Comments Add Comment

हाम्रो नेपाल, राम्रो नेपाल

List Grid
स्वागतका लागि तयार छ लाङटाङ (फोटो फिचर)

बैशाख १२ को विनाशकारी भूकम्पले सौदर्य लुटेको लाङटाङ फेरि पुनरागमनको प्रयासमा छ । भूकम्प गएको दुई वर्ष नपुग्दा लाङटाङ फेरि विदेशीसँगै स्वदेशी पर्यटकहरुलाई स्वागत गर्न तयार देखिएको छ । लाङटाङ हिमाल उसैगरी हाँसिरहेको छ, जसरी भूकम्प अघि हाँसिरहेको हुन्थ्यो । गणेश हिमाल श्रृखला अनि ग्लासियरको चमक पनि उस्तै छ । भूकम्पले तहस नहस बनाएको लाङटाङ […]

फोटोमा नेपाल, हेर्नुहोस् उत्कृष्ट २४ तस्वीर

१९ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डको आयोजना एवम् फोटो जर्नालिष्ट क्लव तथा नेप्लिज इन फोटोग्राफीको सक्रियतामा तीन दिने फोटो प्रदर्शनी आजबाट सुरु भएको छ । आज पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोर्डका सिइओ दीपकराज जोशीले प्रदर्शनीको उदघाटन गरे । उदघाटनपछि उनले आम मानिसले पनि नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्‍याउन सक्छन् भन्ने उदाहरण यो प्रदर्शनी बनेकोमा […]

खप्तडः प्रकृतिको अनुपम उपहार

आँखाले नभ्याउने विशाल फाँटहरु । हिउँदमा सेताम्मे र बैशाख-जेठमा रंगीविरंगी फूलले छपक्कै । प्राकृतिक सुन्दरताको मापन गर्दा स्वर्गको टुक्रा जस्तो । यो हो सुदूरपश्चिमको मनोरम पर्यटकीय स्थल खप्तडको विशेषता । खप्तड क्षेत्र प्राकृतिक हिसाबका साथै धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण छ । दायाँ-बायाँ खोलाको बीचमा मन्दिर थपक्क बसेको छ । खप्तड क्षेत्रको विषयमा धेरै पटक […]

घुम्न जाउँ, घुम्न जाउँ, घुम्न धुलिखेल…. (फोटो फिचर)

२० माघ, काठमाडौं । उत्तरमा हिमाली थुम्का र चारैतिर हरिया पहाडको काख । धुलिखेलको यही विशेषता पर्यटक लोभ्याउन पर्याप्त छ । बनेपा-बर्दिबास सडक अन्तर्गत विपी लोकमार्गमा पर्ने यो शहर अरनिको लोकमार्गले पनि छुने सुविधायुक्त ठाउँ हो । नेपाल भाषामा धौख्यः भनिने धुलिखेलले धार्मिक, प्राज्ञिक क्षेत्रमा स्थान बनाए पनि मूल रुपमा पर्यटकीय गन्तव्यकै परिचय बनाएको छ […]

प्रकृतिले सजाएको सुनौलो नारायणी (फोटो फिचर)

१७ माघ, चितवन । सूर्योदय र सूर्यास्त हेर्नका लागि चितवनको सौराह पुग्ने धेरै छन् । तर, नाराणगढसँगैको नारायणी नदी क्षेत्रबाट पनि सूर्योदय र सूर्यास्त कम्ति मनोरम देखिँदैन । यो समयमा रंगीन किरणले नारायणी नदीलाई यति सुन्दर बनाइदिन्छ कि मानौं त्यहाँ कलाकारले सुनौलो रंग छरिदिएका छन् । यो समय प्रकृतिलाई सूर्यको किरणले लाली लगाएर सजाएजस्तै गरिदिन्छ […]

मोहनी लगाउने लुम्बिनीको मनोरम दृश्य (फोटो फिचर)

१५ माघ, काठमाडौं । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी ४० को दशकताका खासै चर्चामा थिएन । ५० को दशकबाट चर्चामा आउन थालेको लुम्विनी बौद्धमार्गी मात्र होइन, अहिले शान्तिप्रेमी स्वदेशी र विदेशी पर्यटकहरुको मनमा बसेको छ । बौद्ध मार्गीहरुको धार्मिक केन्द्र मात्रै होइन, लुम्विनी बौद्ध दर्शन अध्यन र अनुसन्धान गर्नेहरुका लागि पनि महत्वपूर्ण स्थल हो […]

पर्यटकीय स्थलको अनुपम उपहार: कालिञ्चोक भगवती (फोटो फिचर)

८ माघ, काठमाडौं । हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला ? कालिञ्चोक भगवती मन्दिर पुग्ने जोसुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् । काठमाडौंबाट केही घण्टाको यात्रामै पुगिने कालिञ्चोक भगवती मन्दिरलाई नजिकको तीर्थ पनि भनिन्छ । धार्मिक मान्यता अनुसार कालिञ्चोक भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा पुग्ने जनविश्वास पनि छ […]

हेर्दा राम्रो बेनीबजार धौलागिरी छायाँले…(फोटो फिचर)

१ माघ, काठमाडौं । धौलागिरी हिमाल (८१६७ मी) को आधारशिविरसम्म पुग्ने नयाँ मार्ग हो– धौलागिरी स्याङ्चुरी पदमार्ग । यो पदमार्ग बेनीबाट सुरू हुन्छ  र बेनीमै फर्केर टुंगिन्छ । बेनीबाट सुरु भएर झीँगाउँ हुँदै पाखापानी, कोटगाउँ, रायखर्क, घ्यासीखर्क हुँदै छरी, फेदी, ओडार क्याम्पबाट धौलागिरी आधार शिबिरमा पुगिन्छ । यो ४००० मिटरको उचाइमा छ । शिबिरबाट फर्किँदा सोही गोरेटो हुँदै राहुगंगा खोलाको झोलङ्गे […]

धम्पुसबाट सूर्योदयसँगै माछापुच्छ्रे हेर्दा (फोटो फिचर)

२३ पुस, काठमाडौं । काठमाडौंमा अध्ययनरत बुटवलकी रुमना श्रेष्ठ आँखै अगाडि माछापुच्छ्रेसँगैको सूर्योदय देख्दा निकै रोमाञ्चित भइन् । जीवनमै यति मनमोहक दृश्य प्रत्यक्ष रुपमा पहिलोपटक देख्न पाएको उनले अनलाइनखबरसँग सुनाइन् । उनलाई लाग्थ्यो कि हिमाललाई आँखै आगाडिबाट हेर्न निकै कष्ट बेहोरेर पैदलयत्रा नै गर्नुपर्छ । तर, उनी धम्पुस पुग्दा त्यो भ्रम हट्यो । गाडी चढेर […]

पोखरामा अल्ट्रा फ्लाइटको आनन्द (फोटो फिचर)

माछापुछ्रे हिमाल त हामी सबैले धेरैपटक देखेका छौं । तर, आँखै अगाडि अर्थात सीधै देख्न पाउनुको मज्जा बेग्लै हुन्छ । दर्जनौंपटक पोखरा पुगेर फेवातालको छेउबाट माछापुछ्रे देखे पनि अल्ट्रामा चढ्ने पहिलो अनुभव संगाल्नेहरुले माछापुछ्रेको वास्तविक सुन्दरता देख्न सक्छन् । अल्टा फ्लाइटबाट माछापुच्छ्रेलगायत दर्जनौं हिमाल आँखै अगाडि हेर्न पाइन्छ । विशेष गरी माउन्ट फ्लाइटकै लागि अल्ट्राको […]

क्या दामी दामन ! (फोटो फिचर)

२७ मंसिर, काठमाडौं । शहरको भागदौडपूर्ण दैनिकीबाट केही समय सुस्ताउने मन जो कोहीलाई हुन्छ । हिउँदे विदामा काठमाडौं छोड्ने उपयुक्त विकल्प मकवानपुरको दामन हुन सक्छ । काठमाडौंबाट दामन पुग्न धेरै टाढा पनि छैन । थानकोट, नौबिसे हुँदै पृथ्वी राजमार्गबाट ७५ किलोमिटर दूरी पार गरेर तीन घण्टामै दामन पुग्न सकिन्छ । चन्द्रागिरी हुँदै चित्लाङको कच्ची बाटोबाट […]

पाथीभराः जहाँबाट कञ्चनजंगा, कुम्भकर्ण र मकालु हिमाल देखिन्छ

२५ मंसिर, ताप्लेजुङ । पाथीभरा मन्दिरको दर्शन नेपालका हिन्दु धर्मावलम्बीहरुको एउटा महत्वपूर्ण मनोकांक्षा हो । तर, हिमालको काखमा रहेको यो मन्दिरमा पुग्न सजिलो चाँहि छैन । जो पाँच घण्टा उकालो हिँडेर मन्दिरमा पुग्छ, उसले बास बस्न फेरि फेदीमै ओर्लिनुपर्छ । वरिपरि हिमाल, वीचमा थुम्को । चुलीसम्म भरिएको पाथीजस्तै डाँडा भएकाले पनि यसलाई पाथीभरा भनिएको हुनुपर्छ […]

हुम्लाको बुराउसेका होम स्टेमा पर्यटकको चाप

२३ मंसिर, हुम्ला । हुम्लाको बुराउसेमा ‘होम स्टे’मा बास बस्ने जानेको संख्या बढ्दै गएको छ । मानसरोबर जाने तिर्थ यात्रुहरुको चाप बढे लगत्तै हुम्ला जिल्लामा सञ्चालित पहिलो होम स्टेमा बास बस्नेको सख्या बढेको हो । हुम्लाको सदरमुकाम सिमिकोटबाट एक घण्टाको पैदल यात्रा पश्चात सहजै पुग्न सकिने बुराउसेको ९ वटा घरमा होम स्टे सञ्चालनमा छ । […]

सराङकोटको मनोरम दृश्य (फोटो फिचर)

पोखराको नाम लिँदा हामी सबैले सराङकोटको पनि नाम लिने गर्छौं । प्रकृतिमा रमाउनेहरु हिमाल, ताल र गुफाहरुको सुन्दर नगरी पोखरा पुगेकै हुन्छन् । पोखरा हुँदै अन्नपूर्ण, पुनहिल, माथिल्लो मुस्ताङ पदयात्रामा जाने जो कोही पर्यटक पुग्ने ठाउँ हो, सराङकोट । सराङकोट सूर्योदयको रमणीय दृश्य हेर्नका लागि मात्रै प्रख्यात छैन, साहसिक खेल प्याराग्लाइडिङ र जिप फ्लायरका लागि […]

नयाँ अवतारमा ‘बौद्ध स्तुपा’, हेर्नुस् १५ तस्वीर

५ मंसिर, काठमाडौं । काठमाडौंको बौद्धनाथ क्षेत्रको स्तुपालाई हेर्ने र दर्शन गर्नेहरू दंग भेटिन्छन् । किनभने डेढ वर्षअघि भूकम्पको शिकार भएको बौद्ध एक वर्षपछि नै पुरानोभन्दा पनि चमकदार स्वरुपमा उभिएको छ । बौद्धले नयाँ जुनी पाएको छ भनौैं या नयाँ अवतार बदलेको छ । जे होस्, यसलाई माया गर्ने र यसलाई आस्थाको केन्द्र मान्नेहरुले आफ्नो […]

नमोबुद्धः हिमाल हाँस्यो मिलाई सेता दाँतका लहर..

२९ कात्तिक, काठमाडौं । राजधानी नजिकै एक दिनभरिको लागि हाइकिङ गर्ने ठाउँ कुन होला भन्ने सोचिरहनुभएको छ ? काभ्रेको नमोबुद्ध तपाईंको लागि उपयुक्त गन्तव्य हुन सक्छ । काठमाडौंबाट ५० किलोमिटर टाढा रहेको नमोबुद्ध धुलिखेलबाट १३ किलोमिटर दूरीमा पर्छ । धुलिखेलबाट हाइकिङ गर्दै र पनौतीबाट शंखु उपत्यका हुँदै पनि नमोबुद्ध पुग्न सकिन्छ । उक्त ठाउँबाट मनास्लु, […]

यी हुन् पोखराका मनमोहक दृष्य…

२२ कात्तिक, काठमाडौं । धेरैलाई थाहा भएकै कुरा हो, पोखरा कस्तो गन्तब्य हो भनेर । पोखराको प्रशिद्धी नेपालभित्र मात्रै होइन, विदेशमा पनि उत्तिकै चुलिएको छ । दैनिक हजारौं पर्यटकलाई स्वागत गर्ने पोखराको सुन्दरताको वर्णन शब्दमा मात्रै सम्भव छैन । त्यसैले नेपाल घुम्न आएका विदेशी पर्यटकमात्रै नभएर आन्तरिक पर्यटकको पहिलो रोजाइको गन्तब्य हो, माच्छापुछ्रेको आँगनमा रहेको […]

कोल्टे फेर्दै हुम्लाको लिमी भ्याली (फोटो कथा)

२१ कात्तिक, काठमाडौं । हुम्ला सदरमुकाम सिमकोटबाट चार दिनको पैदल यात्रापछि पुगिन्छ, लिमी भ्याली । यो ठाउँ समुद्री सतहबाट तीन हजार ६ सय ६० मिटरको उँचाइमा अवस्थित छ । तिब्बती जीवनशैली रहेकोले लिमी भ्याली पर्यटकको रोजाइमा पर्छ । तीन वटा गाउँ हल्जी, तिल र जाँग मिलेर यो भ्याली बनेको छ । हल्जीमा ८२ घर छन् […]

एक हजार वर्ष पुरानो हल्जी गुम्बा (तस्वीरमा)

  पहाडले घेरेको समथर जमिन । जमिनको बीचमा बगेको कर्णाली नदी । पहाड नजिकै गुजमुज्ज परेका घरहरु । यो हुम्लाको उत्तरी भेगमा रहेको लिमी भ्यालीका तीन गाउँमध्येको एक हल्जी गाउँ हो । लिमी उपत्यका तिब्बतियन सांस्कृतिक हिसाबले निकै प्रख्यात छ । यस क्षेत्रमा तिल, जाङ र हल्जी गरी तीन गाउँ छन् । तीनमध्येको हल्जी गाउँमा […]

घुम्न जाने योजनामा हुनुहुन्छ ? नछुटाउनुस् यी १० गन्तव्य

१ कात्तिक, काठमाडौं । घुम्नका लागि यो उपयुक्त मौसम हो । न जाडो, न त गर्मी हुने भएकाले अहिलेको मौसमलाई घुमघामको सिजन भन्दा पनि हुन्छ । पहिले-पहिले घुमघाममा विदेशीहरु मात्रै निस्किने गरे पनि पछिल्ला वर्षहरुमा नेपालीहरु पनि विभिन्न योजना र प्याकेज बनाएर विभिन्न ठाउँ घुम्ने क्रम बढेको छ । ट्राभल र ट्रेकिङ एजेन्सीहरुले पनि आन्तरिक […]

सुर्खेतमा बुलबुले ताल …

सुर्खेतमा बुलबुले ताल, लाइगो माया लेउ चिनो रुमाल बन्धकी फिल्मको यो गीतमा भनिएको जस्तो यदि तपाई बुलबुले ताल पुग्नु भयो भने त्यहाँको सुन्दरताबाट मोहित हुनु हुनेछ । झन त्यसमाथि अहिले त कांक्रेविहार मन्दिर बन्दैछ, जसलाई दोस्रो लुम्बीनीका रुपले पनि प्रख्यात छ । सुर्खेतको सदरमुकाम विरेन्द्रनगरबाट आधा घण्टाको जीप यात्रापछि पुग्न सकिने स्थल हो काँक्रेविहार । […]