Comments Add Comment

हाम्रो नेपाल, राम्रो नेपाल

List Grid
काठमाडौंवासीले एकदिने बिदा मनाउने ५ हाइकिङ रुट

काठमाडौं । आकाशबाट हेर्दा काठमाडौं शहर सायद कलात्मक मण्डलजस्तो देखिएला । केन्द्रमा रहेको अस्तव्यस्त शहरलाई घुमाउरो चक्रपथले वरिपरिका हरिया डाँडाबाट छुट्याएको छ । ती डाँडाभन्दा बाहिर अझ रमाइला र स्वर्गीय गाउँ होलान् । तर, भित्रको जनजीवन उकुसमुकुस छ । जीविकाका लागि शहरी अस्तव्यस्ततामा खुम्चिन बाध्य अनेकौंले देखेको काठमाडौंको चित्र सबैका लागि करिब समान नै होला […]

नलाङबाट गणेश हिमाल हेर्दा (फोटो फिचर)

राजधानीबाट नजिकै पर्छ, धादिङ । धादिङको नलाङबाट विश्वका १० अग्ला हिमालमध्येको एक मनास्लुसहित अन्नपूर्ण हिमशृंखला देख्न सकिन्छ । मनास्लुलाई ‘किलर माउन्टेन’का नामबाट पनि चिन्ने गरिएको छ, संसारभर । नलाङबाट मनास्लुभन्दा पनि नजिकमा देखिन्छ, गणेश हिमाल । धादिङमै पर्ने गणेश हिमाल पदयात्रीमाझ प्रख्यात छ । काठमाडौंबाट पाँच घण्टाको ड्राइभमा सहजै पुग्न सकिन्छ, नलाङ । काठमाडौंबाट मलेखु […]

गोरखामा प्रकृतिसँग लुकामारी, हेर्नुस् २३ तस्वीर

२५ कात्तिक, गोरखा । प्रदेश र प्रतिनिधि सभाका निर्वाचन नजिकिँदै गर्दा गोरखाका गाउँबस्तीमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरु घरदैलो र चुनावी सभामा व्यस्त छन् । प्रकृतिले भने आफ्नो शैली पटक्कै छाडेको छैन । गोरखा बजार र आसपासका बस्तिमा अझै चर्को गर्मी छ । विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकतिर उकालो लाग्दा चिसो मौसमले क्रमशः छोप्दै लगेको […]

विविधताले भरिएको मनोरम मनाङ (फोटो फिचर)

१६ असोज, काठमाडौं । वरिपरि हिमाल, बिचमा कलकल बगेको नदी । अलिकति माथि आकाशमा छरपष्ट बादल । त्यसै-त्यसै मन आनन्दित बनाइदिने मनोरम दृष्य हो, हिमालपारीको जिल्ला भनेर चिनिने मनाङको । बाह्य पर्यटकको प्रमुख रोजाईमा परे पनि आन्तरीक पर्यटक भने यहाँ खासै आउँथेनन् । तर सडक संन्जालले छोएपछि अहिले मनाडमा आन्तरिक पर्यटक पनि सल्वलाउन थालेका छन् […]

मोहनी लगाउने मुस्ताङको मुहार !

१७ भदौ, काठमाडौं । नेपाल आउने विदेशी पर्यटकहरुको प्रमुख गन्तव्यस्थल हो मुस्ताङ । तर, उनीहरुले मुस्ताङलाई पदयात्राका लागि मात्र रोज्ने गरेका छन् । जब कि मुस्ताङ प्रचुर मात्रामा कला, संस्कृति, ऐतिहासिक सम्पदा तथा विविधताले भरिएको ठाउँ हो । मुस्ताङको मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तिर्थस्थल हो । मुस्ताङ धार्मिक पर्यटकहरुको साथै भारतीय पर्यटकको […]

पश्चिम नेपालको ‘भर्जिन’ सुन्दरताः रारा तालदेखि शुक्लाफाँटसम्म

पश्चिम नेपाल पर्यटकीय सम्भावना प्रचुर भएर पनि विदेशी पर्यटकको चहलपहल न्यून भएको क्षेत्र हो । जैविक तथा ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सुन्दरताले यो क्षेत्र भरिपूर्ण छ । नेपालको सबैभन्दा ठूलो ताल रारा बाघ हेर्नका लागि प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्ज र एसियामै सबैभन्दा बढी संख्यामा बाह्रसिंगा एकैसाथ हेर्न सकिने स्थल शुक्लाफाट राष्टिय निकुन्ज यहाँ छन् । […]

विश्वका ८ अग्ला हिमाल, जुन नेपालमै छन् !

३ भदौ, काठमाडौं । नेपाल सुन्दर हिमश्रृंखलाले धनी देश हो । विश्वका ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमशिखरमध्ये ८ वटा नेपालमै पर्छन् । यहाँ हामीले तिनै ८ वटा अग्ला हिमालको तस्वीर प्रस्तुत गरेका छौं । सर्वोच्च शिखर सगरमाथाले त नेपाललाई विश्वमा चिनाइरहेकै छ । तर, अन्य सातवटा हिमशिखरको भने खासै चर्चा हुँदैन । ‘टप […]

फोक्सुन्डो तालको सुन्दरता क्यामरामा कैद गर्दा

एक छिनमा गाढा निलो, एक छिनमा फिक्का निलो । पानीको रंग यसरी परिवर्तन भइरहने यो हो, डोल्पाको फोक्सुण्डो ताल । डोल्पामा रहेको यो नेपालकै सबैभन्दा गहिरोे ताल हो, जसको गहिराई ६५० मिटर छ । समुन्द्री सतहबाट ३ हजार ६ सय ६० मिटर उचाईमा अवस्थित फोक्सुण्डो तालको सुन्दरतालाई एरिक भ्यालीले क्याराभान फिल्ममार्फत विश्वभर पस्किदिए । यही […]

नेपालको पहिचान, जनकपुर धाम ! (फोटो फिचर)

जनकपुर । जनकपुर उपमहानगरपालिकामा रहेको चर्चित जानकी मन्दिर धार्मिक हिसाबले नेपाल र भारत दुबै देशका हिन्दूधर्मावलम्बीको सम्बन्ध-सेतु हो । जनकपुर सीताको जन्मस्थल हो, जहाँ भारतबाट वर्षेनी विवाह पञ्चमीको अवसर पारेर जन्तीका रुपमा तीर्थयात्रीहरु आउने गर्छन् । ऐतिहासिकरुपले महत्वपूर्ण सांस्कृतिक धरोहर मानिन्छ जानकी मन्दिर । यो मन्दिरमा पुग्ने जोकोहीलाई यहाँकोे कलात्मक बनावटले मन्त्रमुग्ध बनाउँछ । मुगल […]

बबाल बल्थलीः मनसुनमा झन मनमोहक (फोटो फिचर)

काठमाडौं । वर्षा भइरहने साउन महिनामा घुमघामको योजना कमैेले बनाउँछन् । तर खाने मुखलाई जुँगाले छेक्दैन । घुम्न सौखिनहरुलाई मौसमले रोक्दैन । टाढा जानुपर्दैन, मनसुन सिजनको रोमाञ्चक अनुभव लुट्न काभ्रेको बल्थली काफी छ । मुसलधारे झरिमा बल्थली डाँडामा रहेको रिसोर्टमा वादलको घुम्टो ओढेर कफी सुरुप्प पार्दै बस्नुको मजा अरु के मा छ ? काठमाडौंको धुलो-धुवाँ […]

त्रिपुरा सुन्दरीः ऐतिहासिक सुन्दरता (फोटो फिचर)

डोल्पा जिल्ला खासगरी हिमाली सौन्दर्य अवलोकन र विकट भूगोलमा फरक जीवनशैलीका लागि बढी चिनिन्छ । तर, यो भूगोलमा प्राकृतिक खजाना मात्र छैन, महत्वपूर्ण धार्मिक स्थल पनि छ । त्रिपुराकोटमा रहेको बाला त्रिपुरा सुन्दरी भगवतीको मन्दिर त्यस्तो धार्मिक सम्पदा हो, जसको ठूलो ऐतिहासिक मूल्य रहेको स्थानीयहरु बताउँछन् । यो मन्दिर सयौं वर्ष पुरानो रहेको उनीहरुको दाबी छ […]

कैलाश मानसरोवर यात्रा, हेर्नुस् १९ तस्वीर

प्रकृतिको काखमा शान्ति महसुस गर्न सकिने गन्तव्य प्रशस्त छन् । त्यसैमध्येमा पर्छ माउन्ट कैलाश पर्वत तथा मानसरोवर । पर्यटकीय हिसाबले आकर्षक गन्तव्य भए पनि मानसरोवरको खास चिनारी धार्मिक तीर्थस्थलको हो । हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्र स्थल मानिन्छ । कैलाश दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जनविश्वास छ । त्यसो त तीर्थयात्रीहरु […]

उपल्लो डोल्पाको ‘मोती’ (फोटो फिचर)

नेपाल फरक भौगोलिक र सांस्कृतिक विविधता एकै ठाउँमा पाइने देश हो । यहाँ मुटु काम्ने हिमाली क्षेत्रदेखि पसिनाले निथ्रुक्क भइने भावर क्षेत्रसम्मको फरक भूबनौट पाइन्छ । माथिल्लो डोल्पाको द्यो तराप गाउँ यस्तै विरलाकोटिको भूगोल हो । यो ठाउँ किन पनि विशेष छ भने, नेपालको सबैभन्दा उच्च स्थानमा रहेको मानव बस्ती यही हो । अझ यहाँका अगुवा तथा पर्यटन व्यवसायी ज्याङ्बा […]

डोल्पाको लेकमा यार्सा टिप्ने लस्कर (फोटो फिचर)

मनै लोभ्याउने सफा हिमालको काखमा विशाल फाँट छ । तर, त्यो सौन्दर्यको वास्तै नगरी मान्छेहरु बच्चा बामे सरे झैं हात–गोडा टेकेर जमिनमा केही खोजिरहेका छन् । बकुल्लाले माछा ढुके झैं खूब ध्याउन्न छ र भुइँ खोस्रिने गति तीव्र छ । यो दृश्य हो माथिल्लो डोल्पामा पर्ने थाङ्बोचे फाँटको । यार्सागुम्बा टिप्न यो सिजनमा यहाँ बर्सेनि […]

सुन्दर राराको चित्र-विचित्र (फोटो फिचर)

जति हेरे पनि नअघाइने प्रकृतिको खजाना के होला ? नेपालको हकमा धेरैलाई मुगुको रारा तालले त्यही तिर्सना मेटाउँछ, जुन तिर्सना मेटिएर पनि फेरि उग्र भएर आउँछ । उही दिन मुगु पुग्ने सोच राखेर म काठमाडौंबाट हिँडेको थियो । तर, नेपालगञ्ज झरेपछि थाहा भयो, मुगु जाने प्लेनको उडान रद्द भएछ । अब कति दिन कुर्नुपर्ने हो […]

मनोरम नगरकोटः खुल्न बाँकी झ्याल (फोटो फिचर)

२३ बैशाख, काठमाडौं । राजधानीबाट नजिकै रहेको नगरकोटको परिचय निकै साँघुरो दायरामा कोरिएको छ । खासगरी सूर्योदय र सूर्यास्तको दृश्य हेर्न धेरैले नगरकोट रोज्ने गर्छन् । त्यसो त सूर्योदयको लोभलाग्दो दृश्य हेर्न यो ठाउँ विश्वका उत्कृष्ट दश स्थानमध्ये पर्छ । तर, नगरकोटको रमणीय आकर्षण त्यतिमा सीमित छैन । नगरकोटबाट लाङटाङ, गणेश, गौरीशंकर, दोर्जे लाक्पा, चोयु, […]

डोल्पा-मुस्ताङको रोमाञ्चक पदयात्रा (फोटो फिचर)

यात्रा भन्नेबित्तिकै धेरैले उड्नु र गुड्नुलाई सम्झने गर्छन् । तर, यात्राका खास पारखीहरु भन्छन्, यात्राको असली मज्जा पदयात्रामा पाइन्छ । हुन पनि स्थानीयतामा भिज्न पाइने भएकाले पदयात्राले आनन्दका साथै धेरै कुरा सिकाउँछ पनि । प्रकृति, सम्पदा र स्थानीय जीवनशैलीलाई नजिकबाट छाम्न, हेर्न र बुझ्न पाइने भएकाले यात्राका पारखीहरु नयाँ-नयाँ पदमार्ग खोजिरहेका हुन्छन् । त्यस्ता पदयात्रीका […]

आकाशबाट हिमाल नियाल्दा… (फोटो फिचर)

आँखा अगाडि सेताम्मे चुचुरा । कुनै आकाशै छेड्ने अग्ला त कुनै मझौला आकारका । अजंगसँग फैलिएका हिमशृंखला आकाशबाट हेर्दा अँगालोमा बेर्न सकिने जस्तै देखिए । सर्वोच्च शिखर सगरमाथा हेर्न हामी नाम्चेबाट हेलिकोप्टर यात्रामा छौं । सुन्दर आमादब्लमसहित अन्य हिमालहरु लस्करै देखिए । तर, प्रतिकूल मौसमका कारण सगरमाथा बादलभित्र लुकामारी खेलिरहेको थियो । हेलिकोप्टरबाट छोटो समयमै […]

परशुराम धामः धर्मको द्वार (फोटो फिचर)

पश्चिम नेपाल भौगोलिक रुपमा जति विकट भनेर चिनिन्छ, प्राकृतिक रुपमा उत्तिकै रमणीय पनि छ। प्रकृतिको उपहारसँगै यस क्षेत्रमा धार्मिक पर्यटनका पनि आकर्षक गन्तव्यहरु छन् ।  त्यसैमध्येकोएक हो, डडेल्धुराको परशुराम नगरपालिकामा रहेको परशुराम धाम । नेपाल–भारत सिमाना छुट्याउने महाकाली नदीको किनारमा थपक्क बसेको छ मन्दिर । खासगरी माघे संक्रान्तिको बेला ठूलो मेला लाग्ने परशुराम धाम मन्दिरको […]

कालिञ्चोकमा हिउँसँग पौंठेजोरी (फोटो फिचर)

  ३ चैत, दोलखा । प्राकृतिक र धार्मिक यात्रा रुचाउनेहरुको लागि आकर्षक ठाउँ हो, दोलखाको कालिञ्चोक क्षेत्र । मनोरम हिमशृंखलाको अवलोकनसँगै कालिञ्चोक भगवतीको दर्शन पनि गर्न सकिने भएकोले धेरैका लागि एक पन्थ दुई काम हुने गर्छ । राजधानी काठमाडौं नजिकैको ठाउँ भएकाले आन्तरिक पर्यटकहरु सहजै यो ठाउँमा पुग्न सक्छन् । खासगरी हिउँदको बेला कालिञ्चोकमा हिउँसँग […]

रारा कि अप्सरा ! (फोटो फिचर)

२९ फागुन, मुगु । रारा तालको सौन्दर्यदेखि मोहित भएर राजा महेन्द्रले कविता लेखेका थिए, रारा कि अप्सरा ! हुन पनि रारा पुग्ने जो कोही यसको अनुपम सुन्दरता देखेपछि उपमा के दिऊँ भनेर झट्ट अलमलिन्छन् । मुगुको जिल्लामा पर्ने यो ताल समुद्री सतहदेखि दुई हजार ९ सय ९० मिटर उँचाइमा पर्छ । वरिपरि जंगलको बीचमा रहेको […]