही भन्नुअघि तपाईँलाई दुईवटा खेल सम्झाउँछु । सन् २०१४ को विश्वकप छनोटको दोस्रो चरण । ७ साउन […]

ज्ञानेन्द्र मल्ल बन्ने बाटो: प्लाइउडको ब्याट, कागज बेरेर बल !

विश्व क्रिकेट लिग डिभिजन टू र त्यसपछि विश्वकप छनोट खेलमा रन बनाउन नसकेपछि धेरैले मलाई भने ‘अब केही गर्नुपर्छ है !’ एकदिवसीय खेल्न जानुअघि बारम्बार सुनिरहेँ … ‘यो चाहिँ (तिम्रो) लास्ट मोमेन्ट हो’ ‘(आलोचकको) बोल्ती बन्द गरिदिनुपर्छ’ ‘यसपालि चाहिँ गर्नुपर्छ है’ मलाई अचम्म लाग्छ । यसपालि गनुपर्छ रे ? अरे ! हरेक चोटी गर्नुपर्छ नि […]